Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: जल तथा मौसम पूर्वानुमान महाशाखाले मनसुनी वायुको प्रभावले आज पनि मुलुकका विभिन्न भागमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाले देशभर मौसम सामान्यदेखि पूर्ण बदली रहेको र हाल प्रदेश १, वाग्मती प्रदेश,गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्का वर्षा भइरहेको जनाएको छ । आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरुमा मेघ गर्जन/ चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ भने प्रदेश १, वाग्मती प्रदेश र सुदूरपश्चिम प्रदेशको एक वा दुई स्थानहरुमा धेरै भारी वर्षाको सम्भावना रहेको…

Read More

काठमाडौँ: सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) भित्रको विवाद निष्कर्ष उन्मुख भएको छ । सिंहदरबारमा शुक्रबार बसेको विवाद समाधानका लागि गठित कार्यदलको बैठकले पार्टी एकताका लागि तयार गरेको मस्यौदामा सहमति जुटाएको हो । सहमति जुटेको मस्यौदालाई शनिबार अन्तिम रुप दिने नेताहरुले जनाएका छन् । बैठकपछि कार्यदलका सदस्य प्रदिप ज्ञवालीले पार्टीमा एकता कायम गर्ने विषय टुंगोमा पुगेको बताए । उनले भने, ‘आजको बैठकमा सौहार्द र सघन वार्ता भयो । पार्टीको एकतालाई सुदृढ गर्ने सम्वन्धमा सहमतिमा पुगेका छौँ ।’ सहमतिको दस्तावेजलाई अन्तिमरुप दिन भाषिक परिमार्जनका लागि भोलि फेरि बैठक बस्ने उनले जानकारी दिए । त्यस्तै एमाले नेता गोकर्ण बिष्टले लामो छलफलपछि धेरै…

Read More

काठमाडौँ: कृषि विकास बैंकले शुक्रबारदेखि अनलाईन डिम्याट खाता सहितका धेरै नयाँ सेवा सुचारु गरको छ । बैंकको अनलाईनका माध्यमबाट एकै समयमा धेरै भन्दा धेरै सुविधा प्रवाह गर्ने अभिप्रयाले खाता खोल्ने प्रणालीको बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले उद्घाटन गरी सेवा सुभारम्भ गरे। यस सेवा अन्तरगत बैंकमा खाता भएका ग्राहकहरुले विना झण्झट अनलाईनका माध्यमबाट डिम्याट खाता, मेरो सेयर खाता, सि.आर.एन, मोवाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग तथा एटिएम कार्ड सेवाका लागि निवेदन दिन सक्नेछन् । बैंकमा खाता भई ग्राहक पहिचान विवरण अद्यावधिक गरेका सक्रिय खाता ग्राहकले स्वदेश तथा विदेश बाट अनलाइन निवेदनका आधारमा उक्त सेवाहरुको लागि अनुरोध गर्नसक्ने गरी नयाँ प्रविधिको…

Read More

काठमाडौँ: अमेरिकाले नेपाललाई जोनसन एन्ड जोनसनको १५ लाख डोज खोप उपलब्ध गराउने भएको छ। काठमाडौंस्थित अमेरिकी दूतावासले अमेरिकी जनताको तर्फबाट नेपाली जनतालाई उपहार भएको जनाएको छ। दूतावासका प्रवक्ता एन्ना रिच एलेनले १५ लाख डोज खोप उपलब्ध गराउनका लागेको बताएकी छिन्। ‘नेपाली जनतालाई लागि अमेरिकाको दशकौं पुरानो प्रतिवद्धताअनुसार र कोभिड १९ संकटमा रहेको नेपाललाई जारी सहयोगको विस्तार अनुसार, हामीले १५ लाख जोनसन एन्ड जोनसनको खोप नेपाललाई सहयोग गर्दैछौं’ एलेनले भनेकी छन्, ‘यो अमेरिकी जनताको तर्फबाट नेपाली जनतालाई जीवन रक्षा गर्ने एकल उद्देश्य उपहार हो।’ दूतावासले यस विषयमा थप जानकारी चाँडै उपलब्ध गराउने जनाएको छ।   अमेरिकाको जोनसन एन्ड जोनसन कम्पनीको खोप एक जोड…

Read More

काठमाडौं: नेपाल भारत रेल सम्झौता संशोधन भएको छ। भारतको विभिन्न स्थानबाट नेपाली रेल नै प्रयोग गरी कार्गो ढुवानी गर्न पाउने सहमति भएको हो। रेल सम्झौता औपचारिक रुपमा शुक्रबार सम्पन्न भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जानकारी दिएको छ। सम्झौतामा मन्त्रालयका सचिव दिनेश भट्टराई र भारतका तर्फबाट भारतीय रेलवे बोर्डका एडिसनल मेम्बर (ट्राफिक ट्रान्सपोर्टेसन) महामहिम सुशान्त कुमार मिश्राले हस्ताक्षर गरेका हुन् । हस्ताक्षर गरिएको प्रति शुक्रबार आदानप्रदान गरिएको हो । रेल सम्झौता संशोधन पुन १० वर्षपछि संशोधन गरिने सम्झौतामा उल्लेख छ। सम्झौताले नेपाली उद्योगले आयात गर्ने सामाग्री तथा अन्य किसिमका व्यापारलाई सहज हुने सचिव भट्टराईले बताए। सचिव भट्टराईले भने “यो…

Read More

काठमाडौँ: राष्ट्रपति कार्यालयले संविधानको प्रावधानअनुसार नै राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्‌मा नियुक्ति, हेरफेर र कार्यविभाजन गरेको जवाफ सर्वोच्च अदालतमा पेस गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मन्त्रिपरिषद् विस्तारकाविरुद्ध दायर गरिएको मुद्दामा लिखित जवाफ पेस गर्दै राष्ट्रपति कार्यालयले संविधानले सुम्पिएको जिम्मेवारीअनुरुप राष्ट्रपतिद्वारा कार्यसम्पादन भएको तर्क गरेको हो । राष्ट्रपतिको कार्यालयले राष्ट्रपतिबाट पदीय हैसियतले सम्पादन भएका काम कारवाहीको विषयमा कुनै मुद्दा चलाउन नमिल्ने समेत बताएको छ । संविधानको धारा ६१ को उपधारा (२) मा संविधान र संघीय कानून बमोजिम कार्य सम्पादन गर्ने जिम्मेवारी राष्ट्रपतिलाई रहेको लिखित जवाफमा उल्लेख छ । जवाफमा थप भनिएको छ, ‘राष्ट्रपतिलाई संविधानले सुम्पिएको जिम्मेवारी पूरा गर्न सिलसिलामा…

Read More

काठमाडौँ: गृहमन्त्रालयले नेपाल प्रहरीका पाँच जना अतिरिक्त महानिरीक्षक (एआईजी) को सरुवा गरेको छ। बिहीबार बसेको बैठकले सहकुल थापालाई एआईजीमा बढुवा गर्दै मानव श्रोत तथा प्रशासन विभागमा पदस्थापन गरेको हो। उनको पदस्थापनसँगै अन्य एआईजीको पनि सरुवा भएको छ। महानगरीय प्रहरी कार्यालयका एआईजी हरि पाललाई ७ महिनामै सरुवा गरिएको छ। २०७७ मंसिर २५ गते रानीपोखरी सरुवा भएका पाललाई कार्य विभागमा सरुवा गरिएको छ। निरज बहादुर शाही अपराध अनुसन्धान विभाग र विश्वराज पोख्रेल प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा गरिएको गृहले जनाएको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा प्रधुम्नकुमार कार्कीलाई ल्याइएको छ।

Read More

काठमाडौँ: पछिल्लो २४ घण्टामा देशभर २ हजार २३९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । ११ हजार ३१३ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १४७९ जना संक्रमित बनेका छन् भने एन्टिजेन विधिबाट ७६० जनामा संक्रमण पुष्टि भएको हो । यही अवधिमा थप १३१६ जना संक्रमणमुक्त भएका छन् । नेपालमा हालसम्म ६ लाख १६ हजार ९२९ जना संक्रमणमुक्त भइसकेका छन् । नेपालमा निको हुने दर ९४.५ प्रतिशत रहेको छ । कोभिड–१९ बाट थप २० जनाको मृत्यु भएको छ । हालसम्म ९ हजार ३४० जनाले ज्यान गुमाइसकेका छन् । हाल २३ हजार ९२० जना होम आइसोलेसनमा, २ हजार ६ ७० जना संस्थागत…

Read More

काठमाडौँ: विश्व बैंकले नेपाललाई १० करोड अमेरिकी डलर (करिव १२ अर्ब रुपैयाँ) ऋण सहायता दिने भएको छ । विश्व बैंकको कार्यकारी निर्देशक बोर्डको शुक्रबार बसेको बैठकले सरकारको स्कुल क्षेत्र विकास कार्यक्रम कार्यान्वयन र स्वास्थ्य क्षेत्रको सार्वजनिक स्रोत व्यवस्थापन प्रणालीमा दक्षता बढाउने प्रयोजनका लागि ५/५ करोड ऋण सहायता दिने प्रस्ताव अनुमोदन गरेको हो । नेपालस्थित विश्व बैंकको कार्यालयका अनुसार यो सहायताले बालबालिकालाई विद्यालय फर्काउन, गुणस्तरीय र उत्तरदायी स्वास्थ्य सेवा प्रदान गर्न सरकारको क्षमता बढाउन भूमिका खेल्ने छ । नेपाल, श्रीलंका र माल्दिम्भसका विश्व बैंकका निर्देशक फारिस हदद जर्भोसले नेपालको विद्यालय क्षेत्रको सुदृढीकरणमा सहायता महत्वपूर्ण हुने बताएका छन् । स्वास्थ्य क्षेत्रमा…

Read More

काठमाडौँ: सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)भित्र देखिएको विवाद समाधानका लागि गठन भएको कार्यदलको बैठक आज पनि बस्दैछ । पछिल्ला केही दिन यताको लगातारको बैठकमा छलफल ‘सकारात्मक’ भनिए पनि ठोस निष्कर्ष निस्किन सकेको छैन । कार्यदल सदस्यहरु विगत चार दिनदेखि निरन्तर छलफलमा जुटिरहेका छन् । अन्तिम निष्कर्ष निकाल्ने भन्दै सिंहदरबारमा बिहीबार (हिजो) कार्यदलको बैठक दुईपटक बसे पनि निष्कर्षविहीन बन्यो । पार्टी एकताका लागि गम्भीर छलफल भए पनि अझै कुनै सहमति हुन नसकेको कार्यदलकै सदस्यहरूले जनाएका छन् । नेता घनश्याम भुसालले भने,‘१० दिनअघि जुन एजेण्डा तयार गरेका थियौँ। गएको १० दिनदेखि खास काम गर्न सकेका छैनौँ । अब बस्ने बैठकबाट निष्कर्ष…

Read More