Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
- लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
- कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
- मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विपक्षी गठबन्धनलाई थप मजबुद बनाउँदै अगाडि बढाउने बताएको छ। शुक्रबार बसेको कांग्रेस केन्द्रीय समिति बैठकले उक्त निष्कर्ष निकालेको हो। ‘कांग्रेसले लोकतन्त्र र संविधानको मूल्य र मान्यतालाई एक पछि अर्को गरी कमजोर पार्ने काम भइरहेको छ। त्यसविरूद्ध बृहत्तर एकता जो लोकतन्त्र र संविधानमा विश्वास गर्छ। ती पार्टी र समूहलाई जोड्दै लैजाने, एकताबद्ध बनाएर लैजाने निर्णय भएको छ’, बैठकपछि प्रकाशशरण महतले भने। यसअघि कांग्रेस, नेकपा माओवादी, नेकपा एमालेको माधवकुमार नेपाल पक्ष, जनता समाजवादीको बाबुराम भट्टराई-उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चाका सांसद कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्ति र प्रतिनिधि सभा बैठक तोक्न भन्दै सर्वोच्च गएका थिए।…
काठमाडौँ: नेपाल प्रहरीले बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी हिरा महर्जनलाई साढे पाँच वर्षपछि बिहीबार नियन्त्रणमा लिएको छ । जिल्ला अदालत ललितपुरले २०७२ पुस १५ गते बैंकिङ कसूर मुद्दामा सजाय सुनाएकोमा महर्जन २०७८ असार ३ गते पक्राउ परेका हुन् । फरार रहेका उनलाई महानगरीय प्रहरी वृत्त चापागाँउबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । गोदावरी नगरपालिका–१२ ठेचो बस्ने ४० वर्षीय फरार प्रतिवादी महर्जनलाई जिल्ला अदालत ललितपुरले २०७२ पुस १५ गते बैंकिङ कसूर मुद्दामा ३ वर्ष कैद सजाय र १ करोड १५ लाख ३८ हजार रुपैयाँ जरिवाना ठहर गरेको थियो । महर्जनलाई फैसला कार्यान्वयनको लागि ललितपुर जिल्ला अदालतमा बुझाइएको महानगरीय प्रहरी परिसर…
काठमाडौँ: नेपाल धितोपत्र बोर्डविरुद्द सर्वोच्च अदालतमा शुक्रबार रिट दायर भएको छ । अधिवक्ताद्वय रविन बोहजु र सुरेन्द्र कोंजुले बोडले सार्वजनिक गरेको ५१ वटा कम्पनीको सूची सहितको विज्ञप्ती बदर गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका हुन् । बोर्डविरुद्द सर्वोच्चमा परेको रिटमा असार ६ गते आइतबारको लागि पेशी तोकिएको छ । रिटमा बोर्डले सार्वजनिक गरेको नेप्सेमा सूचीकृत ५१ कम्पनीको सूचीसहितको विज्ञप्ति बोर्डको काम कर्तब्य अधिकारभन्दा बाहिरको रहेको र कानुन सम्मत नभएकोले बदर गर्न माग गरिएको छ । बोर्डको उक्त निर्णयले लगानीकर्तालाई त्रसित र आतंकित बनाएको रिट निवेदनमा उल्लेख गरिएको छ । यसैगरी रिटमा शेयर कर्नरिङ रोक्नको लागि छुट्टै कानुन बनाउनको लागि…
सल्यान: सल्यान जिल्लाको शारदा नगरपालिका ६ बरालास्थित शारदा नदिको टापुमा फसेका १२ जनाको असार ३ गते सकुशल उद्वार गरिएकोे छ । खेतमा रोपाई गर्न गएका ९ जना पुरुष तथा ३ जना महिला सो नदिमा पानीको बहाव बढेपछि उक्त टापुमा फसेका थिए । सो बारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म सल्यानबाट सशस्त्र प्रहरी नायव उपरीक्षक सन्तोष रायमाझीको कमाण्डमा खटिएको सशस्त्र प्रहरीले विभिन्न निकायको सहयोगमा उनीहरुको सकुशल उद्वार गरिएको हो । उद्वार गरिएका व्यक्तिहरुमा सल्यान जिल्लाको शारदा नगरपालिका ६ बस्ने ४० वर्षिय छविलाल बि.क., २० वर्षिय हिरालाल बि.क., ४० बर्षिया सुशिला गौरी, ४७ बर्षिया काली बि.क., १८ बर्षिया गिता गिरी, ५५ वर्षिय तेजबहादुर बस्नेत,…
काठमाडौँ: गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले प्रदेश सभामा विश्वासको मत पाएका छन्। मतदानमा ५८ जना सांसद उपस्थित हुँदा उनको प्रस्तावको पक्षमा ३१ मत परेको थियो भने विपक्षमा २७ मत पर्यो। शुक्रबार प्रदेश सभामा भएको मतदानमा उनले विश्वासको मत पाएका हुन्। ५९ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ३० मत आवश्यक पर्नेमा उनको पक्षमा ३१ मत खसेको छ। प्रदेश सभामा राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापा पार्टी कारबाहीमा परी पदमुक्त भएका छन् भने सभामुखले बराबर मत भएको अवस्थामा बाहेक मतदानमा सहभागी नहुने व्यवस्था छ। उनलाई नेकपा एमाले बाहेकका दलले मत दिएका छन्। मुख्यमन्त्री पोखरेल नेपालीको पक्षमा नेपाली कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा,…
काठमाडौँ: गिट्टी बालुवा निकासी गर्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ। शुक्रबार संवैधानिक इजलासमा भएको सुनुवाइपछि सरकारको उक्त निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिइएको हो। यससम्बन्धी परेका रिटको सुनवाइका लागि चोलेन्द्र शमशेर जबराको नेतृत्वमा वरिष्ठताका आधारमा न्यायाधीशहरु इजलासमा तोकिएका थिए। न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खडका, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठसहितको इजलासले सरकारलाई कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेश समेत जारी गरिदिएको हो। आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दा सरकारले गिट्टी बालुवा विदेश निकासी गरेर व्यापार घाटा कम गर्ने बताएको थियो। गिट्टी बालुवा निकासी गर्ने सरकारको निर्णयविरुद्ध अधिवक्ताहरु शैलेन्द्र प्रसाद अम्बेडकर, रामबहादुर शाही, डा. पुण्यप्रसाद…
जनता समाजवादी पार्टीका उपेन्द्र यादव र डा. बाबुराम भट्टराई पार्टीको आधिकारिकता दाबी गर्न निर्वाचन आयोग पुगेका छन्। यादव र भट्टराईले महन्थ ठाकुर र राजेन्द्र महतोसहितको नेताहरुमाथि गरेको कारबाहीअनुसार विवरण अध्यावधिक नगरेपछि राजनीतिक दल सम्बन्धी ऐनको दफा ४४ अनुसार आधिकारिता दाबी गर्न गएका हुन्। दफा ४४ को उप दफा (१) अनुसार यादव र भट्टराईले दलको नाम, छाप, झण्डा र चिन्ह दाबी गर्न आयोग गएका हुन्। ‘दलको नाम, छाप, झण्डा वा चिन्हसम्बन्धी विवाद भए त्यस्तो नाम, छाप, विधान, झण्डा वा चिन्ह दाबी गर्ने दलले र दलको पदाधिकारी, केन्द्रीय समिति वा केन्द्रीय समितिको निर्णयको आधिकारिकतासम्बन्धी विवाद भए त्यस्तो पदाधिकारी, केन्द्रीय समिति वा…
मङ्गलबार दिउँसो हेलम्बु गाउँपालिका–१ को रितेकतेकमा पहिरोले खोला थुनिएर एक्कासि खुल्दा तल्लो तटीय क्षेत्रमा ठूलो क्षति भएको हो । रितेकतेकमा मेलम्ची खोला दुई पहाडबीचको खोँच भएर बग्ने र खोला थुनिएर फुटेकोजस्तो देखिएको हेलिकप्टरबाट अवलोकन गरेर फर्किनुभएका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री एवं त्यस क्षेत्रका सांसद शेरबहादुर तामाङले बताए । “माथिल्लो क्षेत्रमा पनि जोखिम कायमै देखिन्छ, रितेकतेकमाथि पनि स–साना पहिरो गएको जस्तो देखिन्छ तर मौसम नखुलेकोले प्रस्ट देख्न सकिएन,” मन्त्री तामाङले भने । बाढीका कारण हेलम्बु–१ को तिम्बु, नागोटे, हल्दे र मेलम्ची १० र ११ जोड्ने चारवटा पक्की पुल, मेलम्ची–हेलम्बु क्षेत्रका पाँचवटा झोलुङ्गे पुल र सातवटा ट्राउट माछा फार्म बगेका छन् । मङ्गलबार…
काठमाडौँ: नेपाली काँग्रेसको तल्लो तहको अधिवेशन आगामी साउन १२ गतेदेखि हुने भएको छ । यसअघि काँग्रेसको शनिबार सम्पन्न पदाधिकारी बैठकले साउन ६ गतेदेखि वडा तहबाट अधिवेशन थाल्ने प्रस्तावलाई संशोधन गरि बिहीबार बसेको केन्द्रीय समिति बैठकले वडा अधिवेशन साउन १२ गतेका लागि तय गरेको हो । काँग्रेसले आगामी भदौ १६ देखि १९ गतेसम्म १४ औं महाधिवेशन गर्ने भएको हो । भदौ १६ को महाधिवेशनलाई लक्षित गरी वडा अधिवेशन साउन १२ गतेबाट वडा अधिवेशन गरिने छ । गाउँ र नगरपालिका अधिवेशन साउन १६ गते हुनेछ । प्रदेश निर्वाचन क्षेत्रको क्षेत्रीय अधिवेशन साउन २० गते हुनेछ । यस्तै काँग्रेसले प्रतिनिधिसभा निर्वाचन क्षेत्रअन्तर्गतका…
काठमाडौँ: गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत लिँदै छन्। शुक्रबार बिहान ११ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री पोखरेलले विश्वासको मत लिन लागेको गण्डकी सरकारका प्रवक्ता कुमार खड्काले जानकारी दिए। एमाले संसदीय दलका नेता पृथ्वी सुब्बा गुरुङले विश्वासको मत लिन नसकेपछि प्रदेश प्रमुख सीता पौडेलले प्रदेश सभामा आफ्नो पक्षमा बहुमत रहेको दावी पेश गरेका कांग्रेस संसदीय दलका नेता पोखरेललाई गत जेठ २९ गते मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन । संविधानको धारा १६८ (५)अनुसार मुख्यमन्त्रीमा नियुक्त भएका उनले ३० दिनभित्र विश्वासको मत लिनुपर्छ । मुख्यमन्त्री पोखरेललाई काँग्रेससहित, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जनता समाजवादी पार्टी र एक जना स्वतन्त्रसहित ३१ जना…
