Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी ९नेकपा प्रचण्ड–माधव नेपाल पक्ष०का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार विघटन भएको तर संसद जीवितै रहेको बताएका छन्। यही पुस ५ मा संविधानमा नभएको अधिकार प्रयोग गरी प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्री ओलीले आफूहरुलाई जनतासँग फेरि जोडिने मौका दिएको बताए। ‘केपी ओलीको सरकार विघटन भएको हो, संसद जीवितै छ’, पेरिसडाँडास्थित पार्टी कार्यालयमा आज आयोजित एक कार्यक्रममा उनले भने, ‘आफूचाहिँ इतिहासको कलंकको टीका लगाउनुभयो, हामीलाई चाहिँ जनतासँग जोडिदिनुभयो।’ २०४७ सालको संविधानले संसद विघटन गर्ने अधिकार दिएकै कारण सरकारहरु छोटो समयमात्रै टिकेको बताउँदै त्यही देखेर ०७२ सालमा संविधान बनाउँदा प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार नदिने…

Read More

काठमाडौं : नेपाली कांग्रेसका पुर्वमहामन्त्री प्रकाशमान सिंहले कम्युनिष्ट नेतृत्व असफल भएपछि नेपाली कांग्रेसको नेतृत्वमा बनेको संविधानमाथि भएको असंवैधानिक कदमको टुलुटुलु हेरेर आफूहरु नबस्ने बताएका छन। प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्रको झगडा व्यवस्थापन गर्न नसकेर संसद विघटन गर्ने असंवैधानिक कदम चालेको उनले बताए। काठमाडौं क्षेत्र नम्बर १ मा आयोजित विरोधसभालाई सम्बोधन गर्दै नेता सिंहले संसदमा विश्वासको मत लिन डराएका ओलीले चुनाव गराउन जनताकोमा जाने कुरा विश्वास नै गर्न नसक्ने बताए। उनले राष्ट्र प्रमुखको गरिमा र सहि भूमिका निर्वाह नगरेको भनी राष्ट्रपति विद्यादेवी भण्डारीको पनि उनले आलोचना गरेका थियो। राष्ट्रपतिले अहिलेको शैली सच्याउनुपर्ने उनको जोड थियो। ‘ओलीले आन्तरिक कलह…

Read More

काठमाडौँ: नेपाल भ्रमणमा आएको चिनियाँ कम्युनिष्ट पार्टीको प्रतिनिधिमण्डल र नेकपाको (दाहाल-नेपाल) समूहका अर्का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । काठमाडौँको नयाँ बानेश्वरस्थित एभरेष्ट होटलमा नेता नेपाललाई चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुओ येचौले भेटवार्ता गरेका हुन् । सोमबार विहान अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेको टोलीले अहिले पूर्वप्रधानमन्त्री एवं अर्का अध्यक्ष माधवकुमार नेपालसँग बानेश्वरस्थित एक होटेलमा भेट गरिरहेको हो। पूर्वप्रधानमन्त्री नेपालसँगको भेटमा चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुओ येचौसहित चार जना सहभागी छन्। भेटवार्तामा नेकपाभित्रको विवादमा चिनियाँ टोलीले चासो दिएको बुझिएको छ । आइतबार नेपाल आइपुगेको टोलीले आइतबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीलाई र बेलुका नै प्रधानमन्त्री…

Read More

गोरखा: मनकामना केबुलकार सेवा बन्द हुने भएको छ । नियमित मर्मतसम्भारका लागि सात दिन बन्द गरिने भएको हो । यही पुस १४ गतेदेखि पुस २० गतेसम्म बन्द गरिने मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए । कोरोनाको महामारीसँगै नौ महिना बन्द रहेको केबुलकार गत मङ्सिर २८ गतेबाट पुनः सञ्चालनमा आएको थियो । सञ्चालनको पहिलो दिन नै एक हजारभन्दा बढी भक्तजनलाई सेवा दिन सफल मनकामना केबुलकारमा दिनानुदिन यात्रु एवं भक्तजनको भीड बढ्ने क्रम जारी नै रहेको नायब महाप्रबन्धक शेरचनले बताए । यात्रुको चाप बढ्दै गए पनि केबलकार मर्मत कम्पनीको प्राविधिक निर्देशिका र आवश्यकताअनुसार नियमित बृहत् मर्मतसम्भारको समयतालिकामा अनिवार्य सेवा…

Read More

काठमाडौँ: संसद विघटनको विरोध गर्दै नेपाली कांग्रेस सडकमा उत्रिएको छ । आज देशभर प्रदर्शन गर्ने गरी कांग्रेसले तयारी गरिरहेको छ । प्रदर्शनका लागि नेताहरु आआफ्नो क्षेत्रमा परिचालन भएका छन् । आज देशभरका १६५ निर्वाचन क्षेत्रमा प्रदर्शन गर्ने नेपाली कांग्रेसले जनाएको छ । प्रदर्शनका क्रममा शीर्ष नेताहरुले सम्बोधन गर्नेछन् । कांग्रेस सभापति शेरबहादुर देउवा भक्तपुरको क्षेत्र नम्बर २ मा सम्बोधन गर्नेछन् । शंखधर चोकमा हुने सभालाई देउवाले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । त्यस्तै वरिष्ठ नेता रामचन्द्र पौडेल गृहजिल्ला तनहुँ पुगेका छन् । उनले क्षेत्र नम्बर १ को दमौलीमा सम्बोधन गर्ने कार्यक्रम छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले काठमाडौँको…

Read More

काठमाडौँ: चीनको पूर्वीक्षेत्रमा अन्धाधुन्ध चक्कु आक्रमण भएको छ । आक्रमणमा परी कम्तिमा सातजनाको मृत्यु भएको छ । अन्धाधुन्ध चक्कु आक्रमणमा अन्य सातजना घाइते भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । यो घटना लिओलिंग प्रान्तको काइयुएन नामक सानो शहरमा भएको हो । घटनाको कारण खुलेको छैन । प्रहरीले आरोपित आक्रमणकारीलाई पक्राउ गरेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । आक्रमणकारीले अन्धाधुन्ध रुपमा मानिहरुमाथि चक्कु प्रहार गरेको प्रत्यक्षदर्शीले बताएका छन्। चीनमा हिंसात्मक अपराधहरु दुर्लभ भए पनि पछिल्ला वर्षहरुमा चक्कु आक्रमणका घटना बढ्दै गएका छन् ।

Read More

काठमाडौं: लकडाउनका कारण इन्धन आयात घटे पनि नेपाल आयल निगमले एक वर्षमा कमायो १२ अर्ब ८७ करोडले चालु आर्थिक वर्षमा झण्डै १३ अर्ब रुपैयाँ नाफा आर्जन गरेको छ । गत वर्ष निगमको नाफा ८ अर्ब ७५ करोड थियो । निगमले आइतबार सार्वजनिक गरेको अन्तिम लेखा परीक्षण विवरणअनुसार १२ अर्ब ८७ करोड रुपैयाँ खुद नाफा आर्जन भएको निगमका प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेलले बताए । आर्थिक वर्ष ७६/७७ मा दुई खर्ब ५ अर्ब रुपैयाँ बराबरको २५ लाख किलोलिटर इन्धन आयात गरेको थियो जुन अघिल्लो वर्षको तुलनामा ११ प्रतिशतले कम हो । पाइपलाइनबाट ठूलो मात्रामा पेट्रोलियम आयात हु्रदा ढुवानी खर्च…

Read More

काठमाडौँ: सरकारले दुई महिना पहिले भारतबाट ल्याएको रेल आउँदो माघभित्र सञ्चालनमा ल्याइने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जयनगर–कुर्था रेलमार्गमा सञ्चालनका लागि आवश्यक तयारी अघि बढाएको छ । अबको एकदेखि डेढ महीनाभित्रमा रेल सञ्चालन गर्न सकिने रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले बताए । उनका अनुसार आवश्यक मर्मत, तालीम र सफ्टवेयरको काम सकिएसँगै रेल सञ्चालन गरिनेछ । रेल सञ्चालनका लागि कर्मचारीलाई एक/दुई साताको तालीम आवश्यकपर्ने उनले जानकारी दिए। उनले भने, “त्यो सकिएपछि ढिलोमा माघको अन्तिमसम्ममा गर्ने लक्ष्य रहेको छ ।” भारतले निर्माण गरेको संरचना १५ देखि २० दिनमा तयारी हुने महानिर्देशक भट्टराईले बताए । उनका अनुसार भारतीय पक्षले यसमा…

Read More

काठमाडौं: सूचना प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डको रुपमा रहेको ‘डिजिटल एजुकेसन आइसिटी अवार्ड २०२०’ बुढानीलकण्ठ स्कुलले प्राप्त गरेको छ । नेपालकै सबैभन्दा ठूलो प्रविधि अवार्डका रुपमा रहेको यस विधामा जम्मा २७ ओटा शैक्षिक संस्थाको नोमिनेसन भएको थियो । शिक्षा क्षेत्रलाई प्रविधिमैत्री बनाउन प्रोत्साहन गर्ने उद्देश्यले सरकारी तथा सामुदायिक शैक्षिक संस्थानलाई प्रदान गरिने उक्त अवार्डमा नेपालभित्र सञ्चालनमा रहेका सार्वजनिक शैक्षिक गुठीमा आबद्ध विद्यालयहरु, सामुदायिक विद्यालयहरु, क्याम्पस एवं विश्वविद्यालयहरु प्रतिस्पर्धीका रुपमा थिए । विभिन्न क्षेत्रका १४ जना विज्ञहरुको जुरी समूहले विभिन्न आधारमा गरेको मूल्याङ्कनका आधारमा बुढानीलकण्ठ स्कूललाई डिजिटल एजुकेसन आइसिटी अवार्ड प्रदान गर्ने निर्णय गरेका थिए । शनिबार सोल्टी होटल क्राउन प्लाजामा…

Read More

संखुवासभामा नेकपा विप्लव समूहका कार्यकर्ता र प्रहरीबीच गोली हानाहान भएको छ। आइतबार दिउँसो चैनपुर–४, मैदानेस्थित जंगलमा प्रहरीले सर्च अप्रेसन सुरु गरेपछि विप्लव समूहका कार्यकर्ताले गोली चलाएको र प्रहरीले पनि जवाफी फायर गरेको प्रदेश नं १ का प्रहरी प्रमुख डीआईजी इश्वरबाबु कार्कीले बताए। मोरङको मिक्लाजुङमा विप्लव समूहले शिक्षकको हत्या गरेपछि प्रहरीले पूर्वमा विप्लव समूहको खोजी कार्य जारी राखेको छ। गोली प्रहारपछि कसैलाई पक्राउ गर्न असफल भएपनि केही हतियार तथा विस्फोटक सामग्री बरामद भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनीहरु ४÷५ जनाको समूहमा थिए। यसअघि खोटाङको जंगलमा समेत प्रहरीले हतियारसहित एक जनालाई पक्राउ गरेको थियो। अन्य केही विप्लव समूहका कार्यकर्ता भने…

Read More