Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं । गत वर्षको तुलनामा यस वर्ष धान रोपाइँमा ढिलाइ भएको छ । असार ३१ गतेसम्म यो वर्ष १० लाख ४८ हजार ५०७.१७ हेक्टर क्षेत्रफलमा मात्रै रोपाइँ सकिएको कृषि विभागले जनाएको छ । जुन, देशभर कुल धान रोपाइँ हुने क्षेत्रफलको ७६.४४ प्रतिशत हो । देशभर १३ लाख ७१ हजार ७०६ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुन्छ । गत वर्ष सोही अवधिमा कुल धान रोपाइँ हुने क्षेत्रफलको ८१.८५ प्रतिशत अर्थात् ११ लाख १९ हजार ९१.२ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको थियो । कृषि विभागका अनुसार यस वर्ष प्रदेश दुईको रोपाइँमा निकै ढिलाइ देखिएको छ । असारको अन्तिम दिनसम्म प्रदेश एकमा ६४.४८, प्रदेश दुईमा…

Read More

काठमाडौं: नेपाली सेनाले आठ पृतनाको संरचना खारेज गरी चार कमाण्डको संरचना कार्यान्वयनमा ल्याएको छ । गत फागनु २० गतेको मन्त्रिपरिषद्को बैठकले पूर्वी, मध्य, पश्चिम र उपत्यका कमाण्डको संरचनालाई स्वीकृत गरेको थियो । शुक्रबार सैनिक मुख्यालय जंगीअड्डामा आयोजित कार्यक्रममा चारै कमाण्डका सेनापतिहरुलाई कमाण्ड झण्डा हस्तान्तरण गरेका छन् । यसअघि सात प्रदेश र संघीय राजधानी काठमाडौंमा गरी सेनाका आठवटा पृतना थिए ।

Read More

काठमाडौँ: पछिल्लो २४ घण्टामा देशभर २९३६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा ४३ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार १८२ जनामा परीक्षण गर्दा सो २९३६ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै २४ घण्टामा १७७५ जनामा संक्रमणमुक्त भएका छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआरबाट भएको परीक्षणमा ६ लाख ६४ हजार ५७६ जना पुगेको छ भने एन्टिजेन विधिबाट भएको परीक्षणमा ४७ हजार ७ सय ९७ पुगेको छ । यस्तै हालसम्म निको हुनेको कुल संख्या ६ लाख २८ हजार २४३ पुगेको छ । यस्तै मृतकको कुल संख्या ९ हजार ५०६ पुगेको…

Read More

काठमाडौं : चीनले नेपाललाई थप १६ लाख कोरोना विरुद्धको खोप अनुदानमा उपलब्ध गराउने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा चिनियाँ राजदूत होउ यान्छीले सो जानकारी गराएकी हुन् । यसअघि चीनबाट अनुदानमार्फत १८ लाख डोज कोरोना खोप आइसकेको छ । यस्तै सरकारले थप ४० लाख डोज खोप खरिदका लागि सम्झौता गरेको छ । जसअन्तर्गत आठ लाख डोज खोप आइसकेको छ । प्रधानमन्त्रीसँगको भेटमा चिनियाँ राजदूतले कोरोना महामारीविरुद्धको लडाइँमा चीनले नेपाललाई निरन्तर सहयोग गर्ने आश्वासन दिएको परराष्ट्र मन्त्रालयले दिएको छ । प्रधानमन्त्री देउवाले थप खोप सहयोग गरेकोमा चीनलाई बधाई दिएका थिए ।

Read More

नेकपा एमालेका अध्यक्ष केपी शर्माओलीले अध्यादेश ल्याएर एमाले पार्टी फुटाउने षड्यन्त्र हुनसक्ने भन्दै त्यसतर्फ सजग रहन पार्टी पङ्क्तिलाई निर्देशन दिएका छन् । शुक्रबार बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बसेको एमाले संसदीय दलको बैठकलाई ब्रिफिङ गर्दै संसदीय दलका नेता समेत रहेका ओलीले देउवा नेतृत्वको सरकारले जे पनि गर्न सक्ने भएकाले सजग र सर्तक रहन निर्देशन दिएका हुन् । ‘यिनीहरु जस्केलाबाट आएका हुन्, जस्केलाबाटै गतिविधि गर्छन् र जस्केलाबाटै अरु गतिविधि गर्छन्’ ओलीले सरकारप्रति लक्षित गर्दै भने, ‘यिनीहरु जे पनि गर्न पछि नपर्ने भएकाले संसद पनि धेरै दिन नचलाउन सक्छन् ।’ ओलीले आगामी निर्वाचनमा आफुहरु मुल ढोकाबाटै सानदारका साथ आउने भन्दै ढुक्क हुन…

Read More

काठमाडौँ: राष्ट्रपति कार्यालयले नवनियुक्त महान्यायाधिवक्ता खम्मबहादुर खातीको शपथ ग्रहण सर्वोच्च अदालतबाटै गर्न पत्राचार गरिएको बताएको छ । राष्ट्रपति कार्यालयले शुक्रबार  एक विज्ञप्ति जारी गरी त्यसका लागि २०७८ वैशाख ५ गते पत्राचार गरिएको जानकारी दिएको हो । विज्ञप्तिमा भनिएको छः ‘कोभिड १९ महामारीलाई मध्यनजर गर्दै राष्ट्रपतिको उपस्थितिमा हुनुपर्ने भनी व्यवस्था भएकोमा बाहेक प्रधानन्यायाधीश ज्युबाट ग्रहण गराउने पदाधिकारीको शपथ ग्रहण सर्वोच्च अदालतबाटै आयोजना हुने व्यवस्थाका लागि मिति २०७८–०१–५ गते पत्रचार गरिएको हो ।’ विज्ञिप्तमा राष्ट्रपतिको समुपस्थितिमा शपथ ग्रहण हुनुपर्ने भनी व्यवस्था भएका बाहेक उक्त मिति पश्चात नियुक्ति भएका अन्य संवैधानिक अङ्ग लगायतका पदाधिकारीहरूको शपथ ग्रहण सम्बन्धित निकायका पदाधिकारीबाट हुँदै आएको समेत स्पष्ट…

Read More

सरकारले लामो दूरीमा चल्ने सार्वजनिक यातायातको नयाँ भाडादर सार्वजनिक गरेको छ । तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङको मन्त्रीस्तरीय निर्णयबाट कायम गरिएको अन्तरप्रदेश चल्ने सार्वजनिक यातायातको नयाँ भाडादर शुक्रबार सार्वजनिक गरिएको हो । सरकारले उक्त बैठकबाट २० देखि २८ प्रतिशतसम्म भाडा बढाउने निर्णय गरेको थियो । बढेको भाडादर हेर्न तलको लिंकमा क्लिक गर्नुहोस। https://drive.google.com/file/d/1CYY1HZEq2DSPo_2aGIXJV5TeYwsThYY3/view

Read More

महोत्तरी, १ साउन (रासस) : झरी रोकिएको छ । एक सातायता त्यसअघिको लगातारको चोटिलो वर्षा थामिएको छ । मौसमको यो अनुकूलतामा महोत्तरीको सुदूर उत्तरी क्षेत्रमा साउने सङ्क्रान्तिका दिन आज ‘लुतो फाल्ने’ पर्वको उल्लास छ । जिल्लाको उत्तरवर्ती क्षेत्रका बर्दिबास, गौशाला, औरही र भङ्गाहा नगरपालिका क्षेत्रमा पर्वते मूलका बसोबास रहेको बस्तीमा साउने सङ्क्रान्तिका दिन मनाइने ‘लुतो फाल्ने’ परम्परालाई उल्लासमय बनाउन युवायुवती जुटेका छन् । खासगरी पहाडी मूलका नेपाली हिन्दू परम्परामा मनाइने यस पर्वमा साउने सङ्क्रान्तिका दिन साँझ लुतेसरो, कुकुरडाइनो, भलायो र कुरिलोसहितका जङ्गली वनस्पतिमा आगो सल्काएर अगुल्टो खोल्सा कटाउने गरी हुत्याउँदै ‘लुतो जा’ भन्दै कराइने चलन छ । सूर्यास्तपछि साँझपख मनाइने…

Read More

कर्णाली, १ साउन (रासस) : प्रदेश सरकारले आज सार्वजनिक बिदा दिने निर्णय गरेको छ । साउने सङ्क्रान्ति तथा देउडा पर्वको अवसरमा प्रदेशका सबै जिल्लामा लागू हुने गरी बिदा दिने निर्णय गरिएको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता तुल खड्काले आज प्रदेशका सबै सरकारी तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्था, बैंक तथा वित्तीय संस्थाहरुमा सार्वजनिक बिदा लागू हुने जानकारी दिनुभयो । उहाँका अनुसार कर्णालीमा प्रचलित देउडा संस्कृतिलाई उजागर, प्रवद्र्धन र प्रचारप्रसार गर्ने उद्देश्यले प्रदेश सरकारले विशेष महत्वका साथ साउने सङ्क्रान्तिका अवसरमा यो पर्व धुमधामका साथ मनाउन सार्वजनिक बिदा दिने निर्णय गरेको हो । सङ्घीय सरकारले दिएका बिदाबाहेक कर्णाली…

Read More

सिमकोट, १ साउन (रासस) : नेपाली सेनाले निर्माण गर्दै आएको कर्णाली करिडोरको खुलालु–लैफु सलीसल्ला खण्डको सडक हस्तान्तरण गरेको छ । सेनाले सडक निर्माण सम्पन्न भएपछि सडक विभागअन्तर्गतको हिल्सा– सिमकोट सडक आयोजनालाई बिहीबार हस्तान्तरण गरेको हो । नेपाली सेनाको कर्णाली करिडोर सडक निर्माण कार्यदलका प्रमुख मिलन कार्कीले सम्पन्न सडक हिल्सा–सिमकोट सडक आयोजनालाई हस्तान्तरण गरिएको बताउनुभयो । प्रमुख कार्कीले भन्नुभयो, “कोरोनाका कारण निर्धारित समयमा काम सक्न केही ढिलाइ भए पनि सेनाले काम भने पूरा गरेको छ ।” हस्तान्तरण कार्यक्रम बाजुरा जिल्लाको तिथीचौरमा आयोजना गरिएको थियो । कर्णाली करिडोरको खुलालु–लैफु हुँदै हुम्लाको सलीसल्ला खण्डको सडक हस्तान्तरण गर्नुअघि सेनाको निर्माण दलका तर्फबाट कार्की र…

Read More