Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं : प्रेस काउन्सिल नेपालको कार्यवाहक अध्यक्षमा दुर्गा भण्डारीलाई नियुक्त गरिएको छ । आज बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले भण्डारीलाई अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले बताएका छन । त्यस्तै बैठकले युवा तथा साना ब्यबसाय स्वरोजगार कोषको कार्यकारी उपाध्यक्षमा डा. कल्याण रोकालाई नियुक्त गरेको छ ।

Read More

काठमाडौँ: तोकिएको मितिमा साधारण सभा हुन नसकेको स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) मा निर्विरोध कार्यसमिति चयन गरिएको छ । साउन २१ गते आइतबारको सर्वसम्मत समितिले गरेको सिफारिस अनुसार नयाँ कार्यसमिति निर्विरोध चयन गरिएको हो । इप्पान सचिवालयका अनुसार यस अघिका सल्लाहकार कृष्णप्रसाद आचार्यको अध्यक्षतामा १६ सदस्यीय कार्यसमिति चयन गरिएको हो । अब एशोसिएटतर्फबाट थप एक जना सदस्य मनोनयन हुन बाँकी छ । इप्पानका नयाँ अध्यक्ष कृष्णप्रसाद आचार्य विन्दवासिनी हाइड्रो तथा पिपुल्स हाइड्रोको प्रतिनिधित्व गर्छन् । यसअघि उनी इप्पानको सल्लाहकार थिए । इप्पान सचिवालयका अनुसार यसअघि इप्पानको महासचिव रहेका आशिष गर्ग उपाध्यक्ष बनेका छन् । उनी सोलु करिडोरमा निर्माणाधीन भारतीय…

Read More

काठमाडौँ: सरकारले तयार भइसकेका अन्तराष्ट्रिय चार्टर्ड उडान स्थगित गरेको छ। कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी) को आग्रहमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उडान स्थगित गरेको हो। सीसीएमसीले अब विदेशबाट फर्किने श्रमिक एक सातासम्म काठमाडौंका होटलमा बस्नुपर्ने भन्दै साउन २९ गते पत्राचार गरेको थियो। तर उक्त निर्णयअनुसार होटल व्यवस्थित भइनसकेको भन्दै उडान स्थगित गर्न सोमबार पत्र पठाएको हो। कोरोना संक्रमण जारी रहेको, विभिन्न स्थानीय तहले निषेधित क्षेत्र घोषणा गर्ने बढ्दो क्रम र होटल क्वारेन्टिनका लागि होटल व्यवस्था भएको जानकारी नआएको सीसीएमसीले जनाएको छ। होटल क्वारेन्टिन सुनिश्चितता भएपछि मात्रै उडान स्वीकृति दिने तथा यसअघि जारी भएका…

Read More

काठमाडौं: राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ । बोर्डको सोमबार बसेको बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले जानकारी दिए । पौडेलका अनुसार ४ लाख ७२ हजार ७८ विद्यार्थीको परीक्षाफल प्रकाशित भएको हो । नतिजा टेलिफोन, एसएमएस र बेभसाइटमा हेर्न सकिन बोर्डले जनाएको छ । गत ६ चैतका लागि निर्धारित एसईई कोभिड–१९ का कारण अन्तिम समयमा स्थगित भएको थियो । परीक्षा नहुने भएपछि विद्यालयले गरेको आन्तरिक मूल्यांकनको आधारमा नतिजा सार्वजनिक गरेको हो । विद्यालयहरूले विद्यार्थीको मूल्यांकन गरेर जिल्ला समन्वय ईकाई मार्फत बोर्डमा पठाएका थिए । विद्यार्थीहरूको मूल्यांकन प्रधानाध्यापक…

Read More

विराटनगर : कोशी अस्पताल विराटनगरमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । आज सोमबार साँझ विराटनगर महानगरपालिका– ८ मधुमाराका ४७ वर्षका पुरुषको उपचारका क्रममा मृत्यु भएको हो । स्वास्थ्यमा समस्या देखिएपछि आफन्तले उनलाई आइतबार कोशी अस्पताल ल्याएका थिए । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि अस्पतालले आइसोलेसनमा राखेर स्वाब संकलन गरेको थियो । सोमबार बेलुका करिब साढे ५ बजे उनको मृत्यु भएको हो । प्रदेश जनस्वास्थ्य प्रयोगशालामा जाँच गर्दा सोमबार दिउँसो उनमा कोरोना पोजेटिभ देखिएको हो । आइतबार भर्ना भएका पुरुषको सोमबार बेलुका मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतले जानकारी दिए । विराटनगर– ८ का पुरुषको मृत्यु…

Read More

काठमाडौं: काठमाडौं उपत्यकामा आज थप १६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १३९, ललितपुरमा १५ र भक्तपुरमा १४ जना गरी जम्मा १६८ जना संक्रमित थपिएका छन् । नेपालमा सोमबार थप ५८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या २७ हजार २४१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सोमबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् । यसअघि आइतबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या २६ हजार ६६० थियो । पछिल्लो २४ घण्टामा थप १६० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना…

Read More

काठमाडौं: ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले नेपाल विद्युत प्राधिकरणले गर्व गर्न लायक सफलता हासिल गरेसँगै चुनौती थपिएको बताउनु भएको छ । प्राधिकरणको ३५औं वार्षिकोत्सवका अवसरमा सोमबार आयोजित कार्यक्रममा प्राधिकरण संचालक समितिका अध्यक्षसमेत रहनु भएका मन्त्री पुनले संस्थालाई अझै सबल र प्रतिश्पर्धी बनाइने प्रतिबद्धता जनाउनु भएको छ । ‘उपभोक्तालाई भरपर्दो विद्युत् आपूर्ति र विद्युतीकरण गर्न बाँकी करिब १० प्रतिशत घरपरिपरिवारमा विद्युत सेवा पुर्याउन, विद्युतमा आत्मानिर्भर बन्न र आगामी दिनमा बढी हुने विद्युतलाई मुलुकभित्र खपत गर्नु र बाह्य बजारमा बिक्री गर्नु चुनौतीपूर्ण छ’,उहाँले भन्नुभयो । ‘हामीले बनाउनु पर्ने प्रसारण पूर्वाधार समयमा बनाउन नसक्दा कतिपय आयोजनाहरुको विद्युत् प्रणालीमा जोड्न नसकिएको गुनासो…

Read More

काठमाडौं: नेपालमा सोमबार थप ५८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या २७ हजार २४१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सोमबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् । यसअघि आइतबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या २६ हजार ६६० थियो । पछिल्लो २४ घण्टामा थप १६० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १७ हजार ४९५ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो। यसअघि आइतबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त…

Read More

काठमाडौं: नेपाल विद्युत् प्राधिकरणले गत आर्थिक वर्ष २०७५/७६मा ११ अर्ब ५ करोड रुपैयाँ नाफा कमाएको छ । प्राधिकरणले पछिल्लो ३ आर्थिक वर्षमा २३ अर्ब ७१ करोड रुपैयाँ नाफा कमाएको छ । सोमबार आयोजित वार्षिकोत्सवका क्रममा कार्यकारी निर्देशक कुलमान घिसिङले संस्थाले आव २०७३/७४ देखि नाफा कमाउन सुरु गरेको बताएका छन् । आव २०७४/७५ मा २ अर्ब ८५ करोड रुपैयाँ, आव २०७५/७६ मा ९ अर्ब ८१ करोड रुपैयाँ र आव २०७६/७७ मा ११ अर्ब ५ करोड रुपैयाँ नाफा कमाएको छ । अघिल्लो आव (२०७५/७६) मा प्राधिकरणले २ अर्ब ५४ करोड ८० लाख युनिटको तुलनामा गत आवमा ३ अर्ब २ करोड १०…

Read More

काठमाडौँ: प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बालुवाटार पुगेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले छलफलका लागि बोलाएपछि देउवा बालुवाटार पुगेका हुन्। छलफलमा ओली, देउवा, नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेस केन्द्रीय सदस्य रमेश लेखक सहभागी छन्। देउवाका सहयोगी भानु देउवाले प्रधानमन्त्रीले डाकेपछि सोमबार बिहान साढे ११ बजे सभापति र लेखक प्रधानमन्त्री निवास बालुवाटार पुगेको जानकारी दिए। संवैधानिक नियुक्ति, रिक्त रहेका पोखरा विश्वविद्यालयलगायतमा नियुक्तिजस्ता विषयमा छलफल भएको बताइएको छ। यसअघि बालुवाटारमा नेकपा सचिवालय बैठक बसेको थियो।

Read More