Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले तीन वर्षभित्र यांग्री र लार्के खोलाको पानी काठमाडौँ ल्याउने घोषणा गरेका छन्। मेलम्चीको पानी वितरणको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यांग्री र लार्केको पानी मेलम्चीकै टनेलमार्फत तीन वर्षमा काठमाडौँ ल्याउने घोषणा गरेका हुन् । ‘मेलम्ची आयोजनाको यो सफलता कुर्न हामीलाई लामो समय लागेको थियो । तीन दशकपछि खानेपानी आइपुगेको छ’, उनले भने, ‘अब हामीले लामो समय प्रतिक्षा नगरी यांग्री र लार्केको पानी पनि तीन वर्षपछि काठमाडौं ल्याइसक्ने छौँ ।’ उनले अब काम हुँदैन कि भनेर अविश्वास गर्नुपर्ने अवस्था नरहेको बताए । कोभिडले विश्व थला परिरहेका बेला हामीले विकासलाई लगातार अघि बढाएर सफलता पाएको बताए…

Read More

काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेको छ र, आफ्नै नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने निर्णय गरेको छ । शुक्रबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिले राजीनामा माग गर्ने निर्णय गरेको हो । १७ वैशाख २०७७ मा यो सरकारले शासन गर्ने नैतिक र राजनीतिक आधार गुमाएको ठहर गरेको स्मरण गर्दै प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘संविधान र जनविरोधी क्रियाकलाप जारी राख्यो र हुँदाहुँदा दलभित्रको द्वन्द्व हल गर्ने क्षमता नराखेर प्रतिनिधिसभा विघटन गर्ने असंवैधाकि कदम चाल्यो ।’ सर्वोच्च अदालतले संसद पुनस्र्थापना गरेपछि प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने भएपनि त्यो नैतिक र राजनीतिक अभिभारा पुरा नगरेको भन्दै उनले…

Read More

काठमाडौँ: राष्ट्रपति विद्यादेवी भण्डारीले मेलम्चीको पानी वितरणको उद्घाटन गरेकी छन् । राष्ट्रपति भण्डारीले भृकुटीमण्डपमा आयोजित कार्यक्रममा ढुंगेधाराबाट पानी खसालेर मेलम्चीको पानी वितरणको उद्घाटन गरेकी हुन् । मेलम्चीको पानीसँगै राष्ट्रपति भण्डारीले पानीको फोहोराको पनि उद्घाटन गरेकी छन् । शुक्रबार बिहानदेखि बालाजुस्थित रिजरभ्वायरबाट उपभोक्ताका लागि वितरण शुरू गरिएको हो । खानेपानी गत आइतबारबाट परीक्षणका रुपमा वितरण गर्न थालिएको भएपनि औपचारिक उद्घाटन भने आजमात्र भएको हो । शुक्रबार बिहान बालाजु पानी पोखरीबाट खानेपानी छोडिएपछि नयाँ बजार, सोह्रखुट्टे र ठमेल लगायतका क्षेत्रको उपभोक्ताले पानी पाएका आयोजनाका प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यले जानकारी दिए । काठमाडौँको मिनभवन, अनामनगर, महांकाल, खुमलटारको पानी ट्यांकीबाट पनि पानी…

Read More

काठमाडौं । कृषि विकास बैंकले आयोजना गर्न गइरहेको चौंथो नेपाल एग्रिटेक अन्तर्राष्ट्रिय प्रदर्शनीको मिति परिवर्तन भएको छ । यही चैत २७, २८ र २९ गते आयोजना हुने भनिएको प्रदर्शनी २०७८ भदौ १८ देखि २० गतेका लागि तय भएको हो । प्रदर्शनी भरतपुर स्थित चितवन एक्स्पो सेन्टरमा आयोजना हुनेछ । कृषि क्षेत्रको व्यवसायिक विकास गर्ने उद्देश्यले सन् २०१७ देखि आयोजना हुँदै आइरहेको प्रदर्शनी छिमेकी मुलुकहरुमा कोभिड संक्रमितको संख्या बढेसँगै समय परिवर्तन गरिएको बैंकले विज्ञप्ती मार्फत जानकारी गराएको हो । विज्ञप्तीमा भनिएको छ, ‘नेपाल सरकार, स्वास्थ्य मन्त्रालयल तथा जिल्ला प्रशासन कार्यालय चितवनले जारी गरेको अनुरोधलाई मध्यनजर गर्दै अन्तर्राष्ट्रिय प्रदर्शनीको मिति परिवर्तन गरि…

Read More

काठमाडौं । सरकारले विज्ञापन बोर्डको अध्यक्षमा लक्ष्मण हुमागाईंलाई नियुक्त गरेको छ । शुक्रबार बिहान बसेको मन्त्रिपरिषद बैठकले सुचना तथा सञ्चार प्रविधि मन्त्रालयको प्रस्तावमा बोर्ड अध्यक्षमा हुमागाईंलाई नियुक्त गरेको एक मन्त्रीले रातोपाटीलाई जानकारी दिए । बोर्डको अध्यक्ष बन्न तीन जनाको आवेदन परेको थियो । आवेदन दिनेमा लेखनाथ शर्मा (पंगेनी), रमेशकुमार खड्का र लक्ष्मण हुमागाईं थिए । सञ्चार तथा सुचना प्रविधि मन्त्रालयले फागुन २० गते मात्रै सूचना जारी गर्दै विज्ञापन बोर्डको अध्यक्ष बन्न इच्छुक व्यक्तिहरुलाई आवेदन माग गरेको थियो । त्यस्तै सरकारले राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समितिको अध्यक्षमा डा. किरण पौडेललाई नियुक्त गरेको छ । समितिका सदस्यहरूमा पूर्व जर्नेल बाबुकृष्ण कार्की…

Read More

काठमाडौँ । काठमाडौँ महानगरपालिका र ल्याण्ड फिल्ड साइटका प्रभावित स्थानीयसहित जनप्रतिनिधिबीच भएको सहमतिले आजै बाट अवरोध खुला गर्ने निर्णय गरेको छ । फोहोर मैला प्रभावित क्षेत्र शिक्षक व्यवस्थापन सङ्घर्ष समिति र स्थानीय बासिन्दाहरूले विभिन्न माग राख्दै चैत १३ गतेदेखि सडकमा विरोध प्रदर्शन गरी फोहोर विसर्जनमा अवरोध गर्दै आएका थिए । फोहोर विसर्जनमा अवरोध भएपछि आज काठमाडौँ महानगरपालिकाका प्रमुख शाक्यसहितको छलफलमा उनीहरुका सकारात्मक माग पूरा गर्ने प्रतिवद्धतापछि फोहोर विसर्जनमा गरेको अवरोध खोल्न उनीहरु सहमत भएका हुन । छलफलका क्रममा उनीहरुका माग सम्बोधनका लागि प्रमुख शाक्यले प्रभावित क्षेत्रका बासिन्दाको शिक्षा र स्वास्थ क्षेत्रका लागि राखेका माग सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरे ।…

Read More

काठमाडौं: काठमाडौंको कीर्तिपुरमा पौडी खेल्दा डुबेर दुई बालकको मृत्यु भएको छ । कीर्तिपुर नगरपालिका–६ टौदहस्थित पोखरीमा बिहिबार चारजनासँगै पौडी खेल्न गएका मध्ये दुईजना पोखरीबाट निस्कने क्रममा चिप्लेर डुबेका हुन् । डुबेर ज्यान गुमाउनेमा ८ बर्षीय कृष मगर र ११ बर्षीय प्रशान्त सुनुवार छन् । उनीहरुको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (डिएसपी) प्रमेश विष्टले बताए । सिंचाईका लागि बनाएको पोखरीमा बालक डुबेका हुन् । नेपाल प्रहरीको बिपद् ब्यवस्थापनको उद्दार टोली र वृत कीर्तिपुरबाट खटिएका उद्दारकर्ताले करिब १५ फिट गहिरो पोखरीबाट शव निकालेका थिए ।

Read More

काठमाडौँ: रुरु जलविद्युत परियोजना लिमिटेडले चैत २० गते (आज) देखि सर्वसाधारणमा प्राथमिक शेयर (आईपीओ) जारी गरेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा २० रुपैयाँ थप गरी प्रतिकित्ता १२० रुपैयाँका दरले ४ लाख ७ हजार ७०६ कित्ता शेयर जारी गरेको हो । कुल निष्काशित शेयरमध्ये ५ प्रतिशत अर्थात २० हजार ३८५ कित्ता शेयर सामूहिक लगानी कोषका लागि र २ प्रतिशत अर्थात ८ हजार १५४ कित्ता शेयर कर्मचारीहरुलाई लागि सुरक्षित गरिएको छ । बाँकी रहेको ३ लाख ७९ हजार १६७ कित्ताका लागि सर्वसाधारण लगानीकर्ताहरुका लागि खुला हुनेछ । यसअनुसार धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका बमोजिम कम्पनीको आइपीओ ३७ हजार…

Read More

काठमाडौँ: देशका पहाडी भूभागमा स्थानीय वायुको प्रभावले शुक्रबारको मौसममा आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसबाहेक अन्य भूभागहरुको मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । देशका पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन तथा चट्टयाङ्सहित हल्का वर्षाको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ। अहिले बिहान देशको पहाडी भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागहरुमा मौसम सामान्यातय सफा रहेको छ। यस्तो छ आगामी तीन दिनको मौसमको पूर्वानुमान चैत्र २० गते (शुक्रबार) दिउँसो : देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। देशका पहाडी भू-भागका एक दुई स्थानमा अपरान्हपछि मेघगर्जन/चट्टयाङ्ग…

Read More

काठमाडौँ: राष्ट्रपति विद्यादेवी भण्डारीले आज मेलम्ची खानेपानीको औपचारिक उद्घाटन गर्ने भएकी छिन् । काठमाडौँको भृकुटीमण्डपमा धाराको टुटी खोलेर राष्ट्रपति भण्डारीले मेलम्चीको उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ । भृकुटीमण्डपमा नवनिर्मित सार्वजनिक ढुंगेधारामा राष्ट्रपतिबाट उद्घाटनको कार्यक्रम राखिएको हो । ती धारामा मेलम्चीको पानी निरन्तर आउने व्यवस्था मिलाइएको छ । राष्ट्रपति भण्डारीले दिउँसो २ बजे मेलम्ची उद्घाटन गर्ने आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ । उद्घाटन कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुने छन् । मेलम्ची खानेपानी आयोजनाअन्तर्गत निर्देशनालयले भृकुटीमण्डपमा बनाएका ढुंगेधारामा रहेको ३ वटा धारा खोलेर उद्घाटन गर्ने तयारी रहेको आयोजनाका प्रमुख कमलराज श्रेष्ठले बताए । सर्वसाधारणलाई साक्षी राखेर मेलम्ची उद्घाटन…

Read More