Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
- लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
- कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
- मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले जनता समाजवादी पार्टी (जसपा)लाई आगामी चुनावसम्म कार्यगत एकता गर्न प्रस्ताव गरेको छ । पेरिसडाँडास्थित माओवादी मुख्यालयमा शनिबार दुई पार्टीका शीर्ष नेताहरूबीच भएको छलफलमा माओवादीले यस्तो प्रस्ताव गरेको हो । ‘सत्ताको मात्रै कुरा होइन एजेण्डा मिल्ने दलहरूबीच चुनावसम्मै कार्यगत एकता गरौं भन्ने हाम्रो प्रस्ताव हो’, बैठकमा सहभागी एक माओवादी नेताले भने । यद्यपि जसपा नेताहरूले यो विषयमा कुनै प्रतिबद्धता भने जनाएनन् । बैठकपछि जसपा अध्यक्ष महन्थ ठाकुरले माओवादीसँग सकारात्मक कुरा भएको तर निष्कर्षमा पुग्न नसकेको बताए । माओवादीसँग पुनः छलफल हुने उनले जानकारी दिए । छलफलमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, उपाध्यक्ष…
काठमाडौं । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित मन्त्रीहरुलाई मन्त्रिपरिषदबाट फिर्ता हुन निर्देशन दिएको छ । पेरिसडाडाँमा सकिएको स्थायी कमिटी बैठकले मन्त्रिपरिषदबाट फिर्ता हुन निर्देशन दिएको हो । गृहमन्त्री बादल, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, खानेपानीमन्त्री मणि थापा, सिँचाइमन्त्री प्रभु साह, खेलकुदमन्त्री दावा लामा र श्रम मन्त्री गौरीशंकर चौधरी सरकारमा छन् । एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले बादलसहित २३ जनालाई एमालेको केन्द्रीय सदस्य मनोनयन गरेका छन् । बादललाई भने बागमती प्रदेशको इन्चार्जको जिम्मेवारी दिइएको छ । ओलीतिर लागेका यी मन्त्रीहरुलाई २४ घण्टाभित्र स्पष्टीकरण माग गरिएको छ । बैठकले भोलि एघार बजे केन्द्रीय कमिटी बैठकसमेत बोलाएको छ । चैत २…
मकवानपुर । मकवानपुरको मनहरी–६, सुनाचुरीमा रात्रीबस र ट्रक एक आपसमा जुध्दा ३ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत् हेटौंडा–चितवन सडक खण्डमा बिहान ३ बजेतिर बस र ट्रक एकआपसमा ठोक्किएका हुन् । हेटौंडाबाट चितवनतर्फ जाँदै गरेको ना.४ ख ५१४९ नम्बरको बस र विपरीत दिशाबाट हेटौंडा आउँदै गरेको ना.६ ख ८९ नम्बरको ट्रक एक आपसमा ठक्कर खाइ दुर्घटनाग्रस्त हुँदा बसका चालकसहित ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मृत्यु हुनेमा बस चालक वीरगञ्ज–१५ का ३५ वर्षीय मदनकुमार थापा, बसमा सवार भारत सिस्वाका अन्दाजी ४० वर्षीय अभयलाल कुशवाह र भारत बिहारका ४०…
काठमाडौं । बाँकेको राप्ती सोनारी गाउँपालिका-३ बैसामा बस दुर्घटना भएको छ। ना३ख ९७५९ नम्बरको बस शुक्रबार राति दुर्घटना हुँदा ३७ जना घाइते भएको र एकजना गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ। प्रहरीका अनुसार दुर्घटनाग्रस्त बस राप्ती सोनारीबाटै दाङको देउखुसी दुलही पुर्याउन हिँडेको थियो । दुर्घटनामा घाइते हुने सबै राप्ती सोनारीकै रहेको र उनीहरुको कोहोलपुर मेडिकल कलेजमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।
काठमाडौं । सरकार आगामी आर्थिक वर्ष २०७८–७९ मा विनियोजन हुने बजेटको तयारीमा जुटेको छ । संवैधानिक व्यवस्थाअनुसार आगामी १५ जेठमा प्रस्तुत हुने बजेटको समय आउन साढे दुई महिना मात्र बाँकी रहेसँगै सरकार नयाँ बजेट निर्माणको तयारीमा जुटेको हो । अर्थ मन्त्रालयले आगामी आवको बजेट निर्माणको तयारीलाई तीव्रता दिएको छ । यसका लागि मन्त्रालयले आगामी आर्थिक वर्षको बजेटमा समेट्नुपर्ने विभिन्न विषयवस्तुका सम्बन्धमा राय, सल्लाह र सुझावका लागि नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्सलगायतका निजी क्षेत्रका छाता संस्थामा आबद्ध उद्यमी व्यवसायीलाई इमेल पठाएर नयाँ बजेटमा समेटिनुपर्ने विषयबारे सुझाव माग गरेको हो । अर्थ मन्त्रालयले शुक्रबारसम्म १ हजारभन्दा…
काठमाडौँ: जनता समाजवादी पार्टीले अध्यक्ष महन्थ ठाकुरलाई प्रधानमन्त्रीमा प्रस्ताव गर्न आन्तरिक छलफल सुरु भएको छ । शुक्रबार बसेको जसपाको संयुक्त संसदीय दलको बैठकमा बोल्ने सांसदमध्ये आधाजसोले यसपटक जसपा आफैंले सरकारको नेतृत्व दाबी गर्नुपर्ने सुझाव राखेका थिए । सरकारको नेतृत्व गर्ने अवसर आएमा जसपाले ठाकुरलाई अघि सार्ने पार्टीका नेताहरूले जनाएका छन् । शुक्रबार बसेको संसदीय दल बैठकको अध्यक्षता ठाकुरले गरेका थिए । यद्यपि जसपाले अझै संसदीय दलको नेता चयन गर्न भने सकेको छैन । दलको नेता चयन नभएसम्म ठाकुरले बैठकको अध्यक्षता गर्ने सहमति भएको जसपाका नेताहरूले जनाएका छन् । दलको बैठकमा शरत्सिंह भण्डारी, महेन्द्र यादव, प्रदीप यादवलगायतले यसपटक पार्टी आफैं सरकारको…
काठमाडौँ । नेकपा एमालेको माधव नेपाल पक्षले अध्यक्ष केपी शर्मा ओलीद्वारा एकलौटी रुपमा पार्टीमा गरिएको हेरफेर अस्वीकार गर्ने निर्णय गरेको छ । शुक्रबार साँझ बसेको नेपाल पक्षको स्थायी कमिटी बैठकले ओलीबाट एकलौटी रुपमा गरिएको फेरबदल अस्वीकार गर्ने निर्णय गरेको स्थायी कमिटी सदस्य रघुजी पन्तले जानकारी दिए । पार्टीको विधान विपरित एकतर्फी रुपमा गरिएको निर्णयको प्रतिवाद गर्ने बैठकको निर्णय रहेको उनले बताए । उनले भने, ‘यो फेरबदल हामीलाई स्वीकार्य छैन। केपी ओलीको एकतर्फी निर्णय मान्न सकिन्नँ । विधान र कानुन विपरित केपी ओलीले गरेको एकतर्फी निर्णय मान्ने कुरै छैन।’ अब कसरी अगाडि बढ्ने भन्नेबारे हामी पुनः छलफल गरेर निर्णय गरिएको उनले…
काठमाडौँ: नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले अध्यक्ष केपी शर्मा ओलीसँग मिल्ने सम्भावना सबै समाप्त भएको बताएका छन्। गौतमका प्रेस सल्लाहकार विश्वमणि सुवेदीका अनुसार गौतमले भेनका छन्, ‘केपी ओलीसँग मिल्ने र उहाँसँगै जाने सबै सम्भावना समाप्त भयो।’
काठमाडौँ: नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पक्षले गरेको निर्णयको प्रतिकार गरिने बताएका छन्। नेपालखबरसँग संक्षिप्त कुरा गर्दै उनले कसैले चाहँदैमा पार्टीभित्र एकलौटी नहुने बताएका हुन्। ‘आज जुन निर्णय भयो भनेर समाचार आएका छन्। त्यसको प्रतिकार हुन्छ,’ भुसालले भने, ‘ओलीले अहिले जुन निर्णय गरेका छन्। त्यसलाई असफल बनाइन्छ। यसको राजनीतिक र वैचारिक रूपमा प्रतिकार गर्ने कुरा छँदै छ। कानुनी रूपमा प्रतिकार हुन्छ।’ शुक्रबार एमाले अध्यक्ष ओलीले लगातार दुईवटा बैठक राखेर माधवकुमार नेपालसहितका नेतालाई महत्वपूर्ण जिम्मेवारीबाट हटाएका छन्। त्यसैगरी गृहमन्त्री रामबहादुर थापा बादलसहित पूर्वमाओवादीबाट एमालेमा आएका २३ जनालाई विभिन्न पदमा मनोनयन गरेका छन्। भुसालले…
काठमाडौँ: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बैशाख ७ गतेदेखि देशभर कोरोनाविरुद्धको खोपको दोस्रो डोज लगाउने तयारी भएको छ। अक्सफोर्ड र एस्ट्राजेनेकाले विकास गरी भारतको सेरम इन्स्टिच्युटले उत्पादन गरेको कोरोनाविरुद्धको कोभिसिल्ड खोप नेपालले गत माघ १४ गतेबाट देशभर लगाउन सुरु गरेको हो। सुरुमा चार हप्तापछि लगाइने बताएको मन्त्रालयले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले दुई खोपबीचको समय जति बढी भयो त्यति खोप प्रभावकारी हुने नयाँ तथ्य सार्वजनिक गरेसँगै १२ हप्तापछि दोस्रो डोज लगाउने तयारी गरेको हो। ‘बैशाख ७ देखि बैशाख १५ सम्म दोस्रो डोज खोप लगाउने मन्त्रालयको तयारी छ,’ मन्त्रालयका सचिव लक्ष्मण अर्यालले भने। पहिलो डोज खोप लगाएको कार्ड बोकेर पायक पर्ने स्थानमा…
