Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

सुर्खेत: कर्णाली प्रदेशसभामा सबैभन्दा ठुलो दलका रुपमा रहेका नेकपा एमालेले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको राजीनामा माग गरेको छ । आइतबार बसेको एमाले संसदीय दलको बैठकले पार्टीबाट प्रदेश सरकारमा सहभागी मन्त्रीहरुलाई पनि तत्काल फिर्ता बोलाएको छ । माओवादी केन्द्रका संसदीय दलका नेता महेन्द्रबहादुर शाही नेतृत्वको सरकारमा एमालेबाट प्रकाश ज्वाला, नन्दसिंह बुढा र दल रावल सामेल छन् । एमालेभित्र विवाद बढेसँगै ओली पक्षले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो भने खनाल–माधव पक्षले प्रदेश सरकारप्रतिको समर्थन कायम राख्ने निर्णय गरेको थियो । तर, पछिल्लो समय एमालेको खनाल–नेपाल पक्षले समेत पार्टीकै लाइनअनुसार चल्ने निर्णय गरेपछि प्रदेश सरकार संकटमा परेको हो ।…

Read More

काठमाडौँ: स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको एथ्लेटिको मड्रिड पराजित भएको छ । घरेलु मैदानमा आइतबार राति भएको खेलमा सेभिल्लाले पाहुना टोली एथ्लेटिको मड्रिडलाई १–० ले पराजित गरेको हो । सेभिल्लाको जितमा डिफेन्डर मार्कोस एकुनाले ७०औँ मिनेटमा गरेको गोल निर्णायक बन्यो । पराजित भएसँगै शीर्ष स्थानको एथ्लेटिको मड्रिडको दोस्रो र तेस्रो स्थानमा रहेका रियल मड्रिड र बार्सिलोनासँगको अंक दूरी कम भएको छ । एथ्लेटिकोको २९ खेलबाट ६६ छ । दोस्रो स्थानको रियल मड्रिडको ६३ अंक छ भने एक खेल कम खेलेको बार्सिलोनाको ६२ अंक छ । जितसँगै सेभिल्ला २९ खेलमा ५८ अंकसहित चौथो स्थानमा छ ।

Read More

काठमाडौं: नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोल र डिजल/मट्टीतेलको साविक मूल्यमा प्रतिलिटर २ रुपैयाँ बढेको हो । अब पेट्रोलको प्रतिलिटर मूल्य १२० र डिजल/मट्टीतेलको १०३ रूपैयाँ कायम भएको छ । गत चैत ३ गते पनि निगमले मूल्य बढाएको थियो । इन्डियन आयल कर्पोरेसनबाट १ अप्रिल २०२१ मा प्राप्त मूल्यअनुसार निगमले मूल्य समायोजन गरेको हो । पछिल्ला दिनहरुमा अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य स्थिर भए तापनि मासिक नोक्सानी अत्यधिक रहेको निगमले बताएको छ । स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यविधिले निर्दिष्ट गरेअनुसार आइतबार राति १२ बजेबाट लागू हुने गरी मूल्य बढेको हो । खाना पकाउने ग्याँस…

Read More

काठमाडौं: संसदको सार्वजनिक लेखा समितिले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता एक महिनाभित्र असुल गर्न सरकारलाई निर्देशन दिएको छ । १० अर्ब १४ करोड ८ लाख बक्यौता रहेको उपसमितिको प्रतिवेदन पास गर्दै समितिको आइतबारको बैठकले एक महिनाभित्र कानुनअनुसार असुल गर्न निर्देशन दिएको हो । ५ साउन २०७६ मा कांग्रेस सांसद मिनेन्द्र रिजालको संयोजकत्वमा डेडिकेटेड र ट्रंक लाइनको छानबिन गर्न लेखा समितिले उपसमिति गठन गरेको थियो । उपसमितिमा सांसदहरु प्रदीप यादव, पार्वतीकुमार विशंखे, सूर्य पाठक, तेजुलाल चौधरी सदस्य थिए । उपसमितिले आइतबार मूल समितिमा प्रतिवेदन बुझाएको हो । डेडिकेटेड र ट्रंक लाइनको बक्यौता असुल गर्ने विषयमा ऐन कानुनको परिपालना नभएको उपसमितिले…

Read More

काठमाडौँ: गोल्छा ग्रुपले दुई मेगावाट सौर्य उर्जा उत्पादन गर्न नेपाल विद्युत प्राधिकरणसँग पीपीए (पावर पर्चेज एग्रिमेन्ट) मा हस्ताक्षर गरेको छ। यस सम्झौतामा नेपाल विद्युत प्राधिकरणका तर्फबाट प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्य र गोल्छा ग्रुपका अध्यक्ष शेखर गोल्छाले हस्ताक्षर गरेका छन्। गोल्छाका अनुसार यो आयोजनालाई तीन महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। यस अनुभवबाट अरु आयोजनाहरु पनि विकास गर्ने उनले जानकारी दिए।

Read More

नेकपा एमालेमा वरिष्ठ नेता माधवकुमार नेपालको समूहले विभिन्न अभियान घोषणा गरिरहँदा अध्यक्ष केपी शर्मा ओली पक्षका नेताले भने साइबर ‘आक्रमण’ जारी राखेका छन्। यसै क्रममा ओलीका विश्वासपात्र मानिने बास्कोटाले आइतबार बेलुका सामाजिक सञ्जालमार्फत नेपाल समूहलाई ‘महाझेली गुट’को संज्ञा दिएका छन्। ‘न पार्टीको नाम न चुनाव चिह्न उसै एमाले मेरो रे ! दुई महिनाअघि सूर्य चिह्न नपाए देशमा कायामत गर्ने प्रचण्ड घोषणा र दुई महिनापछि एमाले विस्तार र सुदृढ गर्ने महाझेली गुटको करामत उस्तै हुने हो। सोझै एकता गरे हुने,’ पूर्वसञ्चारमन्त्रीसमेत रहेका बास्कोटाले व्यंग्य गर्दै ट्विट गरेका छन्, ‘गाईलाई घाँस हजुर भैंसीलाई कुनौरो, तल्लो बाटो हजुर हामीलाई घुमाउरो।’

Read More

काठमाडौँ:  नेपाल सरकार र थारू कल्याणकारी सभा सङ्घर्ष समितिसँगको दोस्रो वार्ता सकारात्मक भएको छ । वार्ताका क्रममा सङ्घर्ष समितिले राखेका मागहरुका बारेमा थप व्याख्या र छलफल भएको सरकारी वार्ता समितिका सदस्य डा राजन भट्टराईले जानकारी दिनुभयो । वार्ता सहमति उन्मुख रहेको र अर्काे चरणकोे वार्ता निकट भविष्यमै हुने उहाँले जानकारी दिनुभयो ।

Read More

काठमाडौँ, २२ चैत (रासस) : नेपाल कृषिप्रधान देश तर कृषि उपजमा विदेशी देशको भर पर्नु परेको भन्दै सांसदहरूले असन्तुष्टि व्यक्त गरेका छन् । आइतबार संसदीय समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा सहभागी सदस्यले नेपालको उत्पादनले कहिलेसम्म पेट पालेर बस्ने भन्दै कृषिमा आत्मनिर्भर हुनुपर्ने बताएका हुन् । कृषिमा वैदेशिक लगानी खुलाको विषयमा भएको छलफलमा सांसद अमृतादेवी अग्रहरिले नेपालले कृषि उपज अन्य देशबाट ल्याउनुपर्ने अवस्था आएको बताउनुभयो । “हामी कृषि प्रधान देश भन्छौँ, अधिकांश कृषि उपज विदेशी देशबाट ल्याउनुपर्ने अवस्था आएको छ, विदेशी देशबाट ल्याउनु नै छ भने विदेशी कम्पनीलाई किन नल्याउने ?”, उहाँले प्रश्न गर्दै भन्नुभयो,…

Read More

काठमाडौं । नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय बालुवाटारमा कार्यरत महिला अधिकृतलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले अधिकृत सुष्मा रिजाल रेग्मीलाई पक्राउ गरेको हो । ज्येष्ठ नागरिकसम्बन्धी कसुरमा सुष्मालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले रातोपाटीलाई बताए । ज्येष्ठ नागरिकको सम्पती संरक्षकले हिनामिना गर्न नपाउने कानुनी व्यवस्था छ । तर, रेग्मीले ८५ वर्षीय आमाको सम्पती हिनामिना गरेको आरोप छ ।

Read More

काठमाडौँ: शेयर बजार परिसूचक नेप्से ६ साताको अन्तराल पश्चात ऐतिहासिक उचाईमा पुगेको छ । नेप्से सूचले नयाँ रेकर्ड बनाउँदा कारोबार रकममा समेत सुधार आएको छ। यो साताको पहिलो दिन नेप्से सूचक २५.७१ अंकले बढेर हालसम्मकै उच्च विन्दु २६५७.६१ विन्दुमा उक्लिएको छ । यसअघि गत फागुन ९ गते नेप्से २५४०.३५ विन्दुमा पुगेको थियो । फागुन ९ को उच्चविन्दु पश्चात घट्न थालेको नेप्से २३९० विन्दुबाट बाउन्स ब्याक भएर नयाँ उचाईमा पुगेको हो । बजारमा हल्ला गरिएजस्तो तरलता असहज नभएपछि बजारले सुधारको लय समातेको थियो । साथै सूचीकृत कम्पनीहरुले तेस्रो त्रैमासिक विवरण सार्वजनिक गर्ने दिनहरु नजिकँदै गर्दा प्रगति उन्मुख वित्तीय विवरण आउने…

Read More