Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट नयाँ मूल्यसूची प्राप्त भएसँगै नेपाल आयल निगमको नोक्सानी थप बढ्ने देखिएको छ । अक्टोबर १ मा आईओसीबाट प्राप्त मूल्यसूचीका आधारमा १५ दिनमा इन्धन बिक्रीबाट रु एक अर्ब ५० करोडभन्दा बढी नोक्सान हुने निगमको प्रक्षेपण छ । आईओसीले पठाएको नयाँ मूल्य र नेपालभित्र लाग्ने कर तथा अन्य विभिन्न लागत जोड्दा निगमलाई प्रतिलिटर पेट्रोलमा १३९.१८ रुपैयाँ, डिजेलमा १२०.०१ रुपैयाँ, मट्टितेलमा ९३.९४ रुपैयाँ, आन्तरिक उडानमा प्रयोग हुने हवाई इन्धनमा ८४.०७ रुपैयाँ, बाह्य उडानमा प्रयोग हुने हवाई इन्धनमा ७६.४४ रुपैयाँ र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर रु एक हजार ९६१.८८ लागत पर्ने देखिएको छ । निगमले पछिल्लो समय…

Read More

काठमाडौँ: स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना अर्को एउटा खराब प्रदर्शनबाट गुज्रिएको छ । फरवार्ड लियोनल मेस्सी बाहिरिएसँगै संकटमा फसेको बार्सिलोनाले शनिबार रातिको खेलमा अर्को एउटा खराब नतिजा बेहोर्‍यो । शनिबार राति भएको खेलमा एट्लेटिको मड्रिडले बार्सिलोनालाई २-० ले हराएको छ । एट्लेटिकोलाई जित दिलाउन थोमस लेमार र लुइस सुआरेजले एक एक गोल गरे । जितसँगै एट्लेटिको ८ खेलमा १७ अंकसहित दोस्रो स्थानमा उक्लिएको छ । १२ अंक जोडेको बार्सिलोना दशौँ स्थानमा छ ।

Read More

काठमाडौँ: नेकपा (एमाले)को प्रथम विधान महाविधेशनको दोस्रो दिन शनिबार समूहगत छलफलका निश्कर्ष प्रस्तुत गरिएको छ । शनिबार राजनीतिक प्रतिवेदन, साङ्गठनिक प्रतिवेदन र विधान संशोधन प्रस्तावमाथिका समूहगत छलफलका निष्कर्ष प्रस्तुत गरिएको हो । प्रतिवेदनमाथि १० समूहमा छलफल भएको थियो । सात प्रदेश, उपत्यका, विशेष कमिटी, सम्पर्क कमिटी र प्रवास, जनसङ्गठन तथा केन्द्रीय निकाय र आयोगले आ–आफ्नो समूहमा छलफल गरेका थिए । छलफलपछि टोली नेताले सुझाव प्रस्तुत गरेका हुन् । आइतबार राजनीतिक प्रतिवेदनबारे पार्टी अध्यक्ष केपी शर्मा ओली, साङ्गठनिक प्रतिवेदनबारे महासचिव ईश्वर पोखरेल र विधान संशोधन प्रस्तावबारे उपमहासचिव विष्णुप्रसाद पौडेलले जवाफ दिने एमालेले जनाएको छ । विधान महाधिवेशनमा देशभरबाट ६ हजार…

Read More

काठमाडौँ: आफ्ना पोल, अप्टिकल फाइबरलगायत संरचना प्रयोग गरेर भाडा नतिरेका इन्टरनेट, टेलिफोन र केबल टेलिभिजन सेवा प्रदायकहरूको लाइन नेपाल विद्युत् प्राधिकरणले आज (शनिबार) देखि काट्ने भएको छ। बक्यौता बुझाउन र सम्झौता नवीकरण गर्न दिइएको समयसीमा (शुक्रबार) समेत गुजारेपछि प्राधिकरणले त्यस्ता सेवा प्रदायकहरूविरुद्ध कारबाही थाल्ने भएको हो। प्राधिकरणको ग्राहक तथा वितरण सेवा निर्देशनालयका अनुसार आजदेखि इन्टेरनेट, टेलिफोन र केबल टेलिभिजनको लाइन काटिनेछ। तर मुख्य लाइन काट्दा धेरै उपभोक्तालाई असर पर्ने भएकाले सांकेतिक रूपमा एक्सटेन्सन लाइन काटिने निर्देशनालयले जनाएको छ। सेवा प्रदायकहरूले बक्यौता भाडा नतिर्नाका साथै गत चैतदेखि पोल प्रयोगको सम्झौता नवीकरण पनि नगरेको प्राधिकरणले जनाएको छ। बक्यौता बुझाउन र सम्झौता नवीकरण…

Read More

काठमाडौँ, १६ असोज (रासस) : नेकपा (एमाले)को प्रथम विधान महाधिवेशन आज पनि जारी छ । ललितपुरको गोदावरीस्थित सन्राइज सम्मेलन केन्द्रमा शुक्रबार प्रस्तुत गरिएका विधान संशोधन प्रस्ताव, राजनीतिक प्रतिवेदन र साङ्गठनिक प्रतिवेदनमा आज समूहगत छलफल हुनेछ । विभिन्न १० समूहमा समूहगत छलफल हुने एमालेका केन्द्रीय सदस्य तथा प्रचारप्रसार उपसमिति संयोजक खिमलाल भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार आज  तीनै वटा प्रतिवेदनमाथि समूहगत छलफल भएपछि समूह नेताले प्रस्तुति गर्ने छन् । राजनीतिक प्रतिवेदन पार्टी अध्यक्ष केपी शर्मा ओली, साङ्गठनिक प्रतिवेदन महासचिव ईश्वर पोखरेल र विधान संशोधन प्रस्ताव उपमहासचिव विष्णुप्रसाद पौडेलले प्रस्तुत गर्नुभएको थियो । तीनवटै प्रतिवेदनमाथि समूहगत छलफलका लागि…

Read More

काठमाडौँ, १६ असोज (रासस) : काठमाडौँका स्थानीय तहमा आज नेपाली कांग्रेसको अधिवेशन हुने भएसँगै कार्यकर्ता उत्साहित भएका छन् । नगरका टोल–टोलमा कांग्रेस अधिवेशनको चर्चा छ । अधिवेशनले कार्यकर्तामा उत्साहसँगै सक्रियता बढाएको देखिन्छ । काठमाडौँ महानगरपालिका– २५ का वडाध्यक्ष नीलकाजी शाक्य लामो समयदेखि नभएको पार्टीको महानगर अधिवेशनले कार्यकर्ता उत्साहित भएको बताउनुहुन्छ । पार्टीका पुराना नेतासमेत रहनुभएका शाक्यले महानगर सभापति पदमा उम्मेदवारी घोषणा गरी प्रचारप्रसारमा लाग्नुभएको छ । शाक्यसँगै नेपाल तरुण दल काठमाडौँका संस्थापक अध्यक्ष प्रगतिमान रञ्जित पनि महानगर सभापति पदमा उम्मेदवारी घोषणा गरी प्रचार अभियानमा लाग्नुभएको छ । महानगरमा दुई नेताबीच प्रतिस्पर्धा हुनेछ । महानगरपालिकामा १२औँ र १३औँ महाधिवेशनका बेला नगर…

Read More

काठमाडौँ: साफ च्याम्पियनसिप-२०२१ मा नेपालले विजय सुरुवात गरेको छ। शुक्रबार राति भएको आफ्नो पहिलो खेलमा नेपालले आयोजक माल्दिभ्सलाई १–० गोलअन्तरले हराएको हो।

Read More

काठमाडौँ: शुक्रबार सुरु भएको नेकपा एमालेको प्रथम विधान महाधिवेशनमा प्रस्तुत दस्तावेजहरुमाथि माथि छलफल गर्न १० वटा समूह गठन भएका छन् । अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन, महासचिब ईश्वर पोखरेलले प्रस्तुत गरेको सांगठनिक प्रतिवेदन र उपमहासचिब विष्णु पौडेलले प्रस्तुत गरेको विधान संशोधन प्रस्तावमाथि समूहगत छलफल गरिने भएको हो । शुक्रबार महाधिवेशनको पहिलो दिन उद्घाटन सत्रपछि तीनवटा दस्तावेज प्रस्तुत गरिएको छ । ती दस्तावेज प्रस्तुतपछि समूह गठन गरिएको हो । प्रतिबेदनमाथि शनिबार २ बजेसम्म समूहगत छलफल गरिने छ । समूहगत छलफल सकिएपछि फेरि पूर्ण बैठक बस्नेछ । सो बैठकमा समूहको निष्कर्ष सुनाइने छ । समूहको निष्कर्षपछि आइतबार महाधिवेशन…

Read More

काठमाडौँ: प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा रहेको बताएका छन् । ग्यालेक्सी फोरके टेलिभिजनको शुक्रबार शुभारम्भ गर्दै उनले सरकार प्रेसलाई नियन्त्रण गर्ने पक्षमा नरहेको स्पष्ट पारे । सञ्चार क्षेत्रमा प्रतिस्पर्धा कडा रहेका भए पनि ग्यालेक्सी फोर के टिभीले थप जिम्मेवार पत्रकारिता गर्ने प्रधानमन्त्रीले विश्वास व्यक्त गरे । प्रधानमन्त्रीले लोकतान्त्रिक देशमा सञ्चारमाध्यम चौथो अङ्गका रुपमा स्थापित रहेको भन्दै नेपालले समेत सोही मान्यता अनुसार यसलाई फस्टाउन अभिप्रेरित गरेको उल्लेख गरे । उनले रामायण, को बन्छ करोडपतिजस्ता कार्यक्रम प्रसारण गर्न लागेकामा टेलिभिजनलाई धन्यवाद दिए । कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशका सबै जातजाति, भाषाभाषीको आवाजलाई मुखरित हुने गरी…

Read More

काठमाडौँ: आज (शनिबार) प्रदेश नम्बर २ का धेरै र अरू प्रदेशका थोरै स्थानहरूमा वर्षाको सम्भावना रहेको छ । विभागअनुसार शनिबार बिहान बाग्मती, गण्डकी, प्रदेश नम्बर २ र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ । देशभर आंशिकदेखि सामान्य बदली रही दिउँसो उक्त स्थानहरूमा मेघ गर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शनिबार राती पनि देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १ र प्रदेश २ का धेरै स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।…

Read More