Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हरेक ४ दिनमा कोरोना संक्रमण दोब्बर बनिरहेको बताएको छ। बुधबारको प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले हरेक ४ दिनमा कोरोना संक्रमणदर दोब्बर बन्दै गएको बताए । यसले नेपालको स्वास्थ्य संरचनाले धान्नै नसक्ने संकेत देखिएको भन्दै प्रवक्ता गौतमले स्वास्थ्य मापदण्ड पालनामा ध्यान दिन आह्वान गरे । ‘संक्रमणको दर अत्यधिक बढेको छ, आजमात्रै २ हजार ३५१ जना नयाँ संक्रमितहरु थपिनु भएको छ । हरेक ४ दिनमा संक्रमण डबल भइरहेको छ’, प्रवक्ता गौतमले भने, ‘हाम्रा संरचनाहरुले धान्नै नसक्ने गरी बिरामीको संख्या बढ्ने संकेत प्राप्त भएको छ । अत्यन्त जरुरी नपरी घरबाहिर ननिस्कन,…

Read More

काठमाडौँ: आफू पक्षका २७ जना सांसदलाई राजनीतिक दलसम्बन्धी ऐन विपरीत प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले पदमुक्त गर्न खोजेको भन्दै नेपाल-खनाल समूह सर्वोच्च अदालत पुगेको छ । अध्यक्ष एवं संसदीय दलका नेता ओलीले नेपालसहित २७ प्रतिनिधिसभा सदस्यलाई सांसद पदबाट किन पदमुक्त नगर्ने भनेर मंगलबार स्पष्टीकरण सोधेपछि नेपाल समूह ‘राजनीतिक दल सम्बन्धी ऐन विपरित सांसद सदस्यबाट निकाल्न खोजेकाले रोकिपाऊँ’ भन्ने आदेश माग सहित अदालत पुगेको हो । नेपाल-खनाल समूह निवदेन लिएर अदालत पुगे पनि आज दर्ता नभएको सर्वोच्च अदालतले बताएको छ । सर्वोच्च अदालतको मुद्दा तथा रिट महाशाखाका सहरजिस्ट्रार बाबुराम दाहालले बुधबार निवेदन अध्ययन गर्न नभ्याइएकाले दर्ता नभएको बताए । निवेदन…

Read More

काठमाडौँ: सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गर्दै आएको स्टिङ अपरेशन अमान्य हुने फैसला गरेको छ । अधिवक्ता विष्णुप्रसाद घिमिरेले २०७४ सालमा दर्ता गरेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चको संवैधानिक इजलाशले स्टिङ अपरेशनलाई मान्य नहुने फैसला गरेको हो । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र इश्वरप्रसाद खतिवडा सम्मिलित संवैधानिक इजलाशले अख्तियारले गर्दै आएको स्टिङ अपरेशनलाई अमान्य हुने फैसला गरेको छ । सर्वोच्चले अख्तियारको नियमावली २०५९ को नियम ३० मा रहेको स्टिङ अपरेशन गर्ने प्रावधान संविधानको धारा १३३ को उपधारा १ विपरीत भएकाले फैसला भएको मितिबाटै लागू हुनेगरी अमान्य र बदर हुने ठहर गरेको हो ।…

Read More

काठमाडौँ: नेपालमा पछिल्लो २४ घण्टामा थप २३५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा २२२० र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १३१ जनामा कोरोना पुष्टि भएको जानकारी दिएका हुन् । ८ हजार ८८४ जनाको पीसीआर र ८०३ को एन्टिजेन परीक्षण गरिएको उनले जानकारी दिए । डा. गौतमका अनुसार काठमाडौँ उपत्यकमा १०५१ जनामा कोरोना पुष्टि भएको छ । जसमा काठमाडौँमा ७८६, भक्तपुरमा ८४ र ललितपुरमा १८१ जनामा कोरोना पुष्टि भएको छ । योसहित नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ८९ हजार ७८७ पुगेको छ । यसैगरी…

Read More

काठमाडौँ: आइतबार र सोमबारको ७३ अंकको गिरावटपछि मंगलबार सामान्य सुधार आएको नेप्सेमा बुधबार फेरि ३२.४१ अंकको उच्च गिरावट आएको छ । बुधबार नेप्से २ हजार ६३२.१० अंकमा झरेर बन्द भएको छ । यसदिन २०९ कम्पनीका १ करोड ३७ लाख ८७ हजार २१८ कित्ता शेयर ६६ हजार ४८० पटक खरीद बिक्री हुँदा कारोबार रकम ५ अर्ब ७७ करोड २२ लाख ५१ हजार २०३ रुपैयाँ पुगेको छ । उक्त करोबार रकम मंगलबारको तुलनामा २३ करोड ३६ लाख रुपैयाँले बढेको हो । ओपनिङ्गदेखि नै तीब्र दबाब झेलेको सूचक अन्तिमसम्मै घटेर बन्द भएको हो । यद्यपी ऋणात्मक बजारमा पनि ४ कम्पनीको शेयरमा लगानी गरेका…

Read More

काठमाडौँ: नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे निर्णय गर्ने अधिकार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिएको छ। बुधबार पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले ओली सरकारलाई दिएको समर्थन कहिले फिर्ता लिने भन्ने अधिकार अध्यक्ष प्रचण्डले लिन सक्ने अधिकार दिएको हो। नेता नारायणकाजी श्रेष्ठले ओली सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे अध्यक्ष प्रचण्डले निर्णय लिन सक्ने गरी स्थायी कमिटीले अधिकार दिएको जानकारी दिए। माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने भने पनि अहिलेसम्म निर्णय गरेको छैन।

Read More

काठमाडौं: बाँकेको नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय भएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले वैशाख ८ गते राती १२ बजेदेखि वैशाख १५ गते राती १२ बजेसम्म अत्यावश्यक सेवा बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको हो । जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले एक विज्ञप्ति जारी गरी पछिल्ला दिन कोरोना संक्रमणको जोखिम ह्वात्तै बढेका कारण अत्यावश्यक बाहेकका सेवा बन्द गर्नुपरेको जानकारी दिएका छन् । विज्ञप्तिमा स्वास्थ्य, शान्ति सुरक्षा, विद्युत, दुरसञ्चार, खानेपानी, फोहोरमैला व्यवस्थापन, ग्यास, पेट्रोलियम पदार्थ, तरकारी, खाद्य तथा दुग्ध पदार्थ, औषधी पसल, बैंकको एटिएम सेवा पूर्व निर्धारित परीक्षाहरु, हवाई सेवा र सार्वजनिक…

Read More

काठमाडौँ: घर जग्गा किनबेचलाई सहज बनाउने उद्देश्यले खुलेको बसोबासमा १० हजार भन्दा बढी लिस्टिङ्स पुगेको छ ।यसै अवसरमा बसोबासमा आफ्नो घर जग्गा फ्री लिस्ट गर्नेले बिशेष अवसर पाउने भएका छन् । बसोबास नेपाल , स्थापित भएको छोटो समयमा नै धेरै प्रयोगकर्ताको मन जित्न सफल एक अनलाईन रियल इस्टेट प्याटफर्म हो जसले घरजग्गा किनबेच गर्नको लागि मद्दत तथा सहजिकारण गर्दछ । सुरु भएको छोटो समयमा नै १० हजार भन्दा बढी घरजग्गा लिस्टिङ गर्न सफल भएको छ जसमा काठमाडौं, पोखरा लगाएत देश भरिका ठाउँहरुबाट हजारौँ घरजग्गा बिक्री तथा भाडाका लागि सुचिबद्ध गरिएको छ । प्रयोगकर्ताको सहजिकरणको लागि यस संस्थाले मोबाईल एप…

Read More

गोरखा: कोरोना संक्रमण जोखिम बढेसँगै प्रसिद्ध धार्मिक तीर्थस्थल मनकामना मन्दिर र गोरखकाली मन्दिरमा नित्य बाहेकको पूजा बन्द गरिने भएको छ । मंगलबार बसेको जिल्लास्तरीय कोभिड-१९ विपद व्यवस्थापन समितिको बैठकले मठ, मन्दिर, मस्जिद, गुम्बा, चर्च, लगायतका धार्मिकस्थलमा स्वास्थ्य मापदण्ड पालना गर्ने गरी नित्य पूजा,ध्यान र प्राथनाबाहेक सम्पुर्ण पूजाआजा बुधबारबाट वैशाख मसान्तसम्म बन्द गर्ने निर्णय गरेको थियो । उक्त निर्णय अनुसार मनकामना मन्दिरमा नित्य बाहेकका पूजा बन्द गरिने मनकामना क्षेत्र विकास समितिका सचिव लेवेन्द्र गुरुङले बताए । आज(बुधबार) नित्य बाहेकको पूजाआजा बन्द गर्ने सूचना जारी गर्ने तयारी भइरहेको उनले बताए । ‘आज त काठमाडौ लगायतका ठाउँबाट भक्तजन आइसक्नुभएको छ, केवलकार पनि…

Read More

काठमाडौँ– हेटौँडा र वीरगञ्जमा दुई कोरोना संक्रमितको मृत्यु भएको छ । हेटौँडाका ७४ वर्षीय पुरुष र वीरगञ्जका ४२ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको हो । मकवानपुर जिल्लाको हेटौँडामा कोरोना सङ्क्रमणबाट आज एक वृद्धको मृत्यु भएको छ । कोरोना पृष्टि भएको हेटौँडा उपमहानगरपालिका–४ स्थित कर्राका ७४ वर्षीय वृद्धको मृत्यु भएको हेटौँडा उपमहानगरपालिकाको जनास्वास्थ्य निरीक्षक भोला चौलागाईंले जानकारी दिए । कोरोना सङ्क्रमित भएपछि होम आइसोलेशनमा रहेका वृद्धको मृत्यु भएको चौलागाईंले बताए । शव नेपाली सेनाले व्यवस्थापन गर्ने बताइएको छ । तराईको बारा र पर्सा जिल्लाको सीमासँग जोडिएको र सुरक्षाका मापदण्ड नअपनाउँदा कोरोनाको जोखिम बढेको छ । मकवानपुरमा सम्भावित रोकथाम र…

Read More