Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
- लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
- कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
- मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
एजेन्सी: स्पेनिस क्लब रियल मड्रिडले च्याम्पियन्स लिग फुटबलमा संघर्षपूर्ण जित निकालेको छ । बुधबार राति भएको पहिलो लेगमा रियलले १० खेलाडीमा सीमित इटालियन क्लब एट्लान्टालाई १-० को झिनो अन्तरले पराजित गरेको हो । एट्लान्टाको मैदानमा रियललाई जित दिलाउन फेर्लान्ड मेन्डीले निर्णायक गोल गरे । खेलको ८६औँ मिनेटमा मेन्डीले निर्णायक गोल गरे । उनले लुका मोड्रिचको पासलाई सदुपयोग गरे । त्यसअघि खेलको १७औँ मिनेटमा रिमो फ्रेलेरले रातो कार्ड पाएपछि घरेलु टिम १० खेलाडीमा समेटिएको थियो । जितसँगै रियलले क्वाटरफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । रियल र एट्लान्टाबीचको दोस्रो लेग मार्च १६ मा रियलको मैदानमा हुनेछ ।
काठमाडौं: नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन विमानस्थलको सञ्चालन अवधि घटाएको छ । यसका लागि अगि्रम मिति समेत तय भएको छ । विमानस्थलका प्रवक्ता देवचन्द्रलाल कर्णका अनुसार आगामी १५ चैत (मार्च २८)बाट विमानस्थलको सञ्चालन अवधि दैनिक १८ घण्टा मात्र हुनेछ । अहिले विमानस्थल दैनिक २१ घण्टा चलिरहेको छ । तर, उडान-अवतरणमा अपेक्षित चाप नभएपछि उडान अवधि घटाउन लागिएको उनले जानकारी दिए । कोरोना भाइरसको महामारीपछि खुलेको हवाई उडानमा अहिले आन्तरिक उडान सन्तोषजनक रहेको छ । अन्तर्राष्ट्रिय उडानमा भने अपेक्षित वृद्धि हुन सकेको छैन । पर्यटक आगमनमा सरकारले राखेका विभिन्न प्रतिवन्धका कारण पर्यटक आगमन नबढेको हो । प्रवक्ता कर्णका अनुसार विमानस्थल…
काठमाडौं: देशभरका २ लाख ७५ हजार सरकारी कर्मचारीको संचयकोषबाट हुने जुनसुकै प्रकारको भुक्तानी अब विद्यूतीय माध्यमबाट हुने भएको छ । यसले संचयकर्ताको खातामा सिधै रकम जाने हुँदा अब सञ्चय कोष रकम व्यक्तिगत खातामा जम्मा नहुने र हराउने, दोहोरो प्रविष्टि हुने, घटी-बढी दाखिला हुने तथा एकै व्यक्तिका धेरै वटा खाता रहनेजस्ता समस्या समाधान हुने भएको छ । महालेखा नियन्त्रक कार्यालय र कर्मचारी सञ्चय कोषले बुधबार विद्युतीय सरकारी लेखा प्रणाली (सीजीएएस) मार्फत विद्युतीय कोष हस्तान्तरण -इएफटी)बाट भुक्तानी हुने प्रणालीको शुभारम्भ गरेका छन् । यो प्रणालीबाट नेपाल सरकार तथा सातै प्रदेश सरकारका निकायमा कार्यरत कर्मचारीको सञ्चयकोष, निवृत्तभरण कोष तथा कर्मचारी सञ्चय कोष…
काठमाडौं: कृषि तथा पशुपंछी विकास मन्त्रालयको समन्वयमा कृषि अनुसन्धान परिषद्ले माटोको डिजिटल नक्शा सार्वजनिक गरेको छ । उक्त डिजिटल नक्शा प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार कृषि मन्त्रालयले आयोजना गरेको कार्यक्रममा सार्वजनिक गरे । माटोको उर्वराशक्ति अम्लीयपन, प्राङगारिक पदार्थको मात्रा, बनोट आदि जस्ता विभिन्न गुण कृषकलाई सहजै जानकारी दिने उद्देश्यले नेपालमा डिजिटल नक्शा सार्वजनिक गरिएको मन्त्रालयले जनाएको छ । साथै, उक्त नक्शांकनको आधारमा कृषकले आफ्नो जग्गामा मलको मात्रा के कति मात्रामा प्रयोग गर्ने, कस्तो बाली लगाउने र माटोको कसरी सुधार गर्नेलगायतका विषयमा निर्णय लिन सक्ने मन्त्रालयको भनाइ छ । सो अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले यस किसिमको माटोको डिजिटल नक्शा तयार…
काठमाडौँ: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट मृत्यु हुनेको संख्या अध्यावधिक गरेको छ । मन्त्रालयले तथ्यांक अध्यावधिक गर्दै बुधबार एकै दिन मृत्यु हुनेको संख्या ६१९ जना थप गरेको छ । कोभिड १९ महामारीको व्यवस्थापन गरिरहेका अन्य निकायहरुको तथ्यांकको आधारमा अद्यावधिक गर्दा स्वास्थ्य मन्त्रालयको तथ्यांकमा भन्दा थप ६१९ जनाको मृत्यु भएको पुष्टि भएको मन्त्रालयले जनाएको छ । यससँगै देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ६८४ पुगेको छ । पछिल्लो २४ घण्टामा भने कोरोना संक्रमणबाट १ जनाको मात्रै मृत्यु भएको छ । यसअघि सरकारले कोरोनाबाट मृत्यु हुनेको वास्तविक तथ्यांक लुकाएको आरोप लाग्दै आएको थियो । थप…
काठमाडौँ: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहका स्थायी कमिटी सदस्य पम्फा भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिए १३ दिन भित्र बस्ने प्रतिनिधि सभाबाट निकाल्ने चेतावनी दिएकी छन्। नेकपा प्रचण्ड-नेपाल समूहले बुधबार राजधानीमा निकालेको विजय सभालाई सम्बोधन गर्दै नेतृ भुसालले नैतिकता र मानवीय स्वाभिमान छ भने तत्काल राजीनामा दिनुपर्ने बताइन्। सर्वोच्च अदालतले निर्णय गर्ने वित्तिकै राजीनामा आउनुपर्नेमा अहिलेसम्म राजीनामा नआएको भन्दै नैतिकताको आधारमा राजीनामा नदिए १३ दिन भित्र बस्ने प्रतिनिधि सभाबाट गलहत्याएर निकाल्ने चेतावनी दिएकी हुन्। उनले भनिन्, ‘हारेको प्रतिगामीले उठ्छु भन्ने परिकल्पना गरेको छ भने त्यो दुश्वप्ना हुनेछ। तेह्र दिन भित्र प्रतिनिधि सभाको बैठक बस्ने छ र त्यहाँबाट गलहत्याएर…
काठमाडौँ: सर्वोच्च अदालतले पशुपतिमा सुनको जलहरी राख्ने निर्णय यथास्थितिमा राख्न आदेश दिएको छ। अधिवक्ता नितिका ढुंगानाले दायर गरेको रिटमा न्यायाधीश पुरूषोत्तम भण्डारीको इजलासले पशुपतिमा सुनको जलहरी किन राख्ने भन्दै कारण देखाउन समेत आदेश गरेको हो। सर्वोच्च अदालतको वेबसाइटमा जनाइए अनुसार उक्त निर्णय गर्नुको कारण खुलाएर लिखित जवाफ माग्ने, निर्णयलाई दुवै पक्षको आदेश नहुन्जेल यथास्थितिमा राख्न र दुवै पक्षलाई छलफलमा बोलाउने आदेश भएको छ। आजै राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा पशुपतिनाथको मूल शिवलिंगको जलहरीलाई सुनले ढाकिएको छ। बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले पूजा आरधाना गरी पशुपतिनाथको मूल शिवलिंगको जलहरीलाई सुनले ढाकिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालले बताए। पशुपतिनाथमा रहेको…
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामाबारे दलहरुसँग परामर्श भइरहेको बताएका छन्। बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी समिति बैठकपछि पत्रकारसँग कुरा गर्दै परराष्ट्रमन्त्री समेत रहेका ज्ञवालीले मुलुकलाई अन्यौलमा नराख्ने बताए हुन। ‘प्रधानमन्त्री निकास दिनुहुन्छ, राजीनामाबारे दलहरुसँग परामर्शमा छौँ, प्रवक्ता ज्ञवालीले भने, ‘मुलुकलाई अन्यौलमा राख्नुहुँदैन भन्नेमा हामी छौँ।’ स्थायी समितको बैठकले सर्वोच्चको फैसला र त्यसले पार्ने प्रभावका बारेमा छलफल भएको उनले बताए। सरकारले अदालतले तोकेको मिति भित्रै प्रतिनिधि सभा बैठकको आह्वान गर्ने उनले बताए। उनले सर्वोच्चको फैसला अनेपक्षित भए पनि त्यसको सम्मान र कार्यान्वय गर्ने बताए। उनले फैसलाले अस्थिरता र असैद्धान्तिक गठबन्धनको निर्माण…
काठमाडौँ: सरकार र निजी क्षेत्रको सहकार्यमा सीपमुलक तालिम संचालन गरिने भएको छ । नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधिमण्डलसँगको भेटमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गौरीशंकर चौधरीले सरकार निजी क्षेत्र मिलेर सिपमुलक तालीम संचालन गर्ने प्रतिवद्धता जनाएका हुन। महासंघको स्वास्थ्य तथा सीप विकास समितिका सभापति हेमराज ढकालको नेतृत्वमा गएको महासंघको टोलले मन्त्री चौधरीलाई सीपमुलक तालिमको लागि थुप्रै संस्थाहरूले तालिम दिने र ठुलो रकम खर्च हुने गरेपनि नीजि क्षेत्रको माग अनुसार दक्ष एवं सीपयूक्त जनशक्ति पाउन कठिनाई भईरहेको जानकारी गराएका थिए। भेटमा सभापति ढकालले एकातिर मुलुकभित्र संचालित उद्योगधन्दाका लागि चाहिएको जनशक्ति नपाउंदा ठूलो समस्या भएको र अर्कोतिर विनाकुनै शीप कामका लागि…
ताप्लेजुङ: ताप्लेजुङमा अलैँची उत्पादन वृद्धि भएसँगै बजार मूल्य घट्दै गएकाले कृषकले राम्रो लाभ लिन सकेकाले दिन प्रतिदिन अलैँची कृषक निरास हुँदै गएका छन । प्रमुख नगदेबालीका रुपमा रहेको अलैँचीले उचित मूल्य नपाउँदा खेतीमा संलग्न कृषकले राम्रो लाभ लिन नसकेको फक्ताङलुङ गाउँपालिका–६ का अलैँची कृषक सन्तकुमार फेम्बुले बताए। शुरुमा राम्रो आम्दानी भएपछि खेतीप्रति उत्साहित बनेका किसान अहिले उत्पादित अलैँचीबाट उचित मूल्य नपाउँदा भने निरास भएको अलैँची कृषक सन्तकुमार फेम्बुले बताए । आजभन्दा छ/सात वर्षअघि राम्रो मूल्य आएका कारण खेती गर्न हौसिएका किसानले अलैँची उत्पादन वृद्धि हुँदै गए पनि केही वर्षयता भनेजस्तो मूल्य नपाउँदा अलैँची उत्पादक किसानमा निरासा हुन थालेको मेरिङदेन…
