Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं । पछिल्लो २४ घण्टामा थप सात हजार ४४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार ६५८ पीसीआर परीक्षणमा सात हजार ३८८ जना र ५१८ एन्टिजेन परीक्षणमा ६० जना गरी सात हजार ४४८ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट ३७ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या २०२१ रहेको छ । नेपालमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या तीन लाख ४३ हजार ४१८ पुगेको छ । जसमध्ये ५४ हजार ४१ जना सक्रिय संक्रमित रहेका छन् । सक्रिय संक्रमितमध्ये ५० हजार १७२ जना होम…

Read More

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३ हजार ६६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा २ हजार ९ सय २२ जना, भक्तपुरमा २ सय २२ जना र ललितपुरमा ५ सय २२ जना कोरोना संक्रमित भेटिएका हुन् । देशभर थप ७ हजार ४४८जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट थप ३७ जनाको मृत्यु भएको छ । यससँगै मृत्यु हुनेको संख्या ३ हजार ३६२ पुगेको छ ।

Read More

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी र सुदूरपश्चिम प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त गरेकी छन् । सोमबार मन्त्रिपरिषद बैठकको सिफारिशमा गण्डकी प्रदेशमा सीता पौडेल र सुदूरपश्चिम प्रदेशमा गंगाप्रसाद यादव प्रदेश प्रमुखमा नियुक्त भएका हुन् । गण्डकीमा अमिक शेरचन र सुदूरपश्चिममा शर्मिला कुमारी पन्त प्रदेश प्रमुख थिए, उनीहरु पदमुक्त भएका छन् । यसअघि एमाले र माओवादी केन्द्रबीच एकीकरण भएपछि प्रदेशप्रमुख नियुक्त भएका उनीहरु माओवादी केन्द्रमा आवद्ध थिए । माओवादी केन्द्रमै आवद्ध रहेका तिलक परियार प्रदेश २ को प्रदेश प्रमुखबाट पदमुक्त भइसकेका छन् । गण्डकी प्रदेश प्रमुख पौडेल भने लामो समयदेखि कम्युनिस्ट पार्टीमा आवद्ध छिन् । नेकपा एमालेको केन्द्रीय सदस्य उनी प्रधानमन्त्री…

Read More

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गरेकी छन् । उनले गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेशकी प्रदेश प्रमुख शर्मिला कुमारी पन्तलाई पदमुक्त गरेकी हुन् ।

Read More

काठमाडौँ: सरकारले बैशाख १६ देखि काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गरेर मानिसहरुको आवत–जावतमा प्रतिबन्ध लगायो । बैशाख १५ गते साँझसम्म दशौं हजारले उपत्यका छाडेपछि यहाँ मानिसहरुको चाप ह्वात्तै घटेको छ । तर, निषेधाज्ञा शुरु भएको चार दिनसम्म पनि कोरोना संक्रमितको संख्या घट्नुको साटो दिनहुँ उकालो लागिरहेको छ । निषेधाज्ञा जारी हुने अघिल्लो दिन अर्थात् बैशाख १५ गते काठमाडौंका तीन जिल्लामा २४ घण्टाका सक्रिय संक्रमितको संख्या २ हजार २२ थियो । जबकि हिजो, अर्थात बैशाख १९ गते काठमाडौं उपत्यकामा यो संख्या बढेर ३ हजार पाँच सय ९५ पुगेको छ । काठमाडौं जिल्लाको तथ्यांक निषेधाज्ञाको अघिल्लो दिन अर्थात बैशाख १५ गते काठमाडौं जिल्लामा…

Read More

काठमाडौं : नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मालाई कोरोना संक्रमण पुष्टि भएको छ। ज्वरो र जिउ दुखाई बढेपछि आइतवार स्टार अस्पतालमा स्वाब परीक्षण गराएकोमा आज बिहान रिपोर्ट आएको उनले बताएका छन्। ‘ज्वरो र जीउ दुखाइ बढेपछि आइतबार बेलुकी स्टार हस्पिटल पुगेर स्वाब दिएँ। बिहानिपख रिपोर्ट आयो-पोजेटिभ,’ शर्माले भनेका छन्।

Read More

काठमाडौं: स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले सहज जित निकालेको छ । आइतबार राति भएको खेलमा बार्सिलोना भ्यालेन्सीयालाई ३–२ गोल अन्तर हराएको हो । भ्यालेन्सीयाको घरेलु मैदानमा बार्सिलोनालाई जित दिलाउन लियोनल मेस्सीले दुई गोल गरे । त्यस्तै एन्टोनी ग्रिजम्यानले एक गोल गरे । उता भ्यालेन्सीयाका लागि ग्रावियल पुलिस्टा र कार्लाेस सोलेरले एक–एक गोल गरे । पहिलो हाफ गोल रहित बराबरी खेलेका दुबै टोलीले दोस्रो हाफमा गोल गरेका हुन् । जितसँगै बार्सिलोनाले उपाधि होडमा आफूलाई बलियो बनाएको छ । लिगमा ३४ खेल खेलेको बार्सिलोना ७४ अंक सहित तालिकाको तेस्रो स्थानमा छ । समान खेल खेलेको एट्लेटिको ७६ अंक सहित शीर्ष स्थानमा हुँदा…

Read More

काठमाडौं । सरकारले आजबाट आन्तरिक उडान रोक्ने निर्णय गरेको छ । यसअघि कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले गरेको सिफारिसअनुसार आइतबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । बढ्दो कोरोना संक्रमणलाई ध्यानमा राख्दै आन्तरिकसहित भारत, ब्राजिल र दक्षिण अफ्रिकाको उडान रोक्ने निर्णय गरेको कृषि तथा पशुपन्छी विकास मन्त्री पद्मा अर्यालले जानकारी दिइन् । “अरु देशमा पूर्ववत् अवस्थामा उडान हुनेछन् । ती उडानमा जनस्वास्थ्य मापदण्ड पालना गर्नुपर्नेछ,” उनले भनिन् ।

Read More

काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले आउने वैशाख २७ गते प्रतिनिधि सभामा विश्वासको मत लिने निर्णय गरेका छन्। उनले विश्वास मत लिने भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले सोही दिनका लागि संसद अधिवेशन डाकेकी छन्। आफ्नै पार्टीभित्र विवाद उत्कर्षमा पुगेको र विपक्षीहरू सत्ता गठबन्धन बनाउन हरसम्भव प्रयास गरिरहेका बेला प्रधानमन्त्री ओलीले के योजनाका साथ विश्वासको मत लिने निर्णय गरेका हुन् भन्ने स्पष्ट भइसकेको छैन। सरसर्ती हेर्दा अहिले संसदमा जुन अंकगणित र परिस्थिति छ त्यसअनुसार ओलीले आफ्नो पक्षमा बहुमत पुर्‍याउन सहज छैन। प्रतिनिधि सभामा सबैभन्दा ठूलो दल ओलीले नेतृत्व गरेको नेकपा एमाले हो। एमालेसँग १ सय २१ जना सांसद छन्। २ सय ७५…

Read More

काठमाडौँ: नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सदनबाट विश्वासको मत लिने भनेपछि यसबारे छलफल गरी आवश्यक रणनीति तय गर्न नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ। सभापति शेरबहादुर देउवाले आज दिउँसो २ बजे आफ्नै निवास बुढानिलकण्ठमा पदाधिकारी बैठक राखेका हुन्। पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज पदाधिकारी बैठक बस्ने सेतोपाटीलाई बताए। उनकाअनुसार १४ औं महाधिवेशन र समसामयिक राजनीतिक घटनाक्रमबारे पदाधिकारी बैठकमा छलफल हुनेछ। प्रधानमन्त्री ओलीले आइतबार बसेको मन्त्रिपरिषद बैठकमा वैशाख २७ गते विश्वासको मत लिने जानकारी गराएका थिए। कांग्रेसले ओलीको राजीनामा माग्दै आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णय केन्द्रीय समितिबाट गरिसकेको छ। त्यसका लागि नेकपा माओवादी केन्द्रले समर्थन गरे पनि…

Read More