Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसीएमसी)ले सङ्क्रमण र बन्दाबन्दीमा जनताका गुनासा सम्बोधन गर्नका लागि संयन्त्र गठन गरेको छ । सिसीएमीका निर्देशक उपप्रधानमन्त्री ईश्वर पोखरेले आज निर्देशन दिएपछि जनताका गुनासा, उजुरी तथा सुझावको तत्काल कार्यान्वयन गर्नका लागि संयन्त्र गठन गरिएको उहाँका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार जनताका गुनासा टोल फ्री नं ११४० मा फोन गरे २४ घण्टाभित्र समस्याको समाधान हुने गरी संयन्त्र गठन गरिएको छ । यस्तै शव व्यवस्थापनका लागि १०५ र एम्बुलेन्सका लागि १०२ मा सम्पर्क राख्न हुन सिसीएमसीले अनुरोध गरेको छ । यसैगरी विदेश जाने र विदेशबाट आउनेले सिसीएमसीको वेबसाइट ccmc.gov.np  मा रहेको फारम भर्न…

Read More

काठमाडौं । मानव जातिलाई चन्द्रमामा पुर्‍याउने पहिलो अभियान एपोलो–११ को एक सदस्य माइकल कोलिन्सको निधन भएको छ । उनी एपोलो–११ मिसनको क्रू–मेम्बर थिए । क्यान्सरबाट पीडित कोलिन्सको ९० वर्षको उमेरमा २८ अप्रिलको दिन निधन भएको पारिवारिक स्रोतलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । बीबीसीका अनुसार माइकल कोलिन्स चन्द्रमाको कक्षमा नै रोकिएका थिए भने उनका सहयोगी निल आर्मस्ट्रङ्ग र बज एल्ड्रिन चन्द्रमामा ओर्लिएका थिए । अपोलो–११ अभियान अन्तर्गत २० जुलाई १९६९ मा पहिलो पटक अन्तरिक्ष यान चन्द्रमामा उत्रिएको थियो । कोलिन्सको निधनपछि अब एपोलो–११ मिसनको एकमात्र जीवित क्रू सदस्य बज एल्ड्रिन छन् । उनी ९१ वर्षका थिए । एल्ड्रिनले कोलिन्सलाई…

Read More

काठमाडौं: वैशाख १६ गतेदेखि २२ गतेसम्म खाद्य सामग्रीका पसलहरु सञ्चालनका लागि समय तोकिएको छ । काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयले खाद्य सामग्रीका पसल विहान १० बजेसम्म र साँझ पाँच बजेदेखि ७ बजेसम्म मात्र खोल्न आदेश दिएको छ । न्युनतम २ मिटरको भौतिक दुरी कायम गर्ने लगायत सरकारले तोकेको जनस्वास्थ्य मापदण्डको अनिवार्य रुपमा पालना गर्ने गरी मात्र पसल सञ्चालन गर्न भनिएको छ । यस्तै डिपार्टमेन्ट स्टोर विहान १० बजेदेखि बेलुका पाँच बजेसम्म सञ्चलन गर्न पाइने छ । डिपार्टमेन्टमा ग्रोसरी कक्ष मात्र न्यूनतम २ मिटरको भौतिक दुरी कायम गरी नेपाल सरकारले तोकेको जनस्वास्थ्य मापदण्डको अनिवार्य रुपमा पालन गर्ने गरी…

Read More

काठमाडौँ: आज (बिहिबार) देखि लागू भएको निषेधाज्ञाको समयमा पनि उपत्यका भित्रका सबै पम्पहरु खुल्ला हुने भएका छन् । नेपाल आयाल निगमले बुधबार एक सूचना जारी गर्दै बागमती प्रदेश थानकोट कार्यालयसहित उपत्यका भित्रका निगमका आधिकारिक पम्पहरू खुल्ला रहने जानकारी दिएको हो । काठमाडौं, भक्तपुर र ललितपुर तीन वटै जिल्लाहरुमा निषेधाज्ञा जारी भएको अवस्थामा पनि पेट्रोलियम पदार्थको सहज र सरल ढङ्गबाट आपूर्ति तथा विक्री वितरणको व्यवस्था मिलाउनका लागि निगमले प्रदेश कार्यालय थानकोट डिपोसहित उपत्यकाका सबै पेट्रोल पम्पहरु खुल्ला राख्न लागिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।

Read More

काठमाडौँ: कोरोना संक्रमण भएपछि होम-आइसोलेसन बस्ने ठाउँ भएन, वा होम आइसोलेसनमा बसिरहेको व्यक्तिलाई समस्या बढ्दै गयो भने के गर्ने? धेरैलाई यसबारे अलमल र दुविधा हुन सक्छ। काठमाडौंमा त झन् आइसोलेसन कहाँ छ, कुन अस्पतालमा बेड खाली छ वा भेन्टिलेटर भएको ठाउँ कहाँ खाली छ भन्ने कुराको जानकारी नहुँदा संक्रमित र उनीहरूका परिवार हतास हुनु स्वभाविक हो। स्वास्थ्य मन्त्रालयले भने कोरोना संक्रमितलाई कुनै पनि सहयोग चाहियो भने आफूलाई फोन गर्न भनेको छ। स्वास्थ्य मन्त्रालयले आफ्नो सूचना शाखाका २ हटलाइन नम्बर ११३३, १११५ वा मोबाइल नम्बर ९८५१२५५८३९ मा फोन गर्न भनेको छ। फोन गर्न आफूलाई चाहिएको जुनसुकै बेला पनि गर्न सकिन्छ। ‘केही…

Read More

काठमाडौं: उत्पादनमूलक उद्योगहरूले बन्दाबन्दी अवधिको विद्युत् डिमान्ड शुल्कमा रू। २ अर्ब २५ करोड बराबरको छूट पाएका छन् । सरकारले ५८ प्रकारका उत्पादनमूलक उद्योगहरूलाई बन्दाबन्दी अवधि ९ २०७६ चैत ११ गतेदेखि २०७७ असार मसान्तसम्म० को विद्युत् डिमान्ड शुल्क छूट दिने निर्णय गरेको थियो । सोहीअनुसार ती उद्योगहरूले छूट पाएका हुन् । नेपाल विद्युत् प्राधिकरणबाट प्राप्त तथ्यांकले यस्तो देखाएको हो । प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले डिमान्ड शुल्क छूटबापत लक्षित उद्योगहरूले त्यस बराबर रकम छूट पाएको बताए । ‘यस सम्बन्धमा पहिले नै निर्णय भए पनि कति रकम बराबरको छूट दिनुपर्छ भनेर यकिन भइसकेको थिएन । हामीले सबै वितरण केन्द्रहरूबाट तोकिएको मापदण्डभित्र पर्ने…

Read More

काठमाडौँ: सरकारले जनता समाजवादी पार्टी नेपालको माग अनुसार केही मुद्दा फिर्ता लिएपछि पार्टी सरकारसँग विश्वासको वातावरण तयार भएको पार्टी वरिष्ठ नेता राजेन्द्र महतोले बताएका छन् । ‘हाम्रा अझै केही माग पुरा गर्न बाँकी छ, त्यो माग पुरा भएपछि सरकारमा जान सकिन्छ,’ उनले भने, ‘तर त्यसका लागि मागहरु पुरा हुनुपर्छ । सरकारले १५ वटा मुद्दाअन्तर्गत १२० जनाको मुद्दा फिर्ता गरेकोमा जसपा नेपालले धन्यवाद ज्ञापन गर्दछ । सरकारको निर्णय स्वागतयोग्य हो । मुद्दा फिर्ता गरेर सत्ता सहकार्यका लागि वातावरण तयार भएको छ ।’ ​तर सोही पार्टीका कार्यकारिणी सदस्य शरतसिंह भण्डारीले भने आफूहरुले सरकारसँग पाँचवटा माग राखेको र सो माग पुरा भएपछि मात्र…

Read More

काठमाडौँ: काठमाडौं उपत्यकाका अहिले बिहान ६ बजेदेखि निषेधाज्ञा लागेको छ । काठमाडौं, ललितपुर र भक्तपुरका जिल्ला प्रमुख जिल्ला अधिकारीहरूद्वारा सोमबार नै जारी छुट्टाछुट्टै आदेश अनुसार अत्यावश्यक बाहेकका सबै सेवा सञ्चालनमा रोक लगाइएको छ । सूचनाअनुसार तीन जिल्लामा वैशाख १६ गतेदेखि २२ गतेसम्म निषेधाज्ञा जारी गरिएको छ । मन्त्रिपरिषद्ले १५ दिन भनेपनि तत्काललाई ७ दिने सूचना मात्रै जारी भएको हो। अत्यावश्यक अन्तर्गत खाद्य सामग्रीको पसल विहान १० बजेसम्म र बेलुका ५ देखि ७ बजेसम्म खुला हुनेछ । यस्तै डिपार्टमेन्ट स्टोरको ग्रोसरी कक्ष विहान १० देखि बेलुका ५ बजेसम्म सञ्चालन गर्न पाइनेछ । सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था र अरु अत्यावश्यक…

Read More

काठमाडौँ: सरकारले बैशाख १६ गते बिहीबारदेखि जारी गर्ने निषेधाज्ञाको समयमा पनि बैंक तथा वित्तीय संस्थाहरुले निरन्तर सेवा दिने भएका छन् । राष्ट्र बैंक र बैंकरबीच बुधबार भएको छलफलमा काठमाडौं, ललितपुर, भक्तपुर सहित निषेधाज्ञा जारी हुने जिल्लाका शाखा कार्यालयहरु दैनिक चार घण्टा बैंकिङ्ग सेवा दिने सहमति जुटेको हो । संक्रमणको अवस्था र ग्राहकको भीडको अवस्थालाई हेरेर आगामी दिनमा आवश्यक थप निर्णय लिइने बैठकले निर्णय गरेको छ । सहमति अनुसार राजधानी उपत्यकाका बैंकको शाखा कार्यालयहरु १० देखि २ बजेसम्म खुला हुनेछन् । अत्यावश्यक सेवाभित्र पर्ने बैंकिङ्ग सेवा सरकारले तोकेको स्वास्थ्य मापदण्डको पूर्ण पालना गरेर शाखा खोलिनेछ । यस्तै निषेधाज्ञाको अवधिभर सकभर…

Read More

काठमाडौँ; एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ । बैंकले आज जारी गरेको ‘एशियाली विकास परिदृश्य’अनुसार कोभिड–१९ को सङ्क्रमण घटेसँगै अर्थतन्त्रमा आएको केही सुधार र रोगको फैलावटले त्यसलाई पुनः प्रभावित तुल्याउने जोखिम बढेकाले प्रक्षेपण गरिएको आर्थिक वृद्धिदर हासिल गर्न कठिन हुनेछ । धानको उत्पादन वृद्धि हुने अपेक्षा गरिएकाले कृषि उत्पादकत्व २.४ प्रतिशतले बढ्ने तथा औद्योगिक क्षेत्रको वृद्धि २.५ प्रतिशत र सेवा क्षेत्रको बढोत्तरी ३.४ प्रतिशतले हुने अनुमान पनि बैंकले गरेको छ । मेलम्ची खानेपानी आयोजना पूरा भई काठमाडौँ उपत्यकामा जल प्रवाह भएको र माथिल्लो तामाकोशी…

Read More