Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: नेपाली काँग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दैछ । बैठक पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा दिउँसो २ बजे बन्नेछ । बैठकले महाधिवेशनको परिमार्जित मिति तय गर्न सक्ने केन्द्रीय सदस्य गुरू घिमिरेले जानकारी दिए । भदौ १६–१९ का लागि निर्धारित १४औँ महाधिवेशन हुने सम्भावना टरेपछि कहिले र कसरी महाधिवेशन गर्ने भन्नेमा कांग्रेसमा विवाद छ । तथापि हाल निर्धारित कार्यतालिकाभित्र सातै प्रदेशका कुनै न कुनै वडाको भएपनि अधिवेशन सकेर यसलाई निरन्तरता दिनेमा लगभग एकमत छ । यद्यपि त्यसरी शुरू हुने अधिवेशन केन्द्रमा महाधिवेशनसम्म आइपुग्दा कुनै मिति निर्धारण हुने भन्नेमा मतैक्यता नभएको घिमिरेले बताए । संस्थापन पक्षले मंसिरभित्र महाधिवेशन गर्नु…

Read More

एजेन्सी: ‘म खतरामा छु तर मैले आफ्नोबारेमा केही सोचेको छैन । सोचेको छु त केवल मेरो देशबारे । हालसम्मको परिवर्तनमा ल्याइपुर्‍याउने मेरो पुस्ताबारे पनि सोचिरहेको छु ।’अफगान फिल्म निर्माता सारा करिमीले बीबीसीसँगको कुराकानीमा भनेको अंश हो यो । उनले अफगानिस्तानलाई लिएर विश्व पुरानै दिनमा फर्किएको उल्लेख गर्दै फेरि उही ‘अन्धकार युग’ दोहोरिनेमा आफू चिन्तित बनेको बताएकी छन् । कान्दाहारमा तालिबान लडाकु । तस्बिर : एएफपी सन् १९९० ताका अफगानिस्तानमा तालिवानको शासन थियो । जतिखेर १० वर्षभन्दा बढी उमेरका किशोरीलाई औपचारिक शिक्षा लिन बन्देज थियो । घरभित्र होस् या बाहिर, महिलालाई बुर्खा अनिवार्य थियो । यस्ता नियम उल्लंघन गरेको खण्डमा हदैसम्मको सजाय दिइन्थ्यो । मुस्लिम कट्टरपन्थी तालिवान समूहको विशेषता…

Read More

काठमाडौँ: आज दिउँसो देशका अधिकांश स्थानमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान शाखाका अनुसार प्रदेश नं १, बागमती प्रदेश , गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका एक–दुई स्थानहरुमा मेघ गर्जन र चट्याङ सहित भारी वर्षाको सम्भावना रहेको छ। हाल मनसुनी न्युन चापीय रेखा नेपालको तराई भू–भाग नजिक रहेकोकाले यसको प्रभाव तराई भेगमा बढी पर्ने शाखाले जनाएको छ। प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेशका थोरै स्थानमा र गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ। पहाडी भू- भागमा…

Read More

काठमाडौं: चालु आर्थिक वर्षको मौद्रिक नीतिले कोभिडपछिको पुनरूत्थान, उद्यमशीलता विकास र साना तथा मझौला उद्यमको प्रवद्र्धनमा सकारात्मक प्रभाव पार्ने देखिएको नेपाल उद्योग वाणिज्य महासंघले जनाएको छ। मौद्रिक नीतिले आव २०७७/७८ मा दिएका पुनरकर्जा, पुनरसंचना तथा पुर्नतालिकीकरण लगायतका कतिपय सुुविधालाईनै निरन्तरता दिइएकाले पुनरूत्थानमा सहयोग पुुग्ने महासंघको ठहर छ। महासंघका अनुसार एक करोडभन्दा कमको ऋण लिने साना तथा मझौला उद्यमीलाई आधार दरमा अधिकतम २ प्रतिशत बिन्दुले मात्र प्रिमियम थप गर्न सक्ने व्यवस्थाले उद्यमीलाई कर्जासम्मको पहुँच सहज बनाउनेछ । बैंक तथा वित्तीय संस्थाहरूले २०७९ असार मसान्तसम्ममा कर्जा–निक्षेप अनुपात अधिकतम ९० प्रतिशत कायम गर्नु पर्ने व्यवस्था गरी विद्यमान कर्जा–स्रोत परिचालन अनुपात सीसीडी रेसियो…

Read More

काठमाडौं: नेपाल विद्युत प्राधिकरणले मोरङको टंकिसिनुवारीबाट विद्युतका कंक्रिट पोल उत्पादन सुरु गरेको छ। प्राधिकरणको इन्जिनियरिङ सेवा निर्देशनालयअन्तर्गत कंक्रिट पोलको परीक्षण उत्पादन सुरु गरेको हो। प्लान्टबाट विद्युत वितरणमा प्रयोग हुने ८, ९ र ११ मिटरका पोलहरु उत्पादन हुने छन्। १४ करोड ५० लाख रुपैयाँ लागतमा निर्माण गरिएको प्लान्टको वार्षिक पोल उत्पादन क्षमता ३३ हजार ५ सय ८० थान रहेको छ। इन्जिनियरिङ सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवालले शुक्रबार परीक्षण उत्पादनको निरीक्षण गरी नियमित रुपमा पूर्ण क्षमतामा पोल उत्पादन सुरु गर्न आयोजना व्यवस्थापनलाई निर्देशन दिए। उनले प्लान्टबाट पोल उत्पादन सुरु भएपछि टाढाबाट पोल ल्याउँदा लाग्ने ढुवानी खर्च र समय बचत हुने…

Read More

एजेन्सी: तालिवानले तीव्ररुपमा अफगानिस्तानका प्रमुख सहरहरुलाई कब्जा जमाइरहेको छ । विद्रोही समूह अब राजधानी काबुलभन्दा मात्र ५० किलोमिटर टाढा रहेको छ । देशका ३४ मध्ये १९ प्रान्त र त्यसको राजधानी तालिवानको नियन्त्रणमा पुगेको छ । राजधानी काबुलको सीमामा रहेको लोगरको प्रान्तीय राजधानी फूल–ए–आलममा पनि आफ्नो लडाकुहरु प्रवेश गरेको तालिवानको दाबी छ । यो काबुलबाट मात्र ५० किलोमिटरको दुरीमा रहेको छ र यसको अर्थ अब २ घण्टामा नै त्यहाँबाट तालिवान काबुल पुग्न सक्छन् । शुक्रबार मात्र तालिवानले कन्दाहार र लश्कर गाहमाथि पनि कब्जा जमाउन सफल भएको थियो । तालिवानले शुक्रबारसम्म निमरोज, जव्ज्जान, सर्पिल, तखारी, कुन्दुज, समनगन, फराह, बगलान, बदख्शन, गजनी,…

Read More

पूरा पढ्न तलको लिंक थिच्नुहोस  https://drive.google.com/file/d/1nFyO2pACA1e4nw1lllfwVT5Is9zyx6K3/view काठमाडौँ: कोरोनाबाट असर परेको उद्योग व्यवसायलाई प्रवर्द्धन गर्ने लक्ष्यका साथ नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ । केन्द्रीय बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्दै कोरोनाको असर न्यून गर्न यसअघि नै ल्याइएको पुनरुत्थान कर्जालाई निरन्तरता दिइएको जानकारी दिए । नीतिमा कोरोनाका कारण सबैभन्दा बढी प्रभावित भएको होटल, पर्यटन तथा हवाई क्षेत्रलाई विशेष चासोका साथ सम्बोधन गरिएको छ । कोरोनाका कारण नगद प्रवाहमा समस्या भएका क्षेत्रलाई समेत मौद्रिक नीतिले विशेष चासो दिएको छ । यस्तै, कोरोनाले समस्यामा पारेको सार्वजनिक यातायातको मर्मतसम्भारका लागि थप रु दुई लाखसम्मको ऋण दिने…

Read More

काठमाडौं : मर्जरमा जान चाहने वाणिज्य बैंकलाई राष्ट्र बैंकले भारी सुविधा प्रदान गरेको छ । चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकले निक्षेप र कर्जाको ब्याजदर अन्तर (स्प्रेडदर) मा छुट र कुलिङ पिरियड खारेजसम्मको व्यवस्था गरेको हो । वाणिज्य बैंकहरुले तोकिएका क्षेत्रमा कर्जा प्रवाह गर्ने अवधि एक वर्ष थप गरिने, एकीकृत कारोबार गरेको एक वर्षसम्म अनिवार्य नगद मौज्दातको सीमामा ०.५ प्रतिशत बिन्दुले छुट प्रदान गरिने व्यवस्था मौद्रिक नीतिमा छ । एकीकृत कारोबार गरेको एक वर्षसम्म वैधानिक तरलता अनुपातमा १ प्रतिशत बिन्दुले छुट प्रदान गरिने, केन्द्रीय बैंकबाट तोकिएको प्रतिसंस्था निक्षेप संकलन सीमामा ५ प्रतिशत बिन्दुले थप गरिने व्यवस्था…

Read More

काठमाडौँ: कोरोनाबाट असर परेको उद्योग व्यवसायलाई प्रवर्द्धन गर्ने लक्ष्यका साथ नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ । केन्द्रीय बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्दै कोरोनाको असर न्यून गर्न यसअघि नै ल्याइएको पुनरुत्थान कर्जालाई निरन्तरता दिइएको जानकारी दिए । नीतिमा कोरोनाका कारण सबैभन्दा बढी प्रभावित भएको होटल, पर्यटन तथा हवाई क्षेत्रलाई विशेष चासोका साथ सम्बोधन गरिएको छ । कोरोनाका कारण नगद प्रवाहमा समस्या भएका क्षेत्रलाई समेत मौद्रिक नीतिले विशेष चासो दिएको छ । यस्तै, कोरोनाले समस्यामा पारेको सार्वजनिक यातायातको मर्मतसम्भारका लागि थप रु दुई लाखसम्मको ऋण दिने व्यवस्था गरिएको छ । स्थिर…

Read More

काठमाडौँ: कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा महाधिवेशनको मितिबारे नेताहरूबीच परस्परविरोधी धारणा आएका छन् । शुक्रबारको बैठकमा केन्द्रीय सदस्यहरूले बोल्ने क्रममा संस्थापन समूहले आउँदो मंसिरभित्र महाधिवेशन गर्नेतर्फ जोड दिएका छन् । संस्थापनइतर समूहले भने त्यो भन्दा अघि नै महाधिवेशन गर्नुपर्नेमा जोड दिएका छन् । संस्थापन पक्षका नेताहरू भदौ २३ मा वडा अधिवेशन गरेपछि महाधिवेशन मंसिरसम्म सम्पन्न गर्ने कार्यतालिका ल्याउन चाहन्छन् । बैठकमा सहभागी एक केन्द्रीय सदस्यकाअनुसार वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष भने भदौ २३ बाट महाधिवेशन प्रक्रिया आरम्भ गरी दसैंअघि नै सम्पन्न गर्नुपर्ने कुरामा जोड दिँदैछ । ती सदस्यले भने, ‘रामचन्द्र दाई र शेखर दाइहरू दसैंअघि नै महाधिवेशन गर्नुपर्ने अडानमा हुनुहुन्छ ।…

Read More