Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: कोरोना महामारीको प्रभाव कम हुँदै जाँदा विदेशी वस्तुको आयातमा वृद्धि भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार विदेशी वस्तुको आयात कोरोना महामारी पूर्वकै अवस्थामा फर्किएको छ । विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो सात महिनामा आठ खर्ब बढीको आयात भएको छ । विभागले सार्वजनिक गरेको सात महिनाको (साउनदेखि माघ मसान्तसम्म) तथ्याङ्कअनुसार आठ खर्ब तीन अर्ब ६४ करोड बढीको आयात भएको छ । गत वर्षको सोही अवधिको तुलनामा शुन्य दशमलव शून्य एक प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा आठ खर्ब तीन अर्ब बढीको आयात भएको थियो । यसैगरी सात महिनाको अवधिमा ६९ अर्ब ९१…

Read More

काठमाडौं: बैतडीमा बलात्कारपछि हत्या गरिएकी १७ वर्षीया किशोरी भागरथी भट्टको शव आफन्तले बुझेका छन् । जिल्ला प्रशासन कार्यालय, बैतडीमा शुक्रबार भएको छलफलपछि आफन्तले जिल्ला अस्पताल, बैतडीमा रहेको शव बुझेका हुन् । घटनाको अनुसन्धानमाथि चित्त नबुझेसम्म शव नउठाउने परिवारको अडान थियो । पीडित परिवारका सदस्यसँग समेत अभियुक्त दिनेश भट्टले बलात्कारपछि हत्या गरेको बताएपछि आफन्तले शव उठाएका हुन् । प्रहरीका अनुसार परिवार सहमत भएपछि १५ दिनपछि भट्टको शव उठाइएको छ । दिनेशविरुद्ध ५ दिन म्याद थप गरेर प्रहरीले जबरजस्ती करणी तथा ज्यान सम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ । प्रारम्भिक सोधपुछमा दिनेशले पारिवारिक रिसिइबीको बद्ला लिन हत्या गरेको बताएका छन् ।

Read More

काठमाडौं: वायुसेवा संचालकहरुले हवाई भाडा वृद्धि गरेका छन् । नेपाल आयल निगमले प्रतिलिटर २ रुपैयाँको दरले हवाई इन्धनको मूल्य बढाउने निर्णय गरेको थियो । वायुसेवा सञ्चालक संघ नेपालका प्रवक्ता योगराज कँडेलका अनुसार हवाई इन्धनको स्वचालित मूल्यका आधारमा हवाई भाडामा लाग्ने इन्धन शुल्कमा समेत परिमार्जन गर्ने नीति अनुसार नयाँ मूल्य तोकिएको हो । संघले सिफारिस गरेको मूल्यलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले समेत सदर गरेका कारण शनिबारबाट लागु हुने गरी मूल्य परिमार्जन गरिएको हो । बढेको सरचार्ज अन्तर्गत काठमाडौंबाट माउन्टेन फ्लाइटमा जानेका लागि ७० रुपैयाँ बढी मूल्य पर्नेछ । काठमाडौं धनगढी रुटमा ९० रुपैयाँ भाडा बढी पर्नेछ ।

Read More

काठमाडौँ: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका नेता सुवास नेम्वाङले आउँदो निर्वाचनका लागि तयारीमा रहन सबैलाई आग्रह गरेका छन्। इलाममा आज कार्यकर्तासँगको भेटघाटमा चुनाव हुने कुरामा आफू विश्वस्त रहेको नेम्वाङले बताए। नेता नेम्वाङले प्रधानमन्त्री केपी शर्मा ओलीले सही ठानेर नै यो निर्णय गरेको बताए। ‘प्रधानमन्त्रीलाई निर्वाचन घोषणा गर्ने काम २०० प्रतिशत उपयुक्त लागेर गर्नुभएको हो’ उनले भने, ‘सर्वोच्च अदालतले यस बारेमा अन्तरिम आदेश नदिनु भनेको निर्वाचनसम्बन्धी काम गर्दै गर्नु भनेको हो। त्यसैले चुनावी कार्यक्रममा जुट्नु पर्छ।’ नेता नेम्वाङले नेकपामा को आधिकारिक भन्ने विवाद छैन, आयोगले केपी ओली प्रथम अध्यक्ष रहेको पार्टीलाई नै आधिकारिक भनिसकेको दाबी गर्दै भने, ‘कोही व्यक्ति एक…

Read More

काठमाडौं । सरकारले राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा ५ सय बढी कैदीबन्दीको कैद सजाय माफी दिएको छ । मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले कैदीबन्दीको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाहा दिएकी हुन् । राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेका अनुसार ४०१ कैदीको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाहा भएको छ । यस्तै आजसम्म कम्तीमा ५० प्रतिशत कैद भुक्तान गरेका र असल चालचलन भएका १७९ कैदीको भुक्तान हुन बाँकी कैद छुट दिइएको छ । सर्वोच्च अदालतको गत साउन १९ गतेको परमादेशसमेतको आधारमा फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन ऐन), २०७४ लागू हुनुपूर्व गरेको कसूरमा जन्मकैदको सजाय तोकिएकालाई कैद…

Read More

काठमाडौँ: राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ को प्रदेश प्रमुख (गभर्नर)मा रौतहट जिल्लाका राजेश झालाई नियुक्त गरेकी छन्। राष्ट्रपति भण्डारीले आज शुक्रबार मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १६३ को उपधारा २ बमोजिम उनलाई नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ। राष्ट्रपतिले आजै शुक्रबार सो प्रदेशका प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गरेकी थिइन्। राष्ट्रपति कार्यालयले झाको जिल्लाबाहेक अन्य विवरण दिएको छैन। राजेश अहिराजले चर्चित राजेश झालाई नै सो पदमा नियुक्त गरिएको बताइएको छ। राजेश अहिराजका नामले चिनिने मधेश अध्येता राजेश झाले त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधी गरेका छन्। झालाई सम्पर्क गरी सोध्दा उनले नियुक्तिबारे औपचारिकरुपमा पुष्टि हुन बाँकी रहेको जनाए। उनले अहिले आफू…

Read More

काठमाडौँ: प्रतिनिधि सभा विघटनविरुद्धका मुद्दामाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा जारी बहस सकिएको छ। एमिकस क्युरीका रुपमा वरिष्ठ अधिवक्ता गीता पाठक संग्रौलाले राय दिएसँगै बहस सकिएको हो। इजलासले सहभागी अधिवक्ताहरुलाई सोमबारसम्ममा बहस नोट उपलब्ध गराउन भनेको छ। त्यसपछि यो मुद्दा हेर्दाहेर्दैमा रहने र जुनसकै बेला फैसला हुनसक्ने छ। पक्ष र विपक्षका कानुन व्यवसायीको बहस सकिएपछि चार दिन एमिकस क्युरीमा रहेका नेपाल बार एसोसियसन र सर्वोच्च अदालत बार एसोसियसनका ५ वरिष्ठ अधिवक्ताले राय दिएका हुन्। प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा संवैधानिक इजलासमा माघ ४ गतेदेखि सुनुवाइ सुरु भएको थियो। सुरुका १३ दिन रिट निवेदक पक्षका ७२ कानुन व्यवसायीले बहस गरेका थिए। त्यसको…

Read More

काठमाडौँ: प्रदेश २ का प्रमुख (गभर्नर) तिलक परियारलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पदमुक्त गरेकी छन्। शुक्रबार राष्ट्रपति भण्डारीले प्रदेश प्रमुख परियारलाई पदमुक्त गरेकी हुन्। २०७६ कार्तिक १९ गते प्रदेश प्रमुखमा नियुक्त भएका परिवारलाई मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले पदमुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ। ‘सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीज्यूबाट नेपाल सरकार मन्त्रिपरिषदबाट सिफारिस भई आएअनुसार नेपालको संविधानको धारा १६५ को उपधार १ को खण्ड (ख) बमोजिम प्रदेश नम्बर २ का प्रदेश प्रमुख श्री तिलक परियारलाई पदमुक्त गर्नुभएको छ’, राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

Read More

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले संविधान नमिच्ने बताएका छन् । प्रजातन्त्र दिवसको अवसरमा शुक्रबार काठमाडौंको टुँडिखेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अहिलेको सरकारले संविधान नमिच्ने र मिच्न नदिने बताएका हुन् । सरकारले जनताको अभिमतभन्दा विपरीत नजाने, लोकतन्त्रको बाटो नबिराउने, भ्रष्टाचार नगर्ने र गर्न नदिने, सुशासन कायम गर्ने समेत प्रधानमन्त्री ओलीले बताए । सम्बोधनका क्रममा उनले भने, ‘अहिलेको सरकारले लोकतन्त्रको बाटो बिराउँदैन संविधान मिच्दैन, मिच्न दिँदैन जनताको अभिमतभन्दा विपरीत जाँदैन र जान दिँदैन , भ्रष्टाचार गर्दैन र गर्न दिँदैन सुशासन कायम गरेर छोडछ, अपराधहरुलाई नियन्त्रण गर्छ , म आम दाजुभाइ दिदीबहिनीहरुलाई आस्वस्त पार्न चाहन्छु ।’ जनताको आकांक्षा र अभिमतबाट…

Read More

काठमाडौँ:अमेरिकी पर्सिभिअरन्सको अन्तरिक्ष यान मंगल ग्रहमा अवतरण गरेको छ। ६ वटा पांग्रा भएको रोबट ७ महिना करिब आधा अर्ब किलोमिटर यात्रा गरेर नेपाली समयअनुसार आज (शुक्रबार) बिहान करिब २:४० बजे मंगल ग्रहको सतहमा अवतरण गरेको हो। यान मंगल ग्रहमा अवतरण गरेको तस्बिर नासाले ट्विट गरेको छ। पर्सिभिअरन्सले मंगल ग्रहमा पहिले जीवन भए/नभएको अध्ययन गर्ने बीबीसीले जनाएको छ। अहिलेसम्म मंगल ग्रहमा १४ मिसनले अवतरण गर्ने प्रयास गरेकामा ८ वटा सफल भएका छन्। ती सबै अमेरिकी अभियान हुन्। अमेरिकी प्रयास एकपटक मात्रै सन् १९९९ मा असफल भएको छ। सन् १९७० पछि नासाको यो पहिलो मिसन हो, जसले मंगल ग्रहमा जीवनको सम्भावना…

Read More