Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
- लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
- कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
- मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट थप १८७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु हुनेको संख्या ४ हजार ८५६ पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर थप ८ हजार १६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । १७ हजार ९७१ नमुनाको पीसीआर परीक्षण गर्दा ८ हजार ४६ जना र ५७७ जनाको एन्टिजेन परीक्षण गर्दा १२१ जनामा कोरोना संक्रमण देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ४ लाख ४७ हजार ४ पुगेको छ । तीमध्ये पछिल्लो २४ घण्टामा ५ हजार ४५५ सहित हालसम्म ३ लाख ३३ हजार १०८…
काठमाडौँ: जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष महन्थ ठाकुरले पार्टी केन्द्रीय कार्यकारिणी समितिको कुनै बैठक नडाकिएको बताउनुभएको छ । जसपाका अर्का अध्यक्ष उपेन्द्र महतो समूहले आज कार्यकारिणी समितिको बैठक बोलाएकामा असन्तुष्टि जनाउँदै अध्यक्ष ठाकुरले विज्ञप्ति जारी गर्दै जसपाको कुनैपनि बैठक नडाकिएको स्पष्ट पार्नुभएको हो । जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक नडाकिएको र त्यस्तो कुनै जानकारी नआएको विज्ञप्तिमा उल्लेख गरिएको छ । यता अध्यक्ष यादव र सङ्घीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई समूहले पार्टीको कार्यकारिणी समितिको बैठक बोलाइएको जिकिर गरेको छ । —
काठमाडौँ: चीनले सगरमाथा आरोहण अनिश्चितकालका लागि स्थगित गरेको छ। चीनले कोरोना संक्रमण फैलन सक्ने भन्दै उत्तरी मोहडाबाट हुने आरोहण स्थगित गरेको हो। नेपालमा कोरोना संक्रमण तीब्र गतिमा फैलिएको र आधार शिविरमा पनि कोरोना देखिएको भन्दै यस्तो निर्णय गरेको समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ। चिनियाँ खेलकुद प्रशासनले शुक्रबार आरोहण स्थगित भएको सूचना जारी गरेको थियो। गत वर्ष कोरोना महामारीका कारण सगरमाथा आरोहण भएको थिएन। यस वर्ष नेपालले ४ सय ८ जना र चीनले ३८ जनालाई आरोहण अनुमति दिएको थियो। चीनले सगरमाथाबाट कोरोना फैलिन नदिन विभाजन रेखा कोर्ने बताएको थियो। तर नेपालमा संक्रमण तीब्र भएपछि यस सिजनको आरोहण नै स्थगित गरेको हो।
काठमाडौं छिर्ने नाकाको चन्द्रागिरि नगरपालिका आज बिहानैदेखि सिल काठमाडौं उपत्यका छिर्ने नाकामा पर्ने चन्द्रागिरि नगरपालिका आज (शनिबार) बिहानैदेखि सिल गरिएको छ। काठमाडौं जिल्लामा यसै पनि निषेधाज्ञा लागू छ। त्यसमाथि थप सतर्कताका लागि चन्द्रागिरि नगरपाकिाले एक हप्ताका लागि आफ्नो क्षेत्र सिल गरेको हो। चन्द्रागिरि नगरपालिकाका प्रमुख (मेयर) घनश्याम गिरिका अनुसार आज बिहान ६ बजेदेखि आगामी ७ गते बिहान ५ बजेसम्म अत्यावश्यकबाहेक घरबाट निस्किनसमेत पूर्ण रूपमा निषेध गरिएको हो।
काठमाडौँ: सोल्टी होटलको नाम ‘दी सोल्टी काठमाडौं’ हुने भएको छ। सोल्टी होटेल र इन्टरकन्टिनेन्टल होटल्स ग्रुपको व्यवस्थापन सम्झौता सकिएपछि नयाँ नामबाट ब्रान्डिङ गर्न लागिएको हो। काठमाडौंको ताहाचलमा रहेको होटल वि.सं. २०२३ सालमा सञ्चालनमा आएको थियो। ५४ वर्षको आफ्नै अनुभवमा ‘दि सोल्टी काठमाडौं’ सञ्चालन गर्ने जनाएको छ। होटलमा चिनियाँ, भारतीय र इटालियन गरी तीनथरि खानाका परिकार तयार हुने तीन रेष्टुराँहरू सञ्चालनमा छन्। अतिथि पाहुनाहरुको लागि तीन विशिष्ट रेस्टुराँसहित, होटलले पाक विशेषज्ञ सेफहरूबाट तयार पारिएका क्षेत्रीय तथा अन्तर्राष्ट्रियस्तरका उत्कृष्ट र स्वादिष्ट भोजन, पारखीहरुलाई विशिष्टतासहितको स्वादको अनुभव प्रदान गर्ने होटलले जनाएको छ। ‘दि सोल्टी काठमाडौं’का अतिरिक्त यस कम्पनीको स्वामित्वमा एलएसजी स्काई सेफ काठमाडौं…
काठमाडौं । गैरआवासीय नेपाली संघको सहयोग र नेपाली दूतावास ओमानको सहकार्यमा सहयोग स्वरुप प्राप्तहुने करिव ६०० थान अक्सिजन सिलिन्डर लिन नेपाल एयरलाइन्सको विमान ओमान उडेको छ । शनिबार ओमानको राजधानी मस्कटको लागि विमानले उडान गरेको नेपाल एयरलाइन्सका महाप्रवन्धक डिम प्रकाश पौडेलले जानकारी दिए । बिहान साढे ७ बजे उडेको उक्त विमान शनिबार साँझ ६:४० मा नेपाल अवतरण हुने छ र शनिबार साँझ नै चीनको बेईजिङमाको लागि उडान भर्ने छ । बेइजिङमा करिब ४०० थान अक्सिजन कन्सर्नटेटर, ४०० थान सिलिन्डर र अन्य चिकित्सा सामग्री लिनको लागि विमान पठाउन लागिएको पौडेलले जानकारी दिए । त्यसपछि हरेक दिन ५५० थान सिलिन्डर उत्पादन हुने…
काठमाडौँ: एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली एकताबद्ध एमालेका निम्ति २०७५ जेठ २ अघिको अवस्थामा फर्किन सहमत भएका छन् । सिंहदरबारमा शुक्रबार बसेको एमालेका दुईपक्षीय नेताहरूको बैठकमा पार्टीलाई जेठ २ अघिको अवस्थामा फर्काउने र बाँकी सहमतिका लागि कार्यदल बनाएर छलफल गर्ने निर्णय भएको सचिव गोकर्ण विष्टले जानकारी दिए । सर्वोच्चले गत फागुन २३ गते एकीकृत नेकपाको अस्तित्व अस्वीकार गरेपछि नेपाल पक्षधर नेताहरूले पार्टीलाई एकतापूर्वको अवस्थामा ब्युँताउनुपर्ने बताउँदै आएका थिए । एमालेका पुरानो कमिटीको तल्लो तहसम्म नेपालपक्षीय नेताहरूको वर्चस्व रहेकाले पनि उनीहरूले पूर्ववत् पार्टीर् कमिटी ब्युँताउनुपर्ने माग गर्दै आएका हुन् तर प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीले पार्टी धेरै अघि बढिसकेकाले त्यो सम्भव नहुने…
काठमाडौँ: परराष्ट्र मन्त्रालयले तीन वर्षदेखि रिक्त रहेका दक्षिण कोरिया, श्रीलंकासहित कार्यकाल पूरा नभई एक साताअघि मात्रै फिर्ता बोलाइएका अस्ट्रेलिया तथा अन्यमा गरेर ११ देशमा राजदूत नियुक्तिको सिफारिस गरेको छ । शुक्रबार मात्रै पुनर्नियुक्त परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले एक साताअघिकै मन्त्रिपरिषद्ले राजदूतको नाम सिफारिस गरेको जानकारी दिँदै प्रस्तावित नाम संसदीय सुनुवाइ प्रक्रियाका लागि शुक्रबार संसद् सचिवालयमा पठाइएको जानकारी दिए । ‘लामो समयदेखि रिक्त रहेका र अरू रिक्त स्थानमा पनि एकमुष्ट रूपमा राजदूत सिफारिस गरेर पठाइएको छ,’ मन्त्री ज्ञवालीले भने । परराष्ट्र सेवाबाट सहसचिव निर्मलराज काफ्ले अस्ट्रिया र जीवनप्रकाश श्रेष्ठ इजिप्टका लागि राजदूत सिफारिसमा परेका छन् । सरकारले राजदूत तथा स्थायी नियोगका प्रतिनिधि नियुक्तिसम्बन्धी निर्देशिका–२०७५ जारी गरेर…
काठमाडौं । कोरोना भाइरस संक्रमणबाट एकैदिनमा २०३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २०३ जनाको मृत्यु भएको हो । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४६६९ हजार पुगेको छ । पछिल्लो २४ घण्टामा २० हजार ९९८ पीसीआर र ५३० एन्टिजेन परीक्षणमा ८ हजार ५२० जनामा संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना भाइर संक्रमितको संख्या चार लाख ३९ हजार ६५८ पुगेको छ । तीमध्ये सक्रिय संक्रमितको संख्या एक लाख ७ हजार ३३६ पुगेको छ । सक्रिय संक्रमितमध्ये ९८ हजार ८६९ जना होम आइसोलेसनमा र आठ हजार ४६७ जना संस्थागत आइसोलेसनमा छन्…
काठमाडौँ, ३१ वैशाख (रासस) ः प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना रोकथाम र नियन्त्रणमा कुनै साधन स्रोतको कमी हुन नदिइने प्रतिबद्धता व्यक्त गर्दै राज्यका सबै अंग र निजी क्षेत्रलाई प्रभावकारीरुपमा परिचालित हुन आग्रह गर्नुभएको छ । तेस्रो कार्यकालका लागि शपथग्रहणपछि आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पद बहाली गर्दै उहाँले मानवीय सेवाको उदात्त भावना अघिपछिभन्दा बढी प्रकट गर्न आग्रह गर्नुभयो । महामारी नियन्त्रणमा सम्बन्धित नियमको पालना गर्न र कुनै अनियमितता हुन नदिन उहाँले सचेत गराउनुभयो । उहाँले भन्नुभयो, ‘‘यतिबेला सबै एकजुट भएर महामारीको रोकथाममा लाग्नुपर्नेमा सरकारका राम्रा कामलाई पनि अन्देखा गर्ने र असहयोग वा अनियमितता गर्ने प्रवृत्ति उचित होइन । कुनै पनि…
