Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: नेपाल उद्योग परिसंघले आर्थिक वर्ष २०८२र८३ को बजेटका लागि उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल समक्ष सुझाव पेश गरेको छ । परिसंघले निजी क्षेत्रलाई विकासको इन्जिनका रूपमा लिइ आत्मविश्वासका साथ लगानी वृद्धि गर्ने नीति अवलम्बन गरी यस्ता आर्थिक नीति आगामी १० वर्षसम्म स्थीर हुने सुनिश्चितता गर्न आग्रह गरेको छ । परिसंघकोतर्फबाट सुझाव प्रस्तुत गर्दै परिसंघका अध्यक्ष राजेश कुमार अग्रवालले “समृद्धिका लागि जे पनि” को भावनासहित लगानीको वातावरण निर्माण गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले आगामी दश वर्षका लागि लगानी वर्ष घोषणा गरी लगानी प्रबर्द्धन गर्ने नीति लिन आग्रह गर्नुभयो । उहाँले स्वदेशी उद्योगहरूको विकास तथा प्रवर्द्धन गर्न सरकार तथा निजी…

Read More

काठमाडौँ: नेकपा एमालेले सरकारको नीति तथा कार्यक्रमका पक्षमा मतदान गर्न आफ्ना सांसदहरूलाई ह्विप जारी गरेको छ । एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले आगामी आइतबार सरकारको नीति तथा कार्यक्रम निर्णयार्थ पेस हुने भन्दै सांसदहरूलाई बैठकमा अनिवार्यरुपमा उपस्थित हुन र पक्षमा मतदान गर्न ह्विप जारी गरेका हुन् । ‘सम्माननीय राष्ट्रपति महोदयले मिति २०८२ वैशाख १९ गते सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा गर्नुभएको सम्बोधन मार्फत प्रस्तुत गरिएको ‘आ.व. २०८२/८३ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम’ लाई मिति २०८२ साल वैशाख २८ गते बस्ने प्रतिनिधि सभाको बैठकमा निर्णयार्थ पेस गर्ने कार्यसूची रहेकाले नेकपा (एमाले) संसदीय दलका सम्पूर्ण सदस्यहरूलाई अनिवार्य उपस्थित भई नीति…

Read More

काठमाडौँ: सत्तारुढ नेपाली कांग्रेसको पदाधिकारी बैठक सुरु भएको छ। बैठक केही बेरअघि सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा सुरु भएको हो। कांग्रेसका एक पदाधिकारीले नेपालखबरलाई दिएको जानकारीअनुसार बैठकमा समसामयिक राजनीतिक, संक्रमणकालीन न्याय (टीआरसी) लगायत एजेन्डा प्रस्तुत भएका छन्। त्यसो त यसबीच गभर्नर नियुक्तिका विषयमा कांग्रेस र एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीबीच खटपट भइरहेको खबर पनि सार्वजनिक भएको छ। कार्यकाल सकिनु १ महिनाअगाडि नै नियुक्त गर्नुपर्ने कानुनी प्रावधान भए पनि अघिल्ला गभर्नरको कार्यकाल सकिएको एक महिनासम्म पनि सरकारले गभर्नर नियुक्त गर्न सकेको छैन। गठबन्धन सरकारका प्रमुखहरु प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको लगातारको छलफलपछि बुधबार नेपाल…

Read More

काठमाडौँ: नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला २०२५ को यो दशौं संस्करण आजबाट काठमाडौंको भुकृटीमण्डपमा शुरु भएको छ ।नेपाल सरकार, उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालय÷ व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र (टीइपीसी) को सहयोगमा नेपाल उद्योग वाणिज्य महासंघको आयोजना एवं ललितपुर उद्योग वाणिज्य संघ र घरेलु तथा साना उद्योग महासंघको सहआयोजनामा आजब्ँट शुरु भएको मेला वैशाख २९ गतेसम्म चल्ने छ ।मेलाको उद्घाटन गर्दै उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारीले सरकारले निजी क्षेत्रले भने अनुसार नीतिगत सुधारको लागि सरकारले काम गरिरहको उल्लेख गर्दै नेपाली उद्योगी व्यवसायीहरुलाई उत्पादन र उत्पादकत्व बृद्धि गरि निर्यात प्रवद्र्धनमा लाग्न आग्रह गर्नु भयो ।उहाँले नेपालको अर्थतन्त्रलाई आत्मनिर्भर र समृद्ध…

Read More

काठमाडौँ: ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले डेडिकेटेड र ट्रंकलाईनमा देखिएको विवाद समाधान गर्ने जिम्मेवारी विद्युत नियमन आयोगको भएको बताउनुभएको छ । विद्युत नियमन आयोगको छैटौँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले टिओडी मिटरका आधारमा विद्युत महसुल उठाउनुपर्ने बताउनुभएको हो । “टीओडी मिटरका विषयलाई लिएर धेरै विवाद भयो, तिर्नुपर्ने रकम नतिर्ने, विद्युत प्राधिरकणले बक्यौता उठाउन नसक्ने, यसको छिनोफानो गर्ने जिम्मेवार निकाय आयोग हो, उपभोक्ता भन्नुहुन्छ हामी विलअनुसारको रकम तिर्न तयार छौं, बिल दिने संस्था भन्छ हामीले जे लेख्यौं त्यही बिल हो, बिल ठिक छ की छैन भनेर हेर्ने निकाय विद्युत् नियमन आयोग नै हो,”– मन्त्री खड्काले भन्नुभयो । उहाँले…

Read More

काठमाडौं: शिक्षा र उद्योगलाई जोड्ने मुख्य उद्देश्यसहित दुई पक्षियहितमा सहकार्य गर्न नेपाल उद्योग परिसंघ र नेपाल विश्वविद्यालयबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । परिसंघमा बुधबार आयोजित समझदारी पत्रमा हस्ताक्षर कार्यक्रममा नेपाल विश्वविद्यालयकोतर्फबाट रजिष्टार डा. सूर्यराज आचार्य र परिसंघकोतर्फबाट महानिर्देशक डा. घनश्याम ओझाले हस्ताक्षर गर्नुभयो । सो अवसरमा परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले सीपयुक्त जनशक्ति उत्पादन अहिलेको आवश्यकता रहेको बताउनुभयो । उहाँले शैक्षिक योग्यता हुने तर सीपयुक्त सिकाई बढाउन आवश्यक रहेकाले नयाँ अवधारणामा स्थापित नेपाल विश्वविद्यालयले सीपयुक्त जनशक्ति उत्पादनमा योगदान गर्ने विश्वास व्यक्त गर्नुभयो । नेपाल विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई उद्योगसँग जोड्न परिसंघले काम गर्ने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो । उहाँले नेपाल विश्वविद्यालयले…

Read More

काठमाडौँ: राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा शिवराज अधिकारीले तत्काल सम्पन्न गर्न सकिने आयोजनालाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताउनुभएको छ । बुधबार आयोगको आयोजनामा आगामी आर्थिक वर्षको वार्षिक विकास कार्यक्रम तथा मध्यमकालीन खर्च संरचना तर्जुमा एवं राष्ट्रिय आयोजना बैँक सम्बन्धी छलफल तथा अन्तर्क्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।आयोगका उपाध्यक्ष प्राडा अधिकारीले आयोजनालाई अध्ययन र कार्यान्वयन हुने किसिमका गरि दुई प्रकारमा विभाजन गरिने बताउनुभयो । उहाँले कार्यान्वयन गरिने खालका आयोजना ३ करोड रूपैयाँ भन्दा कमको नहुने बताउनुभएको छ ।उहाँले ३ करोड भन्दा कमको आयोजना राष्ट्रिय आयोजना बैँकमा प्रविष्ट गर्न नमिल्ने बनाइएको समेत छलफलका क्रममा स्मरण गराउनु भयो । सरकारको नीति…

Read More

काठमाडौं: नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को पूर्व बजेटकालीन समीक्षा प्रतिवेदन अर्थ मन्त्रालयलाई बुझाएको छ ।नेपाल राष्ट्र बैंकका कायम मुकायम गभर्नर डा. निलम ढुङ्गाना तिम्सिनाले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सो प्रतिवेदन बुझाउनु भएको हो।कायम मुकायम गभर्नर तिम्सिनाले देशका विभिन्न ठाउँमा पुगेर अध्ययन तथा छलफल गरी प्रतिवेदन तयार पारेको जानकारी गराउनुभयो ।अर्थमन्त्री पौडेलले प्रतिवेदनले आगामी वर्षको बजेट निर्माणमा महत्वपूर्ण सहयोग पुर्याउने बताउनु भएको थियो ।

Read More

काठमाडौँ । नेपाली कांग्रेसका सांसद एनपी साउदले भारत र पाकिस्तानबिचको पछिल्लो तनावलाई मध्यनजर गरेर सरकारले कूटनीतिक जिम्मेवारी बोध गरी राष्ट्रिय र अन्तर्राष्ट्रिय दायित्व निर्वाह गर्नुपर्ने बताएका छन् । प्रतिनिधिसभाको बुधबार बसेको बैठकको शून्य समयमा उनले छिमेकमा युद्धको आगो सल्किरहेको बेला सरकारले कूटनीतिक जिम्मेवारी बोध गरी राष्ट्रिय र अन्तर्राष्ट्रिय दायित्व निर्वाह गर्नुपर्ने बताएका हुन् । ‘आफ्नै नागरिक आस्थाका आधारमा आतङ्कको शिकार भएको र छिमेकमा युद्धको आगो सल्किरहेको बेला नेपाल सरकारले कूटनीतिक जिम्मेवारी बोध गरी राष्ट्रिय र अन्तर्राष्ट्रिय दायित्व निर्वाह गर्न सुझाव दिन चाहन्छु,’ साउदले भने । पूर्वपरराष्ट्रमन्त्री समेत रहेका साउदले भारतको जम्मु–कश्मीरमा पर्ने पहलगाममा नेपाली युवक सुदीप न्यौपानेसहित २६ जना निर्दोष…

Read More

काठमाडौं । भारतीय सेनाले पाकिस्तानविरुद्ध सुरु गरेको ‘अपरेशन सिन्दूर’ लाई चीनले खेदजनक भनेको छ । पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरका विभिन्न क्षेत्रहरूमा हवाई हमला गरेपछि विश्वका विभिन्न देशहरूबाट प्रतिक्रिया आइरहेका छन् । यहीक्रममा बुधबार चीनको विदेश मन्त्रालयले पाकिस्तानविरुद्ध भारतले चलाएको सैन्य कारबाहीलाई ‘खेदजनक’ भनेको छ। दक्षिण एसियाली प्रतिद्वन्द्वी मुलुकहरूबीच बढ्दो तनावबारे सोधिएको प्रश्नमा मन्त्रालयका प्रवक्ता माओ निङले चीन यो परिस्थितिप्रति ‘चिन्तित’ रहेको बताएका छन्। उनले भारत र पाकिस्तान दुवैलाई ‘शान्त रहन, संयम अपनाउन र स्थितिलाई अझ जटिल बनाउने कुनै पनि कार्य नगर्न’ आग्रह गरेका छन् । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले के भने ? चीनले भारतको आज बिहानको सैन्य कारबाहीलाई खेदजनक…

Read More