Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ लक्षित डाटा पोर्टल संचालनमा ल्याएको छ । कोभिड-१९ को संक्रमणको आधिकारिक विवरण प्रदान गर्न संचालनमा रहेको पोर्टल ww.covid19.mohp.gov.np मा तथ्यांकहरुलाई सर्वसाधारणको पहूचमा सजिलै लैजान सकियोस भन्ने उदेश्यले यो पोर्टल मन्त्रालयले संचालनमा ल्याएको हो । पहिलो चरणको बन्दाबन्दिसंगै सुरु भएको कोभिड-१९ पोर्टल अहिले थप विवरण तथा तथ्यांकसहित अद्यावधिक गरिएको छ । अहिले मन्त्रालयले कोभिड-१९ सूचना तथा गतिबिधिको सम्प्रेषण गर्न भाइबर ग्रुप, फेसबुक, त्ट्वीटर, कोभिड -१९ प्रेस ब्रिफिङ, मोबाइल एप्स “हाम्रो स्वास्थ्य”, कोभिड-१९ पोर्टल लगायतका डिजिटल माध्याम संचालन गर्दै आएको छ । मन्त्रालयले जारी गरेको मोबाइल एप्स हाम्रो स्वास्थ्य एन्ड्रोइड र आइओएस गरि…

Read More

काठमाडौ: कञ्चनपुर भीमदत्त नगरपालिकाकी १३ बर्षिया बालिका निर्मला पन्त हत्या प्रकरणभित्रको पर्दा झनै खुल्दै गएको छ । प्रमाण लुकाएको मुद्धामा तत्कालीन कञ्चनपुर प्रहरीका प्रमुख एसपी डिल्लीराज विष्ट, डीएसपी अंगुर जिसी, डीएसपी ज्ञानबहादुर सेठी, इन्स्पेक्टर एकिन्द्रबहादुर खड्का, इन्स्पेक्टर जगदीशप्रसाद भट्ट, सई हरसिंह धामी, सई रामसिंह धामी र जवान चाँदनी साउँदलाई अदालतले सफाई दिएसँगै थप भित्रि बाटो बाहिरिन थालेको हो । अदालतले तत्कालका अनुशन्धान अधिकृतले गरेको अनुशन्धाननै अपराधि पत्ता लगाउन अनुशन्धान नजिक रहेको स्पष्ट पारेपछि अब निर्मलाको परिवारले न्याय पाउँने देखिन्छ । यही सन्दर्भमा तत्कालिन एसपी बिष्टले यो घटनामा जोडेर आफुलाईपनि प्रताडित गरिएकाले क्षतिपुर्ति दिनुपर्ने माग गरेका छन् । साथै…

Read More

सिन्धुपाल्चोक: जुगल गाउँपालिकाको लिदीमा गएको पहिरोमा अभिभावक गुमाएका बालबालिकालाई निशुल्क शिक्षा प्रदान गरिने भएको छ । पूर्व सूचना तथा सञ्चारमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले एक विज्ञप्ति जारी गर्दै यथासक्य चाँडो सम्पर्क गर्न आग्रह गरेका छन् । उनले विज्ञप्तिमा लेखेका छन्, ‘लिदी पहिरोमा अभिभावक गुमाएका स्मारिका दोङ, सविता दोङ, दुर्गा दोङ, कविता दोङ, अनिता दोङ, कान्छी दोङ, नाम नखुलेको साङबहादुर दोङकी छोरीसहित ७ बालिका र जम्वुमा सवै परिवार गुमाएकी छिरिङ गोले गरी ८ जनालाई कक्षा १२ सम्मको शिक्षा, यसै शैक्षिक सत्रबाट पढाउने व्यवस्था गरिएको छ ।’ बालबालिकालाई काठमाडौंको होस्टेलमा राखेर पढाउने व्यवस्था गरिने पनि उनले उल्लेख गरेका…

Read More

काठमाडौं: त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्ना विद्यार्थीलाई पठनपाठनका लागि सहभागी हुन आग्रह गरेको छ । त्रिविका शिक्षाध्यक्ष प्रा डा शिवलाल भुसालले कोरोना भाइरस (कोभिड–१९) का कारणले कक्षा कोठामा गई पठनपाठन गर्न सम्भव नहुँदा भर्चुअल माध्यमबाट पढाइ भइरहेकाले विद्यार्थीले आ–आफ्नो अध्ययनरत विभाग/स्कूल/क्याम्पसमा सम्पर्क राखी पठनपाठनमा सहभागी हुन आग्रह गरेका हुन् । उनले आफ्नो सम्पर्कमा त्रिविमा अध्ययनरत कुनै विद्यार्थी भएमा सम्पूर्ण अभिभावक, स्थानीय सरकारका प्रतिनिधि, स्थानीय प्रशासन, समाजसेवी, शिक्षाविद् तथा अन्य सबै सरोकारवालालाई समेत पठनपाठनमा विद्यार्थी सहभागी गराउन अनुरोध गरेका छन् । “त्रिविले कोभिड–१९ को सङ्क्रमण नियन्त्रणमा लिने स्थिति नरहेको परिप्रेक्ष्यलाई आँकलन गरी गत चैत्रको तेस्रो सातादेखि नै पठनपाठनको वैकल्पिक विधिबाट…

Read More

काठमाडौँ: सुन चाँदीको भाउमा ओरालो लाग्नेक्रमले बुधबार पनि निरन्तरता पाएको छ। अन्तराष्ट्रिय बजारमा भाउ घट्न थालेपछि नेपालमा पनि पछिल्लो चार दिनयता सुनको भाउ तोलामा २ हजार रुपैयाँले घटिसकेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको भाउ प्रतितोला ४०० रुपैयाँ र चाँदीको भाउमा १० रुपैयाँले घटेको छ। यसअनुसार आजको लागि छापावाल सुनको भाउ ९६ हजार ८०० रुपैयाँ तोकिएको छ। तेजावी सुनको मूल्य पनि प्रतितोला ४०० रुपैयाँले नै घटेर ९६ हजार ३०० रुपैयाँमा झरेको छ । चाँदीको भाउ पनि १ हजार ३०० रुपैयाँमा घटेको छ।

Read More

काठमाडौँ: पाटन अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मंगलबार राति उपचारका क्रममा मृत्यु भएको छ । गत साउन २३ गते पाटन अस्पतालमा भर्ना भएका काठमाडौंका ५४ वर्षीय पुरुषको उपचारका क्रममा मंगलबार राति साढे ९ बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जानकारी दिएको छ । मंगलबार राति नै बाँकेमा पनि कोरोना संक्रमणबाट ३७ वर्षीय पुरुषको मृत्यु भएको छ । त्यसैगरी नारायणी अस्थायी वीरगन्ज हेल्थ केयर कोरोना अस्पतालमा उपचार गराइरहेका बाराका थप दुई जना कोरोना संक्रमितको मंगलबार राति मृत्यु भएको छ । त्यस्तै भक्तपुरको सूर्यविनायक नगरपालिका–८ दोकाचाकी कोरोना संक्रमित ५३ वर्षीया महिलाको मंगलबार राति मृत्यु भएको छ । त्यस्तै कोरोना…

Read More

काठमाडौं: काठमाडौं उपत्यकामा भदौ ३ गतेदेखि सुरु भएको निषेधाज्ञा थप एक हप्ता लम्ब्याइएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका तीन प्रमुख जिल्ला अधिकारीले उपत्यकाका सुरक्षा निकायका प्रमुख, नगरपालिकाका मेयर र जनस्वास्थ्य कार्यालयका अधिकारीसँग छलफलपछि निषेधाज्ञा थप गर्ने निर्णय गरेका हुन् । यसअघि ३ भदौको मध्यरातिबाट लागू हुने गरी सुरु भएको निषेधाज्ञा बुधबार सकिँदै थियो । उपत्यकामा संक्रमण दर बढ्दो अवस्थामा रहेकाले १७ भदौसम्म निषेधाज्ञा थप्ने निर्णय गरिएको भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले अनलाइनखबरसँग बताइन्। सोमबार बसेको उपत्यका नगरपालिका फोरमको बैठकले पनि संक्रमण बढेको निष्कर्ष निकाल्दै १५ भदौसम्म निषेधाज्ञा लम्ब्याउन प्रशासनलाई सिफारिस गर्ने निर्णय गरेको थियो…

Read More

भक्तपुर: सूर्यविनायक नगरपालिका–८ दोकाचाकी कोरोना संक्रमित ५३ वर्षीया महिलाको मंगलबार राति मृत्यु भएको छ । धुलिखेल अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भएको नगरपालिकाको सामाजिक विकास समिति संयोजक एवं वडाध्यक्ष किरण थापाले जानकारी दिए । गत साता कोरोना संक्रमण पुष्टि भएकी ती महिलालाई भेन्टिलेटरमा राखेर उपचार गरिँदै आएको थियो । थाइराइडको उपचारका लागि गएकी ती महिलामा अस्पतालमै संक्रमण भएको हुन सक्ने थापा बताउँछन् । महिलाको परिवारका सात सदस्यको पीसीआर परीक्षणका लागि मंगलबार नै नगरका स्वास्थ्यकर्मीले स्वाब संकलन गरिसकेको उनले जानकारी दिए ।

Read More

बनेपा: काभ्रेपलाञ्चोकको विभिन्न स्थानमा गरी मङ्गलबार एकै दिन थप १७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख डा नरेन्द्रकुमार झाका अनुसार धुलिखेल अस्पताल, बनेपा, पनौती नगरपालिका र भुम्लु गाउँपालिकामा गरी १७ जनामा सङ्क्रमण देखिएको हो । सङ्क्रमित हुनेमा धुलिखेल अस्पतालमा कार्यरत वर्ष २५ र ३७ का दुई महिला र वर्ष २६ का एक पुरुष गरी तीन, पनौती नगरपालिकाका वर्ष ३९ र ४० का दुई महिला, वर्ष २०, ३२, ४० र ५५ का पुरुष गरी छ, बनेपा नगरपालिकाका वर्ष चारका एक बालकसहित ५९ वर्षको पुरुष र वर्ष नौ, २८, ३२ र ६० का महिला गरी छ,…

Read More

काठमाडौं: संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले नियमित तथा अन्तर्राष्ट्रिय उडान सञ्चालन बारेको तालिका सार्वजनिक गरेको छ । मन्त्रालयले नेपाल नागरिक उड्ययन प्राधिकरणलाई मंगलबार एक पत्र प्रेषित गर्दै आगामी सेप्टेम्बर २ देखि नियमित अन्तर्राष्ट्रिय र चार्टर उडान गर्न तालिका उपलब्ध गराएको छ । मन्त्रालयले भदौ १७ देखि असोज १४ गतेसम्मको नियमित हवाई उडान तालिका स्वीकृत गरेको हो ।

Read More