Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: काठमाडौँ प्रहरी परिसरले मंगलबार एक होटेलबाट निषेधाज्ञामा जुवा तास खेलिरहेको अवस्थामा दस लाख बढी नगदसहित पक्राउ गरेको छ । प्रहरीले यो कारवाही आज काठमाडौँ महानगरको १६ नम्बर वडाको बहती पोखरीस्थित पिताम्बर गौतमले संचलान गरेक फेवा दर्शन होटेलमा गरेको हो । उनीहरुलाई सुचनाको आधारमा महानगरीय प्रहरी बृत्त लैनचौरबाट खटीएको प्रहरी टोलीले उक्त होटेलको दोस्रो तलाको कोठामा चेक-जाँच गर्दा जुवा-तास खेलिरहेको अबस्थामा उक्त कोठाबाट नेपाली नगद रु १०,९७,००० सहित ३० बुक तास,तास खेल्न प्रयोग गरिएको २५० वटा क्वाईन र होटेल संचालक पिताम्वर गौतमसहित निम्न २५ जना ब्यक्तिहरुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरु: १. का…

Read More

काठमाडौं: नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले बहुमतको सरकार बनाउन प्रयत्न जारी राख्ने निर्णय गरेको छ । आज सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले नेपालको संविधानको धारा ७६ (२) अनुसार आफ्नो नेतृत्वमा बहुमतको सरकार बनाउन प्रयत्न जारी राख्ने निर्णय गरेको सहमहामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए । त्यसका लागि सबै दलहरुसँग समर्थन जुटाउनका लागि प्रयास गर्ने निर्णय पनि बैठकले गरेको छ । बैठकमा सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विजयकुमार गच्छदार, उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला, महामन्त्री पूर्णबहादुर खड्का, सहमहामन्त्री डा. प्रकाशशरण महत, कोषाध्यक्ष सीतादेवी यादव, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, पूर्वमहामन्त्री…

Read More

काठमाडौं । कोरोना भाइरस संक्रमणबाट एकै दिनमा २२५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपाली सेनाले २२५ जनाको शव व्यवस्थापन गरेको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ हजार ८४ पुगेको छ । पछिल्लो २४ घण्टामा २१ हजार ३१६ नमुना परीक्षणमा ९४८३ जनामा संक्रमण पुष्टि भएको छ । यससँगै सक्रिय संक्रमितको संख्या ९७ हजार ८ पुगेको छ । जसमध्ये होम आइसोलेसनमा ८९ हजार ९१४ र संस्थागत आइसोलेसनमा ७ हजार ९४ जना रहेका छन् । संस्थागत आइसोलेसनमा रहेकामध्ये १ हजार ८४ जना आईसीयूमा र २९० जना भेन्टिलेटरमा रहेका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा…

Read More

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठनको लागि आह्वान गरेपछि प्रतिपक्षी दलका नेताहरु छलफलमा जुटेका छन् । मंगलबार प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको छ । देउवा निवास बूढानीलकण्ठमा तीन नेताबीच दिउँसो १२ः०५ बजेदेखि १२ः४५ सम्म ४० मिनेट भेट भएको स्रोतले जानकारी दिएको छ । आजै देउवाले सर्वदलीय बैठक बोलाएका थिए । तर, दिउँसो २ बजे बोलाइएको बैठक स्थगित गरेर उनले पार्टीको पदाधिकारी बैठक बोलाएका छन् । सोमबार संसद्मा भएको मतदानमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वास गुमाएपछि नयाँ सरकार गठनको आह्वान भएको…

Read More

काठमाडौं । काठमाडौं उपत्यकाका थप १५ दिन निषेधाज्ञाको समय थप गर्ने निर्णय गरिएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले सो निर्णय गरेको हो । निषेधाज्ञाको समय १५ दिन थप्ने निर्णय गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए । बैठकमा काठमाडौंका प्रजिअ पराजुली, भक्तपुरका प्रजिअ प्रेमप्रसाद भट्टराई र ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेत सहभागी थिए । कोरोना संक्रमणका कारण ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौला बैठकमा सहभागी भएनन् । प्रमुख जिल्ला अधिकारीले उपत्यकामा विहान १० बजेसम्म किराना पसल र डिपार्टमेन्ट स्टोर खोल्न दिने निर्णय गरेका छन् । ‘९ बजेसम्म मात्र खोल्न दिँदा भीडभाड बढेको…

Read More

काठमाडौँ: शरीरको पल्स र अक्सिजनको मात्रा ताप्न प्रयोग हुने अक्सिमिटरको कालोबजारीमा संलग्न ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले महामारीको मौकामा कालोबजारी गर्नेहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा बल्खु स्थित बायोप्लस फर्माका संचालक शिखर श्रेष्ठ र थापाथली स्थित नानोटेक फर्माका संचालक शेषकान्त अधिकारी सहित ७ जना छन् । बाजुरा घर भएका थुमराज उपाध्याय, सुनसरी घर भएका पुष्कर घिमिरे, विराटनगरका विशाल आचार्य, सिन्धुलीका सन्तोष भण्डारी र भारतिय नागरिक जगदीश प्रसाद रानासरिया लाई महाशाखाले पक्राउ गरेको छ । बास्तबिक मूल्यभन्दा धेरै मुल्यमा बेच्न खोजेको अवस्थामा ७ सय ६५ थान अक्सिमिटर बरामद गरिएको महानगरीय अपराध महाशाखाका एसएसपी…

Read More

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले सदनको विश्वास जित्न नसकेपछि सोमबार नै पदमुक्त भइसकेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार रातिसम्मको समय दिएर गठबन्धन सरकारका निम्ति आह्वान पनि गरेकी छन् । तर, सदनले गठबन्धन सरकार दिने सम्भावना लगभग समाप्त प्रायः छ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)का २८ सांसदले राजीनामा भन्दा संसदमा अनुपस्थित निचोडका साथ मतदान प्रक्रियामा भाग नलिने निर्णयपछि टरेको गठबन्धन सरकारको सम्भावना जनता समाजवादी पार्टीका महन्थ ठाकुर राजेन्द्र महतोको हिस्साले पनि साथ नदिने भएपछि लगभग समाप्त नै भएको छ । महन्थ–राजेन्द्र पक्षले सोमबार राति नै विज्ञप्ति जारी गरेर गठबन्धन सरकार बनाउने उपेन्द्र यादवको निर्णय त्रुटिपूर्ण भएको ठहर गरेको छ…

Read More

काठमाडौँ: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नयाँ सरकार गठनबारे छलफल गर्न आज (मंगलबार) विपक्षी दलहरूको बैठक राख्ने भएका छन्। कांग्रेसका एक नेताका अनुसार राष्ट्रपतिले दिएको समयसीमाभित्र के कसरी नयाँ सरकार गठन गर्ने भन्ने विषयमा छलफल गर्न सभापति देउवाले आफ्नो पार्टीका शीर्ष नेतासहित नेकपा माओवादी केन्द्र, जसपालगायत दलका शीर्ष नेतालाई दिउँसो २ बजे आफ्नै निवास (बूढानीलकण्ठ) मा बोलाएका हुन्। हिजो सोमबार संसदमा विश्वासको मत पाउन नसकेपछि प्रधानमन्त्री केपी शर्मा ओली पदबाट हटेका छन्। त्यसलगत्तै सोमबार राति राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि दलहरूलाई आह्वान गरिसकेकी छन्। त्यसका लागि यही वैशाख ३० गतेसम्मको समय दिइएको छ।

Read More

काठमाडौं । जसपा अध्यक्ष महन्थ ठाकुर प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा खुलेका छन् । प्रधानमन्त्री ओलीले सोमबार संसदमा विश्वासको मत लिने बेला ठाकुर र उनी पक्षका सांसद तटस्थ बसेका थिए । आन्दोलनको क्रममा लागेकाहरुको मुद्दा फिर्ता, बन्दी रिहाइ, नागरिकता, संविधान संशोधन लगायतका सवालहरुमा प्रधानमन्त्री ओलीसँग वार्ता सकारात्मक रुपले अगाडि बढिरहेको भन्दै उनले नयाँ सरकार गठनमा सहभागी नहुने घोषणा गरेका छन् । ‘वर्तमान राजनीतिक परिस्थितिमा जसपा नेपाल सत्ता प्राप्तिभन्दा एजेण्डा सम्बोधन नै जसपा नेपालको मूल ध्येय रहेको अवस्थामा मुद्दाबाट विचलित भई सरकार निर्माण गर्ने, सरकारमा सहभागी हुने वा कुनै पनि किसिमको वैकल्पिक सरकार गठनमा संलग्न हुने कार्य जसपा नेपालको उद्देश्य विपरीत…

Read More

काठमाडौँ: राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(२) अनुसार बहुमतको सरकार गठनका लागि दलहरूलाई दाबी पेश गर्न आह्वान गरेकी छिन् । राष्ट्रपतिले आगामी बैशाख ३० गते साँझ ९ बजेभित्र बहुमतसहित प्रधानमन्त्रीको दाबी पेश गर्न दलहरूलाई आह्वान गरेकी हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको संविधानको धारा १०० को उपधारा (१) बमोजिम प्रतिनिधिसभामा विश्वासको मतको लागि राखेको प्रस्ताव सोही धाराको उपधारा (३) बमोजिम पारित हुन नसकेको भन्ने समेतको व्यहोरा संघीय संसद, प्रतिनिधिसभाका सभामुखको पत्र प्राप्त हुन आएकोले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई वैशाख…

Read More