Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: कोरोना संक्रमणका कारण प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार केसीको निधन भएको छ। नेपाल प्रहरी अस्पतालमा उपचाररत डीएसपी केसीको आज बिहीबार बिहान निधन भएको हो। काठमाडौंको मूलपानी घर भएका ४३ वर्षीय डीएसपी केसी काठमाडौं महानगरीय प्रहरी परिसरमा कार्यरत थिए। गत वैशाख २२ गते उनमा कोरोना संक्रमण पुष्टि भएको थियो।

Read More

काठमाडौँ : निषेधाज्ञामा भारतीयलगायत तेस्रो मुलुकका विदेशीहरुका लागि खुला गरिएका चार्टर उडानमा नेपालीले पनि विदेश जान पाउने भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले यस विषयमा गत बुधबार (वैशाख २९) मा गरेको निर्णय मन्त्रालयले बुधबार साँझ अध्यागमन विभाग र नागरिक उड्डयन प्राधिकरणलाई पठाएको छ । ‘नियममित उडान नभएको वर्तमान अवस्थामा चार्टर उडान गर्ने अनुमति प्राप्त उडानहरुमा विदेशी नागरिक र नेपाली नागरिकसमेत सबैलाई विदेश प्रस्थानको अनुमति प्रदान गर्ने भनी वैशाख २९ गते माननीय मन्त्रीस्तरमा निर्णय भएको हुँदा सोहीअनुसार आवश्यक कायार्थ आदेशानुसार अनुरोध छ,’ मन्त्रालयद्वारा लेखिएको पत्रमा उल्लेख छ । यो समाचार आजको कान्तिपुर दैनिकमा सुरज कुँवरले लेखेका छन्…

Read More

मोनाकोलाई २–० ले हराउँदै पेरिस सेन्ट जर्माइन (पिएसजी) ले कोपा डि फ्रान्सको उपाधि जितेको छ । बुधबार फाइनलमा पिएसजीका लागि माउरो इकार्डी कालियन एमबाप्पेले एक एक गोल गरे । इकार्डीले १९ औं मिनेटमा गोल गरेका थिए भने दोस्रो हाफमा एमबाप्पेले अर्को गोल थपे । यस सिजन एमबाप्पे अन्य क्लबमा जानसक्ने चर्चा पनि चलिरहेको छ । नेइमारले यसै महिनाको सुरुवातमा क्लबसँग सम्झौता लम्ब्याउने निर्णय लिएका थिए । तर एमबाप्पेले अहिलेसम्म क्लबसँग्को सम्झौता नविकरण गरेका छैनन् । रियल म्याड्रिड र म्यानचेस्टर सिटीले एमबाप्पेमाथि आँखा लगाइरहेका छन् । फाइनल खेलपछि प्रतिक्रिया दिदैं पिएसजीका फुलब्याक एलेस्यान्द्रो फ्लोरेन्जीले एमबाप्पे क्लबमै बस्ने आशा व्यक्त गरेका…

Read More

काठमाडौँ: प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका शीर्ष नेताले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार जाने भएका छन् । बिहीबार बिहान १० बजे प्रधानमन्त्री ओलीलाई भेट्न काँग्रेस सभापति शेरबहादुर देउवासहित पदाधिकारी, वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला जाने सहमहामन्त्री प्रकाशशरण महतले जानकारी दिए । कोभिड १९ नियन्त्रण तथा रोकथाममा सरकारको ध्यानाकर्षण गर्न प्रधानमन्त्रीलाई भेट्न लागिएको उनले बताए । कोभिड १९ अनुगमन समितिका संयोजक महतले भने, हाम्रो कोभिड १९ अनुगमन समितिले सातै प्रदेशमा भर्चुअल मिटिङ गरेको थियो । त्यहाँबाट आएका समस्या र सुझावका विषयलाई ज्ञापन पत्रमा रूपमा बुझाउँदै छ । कोरोना रोकथाम तथा नियन्त्रण र उपचारका विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँदै आएका विषय…

Read More

काठमाडौँ, ६ जेठ (रासस) : वाग्मती प्रदेशमा रिक्त राष्ट्रियसभा सदस्य उपनिर्वाचनको मतदान केही बेरमा हुँदैछ । बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुने निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, मर्यादित र विश्वसनीय ढङ्गबाट सम्पन्न गर्न निर्वाचन आयोग प्रतिबद्ध र क्रियाशील रहेको जानकारी दिइएको छ । शान्ति सुरक्षा, स्वास्थ्य सुरक्षा मापदण्ड र अरु व्यवस्थापनका हिसाबले निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । उपनिर्वाचनमा वाग्मती प्रदेशसभा सदस्य ११० र वाग्मती प्रदेशअन्तर्गतका गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख २३८ गरी ३४८ मतदाता छन् । निर्वाचनमा प्रदेशसभा सदस्यको ४८ र पालिका प्रमुख र उपप्रमुखको मतभार १८ कायम गरिएको छ…

Read More

लमजुङ, ६ जेठ (रासस) : गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङमा कोरोना सङ्क्रमण र निषेधाज्ञाका बीच २४ घण्टामा सानाठूला गरी ८६ पटक भूकम्पको धक्का महसुस गरिएको छ । जिल्लाको मस्र्याङ्दी गाउँपालिकास्थित भुलभुले केन्द्रविन्दु बनाएर बुधबार बिहान ५ बजेर ४२ मिनेटमा ५ दशमलव ८ रिक्टर स्केलको भूकम्प गएयता आज बिहान ५ बजेर ५१ मिनेटसम्मको अवधिमा यतिका सङ्ख्यामा भूकम्पको धक्का महसुस भएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार यस अवधिमा चार रेक्टरभन्दा माथिका ६ वटा र सो भन्दा कम रेक्टरका ८२ वटा भूकम्पका धक्का गएको छ । चारभन्दा माथि बुधबार बिहान ५ बजेर ४२ मिनेटमा ५ दशमलव ८, ८ बजेर…

Read More

काठमाडौं । पूर्वप्रहरी महानिरीक्षक खड्गजित बरालको ९३ वर्षको उमेरमा निधन भएको छ । उनको मंगलबार बेलुका घरमै निधन भएको र बुधबार दिउँसो आर्यघाटमा अन्त्येष्टि गरिने नाती पुजन बरालले बताए । बराल २०२९ सालदेखि २०३५ सालसम्म प्रहरी महानिरीक्षक बनेका थिए । उनी नेपाल प्रहरीको ८ औं प्रहरी प्रमुख हुन् । उनी पूर्वसांसद एवम् बर्माका लागि पूर्वराजदूत समेत थिए ।

Read More

काठमाडौं : अरब सागरमा विकसित भएको ताउ ते चक्रवात (सामुद्रिक आँधी)को प्रभावले नेपालका सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षा हुने मौसमविदले बताएका छन् । केही स्थानमा अति भारी वर्षा पनि हुने भएकाले नदीहरुमा आकस्मिक बाढी आउने र यातायात क्षेत्र प्रभावित हुन सक्ने मौसमविदको पूर्वानुमान छ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले केही नदीहरुको बाढी सतर्कताको तहसम्म पुग्ने भन्दै तटीय क्षेत्रमा नजान सबैलाई आग्रह गरेको छ । मौसमविद शान्ति कँडेलका अनुसार सामुद्रिक आँधीको प्रभावले अहिले चितवन, म्याग्दी जिल्लासहित गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्का वर्षा भइरहेको छ । ‘आज गण्डकी, लुम्बिनी, कर्णाली र…

Read More

काठमाडौं । लमजुङ केन्द्र भएर ५.८ म्याग्नेच्युटको भूम्कम्प गएको छ । बिहान ५ बजेर ४२ मिनेट जाँदा गएको भूकम्पको काठमाडौंसम्म धक्का महसूस गरिएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका प्राविधिक सहायक राजेश शर्माका अनुसार लमजुङको भुलभुले केन्द्र भएर भूकम्प गएको हो । भूकम्पबाट मानवीय क्षति नभएको र केही कच्ची घरहरु चर्किएको जानकारीमा आएको प्रहरीले जनाएको छ ।

Read More

काठमाडौं । नेपालमा कोभिड १९ को नयाँ भेरियन्ट पत्ता लागेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । गत हप्ता संकलित कोभिड १९ संक्रमितहरुका ३५ वटा नमूनाहरुलाई विश्व स्वास्थ्य संगठनको समन्वयमा जिन सिक्विसिङ गरिएको थियो । मंगलबार प्राप्त नतिजाअनुसार ९७ प्रतिशतमा B.1.617.2 नयाँ भेरियन्ट र तीन प्रतिशतमा B.1.617.1 पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा हालसम्म तीन किसिमका भाइरस रहेको पुष्टि भएको छ । “विश्व स्वास्थ्य संगठनले २०२१ मे १० मा यो नयाँ भेरियन्टलाई विश्वव्यापी भेरियन्ट अफ कन्सर्न भनी घोषणासमेत गरिसकेको छ,” स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, “हाल पत्ता लागेको नयाँ भाइरस सबै उमेर समूहमा…

Read More