Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
- लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
- कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
- मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौं : आज सोमबारको प्रि ओपन कारोबारमै ३ प्रतिशतले बढेको शेयर बजार दुई चोटी सर्किट लागेर अन्तिममा दोहोरो अंकले घटेको छ । कारोबार सुरु भएको ५३ सेकेण्ड मै पहिलो सर्किट र त्यसपछि बजार खुलेको ६१ सेकेण्ड मै दोस्रो सर्किट लागेको नेप्से १४.०९ अंकले घटेर १४६४.९४ को बिन्दुमा पुगेर रोकिएको हो । आज दुई चोटी सकारात्मक सर्किट लाग्दा नेप्से सूचक १५५६ सम्म पुगेको थियो । आज कारोबारमा आएका १८१ कम्पनीका ७० लाख १ हजार २ सय ५८ कित्ता शेयर खरिद बिक्रिबाट २ अर्ब ८० करोड २२ लाख बराबरको भएको छ । आज कारोबारमा आएका बैंकिंग, विकास बैंक, फाइनान्स र…
ललितपुरः गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद जैसी र सबइञ्जिनीयर किशोर मोक्तान रु एक लाख ५० हजार घुस लिएको अभियोगमा आज पक्राउ परेका छन् । अपराह्न १ बजे अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले विकास निर्माणका काममा भुक्तानी लिएको अभियोगमा नगरपालिकाको आफ्नै कार्यकक्षबाट अभियुक्तद्वयलाई नियन्त्रणमा लिएको आयोगका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए ।
डोल्पा : शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जले नौ जनासहित एक डोजर र ट्र्याक्टर नियन्त्रणमा लिएको छ । त्रिपुरासुन्दरी नगरपालिका– ३ अन्तर्गत पर्ने सुँपानीबाट खेलकूद मैदानका लागि प्रयोग गरिएका कामदारसहित डोजर ट्र्याक्टर र चालक नियन्त्रणमा लिइएको हो । ठूलीभेरी नदीको किनारमा रहेको सुँपानीमा अनुमति नलिइ खेलकूद मैदान निर्माण गर्न लागेको थाहा पाएपछि चालकसहित सबैलाई नियन्त्रणमा लिएको निकुञ्जले जानकारी दिएको छ । “खेलकूद मैदान निर्माण गर्न लागिएको क्षेत्र निकुञ्ज क्षेत्रमा पर्छ, नीतिनियमविपरीत वन मन्त्रालय र राष्ट्रिय निकुञ्ज विभागको अनुमति नै नलिइ काम शुरु गरेको थाहा पाएपछि निर्माणमा संलग्न कामदार, उपकरण सबै नियन्त्रणमा लिएका हौ”, निकुञ्जका प्रमुख संरक्षण अधिकृत सरोजमणि पौडेलले भन्नुभयो । “नदीले…
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी नेकपा भित्रको विवाद सल्ट्याउनका लागि आज पनि पूर्व माओवादी नेताहरुको छुट्टै बैठक बसेको छ । आज पनि अध्यक्ष प्रचण्ड निवास खुमलटारमा प्रचण्ड पक्षधर स्थायी कमिटीका नेताहरुको लामै बैठक चल्यो । बैठकमा नेताहरुले जसरी पनि पार्टीलाई फुटबाट जोगाउन अध्यक्ष प्रचण्डलाई दबाव दिएका छन् । अध्यक्ष प्रचण्डले पनि प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीसँग भएका कुराकानी नेताहरुलाई जानकारी गराएका छन । आफू निकटका प्रायः सबै स्थायी कमिटी सदस्यलाई बोलाएर प्रचण्डले अन्तिम समझदारी प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीसँगै गर्नु पर्ने धारणा राखेको बैठकमा सहभागी एक नेताले बताए । उनले ओलीसँग सहमति भने भइनसकेको जानकारी गराएको पनि…
काठमाडौं: शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी विद्यालयहरूलाई शिक्षण सिकाइ कार्यलाई निरन्तरता दिन आग्रह गरेको छ। निजी विद्यालय सञ्चालकहरूको संस्था प्याब्सन र नेसनल प्याब्सनले अनलाइन क्लास बन्द गरेको मन्त्रालयले विषम परिस्थितिमा सिकाइ सहजीकरण कार्य नरोक्न भनेको हो। प्याब्सन र नेसनल प्याब्सनले साउन १ गतेदेखि अनलाइन क्लास बन्द गरेका छन्। शिक्षक तथा कर्मचारीलाई बेलतबी बिदा दिएका छन्। मन्त्रालयका प्रवक्ता सहसचिव दीपक शर्माले निजी लगानीका विद्यालयहरूले स्थगन गरेका सिकाइ सहजीकरण कार्यलाई निरन्तरता दिन अनुरोध गरेका हुन्। आइतबार विज्ञप्ति निकालेर प्रवक्ता शर्माले मौद्रिक नीतिमा शिक्षालगायत व्यवसायले लिएको ऋणको साँवा र ब्याज लकडाउनको अवधिमा भुक्तानी गर्न कठिनाइ भएको अवस्थालाई दृष्टिगत गर्दै कर्जा भुक्तानीको म्याद…
काठमाडौं: नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँनी ल्यवसायी महासंघका अनुसार आइतबार तोलामा ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार घटेर ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको छ । यस्तै तेजावी सुन तोलामा ९१ हजार ८६५ रुपैयाँमा कारोबार भएको छ । यसैगरी चाँदी तोलामा १ हजार रुपैयाँमा कारोबार भएको छ । यसअघि आइतबार चाँदी तोलामा १ हजार ५ रुपैयाँमा किनबेच भएको थियो ।
काठमाडौं : हिजो शनिबार बिहानदेखि देशभर मनसुनी वायुको प्रभाव कायमै छ । हिजोदेखि अहिलेसम्म २४ घण्टाको वर्षा विश्लेषण गर्दा काठमाडौं उपत्यकामा मात्रै ५३ मिलीमिटर पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले मापन गरेको छ । त्यस्तै पोखरामा सबैभन्दा बढी ९७ दशमलब ५ र जनकपुरमा ९६ दशमलब ६ मिमि पानी परेको छ । त्यसैगरी सिमरामा ८९ र ओखलढुंगामा ६२ दशमलब ४ मिमी वर्षा भएको मापन गरिएको छ । धनगढी र घोराहीमा करिब ४० मिमि, ताप्लेजुंगमा २८, नेपालगंज र विराटनगरमा २५ मिमि पानी परेको छ । यतिबेला देशभर मुसलधारे पानी परिरहेकाले सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।
काठमाडौंँ: कागेश्वरी मनोहरा नगरपालिका–१ गागलफेदीमा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ । गागलफेदीस्थित घट्टेखोलामा खसेको पहिरोमा परेर २२ वर्षीय नवराज गुरुङको ज्यान गएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी राजकुमार केसीले जानकारी दिए । आइतबार साँझ पहिरोमा पुरिएका नवराजको शव पोष्टमार्टमका लागी त्रिवि शिक्षण अस्पता महराजगञ्जमा राखिएको छ । साँझ साथीभाइसँग उनी गागलफेदीको जङ्गलमा गएका थिए । खोलामा शौच गर्न गएको बेला पहिरो खस्दा उनको निधन भएको बताइएको छ ।
काठमाडौं : हालै नेपाल राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिले बैंक तथा वित्तीय संस्थाहरुलाई अन्तर बैंक एटीएम कारोबार निशुल्क गर्ने व्यवस्था विपरीत बैंकहरुले उपभोक्तासंग शुल्क उठाइरहेका छन । कोरोना संकटका बेला उपभोक्तालाई एक बैंकको एटीएमबाट अर्को बैंकको एटीएम बुथमार्फत कारोबार गर्दा शुल्क नलाग्ने नियम पालना गर्दै आएका थिए । तर गत साउन १ गतेदेखि प्रायः सबै बैंक तथा वित्तीय संस्थाले अन्तर बैंक एटीएम कारोबार शुल्कवापत २५ देखि ३० रुपैयाँसम्म उठाइरहेको छन । हालै मात्र राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिले कोरोनाको प्रभाव रहेसम्म अन्तर बैंक एटीएम कारोबार निशुल्क गरिने व्यवस्था गरेपनि यसको पालना सम्बन्धित निकायले नगर्दा उपभोक्ता ठगिनु परेको…
चितवन: अविरल वर्षाका कारण पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक पूर्णरुपमा बन्द भएको छ । ईच्छाकामना गाउँपालिका वडा नं–६ चार किलो नजिकै सोमबार बिहान करिब ५ बजेको समयमा ठूलो पहिरो खस्न गएको हो । पहिरोका कारण दुईतर्फी सडक अवरुद्ध भएको छ । प्रहरीका अनुसार हालसम्म पनि पहिरो खसिरहेकोले तत्काल पहिरो हटाउन कठिनाइ भइरहेको छ । बाटो खुलाउने तर्फ आवश्यक पहल र प्रयास भैरहेको व्यहोरा जानकारी गराइएको छ । प्रहरीले ओभरटेक नगरी आ–आफ्नो सवारी साधन सुरक्षित स्थान रोक्न र सडक सुचारू भएपछि मात्र आफ्नो पूर्ववत् यात्रामा अगाडि बढ्नको लागि सम्पुर्ण सवारी चालकहरुलाई अनुरोध गरेको छ।
