Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: मन्त्रिपरिषदको आकस्मिक बैठक भर्खरै सकिएको छ । बैठक झण्डै एक घण्टा बसेको थियो । बैठकमा भएको छलफल र निर्णय सार्वजनिक भएको छैन । हिजो राजनीतिक भेटवार्तामा व्यस्त रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज आकस्मिक मन्त्रिपरिषद बैठक बोलाउनुलाई महत्वका साथ हेरिएको छ । प्रधानमन्त्री ओलीले हिजो राष्ट्रपति विद्यादेवी भण्डारी र कार्यकारी अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरेका थिए ।

Read More

काठमाडौं : पार्टीको आन्तरिक विवादमा पराजयउन्मुख प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्ने निर्णय गरेका छन्। उक्त निर्णय अनुमोदनका लागि राष्ट्रपति समक्ष पठाईँदैछ। एक मन्त्रीका अनुसार ओलीले संसद विघटन गरेको निर्णय राष्ट्रपतिसमक्ष पठाउँदैछन्।  त्यसअघि ओलीले आफूसँग लडाईँमा होमिएका प्रचण्डसँग अन्तिम वार्ता गरेका थिए। प्रचण्डसँग वार्ता गर्नुअघि ओलीले आकश्मिक मन्त्रिपरिषद् बैठक बोलाएका थिए र बैठकका लागि मन्त्रिहरु बालुवाटारमै प्रतिक्षा गरिरहेका बेला प्रचण्डसँग उनले वार्ता गरेका थिए। त्यसअघि ओलीले आफू निकट नेताहरुसँग लामो छलफल गरेका थिए।  आइतबार बिहानै ओली राष्ट्रपतिलाई भेट्न शितल निवाससमेत गएका थिए।

Read More

काठमाडौँ: कोरोना भाइरसको महामारीले गत चैत्र ११ पछि बन्द काठमाडौँको बुढानिलकण्ठ मन्दिर आजबाट भक्तजनका लागि खुला गरिएको छ । स्वास्थ्य सुरक्षाका मापदण्ड कायम गरी आज बुढानिलकण्ठ मन्दिर खुला गरिएको बूढानीलकण्ठ नारायणस्थान दशनामी मठका मठाधीश महन्त स्वामी निगमानन्दले जानकारी दिए। मन्दीर खुला भएपनि यसको औपचारिक घोषणा भने अहिले बिहान सवा ८ बजे हुनेछ । मन्दिर परिषरमा हुने विशेष कार्यक्रममा बागमती प्रदेशसभा सदस्य दीपक निरौला र बूढानीलकण्ठ नगरपालिकाका मेयर उद्धवप्रसाद खरेलले मन्दिर भक्तजनका लागि पनि खुला गरिएको घोषणा गर्ने कार्यक्रम तय भएको छ ।

Read More

काठमाडौं: प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)ले तत्काल संसद अधिवेशन बोलाउन सरकारसँग माग गरेको छ । जसपाका शीर्ष नेताहरु र कांग्रेस सभापति शेरबहादुर देउवाबीच बुढानिलकण्ठमा भएको भेटवार्तामा तत्काल संसद अधिवेशस बोलाउन माग गर्ने सहमति भएको हो । शनिबार जसपाका नेताहरु देउवासँग भेट गर्न उनकै निवास बुढानीलकण्ठ पुगेका थिए । त्यस्तै छलफलमा संसदमा भएका विपक्षी दलबीच सहकार्य गरेर अगाडि बढ्ने सहमति भएको काँग्रेस नेता मिनेन्द्र रिजाले जानकारी दिए । उनले भने, ‘हिजो हामीले संसद अधिवेशन तत्काल बोलाउन भनेका थियौँ । यो विषयमा सबै विपक्षी दलसँग कुरा गर्छौ भनेको छौँ । त्यही अनुसार आज हामीले विपक्षी दल जनता…

Read More

काठमाडौँ: कोरोना महामारीका कारण झन्डै ९ महिनादेखि बन्द विभिन्न किसिमका सवारीसाधनको चालक अनुमतिपत्र (लाइसेन्स) सम्बन्धी परीक्षा खुलाउने तयारी गरिएको छ। कोरोना नियन्त्रणका लागि भनेर सरकारले लकडाउन घाेषणा गरे (चैत ११) यता स्थगित लाइसेन्सका लागि लिइने लिखित र प्रयोगात्मक परीक्षा (ट्रायल) सुरु गर्ने प्रक्रिया अघि बढाइएको हो। यातायात व्यवस्था विभागले सवारीसाधन दर्ता र नवीकरण सेवा भने गत असारदेखि नै दिइरहेको छ। अब भने लाइसेन्सको लिखित परीक्षा र ट्रायल पनि विभागले खुलाउन लागेको हो। तर कोरोना जोखिम अझै नहटेकाले कोटा तोकेर आवेदन खोल्ने तयारी भइरहेको विभागले जनाएको छ। लाइसेन्स लिन चाहनेको संख्या बढेको भन्दै विभिन्न प्रदेशले विभागलाई पत्राचार गरिरहेका छन्। परीक्षा सञ्चालनका…

Read More

काठमाडौं: राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री ओली शीतल निवास पुगेका हुन् । यसअघि उनले शनिबार विहान खुमलटार पुगेर सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका थिए । त्यहाँबाट फर्किने क्रममा पुल्चोकस्थित मन्त्री क्वाटरमा पसेर गृहमन्त्री रामबहादुर थापा बादललाई पनि भेटेका थिए ।

Read More

काठमाडौँ: भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले नक्सा जारी गर्ने सन्दर्भमा आफूले ठूलो प्रलोभन र धाकधम्कीको समेत सामना गर्नुपरेको बताएकी छन्। काठमाडौंमा क्रियाशिल तथा अग्रज पत्रकार महिलाहरुको उपस्थितिमा शनिबार ललितपुरमा आयोजना गरिएको एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अर्यालले आफू प्रलोभनमा नभूलेको र धाकधम्कीले नडराएको बताएकी हुन्। विगतमा छुटेको नेपाली भू–भाग समेटेर नक्सा सार्वजनिक गर्न आफूले निकै ठूलो चुनौतीका पहाडहरु झेल्नुपरेको उल्लेख गर्दै उनले राष्ट्रका लागि त्यो निकै महत्वपूर्ण तथा ऐतिहासिक काम भएकाले आफू अठोटका साथ अगाडि बढेको र अद्यावधिक नक्सा जारी गर्न सफल भएको बताइन्। ‘नेपालको भूगोल समेटिएको नक्सा हामीसँग थिएन र यो बनाउनु निकै चुनौतीपूर्ण…

Read More

काठमाडौँ: काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यसहित १०० जनप्रतिनिधि र कर्मचारीलाई कोरोना भाइरस पोजेटिभ भई बीमा दाबी गरे पनि दुई महिना पुग्दासम्म रकम भुक्तानी हुनसकेको छैन । दुई महिनाअघि नै रकम भुक्तानीका लागि कागजातसहित बीमा संस्थानमा आवेदन दिएको भए पनि महानगरपालिकाका कसैको पनि बीमा गरेवापत पाउनुपर्ने रकम प्राप्त नभएको गुनासो छ । परीक्षणमा पोजेटिभ देखिएकामध्ये ४० जनाको बीमा दाबी भुक्तानी भएको छ भने अन्य ६० जनाको कागजात मिलाउने प्रक्रियामा रहेका महानगरका प्रवक्ता ईश्वरमान डङ्गोलले जानकारी दिए। महानगरपालिकाले आफ्ना जनप्रतिनिधि, कर्मचारी र सामाजिक परिचालक गरी एक हजार ९८२ को गत जेठ तेस्रो साता बीमा गराएको थियो । जसमा जनप्रतिनिधि र सबै…

Read More

काठमाडौँ: नेपालमा पछिल्लो २४ घण्टामा थप ७१० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ५३ हजार १४८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ८ हजार ८४० रहेको छ । यसअघि शुक्रबार (हिजो)को तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५२ हजार ४७४ थियो । पछिल्लो २४ घण्टामा थप ११७५ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ४२ हजार ५६७ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।…

Read More

काठमाडौँ: सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच खुमलटारमा शनिबार भएको भेटवार्ता पनि सवाल जवाफमै सिमित बनेको छ । ओली र प्रचण्डबीच झण्डै ३५ मिनेट एक्लाएक्लै भएको वार्तामा दुवै अध्यक्षले पूर्ववत अडान नछोडेपछि विवाद जस्ताको तस्तै रहेको हो । शनिबार बिहान ११ बजे प्रधानमन्त्रीसमेत रहेका ओली प्रचण्ड निवास खुमलटार पुगेका थिए । ओलीसँगको भेटवार्ताका क्रममा कार्यकारी अध्यक्ष प्रचण्डले सम्वाद सुरु गर्दै नेकपा ठूलो त्याग, तपस्या र बलिवादनबाट बनेको पार्टी भएकाले हरहालतमा फुटबाट जोगाउनुपर्ने धारणा राखेका थिए । ‘यो पार्टी तपाईं हामी सबैको त्याग, तपस्या र बलिदानबाट बनेको हो । यसप्रति धेरै…

Read More