Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप कडाई गरिने भएको छ । कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि उपत्यकाका ३ जिल्लामा गरिएको निषेधाज्ञालाई प्रभावकारी बनाउन थप कडाई गर्न लागिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए । यसका लागि ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक बसेर निर्णय गरिने उनको भनाइ छ । शनिवार काठमाडौंका सडकमा अनुगमन गर्न निस्केको प्रमुख जिल्ला अधिकारीको टोलीले निषेधाज्ञा प्रभावकारी रहेको निष्कर्ष निकालेको छ । बैंक तथा वित्तीय संस्था, सरकारी कार्यालय सञ्चालन गर्दा सडकमा गाडी र मान्छे बढेकोले आइतबारदेखि जारी निषेधाज्ञामा थप कडाई गर्ने प्रमुख जिल्ला अधिकारी पराजुलीले रातोपाटीलाई जानकारी दिए । उनले भने, ‘आज शनिवार…

Read More

काठमाडौँ: सरकारले श्रमिकहरूको न्यूनतम् पारिश्रमिक वृद्धि गर्ने घोषणा गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा शनिबार सम्बोधन गर्दै आगामी आर्थिक वर्ष २०७८/७९ देखि लागू हुनेगरी श्रमिकको न्यूनतम् पारिश्रमिक वृद्धि गर्ने घोषणा गरेका हुन्। प्रधानमन्त्री ओलीका अनुसार आगामी आर्थिक वर्षदेखि श्रमिकको न्यूनतम् पारिश्रमिक मासिक १५ हजार रुपैयाँ हुनेछ। हाल श्रमिकहरूको न्यूनतम् पारिश्रमिक मासिक १३ हजाार ४ सय ५० तोकिएको छ भने दैनिक ५ सय १७ तोकिएको छ। अगामी आर्थिक वर्षदेखि दैनिक ज्याला ५ सय ७७ कायम गरिने प्रधानमन्त्री ओलीले जानकारी दिए। गत वर्ष श्रमिकहरूको न्यूनतम् पारिश्रमिक पुनरावलोकन गर्नुपर्ने भए पनि सरकारले न्यूनतम् पारिश्रमिक पुनरावलोकन गर्न सकेको थिएन। अघिल्लो…

Read More

नेपालगन्ज: बाँकेमा बढ्दै गइरहेको कोरोना संक्रमणसंगै ज्यान गुमाउनेको संख्या पनि तीव्र रुपमा वृद्धि भइरहेको छ । शुक्रबार राति बाँकेका विभिन्न अस्पतालमा उपचाररत ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकल पर्सन तेज वलीका अनुसार मृतकहरु बाँकेका ३, दाङका २ र कपिलवस्तुका १ जना रहेका छन् । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १७ का ४५ वर्षीय पुरुषको मेडिकल कलेज, कोहलपुरमा मृत्यु भएको छ । वैशाख १६ गते भर्ना भएका उनको १७ गते साँझ ७ बजे पीसीआर गरिएको थियो । उनको त्यसअघि नै मृत्यु भइसकेको थियो । त्यस्तै नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ६ का…

Read More

धनुषा: धनुषामा एक महिलाले दुई देवरसँग मिलेर पतिको हत्या गरेकी छन्। धनुषाको हंसपुर नगरपालिका वडा नं ६ टिल्हीका बद्री मण्डलका ३५ वर्षीय छोरा शम्भु मण्डलको हत्या भएको हो। स्थानीय २७ वर्षीया सुशीलादेवी मण्डलले दुई देवर सञ्जय र अनिल मण्डलसँग मिलेर पतिको हत्या गरेको धनुषाका प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रले नेपालखबरलाई जानकारी दिए।सञ्जय र अनिल शम्भु मण्डलका माइला र कान्छो भाइ हुन्। उनका अनुसार शुक्रबार राति करिब २ बजे तीन जना मिलेर घरमै शम्भुको हत्या गरेका हुन्। मोबाइलका तीनवटा चार्जरको तारले घाँटी कसेर र छुराले रेटेर हत्या गरेको शवको प्रकृतिले देखिएको छ। घटनापश्चात् तीनैजना फरार भएका छन्। डीएसपी मिश्रका अनुसार…

Read More

रुपन्देही, दाङ, बाँके: अर्घाखाँचीको मालारानी गाउँपालिका–७ बामरुकका ६० वर्षीय पुरुष भारतको नयाँदिल्लीबाट घर आएको १६ औं दिनमा बिरामी परे । निरन्तर ज्वरो आएपछि जेठा छोराले वैशाख ९ गते बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याए । कोरोना पुष्टि भएपछि बेड पाएनन् । परिवारका सदस्यले काठमाडौं, चितवन, भैरहवाका अस्पतालमा फोन गरेर बेडको उपलब्धताबारे जानकारी लिए । कतै बेड खाली पाएनन् । संक्रमित बुबालाई लिएर छोरा घर फर्किए । अक्सिजन जोहो गरेर घरमै दिइयो । समस्या बल्झिएपछि सन्धिखर्क अस्पताल पुर्‍याइयो । त्यहाँ पुर्‍याएको दुई घण्टापछि उनको मृत्यु भयो । ‘बेड हुन्थ्यो भने बचाउन सकिन्थ्यो कि ?’ मृतककी आफन्त अस्मिता भुसालले भनिन्, ‘उपचार नपाएरै बित्नु भो ।’ श्वासप्रश्वासमा समस्या भएपछि रूपन्देहीको बुटवल–११ का एक…

Read More

काठमाडौँ: कोरोना संक्रमणको दोस्रो लहर तीव्ररूपमा फैलिएपछि शुक्रबारबाट २३ जिल्लामा निषेधाज्ञा लागू गरिएको छ । गृह मन्त्रालयका अनुसार उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुर, झापा, सुनसरी, पर्सामा निषेज्ञाधा लागू भएको छ । यस्तै चितवन, काभ्रे, मकवानपुर, कास्कीमा, बाग्लुङ, बाँके, रुपन्देही, पाल्पा, दाङमा निषेधाज्ञा छ । बर्दियामा, सुर्खेत, सल्यान, पश्चिम रुकुम र जाजरकोट र कालिकोटमा पनि निषेधाज्ञा लागू गरिएको छ । त्यस्तै कैलाली, कञ्चनपुर र डडेल्धुरा, दार्चुलामा निषेधाज्ञा जारी गरिएको छ । तीन जिल्लामा मध्ये केहीमा आंंशिक र अधिकांशमा जिल्लाजिल्लाभर निषेधाज्ञाको गरिएको छ ।

Read More

काठमाडौं । चालू आर्थिक वर्षमा नेपालको आर्थिक बृद्धिदर ३.९८ प्रतिशत हुने केन्द्रिय तथ्याङ्क विभागको प्रारम्भिक अनुमान छ । चालू आर्थिक वर्षको ७ देखि ९ महिनासम्मको आर्थिक क्षेत्रसँग सम्बन्धित आँकडाको आधारमा यो वृद्धिदरको प्रारम्भिक अनुमान विभागले सार्वजनिक गरेको हो । सोही बृद्धिदर गत आर्थिक वर्षमा २.१२ प्रतिशत ऋणात्मक हुने संशोधित अनुमान छ । कुल ग्राहस्थ उत्पादनमा सेवा क्षेत्रको योगदान केही बढेको छ । तर प्राथमिक र द्वितीय क्षेत्रको योगदान भने घटेको छ । कुल ग्राहस्थ उत्पादनमा कृषि, वन, मत्स्य र खानी उत्खननको योगदान २६.४ प्रतिशत रहेको प्रारम्भिक अनुमान छ । चालू आर्थिक वर्षमा धान उत्पादनको बृद्धिले यस क्षेत्रको बृद्धिमा योगदान दिएको…

Read More

काठमाडौँ, १४ वैशाख (रासस) : कोभिड–१९ महामारीबीच जारी यस वर्षको वसन्त यामको सर्वोच्च शिखर सगरमाथा आरोहणमा हालसम्मकै बढी आरोहीले आरोहण अनुमति लिएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागले आज जारी गरेको हिमाल आरोहणको पर्मिटमा सगरमाथाका लागि सर्वाधिक ४३ आरोही समूह छन् । सगरमाथा आरोहणका लागि हालसम्म ४३ आरोही समूहका ४०८ आरोहीले अनुमति लिएको विभागको पर्वतारोहण शाखाले जनाएको छ । यसमा ९३ महिला र ३१५ पुरुष छन् । यो सङ्ख्या सन् २०१९ को वसन्त यामको भन्दा बढी हो । उक्त वर्षको वसन्त याममा सगरमाथा आरोहणका लागि ४१ आरोही समूहले आरोहण अनुमति लिएका थिए । विभागका अनुसार सगरमाथाका…

Read More

काठमाडौँ, १७ वैशाख (रासस) : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतबाट घर फर्किएका नागरिकको सीमा नाकामा अनिवार्य पिसीआर परीक्षण गर्न सरकारलाई सुझाव दिनुभएको छ । आफ्नो निवास बुढानिलकण्ठमा आज पत्रकार सम्मेलन गर्र्दै सीमा नाकामा अनिवार्य परीक्षण गर्न तथा त्यसको नतिजा नआउँदसम्म नागरिकलाई होल्डिङ सेन्टरमा राख्न उहाँले सरकारसँग माग गर्नुभयो । परीक्षणका क्रममा कोरोना सङ्क्रमित भएका नागरिकलाई स्थानीय तहसँग समन्वय गरी आइसोलेशनमा राख्ने व्यवस्था मिलाउन सभापति देउवाले सरकारलाई सुझाव दिनुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार कोरोना रोकथाम र नियन्त्रणमा गम्भीर नभएको सभापति देउवाले आरोप लगाउनुभयो । काठमाडौँ उपत्यकाबाट ठूलो सङ्ख्यामा सर्वसाधारण गाउँ फर्किएकाले कोरोना थप फैलिने खतरा…

Read More

काठमाडौं: नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दका दाइ चन्द्रबहादुर चन्द वीरजंग थुनामुक्त भएका छन् । जिल्ला कारागार, चितवनमा बसिरहेका जिल्ला अदालत, नवलपरासीमा धरौटी बुझाएर उनी छुटेका हुन् । चन्दलाई जिल्ला अदालत नवलपरासीले २२ भदौ २०७७ मा २५ हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । तर, उनी धरौटी नबुझाइ जेलमा बसिरहेका थिए । स्वास्थ्यमा समस्या भएपछि उनलाई उपचारका लागि चितवन लगिएको थियो । चन्द्रबहादुर पक्राउ पर्नुअघि पार्टीको मध्यकमाण्ड इञ्चार्ज थिए । विप्लव समूह हिंसा त्यागेर मूलधारको राजनीतिमा आएसँगै सरकारले सबैको मुद्दा फिर्ता लिने समझदारी गरेको थियो । त्यसपछि पार्टीले थुनामा रहेका सबै कार्यकर्ताहरु नछुटेसम्म धरौटी माग भएका नेताहरु पनि ननिस्किने…

Read More