Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले पूर्वनिर्धारित तालिकाअनुसार परीक्षा सुरु हुने जनाएको छ । पुरानो कोर्सको स्नातक तह तीन वर्षे र चार वर्षे तथा स्नातकोत्तर तहको परीक्षा सुचारु छ । कोभिड–१९ महामारीको कारण लामो समयदेखि रोकिएका परीक्षा लिनैपर्ने बाध्यता रहेको नियन्त्रक पुष्पराज जोशीले बताए । ‘१९ महिनादेखि रोकिएको परीक्षा सुचारु राखेका हौं,’ परीक्षा नियन्त्रक जोशीले भने, ‘निर्धारित तालिकाअनुसार सबै परीक्षा सुचारु रहन्छ ।’ स्नातकमा ३० हजार र स्नातकोत्तर तहका ४२ हजार परीक्षार्थी रहेका छन् । जसमा व्यवस्थापन संकायको एक विषय, विज्ञान र शिक्षाशास्त्रका दुई–दुई विषय बाँकी रहेका छन् । उक्त परीक्षा यही साउन २४ गते सकिने छ । त्यसैगरी मानविकीतर्फ…

Read More

काठमाडौँ: बैङ्क तथा वित्तीय क्षेत्रका कर्मचारीहरूलाई सामाजिक सुरक्षा कोषमा जानका लागि बाध्य नबनाउन सर्वोच्च अदालतले सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । पूर्ववर्ती ओली सरकारले सामाजिक सुरक्षा कोषमा अनिवार्यरुपमा सहभागी हुन बैङ्क तथा वित्तीय क्षेत्रलाई निर्देशन दिएको थियो । बैङ्क तथा वित्तीय क्षेत्रका कर्मचारीहरूले भने पहिल्यै खाइपाइ आएको सुविधा घट्ने भन्दै सामाजिक सुरक्षा कोषमा नजाने अडान लिँदै आएका थिए । सरकारको निर्णयविरुद्ध बैङ्किङ क्षेत्रका कर्मचारीहरू आन्दोलित बन्दै आएका थिए । यही क्रममा सरकारको निर्णयविरुद्ध अन्तरिम आदेशको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको थियो । सो रिटमाथि मंगलबार न्यायाधीशत्रय अनिलकुमार सिन्हा, तेजबहादुर केसी र नहकुल सुवेदीको संयुक्त इजलासबाट सुनुवाइ…

Read More

काठमाडौँ: सरकारले पाँच जना सचिवलाई कामविहीन अवस्थामा राखेको छ । नीतिगत तहमा महत्वपूर्ण भूमिका खेल्ने र प्रशासनिक नेतृत्वमा रहने सचिवलाई सरकारले लामो समयदेखि कामविहीन अवस्थामा राखेको हो । सरकारले बढुवा भएका सचिवहरूलाई समयमा नै पदस्थापन गर्न नसक्दा चार जना सचिव प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको अतिरिक्त समूहमा रहेर हाजिर गरिरहेका छन् । मंगलबार पुनः एक जना सचिवमा बढुवा भएपछि अतिरिक्त समूहमा रहने सचिवको संख्या पाँच पुगेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको अतिरिक्त समूहमा रहेका सचिवमा कृष्णहरि पुष्कर, खगेन्द्र नेपाल, रामप्रसाद घिमिरे र किरणराज शर्मा रहेका छन् । मंगलबार सचिवमा बढुवा भएका हरि मैनालीलाई पनि हाललाई अतिरिक्त समूहमा नै राखिएको छ…

Read More

टोकियो:  रियल म्याड्रिडका फरवार्ड मार्को एसेन्सियोले अतिरिक्त समयमा गोल गरेपछि स्पेन १–० ले आयोजक जापानलाई हराएर टोकियो ओलम्पिक २०२० को फाइनलमा प्रवेश गरेको छ । उसले स्वर्ण पदकको लागि शनिबार हुने प्रतिस्पर्धामा डिफेन्डिङ च्याम्पियन ब्राजिलको सामना गर्नेछ । साइतामा रंगशालमा भएको दोस्रो सेमिफाइनलमा स्पेन बलियो देखिएको थियो । तर, उसले पाएको अवसरमा गोल भने गर्न सकेन । जापानले पनि पाएका केही अवसरलाई उपयोग गर्न सकेन । र, खेल ३० मिनेटको अतिरिक्त समयमा पुग्यो । मिकेल ओयरजाबलको पासमा एसेन्सियोले आकर्षक गोलमा परिणत गर्दै ११५ औं मिनेटमा स्पेनको जित पक्का गरेका थिए । उनले अन्तिम ३६ मिनेटमात्रै खेलेर सेमिफाइनलमा निर्णायक गोल गरे…

Read More

काठमाडौँ: नेकपा(एमाले)का नेता गोकुल बाँस्कोटाले वरिष्ठ नेता माधवकुमार नेपालले नयाँ पार्टी खोल्न लागेको दाबी गरेका छन् । उनले सामाजिक सञ्जाल ट्वीटमार्फत वरिष्ठ नेता नेपालले बुधवार नयाँ पार्टी घोषणा गरेर माओवादी पार्टीमा जाने ढोका खोल्न लागेको दाबी गरेका हुन् । उनले ट्वीटमा लेखेका छन्, ‘क्वालीटीमा भोलि माधव कमरेडले एमालेलाई रातो बत्ती देखाएर कलम पार्टी घोषणा गरी माओवादी पार्टीमा जाने ढोका खोल्ने र अन्ततः भाई कांग्रेस भई नयाँ अग्रगामी इतिहास रच्ने लास्ट प्रयास गर्ने ।’

Read More

काठमाडौँ: लामो समयदेखि रिक्त रहेको शिक्षक सेवा आयोगले पूर्णता पाएको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले आयोगको अध्यक्षमा पूर्व सचिव मधुप्रसाद रेग्मी र सदस्यमा नन्दकुमारी महर्जन र डा.डिल्लिराम रिमाललाई नियुक्त गरेसँगै आयोगले पूर्णता पाएको हो । तत्कालीन लोक सेवा आयोका प्रमुख उमेशप्रसाद मैनाली अध्यक्ष, त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बाँस्कोटा र तत्कालीन शिक्षा सचिव गोपीनाथ मैनाली सदस्य रहेको सिफारिस समितिले गत पुसमा नै तीन जनालाई नियुक्तिका लागि सिफारिस गरे पनि उनीहरुलाई सरकारले मंगलबार नियुक्त गरेको हो । रेग्मी पूर्व सचिव हुन् भने महर्जन जनसेवा मावि कीर्तिपुरकी सेवा निवृत्त प्रधानाध्यापक र रिमाल शिक्षा मन्त्रालयका पूर्व सहसचिव हुन् । आयोगका पूर्व अध्यक्ष…

Read More

काठमाडौँ: सरकारले तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले गठन गरेको भूमि समस्या समाधानसम्बन्धी आयोग विघटन गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले भूमि आयोग खारेज गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए। ओली सरकारको बहिर्गमनसँगै एमाले नेता देवी ज्ञवाली नेतृत्वको यो आयोग खारेज गर्ने तयारी थियो। ओली सरकारले देशका सबै जिल्लामा यो आयोगको कार्यालयले खोलेर कार्यकर्ताहरूलाई जिम्मेवारी दिएको थियो।

Read More

काठमाडौँ: प्रधानमन्त्री शेरबहादुर देउवाले कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक बनाउने प्रक्रिया थाल्न निर्देशन दिएका छन् । प्रधानमन्त्री देउवाले मंगलबार ऊर्जा मन्त्री पम्फा भुसाललाई बालुवाटारमा बोलाएर प्राधिकरणका पूर्वकार्यकारी निर्देशक घिसिङलाई नियुक्त गर्ने प्रक्रिया सुरू गर्न ठाडो निर्देशन दिएका हुन् । विद्यमान कार्यकारी निर्देशक हितमान शाक्यको कार्यसम्पादनप्रति असन्तुष्ट रहेका देउवाको निर्देशनपछि ऊर्जामन्त्री पम्फा भुसालले मंगलबार नै प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई बोलाएर कार्यसम्पादन पनि सन्तोषजनक नभएकाले राजीनामा दिन भनेकी छन्। विसं २०७७ कात्तिक २१ गते कायममुकायम कार्यकारी निर्देशकको जिम्मेवारीमा रहेका शाक्य २०७७ माघ २७ गते कार्यकारी निर्देशकमा नियुक्त भएका थिए । तत्कालिन ऊर्जामन्त्री जनार्दन शर्माको सिफारिसमा २०७३ भदौ २९…

Read More

काठमाडौँ: पछिल्ला केही दिनयता कोभिड–१९ को सङ्क्रमणदर बढरिहेको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले भीडभाडजन्य गतिविधि नगर्न आग्रह गरेको छ । प्रशासनले आज सूचना जारी गर्दै कोरोना सङ्क्रमणको उच्च जोखिम रहेका अवस्थामा पनि सभा, सम्मेलन, धर्ना, जुलुस, गोष्ठी, ¥यालीजस्ता गतिविधि भइरहेको भन्दै यस्ता गतिविधि नगर्न आग्रह गरेको हो । भीडभाडजन्य गतिविधिले सङ्क्रमणदर अझै बढ्ने र तेस्रो लहर आउन सक्ने सम्भावना देखिएकाले स्वास्थ्य मापदण्डविपरीत गतिविधि नगर्न प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीद्वारा जारी सूचनामा भनिएको छ । सो सूचनामा भनिएको छ, “जारी निषेधाज्ञा र स्वास्थ्य मापदण्डको उल्लङ्घन गरी भीडभाडजन्य गतिविधि गरे/गराइएको पाइएमा प्रचलित कानूनबमोजिम कडा कारवाही हुनेछ ।” पछिल्लो समय सङ्क्रमणदर बढ्दै…

Read More

काठमाडौँ: नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ३८३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको १० हजार ६३८ जनाको पीसीआर परीक्षणमा २ हजार ४४८ र ६ हजार ८० जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ९३५ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप २४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट १ हजार ९९४ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।

Read More