Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिस अनुसार मधेस प्रदेशका प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गरेका छन् । नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम भण्डारीलाई मंगलबारबाट लागु हुने गरी पदमुक्त गरिएको राष्ट्रपतिको सचिवालयले जनाएको छ । कानुनविपरित मुख्यमन्त्री नियुक्त गरेको भन्दै सरकारले सोमबार भण्डारीलाई पदमुक्त गर्न सिफारिस गरेको थियो ।

Read More

काठमाडौँ: नेकपा एमालेको जनपरिचालन कार्यक्रमअन्तर्गत आज मंगलबार सबै ७५३ वटै पालिकामा जनप्रर्दशन हुँदै छ। प्रतिगामी षड्यन्त्रविरुद्ध भन्दै एमालेले देशैभरि जनपरिचालन गर्ने निर्णय गरेअनुसार वडा, पालिका, जिल्ला र राष्ट्रिय रूपमा जनप्रर्दशनका कार्यक्रम सार्वजनिक गरेको थियो। पार्टीको प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार कात्तिक २२ गते देशका सबै ६ हजार ७ सय ४३ वटै वडामा वडा भेला सम्पन्न भइसकेका छन्। उक्त भेलामा भदौ २४ पछि विकसित राजनीतिक घटनाक्रम, संसद् विघटन र एमालेको आगामी बाटोका विषयमा कार्यकर्ताहरुलाई प्रस्ट पारिएको उनको भनाइ छ। गौतमले दिएको जानकारीअनुसार आजको कार्यक्रममा कतिपय पालिकाले मोटरसाइकल र्यालीमार्फत एमालेको शक्ति प्रदर्शन गर्दै छन् भने कतिपय पालिकाका केन्द्रमा नारा…

Read More

काठमाडौँ । राष्ट्रिय गौरवको सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको बाँध (हेडवक्र्स), विद्युतगृहलगायतका सिभिल संरचना, गेटलगायतका हाइड्रोमेकानिकल उपकरण आपूर्ति तथा जडानका लागि निर्माण व्यवसायी पटेल—रमण जेभी, जनकपुर—९ धनुषासँगको ठेक्का सम्झौता तोड्ने प्रक्रिया अगाडि बढाइएको छ । आयोजनाले ठेक्का सम्झौता किन नतोड्ने भन्दै मंगलबार सार्वजनिक सूचना जारी गरेको हो । ठेक्का सम्झौताको अवधि करिब ६१ प्रतिशत सकिँदा पनि भौतिक प्रगति एकदमै न्यून करिब १० प्रतिशत मात्र रहेको, प्रगति बढाउन कुनै तदारुकताका नदेखाएको, सम्झौताको प्रावधानअनुसार कामका सुधार गर्न सूचना जारी गर्दा समेत त्यसतर्फ कुनै चासो नदिएकाले ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाइएको आयोजनाले जनाएको छ । आयोजनाले ठेक्का सम्झौता रद्दको प्रक्रियासँगै पटेल—रमण जेभीले कार्यसम्पादन…

Read More

नेपाल प्रिमियर लिग (एनपीएल) का अधिकांश खेल फ्लडलाइट (रात्रीकालिन समय) मा हुने भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार साँझ दोस्रो सिजनको एनपीएलका खेल तालिका सार्वजनिक गरेको हो। सार्वजनिक तालिका अनुसार कुल ३२ खेलमा २३ खेल फ्लडलाइटमा हुनेछन्। दिउँसोको समयमा ९ खेल मात्रै हुनेछन्। मंसिर १ गते हुने उद्घाटन खेल साविक विजेता जनकपुर बोल्ट्स र काठमाडौँ गोर्खाजबीच अपरान्ह ४ बजे सुरु हुनेछ। दिनमा एउटा खेल खेलाउँदा फ्लडलाइटमा गर्ने र दुई खेल हुँदा मात्रै एक खेल दिनको पौने १२ बजे सुरु गर्ने तालिका क्इानले सार्वजनिक गरेको छ। मंसिर २ गते चितवन राइनोज र कर्णाली याक्सको खेल पौने १२ बजे हुनेछ…

Read More

कात्तिक, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपाल विकासशील मुलुक (एलडीसी) मा स्तरोन्नतिको विषयमा पुनर्मूल्याङ्कनसँगै समय सीमा कम्तीमा तीन वर्ष थप्नका लागि पहल गर्न सरकार समक्ष आग्रह गरेका छन् । योजना आयोगमा सोमबार आयोजित नेपालको विकासशील मुलुकमा स्तरोन्नति सम्बन्धी अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले समय थप गर्न पहल गर्नु पर्ने धारणा राखे । नेपाल एक वर्षपछि आगामी २०८३ मंसिर (२०२६ नोभेम्बर)मा अतिकम विकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति हुँदैछ । उनले नेपाल गरिब मुलुकको सूचीबाट हटेर स्तरोन्नति हुने खुसीको विषय भए पनि स्तरोन्नतिपछि नेपालमा पर्ने प्रभावबारे नीति निर्माता र योजनाविद्हरू संवेदनशील हुनुपर्ने बताए । बंगलादेशले पुनर्मूल्याङ्कन गर्न संयुक्त…

Read More

काठमाडौँ: सोमबार सुनको मूल्य तोलामा २ हजार ९०० रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य तोलामा ५० रुपैयाँले महँगिएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला सुनको मूल्य २ लाख ४१ हजार ५०० रुपैयाँ कायम भएको छ । आइतबार सुन प्रतितोला २ लाख ३८ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । यता, सोमबार चाँदी प्रतितोला ३ हजार ६५ रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । आइतबार चाँदी प्रतितोला ३ हजार १५ रुपैयाँमा खरिदबिक्री भएको थियो । नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।

Read More

काठमाडौँ: गृह मन्त्रालयले एकीकृत निर्वाचन सुरक्षा योजनाको मस्यौदा बनाएको छ । बुधबार बसेको एकीकृत निर्वाचन सुरक्षा योजना कार्यदलको बैठकले मस्यौदा बनाएर छलफल अघि बढाएको हो । गृह मन्त्रालयका सहसचिव आनन्द काफ्ले संयोजक रहेको कार्यदलमा चारै सुरक्षा निकायका प्रतिनिधि छन् । एकीकृत सुरक्षा योजना दुई–चार दिनभित्रै तयार हुने सो कार्यदलका सदस्यसचिव रहेका गृह मन्त्रालयका उपसचिव रवीन्द्र आचार्यले बताए । ‘एकीकृत निर्वाचन सुरक्षा योजनाको मस्यौदा बनाएर छलफलमा छ,’ उनले भने, ‘दुई–चार दिनभित्रै त्यसलाई स्वीकृत गरेर कार्यान्वयनमा लैजान्छौँ ।’ कार्यदलमा नेपाली सेनाका सहायकरथी मनोज थापा, नेपाल प्रहरीका डिआइजी दीपक रेग्मी, सशस्त्र प्रहरी बलका डिआइजी दीपक अधिकारी र राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक कृष्ण खनाल सदस्य तथा गृहका उपसचिव…

Read More

काठमाडौं । नेपाली कांग्रेसले आइतबार तीनवटै तहमा रहेका पार्टी कार्यालयहरू बन्द गर्ने निर्णय गरेको छ । शनिबार बसेको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले आइतबार केन्द्र, प्रदेश र जिल्लाका पार्टी कार्यालयहरू बन्द गर्ने निर्णय गरेको हो । पूर्वकेन्द्रीय सदस्य तथा पूर्वमन्त्री मोहम्मद आफ्ताव आलमको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै पारित शोक प्रस्ताव पारित गरेर बैठकले पार्टी कार्यालयहरू बन्द गर्ने निर्णय गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठकले शनिबारदेखि तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र जिल्ला कार्यालहरूमा झण्डा आधा झुकाउने र स्वर्गारोहणको १३ दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राख्ने पनि निर्णय गरिएको उनले बताए । कांग्रेस…

Read More

काठमाडौँ: अहिले मुलुक आशा र संशयको दोबाटोमा उभिएको छ । युवा पुस्ताको आन्दोलन र माग बमोजिम मुलुकमा भ्रष्टाचार न्युनिकरण गरि शुसासन कायम गर्ने प्रयत्नमा सरकार लागेको छ । निजी क्षेत्र पनि खरानी टक्टक्याउँदै जुर्मुराउन खोजिरहेको छ । हरेक आन्दोलन वा प्रदर्शनमा निजी क्षेत्रमाथि प्रहार हुने गरेको विदितै छ । तर निजी क्षेत्र विगतका आन्दोलनहरु भन्दा यसपटक बढि आहत भएको छ । जसो तसो जोहो गरेर, सरसापट गरेर, ऋण काडेर उद्यमीले लगानी गरेको हुन्छ । राजस्वमा योगदान पुर्याएको हुन्छ । रोजगारीको अवसर सिर्जना गरेको हुन्छ । तर पनि उद्यमी व्यवसायीका शयन कक्षसम्म लुटपाट भएको छ । व्यापार व्यवसायमा आगो लागेको छ…

Read More

काठमाडौं । पूर्वमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसांसद् मोहम्मद अफताब आलमको निधन भएको छ । स्वास्थ्य अवस्थामा गम्भीर समस्या देखिएको अस्पताल भर्ना भएका उनको गएराति साढे २ बजे निधन भएको अस्पताल स्रोतले जानकारी दिएको छ । उनको केही दिनअघि देखि काठमाडौं मेडिकल कलेज (केएमसी)मा भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । अस्पताल व्यवस्थापन प्रमुख नारायण प्रसाद दाहालका अनुसार उनलाई दुई साता अगाडि अस्पतालमा भर्ना गरिएको थियो । सिधै आईसीयुमा राखेर उपचार गरिएको थियो र अवस्था झन् जटिल बनेपछि भेन्टिलेटरमा राखिएको थियो । उपचारमा संलग्न चिकित्सकका अनुसार उनको मिर्गौला फेल भएको थियो । त्यसपछि निरन्तर डायलाइसिस भइरहेको थियो । गत जेठमा नक्खु कारागारबाट…

Read More