Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
- लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
- कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
- मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: परिवारको सदस्यलाई कोरोना पोजिटिभ देखिएपछि, पारिवारिक माहोल कस्तो हुन्छ होला? सायद भोग्नेले जति अरुले भन्न सक्दैन्। श्रीमानश्रीमति, छोराछोरी होस् वा हजुरबा हजुरआमा सबैको मनमा चिसो पस्छ। त्यसैमाथी, परिवारका अन्य सदस्यमा पनि संक्रमणको जोखिम। विश्वमा दश लाख र नेपालमा सात सयभन्दा धेरैको ज्यान लिएको रोग लागेपछि उपचार गरौंला भन्नलाई औषधि छैन। ज्यानले कति धान्न सक्छ, त्यसैको भर हो। यस्तै, परिस्थितिबीच गुज्रिएका एक परिवारको सन्देशमूलक भिडियो सार्वजनिक गरेको छ, नबिल बैंकले। ३ मिनेट २५ सेकेण्डको यो भिडियो दश घण्टामै ढेड लाखले हेरिसकेका छन् भने फेसबुक पेजमा सयौंका मन पराएका प्रतिक्रिया आएका छन्। भिडियो आम नेपालीले देखेको…
काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा कर्णाली प्रदेशका पदाधिकारीहरुलाई तत्काल काठमाडौ नछोड्न निर्देशन दिएका छन् । शनिबार बिहान बालुवाटारमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानन्त्रीसमेत रहेका ओलीले कर्णाली प्रदेश कमिटिमा आएको विवादबारे पदाधिकारीहरुको ब्रिफिङ सुनेपछि यस्तो निर्देशन दिएका हुन् । ‘तपाईंहरुका कुरा मैले सुने, अब हामी दुई अध्यक्ष बसेर सल्लाह गर्छौँ,’ भेटमा सहभागी गुलावजंग शाहले भने, ‘कर्णालीका सबै साथीभाइले रिपोर्टिङ गरियो । त्यसपछि उहाँले ठिकै छ । अब हामी दुई अध्यक्ष सल्लाह गर्छौँ भन्नुभयो ।’ त्यस्तै ओलीले दुई अध्यक्ष बसेर छलफल नगर्दासम्म काठमाडौँ नछोड्न निर्देशन दिएको पनि शाहले बताए । ‘केही दिन तपाईंहरु अहिले काठमाडौँ…
काठमाडौँ: अपर चमेलिया जलविद्युत् आयोजनाको शिलान्यास गरिएको छ । मार्मा गाउँपालिका–२ मा निर्माण हुने ४० मेगावाट क्षमताको सो आयोजनाको गाउँपालिका अध्यक्ष जमनसिंह धामी र अपी पावर कम्पनीका सञ्चालक इन्द्रमणि त्रितालले आज संयुक्तरुपमा शिलान्यास गरेका हुन् । उक्त आयोजना निजी क्षेत्रबाट निर्माण हुन लागेको सुदूरपश्चिमकै ठूलो आयोजना हो । २० महिनाभित्र निर्माण सक्ने लक्ष्य सहित आयोजनाको शिलान्यास गरिएको कम्पनीका सञ्चालक त्रितालले बताए । आयोजनाको कूल लागत ७ अर्ब ४० करोड छ । सो आयोजनामा छ बैंक तथा वित्तीय संस्थाले ऋण लगानी गरेका छन् । हिमालयन बैंकको अगुवाइमा कर्मचारी सञ्चय कोष, राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक, नेपाल बङ्गलादेश बैंक र सेञ्चुरी कमर्सियल…
काठमाडौं: यस वर्षको दशैंमा राष्ट्रपति र प्रधानमन्त्री लगायतले सर्वसाधारणलाई टीका नलगाइदिने भएका छन् । कोरोना भाइरस (कोभिड १९) संक्रमण फैलने उच्च जोखिमका कारण सर्वसाधारणलाई राष्ट्रपति, प्रधानमन्त्रीलगायतले टीका नलगाइदिने भएका हुन् । विगतका वर्षहरुमा राष्ट्रपति, प्रधानमन्त्री र पूर्वराजाले समेत दुई/तीन दिनसम्म सर्वसाधारणलाई दशैंको टीका लगाइदिने गरिन्थ्यो । यस वर्षको दशैं शनिबारबाट सुरुवात भइसकेको छ । टीका लगाउने दिन कात्तिक १० गते परेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले विगतको जस्तो दशैंको टीका लगाउने कार्यक्रम नराखिएको बताए । उनले आधिकारीक रूपमा यसबारे केही दिनमै जानकारी दिइने बताए । ‘यसपालीको दशैंमा पहिलाको जस्तो राष्ट्रपतिबाट टीका लगाइदिने कार्यक्रम कम छ ।…
काठमाडौँ: पर्सामा प्रहरीले एक घरमा छापा मारेर ठूलो परिणाममा सुन बरामद गरेको छ। पर्साको वीरगन्ज ५ स्थित भारतीय नागरिकको घरमा छापा मारेर प्रहरीले २२ किलो सुन बरामद गरेको हो। भन्सार कार्यालय एजेन्टसमेत रहेका उनको घरमा शनिबार दिउँसो प्रहरीले छापा मारेको हो। अहिले पनि अप्रेसन चलिरहेको प्रहरी उच्च श्रोतले जानकारी दिएको छ। घटनाको विस्तृत विवरण आउन बाँकी छ।
काठमाडौँ: नेपालमा पछिल्ले २४ घण्टामा थप जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा थप ३ हजार १६७ जनामा कोरोना पुष्टि भएको बताए। उनले १ हजार ८ सय जना संक्रमित पछिल्लो २४ घण्टामा निको भएको बताए।
काठमाडौं: काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १७४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १४५१, भक्तपुरमा १४३ र ललितपुरमा १५२ गरी जम्मा १७४६ जना संक्रमित थपिएका छन् । यसअघि शुक्रबार (हिजो) काठमाडौंमा ७८४, भक्तपुरमा २४४ र ललितपुरमा ३७४ गरी जम्मा २४०२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।
डोटी: नेपालीहरुको महान चाड दशैँ र तिहारमा उपभोक्तालाई सहज रुपमा नुन र चिनी किन्नका लागि साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड शाखा कार्यालय दिपायलले बर्सेनी खोल्दै आएको सुपथ मूल्यका पसल यो वर्ष अहिलेसम्म सञ्चालनमा ल्याएको छैन् । जिल्लामा सुपथ मूल्यका पसलहरु सञ्चालनमा नआउँदा उपभोक्तालाई समस्या हुँदै आएको छ । सुपथ मूल्यको सामान किन्न भन्दै यहाँका नागरिक दिपायल पिपल्लास्थित साल्ट ट्रेडिङ कर्पोरेसनको शाखा कार्यालयमा आउने गरेका छन् । सुपथ मूल्यका पसल सञ्चालनमा नआएका कारण गाउँबाट दशँै, तिहारका लागि सहुलियत दरको नुन र चिनी किन्न आउने ग्राहकहरु रित्तो हात फर्किन थालेका छन् । डोटीका प्रजिअ भीमप्रसाद भट्टराईले सुपथ मूल्यका पसल तत्काल…
महेन्द्रनगर: नेपाल–भारत एकीकृत महाकाली सन्धि भएको करीब अढाइ दशक बित्दैछ । सन्धिअनुसार भारतीय पक्षले गर्नुपर्ने काम कारबाहीको अवस्था हेर्ने हो भने कहीँ कतै पनि चित्त बुझाउने ठाउँ नेपाली पक्षसित छैन । सन्धिअनुसार टनकपुर ब्यारेजदेखि भीमदत्त नगरपालिका–९ मटेनास्थित नेपाल–भारत सीमासम्म भारतले बनाउनुपर्ने एक हजार २०० मिटर मूल नहर र हेड रेगुलेटरलगायत संरक्षणका लागि गत कात्तिकमा काम थाल्ने बताए पनि एक वर्ष बितिसक्दा पनि कामले गति पाएको छैन । उता दोधारा चादँनीलाई शारदा नहरबाट सिँचाइका लागि दिनुपर्ने ३५० क्युसेक पानी दिने विषय अझै आलटाल गर्दै आएको छ । नेपाली पक्षले दोधारा चादँनीको सीमासम्म नहर निर्माण गरी पानी उपलब्ध गराउन डिपिआरसहित आयोजना पेश…
धरान: यहाँस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई कोरोना संक्रमितको शनिबार मृत्यु भएको छ। झापा, शिवगढी –११ का ५७ वर्षीय र सुनसरी, धरान –१५ का ६५ वर्षीय पुरुषको आधा घण्टाको फरकमा मृत्यु भएको हो। सुनसरीका पुरुषको बिहान ७ः१५ र झापाका पुरुषको ७ः४६ बजे मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा आशिष श्रेष्ठले जानकारी दिए। झापाका बिरामीलाई आज मात्र प्रतिष्ठानको कोभिड अस्पतालमा ल्याइएको थियो। माइस्थेनाग्राभिजका बिरामी उनलाई अस्पताल ल्याइएको केही समयमै मृत्यु भएको प्रतिष्ठानले जनाएको छ। सुनसरीका बिरामीलाई गत असोज २८ गते कोभिड भई २९ गते अस्पताल भर्ना गरिएको थियो। उनको पेटको समस्या भई भरखर शल्यक्रिया गरिएको प्रतिष्ठानले जनाएको छ। यससँगै प्रतिष्ठानमा मृत्यु…
