Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं: सरकारले चीनसँग नेपालको सीमा विवाद नरहेको स्पष्टीकरण दिएको छ । परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गरी सीमा विवादसम्बन्धी समाचार कृषि तथा पशुपन्छी विकास मन्त्रालयको एक रिपोर्टका आधारमा प्रकाशन भएको तर कृषि मन्त्रालयले नै त्यस्तो प्रतिवेदन अस्तित्वमा नै नभएको बताएको परराष्ट्रले उल्लेख गरेको छ । कृषि मन्त्रालयले सीमासम्बन्धी विषय आफ्नो क्षेत्राधिकारमा नपर्ने पनि उल्लेख गरेको परराष्ट्रले विज्ञप्तिमार्फत बताएको छ । त्यस्तै, हराएको भनिएको ३७ र ३८ नम्बरको सीमा स्तम्भ राख्दै नराखिएको मन्त्रालयले बताएको छ । प्राकृतिक कारणले दुई देशबीचकै सहमतिमा ती स्तम्भ नराखिएको परराष्ट्रको भनाइ छ । नेपाल र चीनबीचको सीमा सन् १९६१ अक्टोबर ५ मा दुई देशबीच भएको सीमा…

Read More

काठमाडौं: बिगेको २४ घण्टामा नेपालमा थप ४३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बिहीबारको नियमित प्रेस ब्रिफिङमा ४८ र ३८६ पुरुष गरी थप ४३४ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । यससँगै नेपालमा संक्रमितको कूल संख्या ११ हजार १६२ जना पुगेको जानकारी दिए । हालसम्म कोरोना जित्नेको संख्या २ हजार ६५० पुगेको छ । बितेको २४ घण्टामा १९ महिला र २९३ पुरुष गरी ३१२ जना संक्रमित निको भएको पनि गौतमले जानकारी दिए ।

Read More

पोखरा : कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनमा स्थानीयले अवरोध गरेपछि पोखरामा प्रहरीले हवाइ फायर गर्दा स्थिति तनावपूर्ण बनेको छ। पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचाररत कोरोना संक्रमित स्याङ्जाका ५५ वर्षीय पुरुषको हिजो बुधबार राति मृत्यु भएको थियो । उनको शव व्यवस्थापनका लागि लैजाने क्रममा पोखरा महानगरपालिका ३२ का मजुवावस्तीका स्थानीयले अवरोध गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी जीवन श्रेष्ठले बताए। उनका अनुसार अस्पतलाबाट शव व्यवस्थापनका लागि लैजाने क्रममा स्थानीयले सो टोलीमाथि ढुंगामुढा प्रहार गरेका थिए। सो टोलीले स्थानीयको अवरोधकाबीच शव व्यवस्थापन गरेको थियो। प्रहरीले शव व्यवस्थापन गर्न थालेपछि स्थानीयहरुले नजिकै रहेको चेकपोस्टमा आक्रमण गरेपछि शसस्त्र प्रहरीका तर्फबाट…

Read More

काठमाडौँ: बन्दाबन्दीका कारण दूध तथा दुग्धजन्य पदार्थको बिक्रीमा कमी आउँदा मौज्दातमा वृद्धि भएकाले सरकारको स्वामित्व रहेको दुग्ध विकास संथान (डिडिसी) ले घ्यु, नौनी र धुलो दूधको मूल्य घटाएको छ । यही असार ३ गतेदेखि घ्युमा प्रतिलिटर रु २०, नौनीमा रु ८० र धुलो दूधमा रु १० छुट दिइएको छ । घ्युको खुद्रा मूल्यसँगै थोक मूल्यमा एकदेखि पाँच प्रतिशतसम्म छुट दिइएको डिडिसीका महानिर्देशक रुद्रप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार थोक मूल्य प्रतिलिटर रु ८३० का दरमा तीन सयदेखि पाँच सय लिटर घ्यु किन्दा एक प्रतिशत छुट दिइएको छ । यसैगरी पाँचदेखि एक हजार लिटरमा दुई, एक हजारदेखि तीन हजारसम्म…

Read More

काठमाडौं:पाटन अस्पतालमा उपचाररत एकजना कोरोना संक्रमतिको मृत्युभएको छ। जिल्ला स्वास्थ्य कार्यलय ललितपुरका प्रमुख डाक्टर खगेन्द्र गेलालका अनुसार पाटन अस्पतालमा उपचारत ५० वर्षका एकजना पुरुषको आज बिहान ७ बजे मृत्यु भएको हो । मृतकको स्थायी ठेगाना चितवन भएको र उनी ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिका टिकाथलीमा बस्दै आएक थिए । डा गेलालका अनुसार ५ महिना अघि ती पुरुषको मिर्गौला प्रत्योपण गरिएको थियो । केही समयमा अघि स्वास्थ्यमा समस्या आएपछि उनलाई नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । नर्भिक अस्पतालले कोरोना भाइरस संक्रमणको आशंका गरी स्वाब संकलन गरी कोरोना परीक्षण गर्दा उनमा कोरोना पोजेटिभ भएको पुष्टि भएको थियो । कोरोनाको पुष्टि भएपछि ६ दिनअघि…

Read More

काठमाडौं : राष्ट्रियसभाको बैठकमा सांसदले आज बुधबार प्रधानमन्त्री निवास बालुवाटार नजिक धर्नामा बसेका दलित नेतालाई प्रहरीले धरपकड गरेकोप्रति विरोध जनाएका छन । आजको बैठकको शून्य समयमा नेपाली काँग्रेसका प्रकाश पन्थले सोती घटनाका दोषीलाई कारवाही गर्नुपर्ने माग गर्दै शान्तिपूर्ण आन्दोलनमा उत्रिएका दलित नेतालाई लाठी प्रहार गरी घाइते बनाइएको बारे गृहमन्त्रीले सदनमा जवाफ दिन माग गरे । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का दिलकुमारी रावल, तुलसाकुमारी दाहाल र मायाप्रसाद शर्माले हत्या, हिंसा, बलात्कार र भ्रष्टाचारको अन्त्य गर्नुपर्नेलगायत समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन ।`

Read More

काठमाडौं: काठमाडौँको टोखामा एक व्यक्तिले आफ्नै श्रीमतीको हत्या गरेका छन् । टोखा नगरपालिका–३ बानियाटार बस्ने ४३ वर्षीय कृष्णहरि बानियाँले श्रीमती सलिना खड्कालाई धारिलो हतियार चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा आज बिहान कृष्णहरिलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । बुधबार राति करिब १ बजेको समयमा विवाद हुँदा उनले चक्कु प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको प्रहरीले जनाएको छ । उनको घटनास्थलमै मृत्यु भएको र अहिले शव परीक्षणका लागि महाराजगञ्जस्थित शिक्षण अस्पतालमा राखिएको छ । महानगरीय प्रहरी प्रभाग गोंगबु र महानगरीय प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको प्रहरीले घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।

Read More

काठमाडौँ : सांसदहरुले कोरोना महामारीको समयमा अग्रपङ्क्तिमा खटिएका स्वास्थ्यकर्मीमाथि भइरहेका कुटपिट र दुव्र्यवहारलाई तत्काल रोक्न सरकारसँग माग गरेका छन । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा उनीहरुले त्यस्ता गलत कामले रोग सङ्क्रमण बढ्ने र नकारात्मक सन्देश जानेतर्फ सचेत रहन आग्रह गरे । उनीहरुले स्वास्थ्यकर्मीको सुरक्षाको पूर्ण प्रत्याभूति दिन जोड दिए । जनता समाजवादी पार्टीका मृगेन्द्रकुमारसिंह यादवले काठमाडौँ, धरान, पर्सा, रौतहटमा, डोटी, बाजुरालगायत स्थानमा स्वास्थ्यकर्मीमाथि आक्रमण भएको उल्लेख गर्दै उनीहरुको उत्साहलाई निराशामा परिणत गर्ने काम कोही कसैले गर्न नहुने बताए । उनले नागरिकताको विषयमा राष्ट्रियतालाई ध्यानमा राखेर अघि बढ्न जोड दिए । नेपाल कम्युनिष्ट पार्टी -नेकपाका चक्रप्रसाद स्नेहीले कोभिड–१९ सङ्क्रमण…

Read More

काठमाडौँ : सार्वजनिक यातायातका सवारी साधन तीन महीनादेखि ग्यारेज एवं खुला स्थानमा राखिँदा पार्टपुर्जा बिग्रन थालेको भन्दै व्यवसायीले गुनासो गरेका छन् । कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी बन्दाबन्दीका कारण गत चैत ११ गतेदेखि सार्वजनिक यातायात ठप्प छ । यातायात सडकमा नगुडेपछि कति ग्यारेजमा थन्किएका छन् त कति सवारी भने ग्यारेजको अभावमा सडक वा खुला स्थानमा राखिएका छन् । ग्यारेज गरिएका साधनका पार्टपुर्जामा धेरै समस्या नभएपनि खुला रुपमा सडक वा अन्य स्थानमा राखिएका सवारीको टायर लगायत पार्टपुर्जा फेर्नुपर्ने अवस्थामा पुगेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले जानकारी दिए । आधाभन्दा बढी सवारीका लागि ग्यारेजको व्यवस्था हुन सकेको छैन ।…

Read More

काठमाडौँ: संयुक्त अरब इमिरेट्स (युएई) र चीनले कोरोनाभाइरसको भ्याक्सिन निर्माणका लागि मानिसमाथि तेस्रो चरणको क्लिनकल परीक्षण सुरु गरेको चाइना नेसनल बायोटिक ग्रुप (सीएनबीजी) र युएईको राष्ट्रिय मिडियाले जानकारी दिएको छ । महामारीको वैज्ञानिक समाधानका लागि जारी दौडमा यसलाई अर्को महत्त्वपूर्ण विकास मानिएको छ । परीक्षण गर्ने सम्झौतामा युएईको कम्पनी जी४२ र सीएनबीजीसँग आबद्ध चिनियाँ औषधी निर्माता कम्पनी सिनोफार्म समूहले बुधबार हस्ताक्षर गरेका छन् । खोपहरुले आफ्नो प्रभावकारिता र सुरक्षालाई सुनिश्चित गर्न विभिन्न चरणको परीक्षण पार गर्नुपर्ने हुन्छ । यसका लागि लामो समय लाग्ने गर्छ । क्लिनिकल विकासका लागि सामान्यतय तीन चरण लाग्ने अमेरिकी सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनको भनाइ…

Read More