Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: नेपालमा सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या ४० हजार नाघेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले पछिल्लो समय नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या ४० हजार ३३८ पुगेको बताए । यसअघि मन्त्रालयले सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या २५ हजार नाघेपछि अस्पतालमा उपचार गर्न बेड पाउन कठिन हुने र सङ्क्रमितको सङ्ख्या झनै बढ्ने आकलन गर्दै पूर्ण रूपमा लकडाउन गर्न सिफारिस गरेको थियो । प्रवक्ता पौडेलका अनुसार पछिल्लो चौबीस घण्टामा देशभर थप तीन हजार ४०३ जना कोरोना सङ्क्रमित थपिएका छन् । यही अवधिमा थप दुई हजार १०४ जना सङ्क्रमित निको भएका छन् । यस्तै थप ४२ जना सङ्क्रमितको मृत्यु भएको छ…

Read More

संघीयतामा प्रवेश गरेपछि पहिलो पटक महिलाले प्रदेश सरकारको नेतृत्व गर्ने अवसर प्राप्त भएको छ । बुधबार एमाले नेतृ अष्टलक्ष्मी शाक्य बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त भएसँगै पहिलो महिला मुख्यमन्त्री बनेर इतिहास रचेकी हुन् । २०७४ सालमा सम्पन्न प्रदेशसभा निर्वाचनपछि संघीयता अन्तर्गत प्रदेश सरकारहरु गठन भए । तर सातै प्रदेशमा मुख्यमन्त्रीका रुपमा पुरुष नै चुनिए । यसबीचमा गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा सरकार फेरबदल हुँदासमेत महिलाले मुख्यमन्त्रीको जिम्मेवारी पाउन सकेनन् । यी दुवै प्रदेशमा हाल तेस्रो सरकार छ । गण्डकी प्रदेशका तत्कालीन मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ र लुम्बिनी प्रदेशका तत्कालीन मुख्यमन्त्री शंकर पोखरेलले एक पटक राजीनामा दिइसकेर पनि पछि फेरि मुख्यमन्त्री नियुक्त…

Read More

काठमाडौँ: एमालेबाट विद्रोह गरी आफ्नो अध्यक्षतामा नेकपा एमाले (समाजवादी) पार्टी दर्ता गरेका माधव कुमार नेपालले देश, जनता र कम्युनिष्ट आन्दोलनप्रतिको दायित्वबाट नपन्छिने बताएका छन् । बुधबार निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि निवेदन दिएपछि एक अपील जारी गर्दै अध्यक्ष नेपालले आफूहरु राष्ट्र र जनताप्रतिको कर्तव्य पालनाबाट विमुख नहुने समेत जनाएका हुन् । अध्यक्ष नेपालले अपीलमा भनेका छन्, ‘त्यसैले नेपाली कम्युनिष्ट आन्दोलनले स्थापित गरेका देश र जनताप्रतिको सेवाभाव, राष्ट्रिय स्वतन्त्रता र स्वाभिमानप्रतिको दृढ अडान, स्वच्छ संस्कार र क्रान्तिकारी अडान तथा समाजवादी ध्येयप्रतिको अटल विश्वासजस्ता असल मान्यतामा अडिरहन चाहन्छौँ । नेकपा (एमाले) ले स्थापित गरेको विचारको विविधतालाई आत्मसात गर्ने दृष्टिकोण, विधि र…

Read More

काठमाडौँ: माधव नेपाल पक्षले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवदेन दर्ता गरेको छ । सरकारले संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत पुर्‍याएर दल विभाजन गर्न सकिने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याए लगत्तै एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले एमाले (समाजवादी) पार्टी दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन पेस गरेको हो । दल दर्ताको निवेदन दिएर आएपछि नेता राजेन्द्र पाण्डेले पत्रकारसँग भने, ‘एमालेमा अल्मलिएर रहेका साथीहरूलाई पनि चाँडोभन्दा चाँडो नेकपा एमाले (समाजवादी) मा आउन आग्रह गर्छौँ ।’ उनले प्रस्तावित एमाले(समाजवादी) दल दर्ता स्वीकृत भएपछि आफ्नो पार्टी सरकारमा सहभागी हुने बताए । आफूहरुसँग एमालेका उपाध्यक्ष वामदेव गौतम पनि आउने…

Read More

काठमाडौँ: नेपाल उद्योग परिसंघ (सीएनआई)ले संयुक्त सरकारले ल्याएको श्वेत पत्र अनुसार उत्पादनशील अर्थतन्त्रमा रुपमान्तरणका ३४ वटा क्षेत्रमा नीतिगत सुधारको आवश्यकता रहेको औंल्याएको छ । परिसंघले नीतिगत सुधारका लागि अर्थ मन्त्रालय, उद्योग मन्त्रालय, कानुन मन्त्रालय, राष्ट्रिय योजना आयोग र नेपाल उद्योग परिसंघका प्रतिनिधि सम्मिलित समिति गठन गर्नुपर्ने सुझाव अर्थमन्त्री जनार्दन सर्मालाई दिएको हो । परिसंघले सुरु गरेको मेक इन नेपालको अभियान मार्फत अर्थतन्त्रलाई उत्पादनशील बनाउन मद्दत पुग्ने जाएको छ । अर्थतन्त्रलाई चलायमान बनाउदै रोजगारी एवं स्वरोजगारीको बृद्धि गर्नसाना तथा मझौला उद्योगहरुलाई परियोजना धितोमा पाँच करोडसम्म ऋण उपलब्ध गराउन च्यालेन्ज फण्डको व्यवस्था गरिनुपर्ने सुझाब परिसंघले अर्थमन्त्रीलाइ दिएको छ । स्वदेशी उत्पादनको…

Read More

काठमाडौँ: उपेन्द्र यादव नेतृत्वको जसपाबाट फुटेर महन्थ ठाकुरको नेतृत्वमा जसपा (लोकतान्त्रिक) पार्टी गठनका लागि निर्वाचन आयोगमा निवेदन दर्ता भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश जारी गरेपछि जसपाको ठाकुर पक्ष नयाँ पार्टी दर्ताको लागि बुधबार आयोग पुगेको हो । सो पार्टीको आयोगमा दर्ता नम्बर ४३४ रहेको छ । पार्टीको अध्यक्ष महन्थ ठाकुर रहेका छन् भने वरिष्ठ नेतामा राजेन्द्र महतो रहेका छन् । यस्तै २४ जनाको कार्यकारिणी समिति बनाइएको छ भने २४ जनामध्येबाट छिट्टै पदाधिकारी गठन गरिने वरिष्ठ नेता महतोले जानकारी दिए । आफूहरुको पार्टीमा प्रतिनिधि र राष्ट्रिय सभाका गरी १५ सांसद रहेको पनि महतोले बताए…

Read More

काठमाडौँ: नेपाल कम्युनिस्ट पार्टी (एमाले) फुटेको छ । एमाले वरिष्ठ नेता माधव कुमार नेपालले पार्टी विभाजन गर्दै आफ्नै नेतृत्वमा नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका हुन् । फुटेर बनेको नयाँ पार्टीको नाम नेकपा एमाले (समाजवादी) राखिएको छ भने चुनाव चिन्ह खुल्ला किताब प्रस्ताव गरिएपछि अर्कै पार्टीसँग जुधेकाले हाललाई कुनै निर्णय भएको छैन । नवगठित पार्टीका नेता मेटमणि चौधरीले नेता राजेन्द्र पाण्डेलगायत निर्वाचन आयोगमा पुगेर दल दर्ताका लागि निवेदन दिएको बताए । नयाँ पार्टीमा नेता नेपाल नै अध्यक्ष रहेका छन् भने झलनाथ खनाल वरिष्ठ नेता रहेका छन् । नयाँ पार्टीमा ९५ जना केन्द्रीय सदस्य रहेका छन् । निर्वाचन आयोगमा…

Read More

काठमाडौँ: नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ४०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ११ हजार ८३९ जनाको पीसीआर परीक्षणमा २ हजार ६१३ र ४ हजार ९९९ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ७९० जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप ४२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट २ हजार १०४ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।

Read More

काठमाडौँ: शेयर बजार सूचक मापक नेप्सेले फेरि ऐतिहासिक बिन्दु चुमेको छ । भदौ २ गते बुधबार नेप्से सूचक ३८.२८ अंकले बढेर ३ हजार १९८ दशमलव ६० बिन्दुमा बन्द भएको हो । यसबीचमा २ बजेर ९ मिनेट जाँदा नेप्से सूचक ६० अंक बढेर ३ हजार २२०.३३ बिन्दुसम्म उक्लिएकोमा पछिल्लो घण्टामा केही घटेर बजार बन्द भएको हो । बुधबार कारोबार रकम पनि अघिल्लो दिन मंगलबारको तुलनामा ३ अर्ब १० करोड ५८ लाख रुपैयाँले बढेर २१ अर्ब ३१ करोड ३४ लाख ८९ हजार रुपैयाँ नाघेको छ । यसभन्दा अघि साउन ३१ गते आइतबार २१ अर्ब ६४ करोडको सर्वाधिक रकमको रेकर्ड छ ।…

Read More

काठमाडौँ: राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरेकी छन्। बुधबार राष्ट्रपति भण्डारीले उक्त अध्यादेश जारी गरेकी हुन्। उनले १ बजेर १० मिनेटमा उक्त अध्यादेश जारी गरेको राष्ट्रपति भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले बताए। सरकारले मंगलबार अध्यादेश ल्याएको थियो। केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत भए दल विभाजन गर्न सकिने व्यवस्था अध्यादेशमा छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठक कुनै पनि राजनीतिक दलका सदस्यले केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत बहुमत पुर्‍याएर नयाँ दल खोल्न पाउने व्यवस्था गरी अध्यादेश ल्याएको थियो।

Read More