Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं : व्यापक करेक्सनपछि पुँजी बजार फेरि बुलिस यात्रामा अघि बढेको हो । यसअघि नेप्से २१ सय अंकभन्दा माथि पुगेपछि करेक्सन भएको हो । करेक्सन हुँदै सूचक १८८१ भन्दा पनि तल आएपछि पुनः माथिल्लो यात्रामा अघि बढेको हो । अर्थमन्त्री विष्णु पौडेलले तत्काल ब्रोकर कमिसन घटाउन निर्देशन दिएका छन् । अर्थमन्त्रीको निर्देशनपछि बोर्डले पनि कमिसन घटाउने तयारी गरेको छ । यसले लगानीकर्ता थप उत्साहित भएका हुन् । यसबाहेक ठूलो करेक्सन आएकाले बजारमा सेयरको भाउ निकै सस्तो भएको छ । भाउ सस्तो हुँदा सर्वसाधारण लगानीकर्ताको आकर्षण बढेको हो । यस्तै बजार बुलिस प्रवृत्तिमा छ । प्रत्येक बुल बजारले त्यस अगाडिको…

Read More

काठमाडौं: नेकपा ओली समूहले आफूहरु नै वैधानिक भएको दाबी गरेको छ । प्रचण्ड-माधव नेपाल समूहको बैठक आधिकारिक नहुने सो समूहको भनाइ छ । आज बालुवाटारमा बसेको नेकपा ओली समूहको केन्द्रीय समिति बैठकबाट प्रवक्ताको जिम्मेवारी पाएका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बैठकपछि भने, ‘पार्टीको अध्यक्ष, महासचिव र माइन्युटविना पनि बैठक बस्छ र ? त्यो बैठकको निर्णयको कुनै वैधानिकता हुने कुरा पनि भएन ।’ पार्टीको मौजुदा विधानले महासचिवले नै बैठकको सूचना र एजेण्डा तय गर्ने भनेकाले आफूहरु नै वैधानिक भएको ज्ञवालीको तर्क छ । बालुवाटार बैठकले कसैलाई कारबाही नगरेको तर जिम्मेवारी मात्र हेरफेर गरेको उनले बताए । बैठकले नेकपा प्रवक्ताको जिम्मेवारीबाट नारायणकाजी श्रेष्ठलाई हटाएर…

Read More

काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केपी शर्मा ओली समूहले केन्द्रीय कमिटी ‘विस्तार’ गरेको पत्र निर्वाचन आयोगमा पुर्‍याएको छ । ‘केन्द्रीय कमिटी पुनर्गठन सम्बन्धि पत्र निर्वाचन आयोगमा आइपुगेको छ’ एक आयुक्तले भने, ‘केन्द्रीय सदस्यहरूको सूची साँझसम्म पठाउने जानकारी पाएका छौं ।’ ती आयुक्तका अनुसार पत्रमा केन्द्रीय कमिटी पुनर्गठनको मिति भने सोमबारको राखिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको ओली समूहको बैठकले १ हजार १९९ सदस्यीय महाधिवेशन आयोजक समिति बनाउने निर्णय गरेको छ । ओली समूहका एक नेताका अनुसार महाधिवेशन आयोजक समितिका सदस्यहरुको सूची तयार गरिँदैछ । यस्तै, २ मंसिर २०७८ मा महाधिवेशन गर्ने र पार्टी प्रवक्ताबाट नारायणकाजी श्रेष्ठलाई हटाउर…

Read More

काठमाडौं: सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ओली समूहले प्रदीप ज्ञवालीलाई प्रवक्ता तोकेको छ । अध्यक्ष केपी शर्मा ओली ओलीले बोलाएको केन्द्रीय समिति बैठकले नारायणकाजी श्रेष्ठ प्रकाशलाई प्रवक्ताबाट हटाउने निर्णय गरेको छ । पार्टी हित विपरित गतिविधि गरेको भन्दै श्रेष्ठलाई प्रवक्ताबाट हटाउने निर्णय गरेको एक नेताले बताए । श्रेष्ठको ठाउँमा परराष्ट्रमन्त्री समेत रहेका प्रदीप ज्ञवालीलाई नियुक्ति गर्ने निर्णय भएको छ ।

Read More

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड– माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटीको बैठक सुरु भएको छ । बबरमहलस्थित कार्की ब्याङ्केटमा स्थायी कमिटीको बैठक सकिएलगत्तै केन्द्रीय कमिटीको बैठक बसेको हो ।

Read More

काठमाडौँ: चालु आर्थिक वर्षको कातिक महिनामा मात्र देशको शोधनान्तर स्थिती ९ अर्ब ५६ करोड रुपैयाँले बचतमा रहेको छ । चालु आर्थिक वर्षको तेस्रो महिना असोजमा १०१ अर्ब ९ करोड पुगेको शोधनान्तर स्थिती कात्तिकमा ११० अर्ब ६५ करोड बचतमा पुगेको हो। चालु आर्थिक वर्षको सो अवधिमा बैदेशिक ब्यापारमा कमी आएसंगै शोधनान्तर बचत उच्च दरमा बढेको छ । कोरोना भाइरसका कारण आर्थिक गतिविधिमा आएको सुस्ततासंगै आयातमा कमी आउनु र रेमिटेयान्स आप्रबाहमा उच्च सुधार आएपछि शोधनान्तर बचत बढेको हो । चालु आर्थिक वर्षको कात्तिक महिनामा चालु खाता २० अर्ब ४६ करोडले बचतमा रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा चालु खाता ३४…

Read More

काठमाडौँ: जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान जारी गर्दै हाल हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार हाल गण्डकी, कर्णाली तथा सुदुरपश्चिम प्रदेशका भूभागहरूमा आंशिक देखि सामान्य बदली रहेको छ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ । आगामी तीन दिनको मौसम पूर्वानुमानः पौष ७ गते (मंगलबार) दिउँसोः प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशका भूभागहरूमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । रातिः बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, र कर्णाली प्रदेशका भूभागहरूमा आंशिक बदली रही बाँकी भूभागमा…

Read More

एजेन्सी: अमेरिकाका भावी राष्ट्रपति जो बाइडेनले कोरोनाविरुद्धको खोप लगाएका छन् । मोडर्नाले उत्पादन गरेको खोप बाइडेनले अमेरिका ल्याएकै दिन सोमबार लगाएका हुन् । बाइडेनले खोप लगाएको टेलिभिजनमार्फत प्रत्यक्ष प्रसारण गरिएको थियो । खोप लगाउनु सुरक्षित छ भन्ने सन्देश दिन आफूले सार्वजनिक रुपमा खोप लगाएको बाइडेनले बताएका छन् । यसअघि उपराष्ट्रपति माइक पेन्स र तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले खोप लगाएका थिए । अमेरिकामा यसअघि फाइजरको खोप लगाउन थालिएको थियो । कोरोनाभाइरसबाट मानवीय क्षति र प्रभावितको दृष्टिकोणले अमेरिका सबैभन्दा अगाडि रहेको छ ।

Read More

काठमाडौँ: नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले आज मंगलबारका लागि आह्वान गरेको केन्द्रीय कमिटी बैठकले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीलाई कारवाही गर्ने भएको छ। उनीहरुले ओलीलाई असंवैधानिक कदम चालेर देशलाई अस्थिरतामा धकेलेको अभियोग लगाउँदै उनीमाथि पार्टीको सदस्य नरहने गरी कारवाही गर्न लागेका हुन्। ओलीले आफ्नै पार्टीको स्पष्ट बहुमत रहेको प्रतिनिधि सभाको विघटन गरेर देशमा राजनीतिक संकट निम्त्याएको आरोप लगाएका छन्। सोही बैठकबाट माधवकुमार नेपाललाई पार्टी अध्यक्ष बनाउने तयारी पनि रहेको एक स्थायी कमिटी सदस्यले भने। ‘केन्द्रीय कमिटी बैठकअघि बस्ने स्थायी कमिटी बैठकले ओलीमाथि कारवाहीको प्रस्ताव तयार पार्छ र त्यसलाई केन्द्रीय कमिटीले अनुमोदन…

Read More

काठमाडौँ: चालु आर्थिक वर्षमा गत आर्थिक वर्षको तुलनामा रेमिट्यान्स आप्रवाहमा निरन्तर सुधार आएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिडका कारण विश्वअर्थतन्त्र शिथिल भइरहेको र रोजगारीका अवसरहरु समेत गुमेको अवस्थामा नेपालमा रेमिट्यान्स आप्रवहमा निरन्तर सुधार देखिएको छ । चालु आर्थिक वर्षको चार महिना अर्थात कात्तिक मसान्तसम्ममा विप्रेषण आप्रवाह ११.२ प्रतिशतले वृद्धि भई ३ खर्ब ३७ अर्ब ७२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २.८ प्रतिशतले घटेको थियो । दसैं तथा तिहार लगायतका चाडपर्वहरु परेकाले पनि यस अवधिमा रेमिट्यान्स आप्रवाहमा उच्च सुधार देखिएको हो । साथै कोरोनाका कारण हुण्डी कारोबार ठप्प भएपछि औपचारिक माध्यमबाट रकम भित्रने क्रम…

Read More