Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: नेपाल राष्ट्र बैंकले सोमबार रु ५ अर्ब २० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले एक सूचना मार्फत बोलकबोल प्रक्रिया मार्फत ट्रेजरी बिल बिक्री गर्न लागेको जनाएको हो । सूचना अनुसार रु २० करोड बराबरको ट्रेजरी बिल ९१ दिने अवधिका लागि बिक्री गर्न लागिएको छ । सो बिल आगामी साउन ५ गते परिपक्व हुनेछ । यस्तै रु पाँच अर्ब बराबरको ट्रेजरी बिल भने कूल १८२ दिनका लागि बिक्री गरिने छ । सो बिल भने आगामी कात्तिक २ गते परिपक्व हुनेछ । राष्ट्र बैंकले यसअघि गत चैत ३० गते रु २० अर्ब २५ करोड बराबरको…

Read More

काठमाडौं: नेकपा एमाले पुनर्स्थापित भएपछि अध्यक्ष केपी शर्मा ओलीले गरेका निर्णयहरु बदर गर्न माग गर्दै माधवकुमार नेपाल समूह फेरि निर्वाचन आयोग गएको छ । पार्टी अध्यक्ष ओलीले सर्वोच्च अदालतको २३ फागुनको फैसलाको अवज्ञा गर्दै विभिन्न निर्णय गरेको भन्दै नेपाल समूहले दलको पदाधिकारी, केन्द्रीय कमिटी र केन्द्रीय कमिटीका निर्णयहरुको आधिकारिकता राजनीतिक दलसम्बन्धी ऐनको दफा ४३ को (ख) र (ग) तथा ४४ (१) अनुसार जाँच गर्न माग गरेको छ । ‘अहिलेको केपी ओलीको सबै संगठन अवैध छ, बैठक अवैध छ र निर्णय पनि अबैध छ । त्यो सबै खारेज हुनुपर्छ भनेर निर्वाचन आयोग गरेका छौं’ काभ्रेमा आफ्नो समूहको जिल्ला कमिटी घोषणा…

Read More

काठमाडौँ: दिल्ली क्यापिटल्सले आईपीएलमा दोस्रो जित निकालेको छ । आइतबार राति भएको खेलमा पन्जाब किङ्सलाई ६ विकेटले पराजित गर्दै दिल्लीले दोस्रो जित निकालेको हो । पन्जाबले दिएको १ सय ९६ रनको लक्ष्य दिल्लीले १८ ओभर २ बलमा ४ विकेट गुमाएर पूरा गर्‍यो । दिल्लीका लागि शिखर धवनले ९२ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै पृथ्वी शले ३२ रन जोड्दा कप्तान ऋषव पन्तले १५ रनमा आउट भए । मार्कुस स्टोनिस २७ रनमा अविजित रहे । ललित यादव १२ रनमा अविजित रहे । पन्जाबका झे रिचार्डसन्ले २ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ४ विकेट…

Read More

काठमाडौँ: नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले व्यावसायिक गतिविधिको विस्तारका लागि सबै स्थानीय तहहरुले निजी क्षेत्रलाई व्यावसायिक पार्टनरको रुपमा लिन आग्रह गरेका छन् । सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको १०औँ अधिबेशनबाट निर्वाचित पदाधिकारीहरुको पद हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले स्थानीय तह र निजी क्षेत्रबीच व्यावसायिक पार्टनरशीप गरेर अगाडि बढ्न सकेमात्र स्थानीय तहमा प्रयाप्त मात्रामा रोजगारी सृजना हुने, राजश्व तथा कर संकलन हुने बताए । “स्थानीय तहहरुले निजी क्षेत्रलाई आफ्नो व्यावसायिक पार्टनरको रुपमा लिन सकेमात्र व्यावसायिक गतिविधिहरु विस्तार गर्न सहज हुन्छ, स्थानीय स्तरमा रोजगारी सृजना हुन्छ, राजश्व तथा कर संकलन हुन्छ ।” उनले भने, “व्यावसायिक…

Read More

काठमाडौँ:काठमाडौँ उपत्यका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीले कारोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै उपत्यकाभित्रका सबै विद्यालय बन्द गर्न सुझाव दिएका छन् । पछिल्लो समय विद्यालय उमेर समूहका बालबालिकाहरुमा कोरोना भाइरसको संक्रमण बढ्दो दरमा देखिएको हुँदा केही दिन विद्यालय बन्द गर्नेुपर्ने उनीहरुले सुझाव दिएका हुन् । जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्र (डीसीएमसी)को आइतबार बसेको बैठकमा काठमाडौँ, भक्तपुर र ललितपुरका जिल्ला प्रमुखहरुहरुले बालबालिकाहरुमा कोरोना भाइरसको संक्रमण फैलिन नदिन केही दिन बिद्यालय बन्द नै गर्नुपर्नु सुझाव दिएका हुन् । बैठकमा बालबालिकाहरुमा कोरोना संक्रमण बढ्दै गएको, स्वास्थ्य जनसंख्या मन्त्रालयले पनि उपत्यकालाई अति प्रभावित जिल्लाको सूचीमा राखेका हुँदा केही दिन विद्यालय लगायत धेरै भिडभाड…

Read More

काठमाडौँ: नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा १०१५ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ८१ जनामा कोरोना पुष्टि भएको हो । ५०८४ जनाको पीसीआर र ६९९ को एन्टिजेन परीक्षण गरिएको उनले जानकारी दिए । मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा सबैभन्दा बढी ४३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये ३२६ जना काठमाडौँमा, ६४ जना ललितपुर तथा ४५ जना भक्तपुरका रहेका छन् । योसहित नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ८४ हजार ६७३ पुगेको छ । यसैगरी…

Read More

काठमाडौँ: शेयर बजार परिसूचक मापक नेप्सेमा आइतबार ३६ अंकको करेक्शन आएको छ । लगातार बढेर २७३५ अंकमा आइतबार खुलेको बजार परिसूचक प्रि-ओपनिङ्गमा २४.५१ अंकले बढेर २७५९.९० बिन्दुमा पुगेको थियो । नियमित कारोबारको सुरुवातदेखि नै दबाबामा रहेको नेप्से ११ बजेर ३४ औं मिनेटमा सम्हालिन खोजेपनि २० मिनेटमान नै पुनः उच्च बिक्री चाप आएपछि तल झरेको थियो । बजारको चौंथो घण्टासम्म नेप्से ३५.८९ अंकले घटेर २६९९.५१ बिन्दुमा बन्द भएको छ । बजार घटेसँगै लगानीकर्ताको शेयर मापक कुल बजार पूँजीकरण आइतबार ४९ अर्ब ६८ करोड रुपैयाँले घटेर ३७ खर्ब ३७ अर्ब ८२ करोड रुपैयाँमा समेटिएको छ । गत बिहीबार ३७ खर्ब ८७ अर्ब…

Read More

काठमाडौँ: गृहमन्त्रीसमेत रहेका रामबहादुर थापाको राष्ट्रियसभा सदस्य पद खारेज भएसँगै अबको ३५ दिनभित्र उपनिर्वाचन गर्नुपर्ने भएको छ । राष्ट्रियसभा सदस्य निर्वाचन ऐनको दफा ६१ अनुसार थापाको पद खारेज भएसँगै ३५ दिनभित्र उपनिर्वाचन गर्नुपर्ने भएको हो । नेकपा माओवादी केन्द्रले कारबाही गरेपछि र संसद सचिवालयले त्यसको सूचनासमेत प्रकाशन गरेपछि थापाको सांसद पद आजैका मितिबाट खारेज भएको छ । राष्ट्रियसभा निर्वाचन ऐनको दफा ६१ मा भनिएको छ, ‘कुनै सदस्यको पदावधि ६ महिनाभन्दा बढि कायम रहँदै कुनै कारणले निजको पद रिक्त भएमा रिक्त भएको ३५ दिनभित्र नेपाल सरकारले तोकेको मितिमा निर्वाचन आयोगले त्यसरी रिक्त सदस्यको पद यो ऐनबमोजिम बाँकी अवधिको लागि उपनिर्वाचनद्वारा…

Read More

काठमाडौँ: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्री पदका लागि लालायित नभएको बताएका छन् । आइतबार आफ्नो निवास बूढानीलकण्ठमा श्रीराम श्रेष्ठद्वारा लिखित कृति नेपाली जनजातीय संस्कार र संस्कृति विमोचन गर्दै सभापति देउवाले आफू प्रधानमन्त्री पदका लागि लालायित नभएको बताएका हुन् । तर नेपाली कांग्रेसले नै नेतृत्व गर्नुपर्ने राजनीतिक परिस्थिति बनेमा पछि नहट्ने बताए । नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नगरेका कारण सरकार बहुमतकै अवस्थामा रहेकाले बहुमतको सरकारसँग निहुँ नखोज्ने पनि सभापति देउवाले बताए । आफूहरू प्रधानमन्त्रीका लागि मरिमेटेर नलाग्ने पनि बताए । उनले भने, ‘प्रचण्डजीहरूले समर्थन फिर्ता लिएको छैन । त्यसमानेमा बहुमतकै सरकार छ अहिले । बहुमतको…

Read More

काठमाडौँ: बुध्द एयरले आफ्नो सेवालाई विकेन्द्रिकरण गर्ने क्रममा थप चार वटा नयाँ रुटमा अन्तर प्रदेश उडान गर्ने भएको छ । बुध्द एयरले वैशाख १८ गतेदेखि पोखरादेखि सिमरा, बिराटनगर, नेपालगञ्ज र भरतपुरबाट भैरहवा उडान सुरु गर्ने जनाएको छ । देशमा आएको राजनैतिक परिर्वतन र विकेन्द्रिकरणलाई आत्मसाथ गर्दै प्रदेशस्तरमा सेवा सुरु गर्न लागेको कम्पनीले जनाएको छ । बुघ्द एयरले पोखरा–सिमरा–पोखरा, पोखरा–बिराटनगर–पोखरा, पोखरा–नेपालगञ्ज–पोखरा, भरतपुर भैरहवा भरतपुर र तुम्लिङटार -विराटनगर- तुम्लिङटार रुटमा हवाई उडान शुरु गर्ने जनाएको छ । योसँगै बुध्द एयरले विभिन्न ३४ वटा रुटमा दैनिक १२० उडान गर्ने जनाएको छ । हाल बुध्द एयरले दैनिक १०० वटा उडान गर्दै आएको छ…

Read More