Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
- लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
- कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
- मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: पछिल्लो २४ घन्टामा नेपालमा थप १ हजार ७ सय ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयको आधिकारिक वेबसाइटका अनुसार आइतबार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ५९ हजार ८ सय ३० पुगेको छ । यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर ४ हजार ५ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या १ लाख १५ हजार ६ सय ७५ जना पुगेको छ । त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप १५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना…
जाजरकोट: विजयादशमीका दिन जाजरकोटको नलगाड नगरपालिका– ८ चौरिल्लामा आगलागी हुँदा पाँच घर जलेर नष्ट भएको छ । स्थानीयवासी नेत्रबहादुर चदाराको घरबाट शुरु भएको आगोले छिमेकी दत्ते चदारा, सर्के चदारा, दलजीत चदारा र पर्से परियारको घर पूर्णरुपमा जलेको छ । घरमा रहेका अन्न, लत्ताकपडा र भाँडाकुडाँ सबै जलेको स्थानीयवासी निरज केसीले जानकारी दिनुभयो । आगलागी कसरी भयो भन्ने खुल्न बाँकी रहेको छ ।
काठमाडौँ: राष्ट्रपति विद्यादेवी भण्डारीले चाँडै कोरोना भाइरसलाई जित्ने र आगामी दशैँ सदाझैंँ हर्षोल्लासपूर्वक मनाउने विश्वास व्यक्त गर्दै बडादशैँका उपलक्ष्यमा सबैमा पुनः शुभकामना दिनुभएको छ । आज अपराह्न ट्वीट गर्दै उहाँले कोभिड–१९ महामारीका कारण सबै आफन्तजन र आमनागरिकसँग दशैँ मनाउन सम्भव नभएको र आफूले आमाका हातबाट आशीर्वाद थाप्नाका साथै छोरी–ज्वाइँ एवं नातिनीहरूलाई टीका प्रदान गरेको उल्लेख गर्नुभएको छ ।
काठमाडौँ: राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीका अवसरमा आज आमा मिथिला पाण्डेका हातबाट १० बजेर १९ मिनेटको शुभसाइतमा टीका र जमरा ग्रहण गर्नुभएको छ । राष्ट्रपति भण्डारीले राष्ट्रपति कार्यालय, शीतल निवासमा विजयादशमीको टीका र जमराका साथै आशीर्वाद ग्रहण गर्नुभएको राष्ट्रपतिका स्वकीय सहसचिव शिव भट्टराईले जानकारी दिनुभयो । सो अवसरमा राष्ट्रपति भण्डारीले छोरीज्वाइँहरु उषाकिरण, निशाकुुसुम, उमेश थापा र अभिषेक यादव तथा दुई नातिनी एवं पाश्र्ववर्तीहरुलाई पनि टीका लगाइदिनुभयो । यसैगरी, प्रधानमन्त्री केपी शर्माओली र उनका धर्मपत्नी राधिका शाक्य राष्ट्रपति कार्यालयमा पुगी राष्ट्रपति विद्या देवी भण्डारीबाट दसैंको टिका ग्रहण गरेका छन् ।
परासी, १० कात्तिक (रासस): नवलपरासी(बर्दघाट सुस्ता पश्चिम)मा धारिलो हतियार प्रयोग गरी हत्या गरिएका अवस्थामा एक पुरुषको शव फेला परेको छ । सुस्ता गाउँपालिका–४ नर्सहीस्थित पच्छिमडारी बस्ने ७५ वर्षीय महगु केवटको शव आज फेला परेको हो । केवट स्थानीय मन्दिरका पुजारी थिए । उनको आफ्नै कुटी नजीकै धारिलो हतियार प्रयोग गरी हत्या गरिएको र हत्याराको खोजी भइरहेको प्रहरीले जनाएको छ । घटनाका विषयमा थप अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय परासीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिनुभयो ।
काठमाडौँ: दसैं भन्नेबित्तिकै धेरैले मस्तिष्कमा रातो टीका र जमराको चित्र आउँछ सोच्छन् । तर नेपालमा समुदाय अनुसार दसैंमा लगाइने टीका फरकफरक हुने गर्छन् । दसैंलाई नेवार समुदायले ‘मोहनी’ भन्छन् । नेवारहरूले दसैंमा लगाउने कालो मोहनीकै आधारमा दसैंलाई मोहनी भनिएको हो । नेवारहरूले दसैंमा निधारको मध्यभागमा भुइँ सिन अर्थात् फुस्रो सिन्दुर लगाएर तल वा माथि कालो मोहनी लगाउँछन् । त्यही नै नेवारहरूको दसैंको टीका मानिन्छ । संस्कृतिविद् ओम धौभडेलका अनुसार कालो टीकाले मानिसलाई आकर्षित गर्ने क्षमता राख्छ। कालो टीका लगाएको मानिसको अनुहारमा जादु हुने र यसले अरुलाई सम्मोहन गर्ने क्षमता राख्ने धौभडेल बताउँछन् । धौभडेलका अनुसार यो विजयादशमीको किंवदन्तीसित मेल खान्छ।…
एजेन्सी: बेन्चबाट मैदान प्रवेश गर्दै जेमी भार्डीले गरेको निर्णायक गोलमा लेस्टरले आर्सनललाई उसकै घरेलु मैदानमा आइतबार १–० ले हराएको छ । लिगका पछिल्ला चार खेलमा आर्सनलको यो तेस्रो हार हो । चोटका कारण भार्डीले सुरुदेखि खेलेका थिएनन् । व्यवस्थापक ब्रेन्डन रोजर्सले उनलाई ३० मिनेटको खेल बाँकी छँदा मैदान पठाएका थिए । यस सिजनमा उनको यो छैटौं गोल हो । आर्सनलविरुद्ध अधिकांश समय निर्णायक साबित हुँदै आएका छन्, ३३ वर्षीय भार्डी । उनले आर्सनलविरुद्ध लिगका १२ खेलमा ११ गोल गरिसकेका छन् । यसअघि साउथह्याम्पटनले शीर्ष स्थानमा रहेको एभरटनलाई २–० ले हरायो । …
कर्णाली, १० कात्तिक (रासस) : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कोरोना भाइरस सङ्क्रमणको जोखिमलाई मध्यनजर गरी आ–आफ्नो परिवारमा सीमित रहेर दशैँं मनाउन अपिल गर्नुभएको छ । विजयादशमीको अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले यसपटक कोभिड–१९ को महामारीलाई जितेपछि आगामी वर्ष चाडपर्वहरु उल्लासमय रूपमा मनाउन सकिने हुँदा स्वास्थ्य सजगता अपनाउन आग्रह गर्नुभयो । मुख्यमन्त्री शाहीले कोभिड–१९ ले निम्त्याएको चुनौतीलाई नयाँ अवसरका रूपमा लिँदै प्रदेशमा स्वास्थ्य पूर्वाधारहरूको उल्लेख्य विकास गरेको बताउनुभएको छ । “आवश्यक सङ्ख्यामा प्रदेश र जिल्ला अस्पतालहरुमा भेन्टिलेटर र आईसीयू शय्या क्षमताको विस्तार, प्रयोगशालाको स्थापना, नयाँ अस्पताल भवनको निर्माण, आइसोलेसन र क्वारेन्टिन व्यवस्थापनलगायतका कामहरु भएका छन्”, शुभकामना सन्देशमा भनिएको छ,…
काठमाडौँ: काठमाडौंको टोखामा कारको ठक्करबाट १८ महिनाकी एक बालिकाको मृत्यु भएको छ। टोखा नगरपालिका ७ शिवमन्दिर नजिकै बा २१ च ३०२६ नम्बरको कारले ठक्कर दिँदा १८ महिनाकी पवित्रा बयलकोटीको मृत्यु भएको हो। आइतबार दिउँसो कारले ठक्करबाट गम्भीरु घाइते भएकी बालिकाको ग्राण्डी अस्पताल धापासीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। बालिका सडकमा खेल्दै गर्दा कारले ठक्कर दिएको स्थानीयले बताएका छन्। बालिकालाई ठक्कर दिने कार र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले जो जहाँ छौं, त्यहीँ रहेर दसैं पर्व मनाउन आग्रह गरेका छन्। हिन्दु नेपालीहरुको महान् चाड बडा दसैंका अवसरमा स्वदेश तथा विदेशमा रहने सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइलाई शुभकामना सन्देश दिँदै ओलीले सबैमा सुस्वास्थ्य, प्रगति र समुन्नतिको कामना गरेका छन्। ओलीले चाडबाड केवल पर्व र उत्सव मात्र नभई सामाजिक प्रबन्धका आधार पनि भएको जनाएका छन्। ‘चाडबाडका नाममा हुने गरेका केही नकारात्मक पक्ष तथा औचित्य र आवश्यकताको वास्तै नगरी आफ्नो सामथ्र्यकोसमेत ख्याल नगरी आँखा चिम्लिएर उत्सव मनाउने वा फजूल खर्चमा हौसिने जस्ता अभ्यास कुनै पनि कोणबाट उचित होइनन्’, प्रधानमन्त्रीको शुभकामना सन्देशमा भनिएको छ, ‘यस्ता अभ्यासलाई…
