Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं । सरकारले अध्यादेशमार्फत संवैधानिक आयोगमा पदपूर्ति गर्ने भएको छ । त्यसका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीले आइतबार बस्नेगरी बैठक बोलाएको परिषदका एक सदस्यले रातोपाटीलाई जानकारी दिए । उनले नाम उल्लेख नगर्ने शर्तमा विभिन्न आयोगमा रिक्त पदपूर्ति गर्न बैठक बोलाएको बताए । उनका अनुसार लोकसेवा आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग, समावेशी आयोगलगायतका संवैधानिक आयोगहरुमा पदाधिकारी रिक्त छन् । संवैधानिक आयोगमा नियुक्तिका लागि यसअघि प्रधानमन्त्री ओलीले बोलाएको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता र सभामुख उपस्थित भएका थिएनन् । उनीहरु सहभागी नभएपछि ओलीले परिषद्सम्बन्धी नयाँ अध्यादेश ल्याएर नियुक्ति गरेका थिए ।…

Read More

काठमाडौँ: जेठ ६ गते हुन लागेको वागमती प्रदेशमा रिक्त रहेको राष्ट्रिय सभा सदस्य पदको उपनिर्वाचनका लागि गृहमन्त्री रामबहादुर थापा र डा. खिमलाल देवकोटाले मनोनयन दर्ता गराएका छन्। कांग्रेस, माओवादी तथा माधव नेपाल पक्षका वर्तमान तथा निवर्तमान सांसदहरुसहित हेटौंडामा रहेको वाग्मती प्रदेश निर्वाचन आयोगको कार्यालय पुगेर देवकोटाले सवा ११ बजे मनोनयन दर्ता गराएका हुन्। देवकोटाको उम्मेदवारीको प्रस्तावकमा नेकपा माओवादी केन्द्र वागमती प्रदेश संसदीय दलका नेता शालिकराम जम्कट्टेल रहेका छन् भने नेपाली कांग्रेस वागमती प्रदेशका प्रमुख सचेतक राधा घलेले समर्थन गरेकी छन्। यसैगरी एमालेका तर्फबाट उम्मेदवार बनेका गृहमन्त्री थापाले १२ बजेर ३० मिनेटमा मनोनयन दर्ता गराएका छन्। एमालेले शुक्रबार बिहानमात्रै थापालाई नै…

Read More

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको कोरोना परीक्षणको लागि थ्रोट स्वाब नमूना संकलन गरिएको छ । बालुवाटारमा प्रधानमन्त्री ओलीसँगै स्वकीय र निजी सचिवालय, सुरक्षा निकाय र चालकहरूसहित १०० जनाभन्दा बढीको स्वाब संकलन गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले बताए । प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि वैशाख २७ गते संसद बैठक डाकिएकाले यसअघि नै प्रतिनिधिसभा सांसदहरूको समेत कोरोना परीक्षण गरिसकिएको छ ।

Read More

वैशाख २७ गते संसदमा विश्वासको मत लिन लागेका प्रधानमन्त्री केपी शर्मा ओलीले माधवकुमार नेपाल पक्षका नेताहरुसँग छुट्टाछुट्टै भेट गरेर आफ्नो पक्षमा लिने प्रयास गरेका छन्। शुक्रबार एमालेका सचिव गोकर्ण विष्टसँग प्रधानमन्त्री ओलीले बालुवाटारमा लामो छलफल गरेका छन्। विष्टनिकट स्रोतका अनुसार प्रधानमन्त्री ओलीले उनलाई आँफै फोन गरेर बोलाएका थिए। भेटमा पार्टीलाई एकताबद्ध गर्ने विषयमा कुरा भएको स्रोतले बतायो। ‘पार्टीभित्र देखा परेका समस्या समाधानका लागि आँफैले पहल लिन उहाँले प्रधानमन्त्रीलाई सुझाव दिनुभयो,’ उनीनिकट स्रोतले नेपालखबरसँग भन्यो, ‘माधव नेपाल लगायतका केही नेतामाथि गरिएको कारबाही फिर्ता लिएर विश्वासको वातावरण बनाउन समेत आग्रह गर्नुभएको छ।’ नेपाल समूहमा रहे पनि पार्टीको अर्को पक्षप्रति नरम रहँदै…

Read More

काठमाडौँ: तोकिएभन्दा धेरै शूल्क लिएकोबारे ह्याम्स र केएमसी अस्पतालले काठमाडौं जिल्ला प्रशासनलाई स्पष्टीकरण बुझाएका छन् । बुधबार काठमाडौंका प्रमुख जिल्ला अधिकार कालिप्रसाद पराजुलीले दुवै अस्पतालका सिइओलाई बोलाएर स्पष्टीकरण सोधेका थिए । बिहीबार साँझ दुवै अस्पतालले लिखित स्पष्टीकरण बुझाएका छन् । दुवै अस्पतालले जारी गरेको प्रेस विज्ञप्तिमा स्पष्टीकरण बुझाइएको र तोकिएभन्दा बढी शुल्क नलिइएको दावी गरिएको छ । दुवैले सरकारसँग भएको सम्झौता र मापदण्डअनुसार तोकिएको शूल्कमात्रै लिएको दावी गरेका छन् ।

Read More

काठमाडौँ: प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले संसदीय दलको बैठक बोलाएको छ। प्रधानमन्त्री केपी ओलीले निले विश्वासको मतका सन्दर्भमा छलफल गर्ने काँग्रेसले शनिबारका लागि संसदीय दलको बैठक बोलाइएको काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाडले जानकारी दिए । ​बानेश्वरस्थित ल्होत्से हलमा शनिबार दिउँसो २ बजे बैठक बस्नेछ भने ओली लिने विश्वासको मत विफल पार्ने रणनीति बनाउने बताइएको छ । प्रधानमन्त्री ओलीले विश्वासको मत लिने प्रयोजनका लागि वैशाख २७ गते दिउँसो १ बजे प्रतिनिधि सभा बैठक बोलाएका छन् ।

Read More

काठमाडौँ: आर्थिक वर्ष २०७८/०७९ को बजेटका लागि संघीय संसद्को संयुक्त अधिवेशन आह्वान भइसक्नुपर्ने हो। तर, सत्तारूढ दलभित्रको आन्तरिक खिचातानी बढ्दै जाँदा प्रधानमन्त्री केपी शर्मा ओलीले नियमित अधिवेशन बोलाउन कुनै चासो दिएनन् बरु वैशाख २७ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिन निर्णय गरे। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई संसद्को विशेष अधिवेशन आह्वान गरेकी छिन्। ओलीलाई प्रधानमन्त्रीबाट हटाउन विपक्षी दलले स्पष्ट बहुमत जुटिनसकेको भन्दै अविश्वास प्रस्ताव राख्न सकेका थिएनन्। त्यति मात्र होइन ओली नेतृत्वको सरकार विस्थापित गरिछाड्ने बताउँदै आएको माओवादीले समर्थन फिर्तासमेत लिएको थिएन। सरकारलाई दिएको समर्थन फिर्ता लिँदा ओली नेतृत्व सरकारको विकल्प संसद्ले दिन पनि नसक्ने र फेरि प्रतिनिधिसभा विघटन हुनसक्ने भय…

Read More

बागमती प्रदेशमा रिक्त राष्ट्रिय सभा सदस्य पदको उपनिर्वाचनमा लागि शुक्रबार (आज) उम्मेदवारी मनोनयन हुँदै छ । हेटौंडास्थित निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० देखि ४ बजेसम्म उम्मेदवारी दर्ता गरिने निर्वाचन आयोगले जनाएको छ । नेकपा एमालेको ओली समूहमा प्रवेश गरेका रामबहादुर थापा बादललाई माओवादी केन्द्रले कारबाही गरेपछि उनको बागमती प्रदेशमा एउटा पद रिक्त भएको हो । उक्त पदपूर्तिका लागि जेष्ठ ६ गते मतदान हुनेछ । प्रदेश सभा सदस्य र पालिका प्रमुख र उपप्रमुखले मतदान गर्ने छन् । बागमती प्रदेशमा १ सय १० सांसद र २३८ पालिका प्रमुख उपप्रमुख गरी कुल ३ सय ४८ जना मतदाताले मतदान गर्न पाउने छन्। विपक्षी गठबन्धन…

Read More

काठमाडौँ: सत्तारूढ एमालेभित्रको विवाद उत्कर्षमा पुगेका बेला पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालले राष्ट्रपति विद्यादेवी भण्डारीसँग बिहीबार अलगअलग भेट गरेका छन्। यसअघि राष्ट्रपति भण्डारीले पटकपटक बोलाउँदा पनि राष्ट्रपति कार्यालय नगएका नेता नेपाल बिहीबार साँझ त्यहाँ गए। भेटमा पार्टीभित्रको विवादका बारेमा कुराकानी भएको स्रोतले बतायो। नेता नेपालले पार्टीको विवाद मिलाउन ओलीले गरेका निर्णय सच्याउनुपर्ने बताएका थिए। विपक्षी दलका नेता शेरबहादुर देउवालाई भेटेर फर्किने क्रममा नेपाल शीतल निवास पसेका थिए। नेता नेपाल शीतल निवासबाट बाहिरिएलगत्तै ओली त्यहाँ पुगेका थिए। स्थायी कमिटी बैठक सकिएपछि दिउँसो शीतल निवास गएका ओली साँझ पनि राष्ट्रपतिलाई भेट्न पुगेका थिए। प्रधानमन्त्री…

Read More

काठमाडौं । मन्त्रिपरिषदको बैठक सकिएको छ । बिहीबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले कुनै निर्णय भने नगरेको सञ्चारमन्त्री पार्वत गुरुङले पहिलोल्क्लिकलाई जानकारी दिए । उनले भने, ‘आजको बैठक नियमति बैठक हो । त्यस्तो कुनै निर्णय भएको छैन । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेटपछि मन्त्रिपरिषद बैठक डाकेका थिए । एमाले अध्यक्ष समेत रहेका ओलीले त्यसअघि बिहीबार नै पार्टीको स्थायी समिति बैठक पनि राखेका थिए ।

Read More