Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

म्यानमार: सैन्य ‘कू’ पछि म्यानमारमा जारी प्रदर्शनका क्रममा शनिबार सुरक्षाकर्मीको गोली लागेर दुई जनाको मृत्यु भएको छ । सुरक्षाकर्मीले चलाएको गोली लागेर दुई जनाको मृत्यु भएको अनतर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । म्यानमारको सङ्कट व्यवस्थापन अधिकारीले एएफपीसँगको कुराकानीमा सुरक्षा कारबाहीमा दुई व्यक्तिको मृत्यु भएको पुष्टि गरेका छन् । “आक्रोशित प्रदर्शनकारीहरूको भीडमाथि नियन्त्रणका लागि गोली चलाउनु परेको उक्त घटनामा दुई व्यक्तिको मृत्यु भएको छ भने करिब ३० जना घाइते भएका छन्,” मन्डलायास्थित स्वयम्सेवी आपतकालीन उद्धार टोलीका प्रमुख ह्लाइंग मिन ओओले भने । यस अघि शुक्रबार पनि सुरक्षाकर्मीको गोली लागेर घाइते एक जनामा मृत्यु भएको थियो । म्ये थ्वी चैइङ नामकी…

Read More

नवलपरासी: नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘भगौडा’को संज्ञा दिएका छन् । पश्चिम् नवलपरासीको बर्दघाटमा तरुणदल जिल्ला कार्यसमितिले शनिबार आयोजना गरेको बिरोध सभालाई सम्बोधन गर्दै नेता थापाले ओलीलाई संसदबाट भागेको भन्दै ‘भगौडा’को संज्ञा दिएका हुन्। संसद घटनको अधिकार प्रधानमन्त्रीलाई नभएको बताउँदै नेता थापाले भने,’सरकार चलाउन नसके घरमा गएर सुते हुन्छ ओलीज्यू ।’ उनले अहिलेको लडाइँ चुनावमा जाने वा नजाने नभएर कांग्रेस संविधान रक्षाको पक्षमा रहेको बताए ।

Read More

काठमाडौँ: भक्तपुर नगरपालिका–घलातेचोकस्थित अरनिको राजमार्गमा सल्लाघारीबाट जगातीतर्फ तीव्र गतिमा जाँदै गरेको टिपरले ठक्कर दिँदा आज एक पुरुषको मृत्यु भएको छ । बा ५ ख ४७९ नं को टिपरको ठक्करबाट सिन्धुपाल्चोक बलेफीगाउँपालिका–७ घर भई नाइटिङ्गेल बोर्डिङ स्कुल कुपण्डोल ललितपुरमा चालकको रुपमा काम गर्ने ३५ वर्षीय बलराम तामाङ्को मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए । प्रहरीले टिपर र चालक सिन्धुपाल्चोक साँगा चोक गढी नगरपालिका–११ का २९ वर्षीय सुरेन्द्र खत्रीलाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा कारवाही अगाडि बढाएको प्रहरीले जनाएको छ ।

Read More

काठमाडौँ: प्रधानमन्त्री केपी ओलीले ‘सेटिङ-फेरिङ’ भएर प्रतिनिधिसभा विघटन अदालतबाट सदर नभए आन्दोलन गर्ने चेतावनी दिएका छन्। शनिबार आफूपक्षको आमसभामा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो चेतावनी दिएका हुन्। प्रतिनिधिसभा विघटन सदर गराउन ‘सेटिङ’ गरिरहेको भन्दै अरू राजनीतिक दलले आरोप लगाइरहेका बेला उनले भने संसद पुनर्स्थापनाका लागि ‘सेटिङ’ भइरहेको दाबी गरे। ‘कुनै सेटिङ-फेटिङ भएर संसद विघटन सदर भएन भने आन्दोलनको विकल्प छैन,’ उनले भने। ओलीले अहिलेको जनअपेक्षा चुनाव भएको भन्दै त्यसविपरीत निर्णय आए आन्दोलनका लागि तयार रहन समेत कार्यकर्तालाई भने। उनले देश चुनावमा गइसकेको र प्रधानमन्त्रीलाई चुनाव गराउने अधिकार रहेको बताए। चुनाव वैशाखमै हुने दाबी दोहोर्‍याउँदै ओलीले आफूले नेतृत्व गरेको नेकपाले नै बहुमत…

Read More

काठमाडौँ: सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले वार्ता र संवादका लागि सकारात्मक रहेको बताएको छ। नेकपाका महासचिव विप्लवले शनिबार एक विज्ञप्ति जारी गर्दै सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा आफूहरु सरकारसँग वार्ता गर्न सकारात्मक रहेको बताएका हुन्। विप्लवले आफूहरुको क्रान्ति अग्रगामी रुपान्तरण एवं जनसमुदायको हित र अधिकारलागि गरिएको सचेत पहल भएको बताएका छन्। ‘आम जनसमुदायमा सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा हाम्रो पार्टी सरकारसँग संवाद र वार्ताको लागि सकारात्मक रहेको विषय सबैमा जानकारी गराउँछौं’, विप्लवद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

Read More

काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुख र उपराष्ट्रपतिको आलोचना गरेका छन् । उपराष्ट्रपति नन्दबहादुर पुनले सरकारको आलोचना गरेको र सभामुख अग्निप्रसाद सापकोटाले किर्ते गरेको तथा सरकारविरुद्ध मुद्दा हालेको भनेर प्रधानमन्त्रीले आलोचना गरेका हुन् । ओली समूहले शनिबार विराटनगरमा आयोजना गरेको सभामा प्रधानमन्त्रीले सभामुख बनाइएको व्यक्ति सरकारको विरुद्धमा मुद्दा हाल्दै हिँडेको र किर्ते काममा लागेको आरोप लगाएका हुन् । ‘सभामुख बनाइएको थियो एकजनालाई । सरकारविरुद्ध मुद्दा हाल्न जानुभएको छ । सरकारविरुद्ध झगडिया हो सभामुख । सुहाउँछ ? सभामुख झगडिया हुन जानुभएको छ,’ प्रधानमन्त्रीको भनाइ थियो । संवैधानिक परिषद्‍बाट भएका विभिन्न संवैधानिक निकायमा भएका नियुक्तिविरुद्ध परिषद् सदस्यसमेत रहेका सभामुख सापकोटाले सर्वोच्च अदालतमा…

Read More

काठमाडौँ: गृहमन्त्री रामबहादुर थापाले मुलुकमा असामान्य परिस्थिति उत्पन्न भएको र त्यसमा देशभित्र र बाहिरका शक्तिहरूले खेलिरहेको बताएका छन् । ओली समूहले शनिबार विराटनगरमा आयोजना गरेको सभामा बोल्दै थापाले मुलुकलाई अस्थिरतातिर धकेल्ने प्रयास भएको बताएका हुन् । ‘आज हामी एउटा असामान्य परिस्थितिबाट गुज्रिरहेका छौं । आज सदन विघटन भएको छ । आज यो देशलाई अस्थिरतातिर धकेल्ने प्रयत्न गरिएको छ, प्रयास गरिएको छ । किन आज यो परिस्थिति सिर्जना भयो ? किन फेरि यो देशलाई अस्थिरतातिर धकेल्ने षडयन्त्र गरियो ?,’ उनले भने, ‘यो देशमा अस्थिरता उत्पन्न कुनै बाह्य शक्तिहरूद्वारा होइन स्यम् हाम्रै आन्तरिक पंक्तिबाट अस्थिरताको षडयन्त्र रचियो । देशलाई अस्थिरतातिर धकेल्ने…

Read More

काठमाडौँ: भारतको राजधानी नयाँ दिल्लीमा एक साता उपचारपछि पूर्वप्रधानमन्त्री एवं नेकपा नेता झलनाथ खनाल आज स्वदेश फर्कदै छन् । माघ ३० गते नयाँ दिल्ली गएका खनालले एपोलो अस्पतालमा उपचार गरेका थिए । खनाल आज अपराह्न ४ बजे नेपाल आइपुग्ने बताइएको छ ।

Read More

काठमाडौँ: पश्चिम वायुको प्रभावले आज उच्चपहाडी तथा हिमाली भेगमा हिमपातको सम्भावना रहेको छ । देशका पहाडी भू-भागमा अहिले आंशिक बदलीको अवस्था छ । दिउँसो प्रदेश १ का उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले विहान ६ बजे जारी गरेको तीन दिनको पूर्वानुमान वुलेटिनमा आइतबार र सोमबार भने मौसममा उल्लेख्य बदलाव नहुने जनाइएको छ । यस्तो छ तीन दिनको मौसम पूर्वानुमान फागुन ०८ गते (शनिबार) दिउँसो : प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागहरुमा आंशिक बदलीको सम्भावना रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहनेछ ।…

Read More

काठमाडौँ: नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले अब जस्तोसुकै परिस्थिति आए पनि पछि नहट्न र तयारी अवस्थामा रहन पार्टी पङ्क्तिलाई निर्देशन दिएको छ । शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय कमिटी बैठकले निर्वाचन आयोग र अदालतबाट जस्तो पनि फैसला आउन सक्ने भन्दै परिस्थितिका आधारमा तयार रहन पार्टी पङ्क्तिलाई निर्देशन दिएको हो । बैठकमा अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले केन्द्रीय सदस्यहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन् । शुक्रबारको बैठकमा केन्द्रीय सदस्यहरूको नागरिकताको प्रतिलिपिसहित हस्ताक्षर समेत संकलन गरिएको छ । बैठकमा अध्यक्षद्वय दाहाल र नेपालले पछिल्लो राजनीतिक घटनाक्रमबारे जानकारी गराएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । प्रवक्ता श्रेष्ठले…

Read More