Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: नेपाल पत्रकार महासंघले काठमाडौँ जिल्ला अदालतले नेपालखबर डटकम र बिजमाण्डु डटकम अनलाइनमा प्रकाशित समाचार हटाउन दिएको आदेश पुनर्विचार गर्न आग्रह गरेको छ। महासंघका महासचिव रामप्रसाद दाहालले विज्ञप्ति जारी गरी समाचार हटाउन भन्दै अदालतले दिएको अन्तरिम आदेशको विषयमा गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन्। न्यायाधीश पीताम्बर शर्माको इजलासले मंगलबार नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले दायर गरेको रिटमा सुनुवाइ गर्दै समाचार तुरुन्त हटाउन आदेश दिएको थियो। ‘महासंघ उक्त आदेशप्रति पुनर्विचार गर्न सम्बन्धित निकायसँग आग्रह गर्दै अन्यथा त्यसविरुद्ध अदालती प्रक्रिया तथा अन्य गतिविधि गर्न बाध्य हुने प्रष्ट पार्दछ,’ विज्ञप्तिमा उल्लेख छ। समाचारका विषयमा चित्त नबुझे पीडितले उजुरी दिने ठाउँ प्रेस काउन्सिलको…

Read More

काठमाडौं महानगरपालिकाका अघिल्ला प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारसहित सातजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार परियारसहित सातजनाविरुद्ध मुद्दा दायर गरेको हो। ढलनिकाससम्बन्धी ठेक्कामा ठेकेदारसँग मिलेमतो गरी भ्रष्टाचार गरेको अख्तियारको दाबी छ।परियार हाल सूचना तथा प्रसारण विभागमा महानिर्देशकका रुपमा कार्यरत छन्। भ्रष्टाचार मुद्दा दायर भएसँगे उनी निलम्बनमा परेका छन्। चार करोड ३१ लाख ७२ हजार रुपैयाँ हिनामिना भएको अख्तियारको आरोपपत्रमा उल्लेख छ। यस मुद्दामा परियारसहित रविनमान श्रेष्ठ, शिवराज अधिकारी, वसन्त आचार्यलगायत प्रतिवादी छन्। परियार मेयर बालेनले नै महानगर लगेका प्रशासकीय अधिकृत हुन्। उनी बालेनको विश्वासिला पात्र मानिन्छन्। मुद्धाको फाइल पढ्न परे तलको लिंकमा क्लिक गर्नुहोस

Read More

एकजना सहायक रथीको राजीनामा स्वीकृत काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री एवम् सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले आज–भोलि नै संसद्‌को अवरोध खुल्ने विश्वास व्यक्त गरेका छन् । त्यसका लागि सत्ता पक्ष र प्रतिपक्षी दलहरुबीच छलफल भइरहेको उनले जानकारी दिए । आज मन्त्रालयमा पत्रकारहरुको जिज्ञासाको जवाफ दिँदै मन्त्री गुरुङले गृहमन्त्री रमेश लेखकले भिजिट भिसाबारे उठेका प्रश्नको जवाफ दिने, छानबिन समिति बनाउने र विपक्षी दलहरुले अवरोध खुलाउनेबारे छलफल भइरहेको जानकारी दिए । उनले भने, ‘बढीमा संसदीय छानबिन समिति बनाउने वा कसरी बनाउने भन्नेबारे छलफल भइराख्या छ । हाम्रो चाहिँ के हो भने मन्त्रीले यी सबै उठिरहेका विषयबारे संसद्‌मा आफ्नो धारणा राख्ने, सरकारको…

Read More

काठमाडौँ:सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले एमालेको ‘झोले’लाई गलत रूपमा व्याख्या गरिएको भन्दै असन्तुष्टि जनाएका छन्। मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता गुरुङले एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीको अभिव्यक्तिलाई सामाजिक सञ्जालमा गलत रूपमा व्याख्या गरिएको बताए। ‘झोल खानेलाई पनि झोले भन्छ। झोला बोक्नेलाई पनि झोले भन्छ। हामीले झोल खाने झोले भनेको होइन। हाम्रो अध्यक्षले भन्न खोजेको झोले भनेको हाम्रो पार्टीको झोला बोक्ने। त्यसलाई गलत अर्थमा व्याख्या गरिराखिएको छ सोसल मिडियाहरूमा,’ उनले भने। लामो समय पार्टीमा सक्रिय व्यक्तिलाई ‘झोले’ भनिने प्रस्टीकरण दिँदै गुरुङले एमालेको झोलामा राष्ट्रवादको सिद्धान्त रहेको जिकिर गरे। उनले भने, ‘जुन पार्टीको होलटाइमर…

Read More

काठमाडौं: कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी र नेपाल भ्रमणमा आउनु भएका संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन (FAO) का बिशेष प्रतिनिधी डयानियल गुस्टाफसन वीच भेटवार्ता भएको छ । सिंहदरवारस्थित मन्त्रालयमा भएको भेटवार्तामा मन्त्री अधिकारीले नेपालको प्रमुख विकास साझेदारका रुपमा एफएओले काम गरेको र सन् २०१५ पछि नेपालको विकास एजेण्डामा पोषण र खाद्य सुरक्षालाई मुलप्रवाहीकरणमा ल्याउनका लागि महत्वपुर्ण भुमिका खेलेको वताउनुभयो । नेपालको कृषि क्षेत्रको विकासका लागि एफएओद्धारा संचालित परियोजनाहरु मार्फत खाद्य र पोषण सुरक्षा ,दिगो प्राकृतिक श्रोतको व्यवस्थापन, जलवायु उत्थानशीलताको निर्माण , आपलकालीन अवस्थाको तयारी एंव ग्रामीण महिलाहरुको आर्थिक उत्थान र सवलीकरणमा योगदान पुर्याउने अपेक्षा व्यक्त गर्नुभयो ।…

Read More

काठमाडौं: नेपाली बजारमा सुनको मूल्य शुक्रबार प्रतितोला तीनहजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (आइतबार) सुन प्रतितोला एक लाख ९० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार सुन प्रतितोला एक लाख ९३ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ । प्रतितोला ५ रुपैयाँ घटेर दुईहजार १४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएकाे छ । शुकर्बर चाँदी प्रतितोला दुई हजार १५० रुपैयाँमा कारोबार भएको थियो ।

Read More

काठमाडौँ: अब घरजग्गा किनबेचमा खरिदकर्ता र बिक्रीकर्ताको बैंक स्टेटमेन्ट अनिवार्य रुपमा पेस गर्नुपर्ने प्रावधान संशोधन हुने भएको छ । भूमि व्यवस्था तथा अभिलेख विभागले मंगलबार सम्पत्ति शुद्धीकरण तथा आतंकवाद क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा जारी गरिएको निर्देशन २०८२ मा सो व्यवस्था जारी गरेको थियो । भूमि व्यवस्था, गरिबी निवारण तथा सहकारी मन्त्रालयका सचिव केदारनाथ शर्माले निर्देशनको कुनकुन बुँदा संशोधन गर्न भन्नेबारे छलफल भइरहेको बताए । ‘संशोधनमा साथीहरूले छलफल गरिरहनुभएको छ,’ उनले भने, ‘आज साँझसम्म उक्त निर्देशन संशोधन होला ।’ मन्त्रालयका स्रोतअनुसार प्रधानमन्त्री कार्यालयले बुधबार अनिवार्य बैंक स्टेटमेन्ट प्रावधान हटाउन निर्देशन दिएको थियो । सोहीअनुसार निर्देशन संशोधन गर्न छलफल भइरहेको स्रोतको…

Read More

१८ करोड ५८ लाख ५० हजार रूपैयाँ नेपालको नाममा बिगो कायम काठमाडौँ: पतञ्जली योगपीठ तथा आयर्वेद कम्पनीले हदबन्दी छुटमा पाएको जग्गा अपचलन प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरूद्ध पनि भ्रष्टाचार अभियोगमा मुद्दा चलाएको छ। यस प्रकरणमा देखिएका ४ वटा कसुरजन्य कार्यमध्ये नेपालको संलग्नता एउटा कसुरमा देखिएको अख्तियारले जनाएको छ। १८ करोड ५८ लाख ५० हजार रूपैयाँ उनका नाममा बिगो कायम गरिएको छ। उनीमाथि अख्तियारले लगाएको अभियोग हो- राष्ट्रसेवकले आफ्नो ओहोदाको दुरुपयोग गरी गराई पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनी नेपालले गैरकानुनी तरिकाले खरिद गरेको हदभन्दा बढी जग्गा जफत तथा सरकारी सार्वजनिक कायम हुनेमा बदनियतपूर्वक व्यक्ति/कम्पनीमा हस्तान्तरण गरी गराई निजी…

Read More

काठमाडौं । पतञ्जली जग्गा सट्टा–पट्टा प्रकरणमा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालका भाञ्जाविरुद्ध पनि मुद्दा दायर भएको खुलेको छ । पूर्वप्रधानमन्त्री नेपालका भाञ्जा तथा सनराइज बैंकको तत्कालीन उपप्रबन्धक मनोज न्यौपानेविरुद्ध मुद्दा दायर भएको हो । न्यौपाने पूर्वप्रधानमन्त्री नेपालका आफ्नै भान्जा हुन् । यो प्रकरणमा मामा भान्जा (माधव नेपाल र मनोज न्यौपाने)सहित ९३ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । न्यौपाने तत्कालिन सेन्चुरी बैंकका प्रमुख कार्यकारी अधिकृतसमेत रहिसकेका छन् । सनराइज बैंकले उक्त जग्गा धितो राखेर कर्जा दिएको थियो । कर्जा समेत चुक्ता भइसकेको बताइएको छ । त्यतिबेला कर्जा प्रवाह गर्दा न्यौपाने पनि बैंकको उपप्रबन्धक रहेको…

Read More

रौतहट । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पतञ्जलि जग्गा प्रकरणमा आफूले कुनै बेठिक काम नगरेको बताएका छन् । रौतहट स्थित पार्टी कार्यालयमा बिहीबार प्रतिक्रिया दिँदै पूर्वप्रधानमन्त्री नेपालले अनियमितता भएको भए कर्मचारीले गरेको हुन सक्ने बताए । ‘पतञ्जलिजस्तो संस्थामा त्यस्तो भएको होला भन्ने मैले कल्पना पनि गर्ने कुरा भएन,’ उनले भने, ‘जग्गा खरिद प्रकरणमा यताउता र अनियमितता भएको भए त्यो कर्मचारीबाट भएको होला । मेरो संलग्नता छैन ।’ नेपाली जनता स्वस्थ रहुन् भनेर आफूले पतञ्जलिका लागि जग्गा उपलब्ध गराउने निर्णय गरेको उनको भनाइ छ । ‘कसैले कसरी के–के लुपहोल्सहरू राख्यो, त्यो लुपहोल्समा ध्यान पुग्यो पुगेन, यावत कुराहरूको बारेमा राम्ररी नबुझी…

Read More