Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार आज देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । यसैगरी, महाशाखाले आज बिहानको मौसमको अवस्थाबारे जानकारी दिँदै सुदूरपश्चिम प्रदेश लगायत कर्णाली, लुम्बिनी, गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको जनाएको छ । आगामी तीन दिनको मौसम पूर्वानुमानः पौष १७ गते (शुक्रबार) दिउँसोः प्रदेश १ र सुदूरपश्चिम प्रदेश का पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। रातिः प्रदेश १ , कर्णाली , लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भूभाग साथै सुदूरपश्चिम…

Read More

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धिका लागि स्थिर राजनीति अपरिहार्य रहेको बताएका छन् । नयाँ वर्ष सन् २०२१ को अवसरमा आज भिडियो सन्देश दिँदै प्रधानमन्त्री ओलीले समृद्ध नेपालको आकांक्षा पूरा गर्नका लागि स्थिर राजनीति अपरिहार्य रहेको उल्लेख गरेका छन् । मुलुकलाई विकास र समृद्धिमा लैजाने काममा अनेक व्यवधान सामना गर्नु परेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भनेका छन्-‘हामी समृद्ध देश निर्माण गरी जनतालाई सुखी बनाउने राष्ट्रिय आकांक्षा पूरा गर्ने गन्तब्य तय गरी अघि बढिरहेका छौँ । समृद्ध नेपाल, सुखी नेपालीको यो राष्ट्रिय आकांक्षा पूरा गर्न स्थिर राजनीति अपरिहार्य छ ।’ आगामी दिनमा सुशासन र विकासको बाटोबाट अघि बढ्ने पनि उनले…

Read More

काठमाडौं: आजबाट इस्वी संवतको नयाँ वर्ष सन् २०२१ शुरु भएको छ । नेपालीसहित विश्वभरका मानिसहरुले आपसमा शुभकामना आदान प्रदान गर्दै नयाँ वर्ष मनाइरहेका छन् । इसाई धर्मका प्रवर्तक जिसस क्राइस्ट (प्रभु यशु) को सम्झनामा उनको मृत्युपछि अनुयायीले सो संवत् प्रचलनमा ल्याएका हुन् । ग्रेगोरियन पात्रोअनुसार सन् २०२० को विदाई र नयाँ वर्ष सन् २०२१ को स्वागतमा विश्वभर बिभिन्न कार्यक्रमहरु आयोजना भइरहेका छन् । यशु ख्रीस्टको जन्म भएको वर्षदेखि पादरी ग्रेगोरियनले शुरु गरेकाले यसलाई ‘ग्रेगोरियन पात्रो’ भन्ने गरिन्छ । नयाँ वर्षमा इसाई धर्मावलम्बीहरुले यशुको सम्झना गर्दै अंगुरको रस र रोटी खाने प्रचलन छ । इस्वी संवतको नयाँ वर्षको अवसरमा विगतमा नेपालमा…

Read More

काठमाडौं: संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले राजनीतिक पहुँचका भरमा अनावश्यक ठाउँमा पनि विमानस्थल निर्माण भएको बताएका छन् । बिहीबार नेपाल नागरिक उड्डयन प्राधिकरणको २२ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री ढकालले राजनीतिक पहुँचका आधारमा निर्माण भएका कतिपय विमानस्थल अहिले सञ्चालन हुन नसकेको पनि बताए । देशभर ५५ वटा एयरपोर्ट रहेकोमा ३६ वटा कालोपत्रे गरिएको र त्यसमा पनि ३५ वटा मात्रै सञ्चालनमा रहेको उनको भनाइ छ । २० वटा एयरपोर्ट सञ्चालनमा आउन नसक्नुले राजनीतिक पहुँच र शक्तिको आधारमा एयरपोर्ट बनाइएको स्पष्ट हुने मन्त्री ढकालको भनाइ छ । उनले नेपालको अन्तर्राष्ट्रिय उडानलाई कालो सूचीमा राखिएको विषयको अन्तर्वस्तु केलाउनुपर्ने…

Read More

बुटवल: नेकपा स्थायी समिति सदस्य वर्षमान पुनले प्रधानमन्त्री केपी ओलीले मुलुकमा निरंशुकता लाद्ने प्रयास गरिरहेको बताएका छन् । ओलीले राज्य शक्तिको दुरुपयोग गर्न राष्ट्रिय अनुसन्धान विभाग, राजश्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण विभागआफू मातहत राखेको चर्चा गरे । संविधानमा स्पष्ट रुपमा नेपाललाई समाजवाद उन्मुख मुलुक भनिए पनि ओलीको चरित्र र अभ्यास भने दलाल पुँजीपति रहेको उनको भनाइ थियो । पुनले नेपालको सम्पूर्ण अर्थ व्यवस्था सीमित मानिसको मुठ्ठीमा पार्ने गरी ओली अगाडि बढेको आरोप पुनले लगाए । तर, असंवैधानिक प्रतिनिधिसभा विघटनको जगमा निरंकुश सत्ता चलाउने ओलीको प्रयास कुनै हालतमा सफल हुन नदिने चेतावनी उनको थियो । ‘ओलीले निरंकुश सत्ता चलाउने…

Read More

काठमाडौँ: नेपाल विद्युत प्राधिकरणले लोडसेडिङ ३ वर्षअघि नै हटिसकेको र फेरि गर्नुपर्ने अवस्था नआएको स्पष्ट पारेको छ । प्राधिकरणले बिहीबार प्रेस विज्ञप्ति जारी गरी विद्युतको पोल सार्ने, ट्रान्सफरमर फेर्ने, वितरण प्रणालीका संरचनाहरुको मर्मत तथा बदली गर्ने जस्ता निरोधात्मक कामका लागि बिजुली आपूर्ति बन्द हुने गरेको प्रष्ट पारेको छ । केहि दिन यता विभिन्न मिडिया तथा अनलाइन पत्रिकाहरुमा बत्ती झ्याप झ्याप गइरहेको वा अघोषित लोडसेडिंग शुरु भएको, विद्युत आपूर्ति व्यवस्थापन गर्न नसकेको भनी प्रकाशित समाचारले नेपाल विधुत प्राधिकरणको गम्भीर ध्यानकर्षण भएको छ । यस सन्दर्भमा, नेविप्राले विगत ३ वर्षअघि देखि नै लोडसेडिंग अन्त्य गरिसकेको, फेरी लोडसेडिंग गर्नुपर्ने अवश्था नआएको बताएको…

Read More

काठमाडौँ: भारतीय अर्बपति मुकेश अम्बानी र चिनियाँ अर्बपति ज्याक मालाई पछाडि पार्दै चीनका जोङ सानसन एसियाकै धनाढ्य व्यक्ति बनेका छन्। ७७ अर्ब ८० करोड डलर सम्पत्ति पुगेपछि उनी एसियाकै धनाढ्य भएभने उनी विश्वकै ११ औं धनाढ्य व्यक्ति पनि बनेका छन्। गतवर्ष ७० अर्ब ९० करोड सम्पत्ति भएका उनले कोरोना प्रकोपबीच थप सम्पत्ति जोड्न सफल भएका हुन्। एससीएमपीका अनुसार खोप कम्पनी वान्ताई बायोलोजिकल फार्मेसी इन्टरप्राइज तथा बोतलको पानी बेच्ने कम्पनी नोङफु स्प्रिङका कारण उनको सम्पत्तिमा उल्लेख्य वृद्धि भएको हो। बोतलको पानी बेच्ने कम्पनीको सेयर १५५ प्रतिशतले बढ्नुका साथै खोप कम्पनीको सेयर २ हजार प्रतिशतले बढेपछि सानसनले अम्बानी र ज्याक मालाई पछाडि…

Read More

काठमाडौं: प्रतिनिधिसभा विघटन विरुद्ध प्रचण्ड–माधव नेपाल नेतृत्वको नेकपाले मंगलवार काठमाडौंमा गरेको विरोध प्रदर्शनका क्रममा राष्ट्रपतिप्रति आपत्तिजनक र अमर्यादित लाञ्छाना लगाउँदै नाराबाजी गर्ने व्यक्तिको पहिचान भएको छ । प्रहरीले प्रचण्ड–माधव पक्षधर नेकपाका ती कार्यकर्तालाई पक्राउ गर्न सम्बन्धित युनिटलाई परिचालन गरेको स्रोतले जनाएको छ । तत्कालिन माओवादी सम्बद्ध वाइसिएलका केन्द्रीय सदस्य रहेका दार्चुलाका नरबहादुर बिष्टलाई प्रहरीले खोजी गरिरहेको एक उच्च अधिकारीले बताए । बिष्ट दार्चुलाको मार्मा गाउँपालिका कमिटीको नेकपा अध्यक्ष समेत रहेको जानकारी प्राप्त भएको प्रहरी स्रोतले जनाएको छ । जुलुसमा माइकबाटै उनले राष्ट्रपतिको नाम किटेर व्यक्तिगत चरित्रहत्या गर्ने हिसाबले अमर्यादित नारा लगाएका थिए । उनलाई साथ दिने…

Read More

काठमाडौँ: शेयर कारोबार मापक सूचक नेप्से हालसम्मकै उच्च विन्दुमा पुगेको छ । बिहीबार नेप्से सूचक २०८७ विन्दुमा उक्लिएपछि नयाँ किर्तिमान कायम भएको हो। एक महिना अगाडि गत मंसिर १७ गते नेप्से सूचक २०७१ अंकमा पुगेको थियो । त्यसपछि केहि करेक्शन आएको बजार पुन: उकालो लाग्दै नयाँ उचाइमा पुगेको हो । यसदिन नेप्से सूचक २५.२१ अंकले बढेर २०८७.२७ विन्दुमा पुगेको हो । २०७ कम्पनीको कारोबार भएको बजारमा १ करोड १४ लाख कित्ता शेयर ५ अर्ब ७० करोड बराबरमा किनबेच भएका छन् । यसदिन कारोबारमा आएका र्निजीवन बीमा समूह बाहेकका सबै सूचक उकालो लागेका छन् ।

Read More

काठमाडौं: नेकपा प्रचण्ड-माधव समूहले प्रदेश १ को संसदीय दलको नेताबाट शेरधन राईलाई हटाएको छ । मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको प्रचण्ड-माधव समूहले भीम आचार्यलाई मुख्यमन्त्रीमा प्रस्ताव गरेको थियो । बिहीबार बसेको बहुमत सांसदको बैठकले राईलाई हटाएर आचार्यलाई दलको नेता चयन गरेको छ । प्रदेश १ मा नेकपाका ६७ सांसद छन् । उनीहरुमध्ये ३७ जनाले राईविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका थिए । बुधबारको बैठकमा भने ३६ जना उपस्थित थिए ।

Read More