Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: सनसनीपूर्ण विश्व क्रिकेट लिग २ को खेलमा नेपालले स्कटल्याण्डलाई एक विकेटले हराएको छ। २९७ रनको लक्ष पछ्याएको नेपालले अन्तिम ४९ । ५ बलमा आफ्नो लक्ष भेटाएको हो । नेपालको जितका लागि कारण केसी नायक सावित भए। उनले ४१ बल खर्चेर ६५ रनको योगदान दिंदा नेपाललाई जिताउन सफल भएका हुन्।

Read More

काठमाडौं: उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को मिसन प्रमुख सरवत जहानबीच भेटवार्ता भएको छ । सो अवसरमा अर्थमन्त्री पौडेल र मिसन प्रमुख जहानबीच छैटौं समीक्षा, संरचनागत सुधार लगायतका विषयमा छलफल भएको अर्थ मन्त्रालयले जनाएको छ ।

Read More

काठमाडौं: यातायात व्यवसायीले देशभर सोमबार सार्वजनिक यातायात ठप्प पार्दा नेपाल प्रहरीले काठमाडौं उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन ल्याएको छ । प्रहरीले यात्रुको सहजका लागि उक्त बस सञ्चालनमा ल्याएको जनाएको छ । प्रहरीका अनुसार उपत्यकाको दुई रुटमा दुईवटा गाडी सञ्चालनमा ल्याएको हो । रुट नम्बर १ मा नयाँबसपार्क, बालाजु, चक्रपथ, टिचिङ, बालुवाटार, नक्साल, जय नेपाल हल, पुतलीसडक,माइतीघर, थापाथली, जाउलाखेल, लगनखेल, सातदोबाटो, बल्खु, कंलकी, स्वयम्भुको रुटमा चल्नेछ । रुट नम्बर २ मा एयरपार्ट, कोटेश्वर, ठिमी, सल्लघारी, सुर्यविनायक, चाविल, सुकेधारा, चक्रपथ, टिचिङ, बालुवाटार, नक्साल, रातोपल र गौशाला रुटमा चल्नेछ । यात्रुहरूको आवातजावत सहज बनाउनका लागि प्रहरी नि:शुल्क बस सेवा सञ्चालनमा ल्याइएको काठमाडौं उपत्यका…

Read More

काठमाडौं: नेपाल उद्योग परिसंघले आर्थिक वर्ष २०८२/८३ का लागि सार्वजनिक भएको संघीय बजेटलाई सन्तुलित तथा निजी क्षेत्रमैत्री रहेको मूल्याङ्कन गरेको छ । परिसंघका अनुसार बजेटले उत्पादन, पूर्वाधार, पर्यटन, स्टार्टअप, सूचना प्रविधि, निर्यात र हरित विकासमा स्पष्ट प्राथमिकता दिएको छ, जुन स्वागतयोग्य छ । परिसंघले विशेष आर्थिक क्षेत्र, औद्योगिक कर छुट, स्टार्टअप र सूचना प्रविधिमा कर सहुलियत, डाटा सेन्टरको प्रवर्द्धन, निर्यात प्रोत्साहन, भन्सार सुधार, कर प्रणालीको सुधार, कार्यशील पूँजीको पहुँच लगायतका नीतिगत प्रावधानलाई सकारात्मक बताएको छ । विशेष आर्थिक क्षेत्र र औद्योगिक क्षेत्रमा नयाँ उद्योग स्थापना गर्ने अनुमति प्राप्त उद्योगलाई शुरूका तीन वर्षको भाडा छुट दिने, विशेष आर्थिक क्षेत्रको मासिक भाडादर…

Read More

काठमाडौँ । साताको दोस्रो कारोबार दिन सोमबार नेपाली बजारमा सुनको भाउ महँगीएको छ । सोमबार सुन तोलामा १ हजार रुपैयाँले महँगिएको हो । चाँदी भने तोलामा ५ रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोला १ लाख ८९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुन प्रतितोला १ लाख ८८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, सोमबार चाँदी प्रतितोला १ हजार ९९० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी प्रतितोला १ हजार ९८५ रुपैयाँमा कारोबार भएको थियो । नेपालमा अन्तर्राष्ट्रिय बजारको आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । सोमबार अन्तर्राष्ट्रिय बजारमा…

Read More

काठमाडौँ: सरकार र यातायात व्यवसायीबीच वार्ता भएको छ। सोमबारदेखि देशव्यापी रूपमा सार्वजनिक यातायात बन्द गरेर आन्दोलनमा उत्रिएको यातायात व्यवसायीहरुसँग सरकारले संवाद थालेको हो। वार्ता सिंहदरबारस्थित गृह मन्त्रालयमा चलिरहेको गृहमन्त्री रमेश लेखको सचिवालयले जनाएको छ। वार्तमा गृहमन्त्री लेखकसहित मन्त्रालयका सचिवहरू र यातायात व्यवसायीहरू सहभागी छन्। बिहानैदेखि काठमाडौंमा सार्वजनिक सवारी साधनहरू गुडेका छैनन्। उपत्यकामा मात्रै होइन उपत्यकाबाहिर जाने सवारी साधनहरू पनि ग्यारेजमा थन्किएका छन्। गण्डकी प्रदेश सरकारले राइड सेयरिङ नियमावली ल्याएर कार्यान्वयन गरेपछि सुरू भएको विरोधले देशव्यापी रूप लिएको हो। आन्दोलनको नेतृत्व नेपाल राष्ट्रिय यातायात व्यवसायी राष्ट्रिय महासंघले गरेको छ भने उसलाई ट्रक यातायात व्यवसायी, ढुवानी व्यवसायी संघ, मजदुरलगायत यातायात क्षेत्रसँग सम्बद्ध…

Read More

काठमाडौं: नेपाल चेम्बर अफ कमर्सले आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि सरकारले ल्याएको बजेट समग्रमा सन्तुलित रहेको बताएको छ । मुलुकको वर्तमान आर्थिक समस्याको समाधान गर्ने प्रयास स्वरुप आएपनि कार्यान्वयन भने चुनौतीपुर्ण रहेको चेम्बरले उल्लेख गरेको छ । चेम्बरद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘१३ खर्व १५ अर्व रुपैया“को राजश्व संकलन र वैदेशिक ऋण तथा अनुदानको लक्ष्य पुरा गर्न चुनौतीपूर्ण देखिएको छ । आर्थिक गतिविधी विस्तार भएन भने राजश्व संकलन कठिन देखिन्छ । वर्तमान विश्वको परिवर्तित आर्थिक अवस्थाका कारण २ खर्व ३३ अर्व रुपैया“ बराबरको ऋण तथा ५५ अर्व ४५ करोड रुपैया“को अनुदानको लक्ष्य संकलनको लक्ष्य पुरा गर्न पनि कठिन देखिन्छ,…

Read More

काठमाडौँ: उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार संसद्मा प्रस्तुत भएको आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनलाई आफूले पहिलो प्राथमिकता राखेर काम गर्ने बताएका छन् । आज अर्थ मन्त्रालयमा आयोजित आर्थिक वर्ष २०८२\८३ को बजेट सम्बन्धमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री पौडेलले बजेट कार्यान्वयनका लागि साउन नकुर्ने र आजैबाट कार्यान्वयन प्रक्रिया थालनी गर्ने बताएका हुन् । “बजेट कार्यान्वयनको प्रश्न चुनौतीपूर्ण छ । यो बजेट नागरिकको कान पवित्र गर्नका लागि ल्याइएको होइन । यसको प्रभावकारी कार्यान्वयन हुन्छ । आजैदेखि बजेट कार्यान्वयनमा मेरो ध्यान केन्द्रित हुनेछ”, उनले भने , “बजेटको व्यवहारिक र वस्तुनिष्ठ कार्यान्वयन कार्ययोजना बनाउने कामका अर्थ मन्त्रालय लागिसकेको छ । पूर्वतयारीका काम सकिएका…

Read More

काठमाडौँ: नेपाल चेम्बर अफ कमर्सले ७५ औँ वर्षगाँठको अवसरमा ऐतिहासिक हीरक जयन्तीको लोगो सार्वजनिक गरेको छ । काठमाडौंको जमलस्थित चेम्बर भवनमा आज चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवाल र सल्लाहकार परिषद्का अध्यक्ष एवं हीरक जयन्ती मूल समारोह समितिका संयोजक राजेशकाजी श्रेष्ठले संयुक्त रूपमा लोगो सार्वजनिक गरेका हुन् । मुलुकको समग्र चेम्बर अभियानको ७५ औँ ऐतिहासिक वर्षगाँठको अवसरमा चेम्बरले वार्षिक रूपमा विभिन्न कार्यक्रम गरी यो वर्ष हीरक जयन्ती मनाउँदै छ । हीरक जयन्तीलाई भव्यताका साथ सम्पन्न गर्नका लागि सल्लाहकार परिषद्का अध्यक्ष एवं पूर्व अध्यक्ष राजेशकाजी श्रेष्ठको सभापतित्वमा हीरक जयन्ती मूल समारोह समिति गठन गरिसकेको छ । निजी क्षेत्रको प्रतिनिधिमूलक पहिलो संस्था नेपाल…

Read More

काठमाडौँ: सरकारले आर्थिक विधेयकमार्फत सुन बिक्री गर्दा लाग्ने शुल्कको दायरा विस्तार गरेको छ। अबदेखि सुन बेच्दा २ प्रतिशत विलासिता कर लाग्नेछ। यसअघि यो कर १० लाख रुपैयाँ वा सोभन्दा माथिको सुन बिक्रीमा मात्र लाग्थ्यो। तर अब सानो परिमाणमा सुन बेच्ने ग्राहकले पनि यो शुल्क तिर्नुपर्नेछ। सुनचाँदी व्यवसायी नरेन्द्र गुप्ताले नयाँ व्यवस्थाले साना ग्राहकलाई बढी असर पार्ने जानकारी दिए ।

Read More