Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं । भ्रष्टाचार मुद्दा दायर भएपछि एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधव कुमार नेपालको सांसद पद निलम्बनमा परेको छ । पतन्जलीको जग्गा सट्टापट्टा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विहीबार नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेपछि उनको सांसद पद स्वतः निलम्बनमा परेको हो । नेपालको इतिहासमा पहिलोपटक पूर्व प्रधानमन्त्रीमाथि भ्रष्टाचार मुद्दा दर्ता भएको हो । यस्तै, मन्त्रिपरिषद्को निर्णयमाथि भ्रष्टाचारविरुद्धको मुद्दा चलेको पहिलोपटक हो ।

Read More

काठमाडौँ: ग्लोबल आइएमई बैंक लिमिटेडले विश्व वातावरण दिवसको अवसर पारेर विद्युतीय सवारी साधन (इभी) चार्ज गर्न चार्जिङ स्टेशन स्थापना गरेको छ । बैंकको आफ्नो कर्पोरेट कार्यालय कमलादीमा उक्त चार्जिङ स्टेशन स्थापना गरेको हो । आज बिहिबार आयोजित एक विशेष कार्यक्रमकाबिच बैंकका संचालक कृष्ण प्रसाद शर्मा, बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल र गाडी चार्ज प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत प्रेशा श्रेष्ठले सम्युक्तरुपमा उक्त चार्जिङ स्टेशनको समुद्घाटन गर्नुभयो । गाडी चार्ज प्रा.लिसंगको सहकार्यमा बैंकले स्थापना गरेको सिसिटू सिगंल गनको ४० किलोवाट क्षमता रहेको छ । उक्त चार्जिङ स्टेशनमा बैंकमा सेवाको लागि आउने ग्राहक र बैंकको कर्मचारीहरुलाई आफ्नो इभी गाडी चार्ज गर्न…

Read More

काठमाडौँ: नेपाली राष्ट्रिय क्रिकेट टोलीले विश्व कप क्रिकेट लिग-२ अन्तर्गतको आफ्नो दोश्रो खेलमा तालिकाको शिर्ष दोश्रो स्थानमा रहेको नेदरल्यान्ड्सलाई ५ विकेटले पराजित गरेको छ। नेदरल्यान्ड्सले दिएको २२६ रनको लक्ष नेपालले ४७ ओभर १ बल खेलेर भेट्याएको हो। अन्तिम ४७.१ बलमा मैदान प्रवेश गरेका गुलशन झाले छक्का प्रहार गर्दै नेपाललाई दोश्रो जित दिलाएका हुन्। आजको खेलमा आरिफ शेखले ९९ बल खेल्दै ७७ रनको सर्वाधिक रनको योगदान गरे। जितका लिग शेख र दिपेन्द्र सिंह एरीको जोडीको योगदान रह्यो।

Read More

बैतडी: भारतबाट फर्किएका सुदूरपश्चिम प्रदेशका तीन जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ । कोभिड पुष्टि हुनेमा दुई पुरूष र एक महिला रहेका सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका महामारी सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिए । कञ्चनपुरको पुनर्वासका २० वर्षका युवक, अछामको ढकारीका ३२ वर्षीय युवक र कैलालीको धनगढीकी २४ वर्षीया महिलामा कोभिड पुष्टि भएको हो । उनले भने, ‘भारतको विभिन्न सहरबाट गौरिफन्टा नाका भएर स्वदेश फर्किरहेका शङ्कास्पद ३६ जनाको परीक्षण गर्दा तीन जनामा कोभिड पुष्टि भएको छ । कोभिड पुष्टि भएका सबैलाई होम आइसोलेसन बस्न भनेका छौँ ।’ कोभिड पुष्टि भएका सबैको पिसीआर परीक्षणका लागि केन्द्रीय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौँ पठाइएको…

Read More

काठमाडौँ: सर्वोच्च अदालतले अग्नि सापकोटाविरुद्धको बहुप्रतीक्षित रिटमा उत्प्रेषणको आदेश जारी गरेको छ। यो आदेशसँगै २०६९ साउन १२ गते तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको मन्त्रिपरिषद्ले मुद्दा नचलाउने गरी गरेको निर्णय पनि बदर भएको छ। र, काभ्रेका अर्जुन लामाको हत्याकाण्डमा सापकोटामाथि अनुसन्धान गरी मुद्दा चलाउने बाटो खुलेको छ। भट्टराई सरकारले सापकोटाविरूद्ध काभ्रे प्रहरीमा परेको कर्तव्य ज्यानसम्बन्धी किटानी जाहेरी तामेलीमा रख्ने निर्णय गरेको थियो। प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत तथा न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, मनोजकुमार शर्मा र कुमार चुडाल रहेको इजलासले १४ वर्षपछि यो विवाद किनारा लगाएको हो। द्वन्द्वकालीन अवस्थामा माओवादीको एक समूहले २०६२ वैशाख १६ गते काभ्रेको दाप्चास्थित श्रीकृष्ण माध्यमिक विद्यालयको…

Read More

कास्की — राइड सेयरिङ नियमावली कार्यान्वयनको निर्णयबाट गण्डकी प्रदेश सरकार तत्काललाई पछि हटेको छ । मंगलबार बसेको मुख्यमन्त्री, मन्त्री, वार्ता समितिबीचको संयुक्त बैठकले राइड सेयरिङ (नियमन तथा व्यवस्थापन) नियमावली, २०८२ एक महिनालाई कार्यान्वयन नगर्ने निर्णय गरेको हो । एक महिनाको समयमा यातायात व्यवसायीसँग वार्ताका लागि बैठक बस्ने र समस्या समाधान गरेर यसलाई पुन: कार्यान्वयन गरिने प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला मन्त्री टकराज गुरुङले बताए ।यातायात व्यवसायीलाई वार्तामा सहभागी हुन तेस्रोपटक आह्वान गरिने उनले बताए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मंगलबार दिउँसो मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय गण्डकीलाई सार्वजनिक यातायात बन्दले जनजीवन प्रभावित भएको भन्दै नियमावलीमा उल्लेखित प्रावधान कार्यान्वयन हाललाई स्थगित…

Read More

काठमाडौँ — काठमाडौं महानगरपालिकाका प्रहरी प्रमुख वरिष्ठ नगर प्रहरी उपरीक्षक (एसएसपी) राजुनाथ पाण्डे निलम्बित भएका छन् । उनीमाथि छानबिन गर्न ६ महिनाका लागि निलम्बनको पत्र पठाइएको महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले बताए । मेयर बालेन्द्र (बालेन) शाहको मौखिक निर्देशनमा गुरागाईंलाई कार्यालय प्रवेशमा रोक लगाउन खोजेको विषयमा पाण्डेलाई यसअघि सातबुँदे स्पष्टीकरण सोधिएको थियो । महानगर प्रहरी ऐन, २०८० अनुसार नगर प्रहरी महानगरको प्रमुख प्रशासकीय अधिकृत मातहत परिचालन हुने व्यवस्था छ । प्रमुख प्रशासकीय अधिकृतले प्रयोग गर्ने गाडीमा ‘ह्विल लक’ गरिएको, कार्यालय प्रवेशमा अवरोध गरिएको, जनप्रतिनिधिलाई अमर्यादित व्यवहार गरिएको, प्रमुख प्रशासकीय अधिकृतको कार्यालयमा ताला लगाइएको र हाजिर पुस्तिका कब्जामा लिइएको विषयमा…

Read More

काठमाडौं: नेपाली बजारमा सुनको मूल्य शुक्रबार प्रतितोला तीनहजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजाे सुन प्रतितोला एक लाख ८१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ । प्रतितोला २० रुपैयाँ बढेर एकहजार ९४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएकाे छ । बिहीबार चाँदी प्रतितोला एक हजार ९२५ रुपैयाँमा कारोबार भएको थियो ।

Read More

काठमाडौँ: सन् २०२५ का पाँच महिनामा पाँच लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । अघिल्लो वर्ष सन् २०२४ को सोही महिनाको तुलनामा ९५ दशमलव छ प्रतिशतबढी पर्यटक नेपाल भित्रिएका हुन् । सन् २०१९ को तुलनामा १११ प्रतिशतले विदेशी पर्यटक आगमनमा बढोत्तरी भएको छ । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार जनवरीदेखि मे महिनासम्म कूल पाँच लाख एक हजार २६४ पर्यटक नेपाल आएका हुन् । मेमा मात्रै ८६ हजार २१६ विदेशी पर्यटक नेपाल आएका छन् । यस्तै, जनवरीमा ७९ हजार ९९१, फेब्रुअरीमा ९६ हजार ८८०, मार्चमा एक लाख २१ हजार ८०० र अप्रिल महिनामा एक लाख १६ हजार ४९० विदेशी…

Read More

काठमाडौँ: विश्व बैंकको कार्यकारी निर्देशकहरूको सञ्चालक समिति बैठकले विद्युत र सिँचाइ क्षेत्रका दुई आयोजनामा २५ करोड ७० लाख डलर (सोमबारको विनिमयदर अनुसार ३५ अर्ब २० करोड) ऋण लगानी स्वीकृत गरेको छ। केही दिनअघि बसेको बैंकको कार्यकारी निर्देशकहरूको बोर्ड बैठकले यस्तो लगानी स्वीकृत गरेको हो। विद्युत प्रवाह सुधार आयोजनाको लागि १२ करोड (करिब १६ अर्ब ४४ करोड) र रानी जमरा कुलरिया सिँचाइ आयोजना आधुनिकीकरणको लागि १३ करोड ७० लाख (१८ अर्ब ७६ करोड) ऋण लगानी स्वीकृत भएको हो। विद्युत प्रवाह सुधार आयोजना अन्तर्गत कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशमा विद्युत सञ्जार विस्तार र आपूर्ति सुधारका काम हुनेछन्। त्यस्तै, रानी जमरा कुलरिया…

Read More