Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

एजेन्सी: जर्मन बुन्डेसलिगा फुटबलमा साविक विजेता बायर्नले संघर्षपूर्ण जित निकालेको छ । शुक्रबार राति भएको खेलमा बायर्नले हेर्थालाई उसकै मैदानमा १–० गोलले हराएको छ । बायर्नलाई जिताउन किङ्ग्ले कोमानले २१औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो । जितसँगै शीर्ष स्थानको बायर्नले तालिकामा १० अंकको अग्रता बनाएको छ । उसले २० खेलमा ४८ अङ्क जोडेको छ । पराजित हेर्था भने १७ अंकसहित १५औँ स्थानमा छ ।

Read More

काठमाडौँ: चीन सरकारले नेपाललाई कोरोना रोकथाम तथा नियन्त्रणका लागि पाँच लाख डोज खोप उपलब्ध गराउने भएको छ। परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र उत्तरी छिमेकी चीनका विदेश मन्त्री वाङ यी बीच टेलिफोनमा कुराकानी हुँदा चीनले यो प्रतिवद्धता जनाएको हो। परराष्ट्र मन्त्रालयका अनुसार दुई मन्त्रीबीच शुक्रबार साँझ फोनवार्ता भएको थियो। कुराकानीमा चिनियाँ विदेश मन्त्री यी ले नेपाललाई पाँच लाख डोज कोरोना भ्याक्सिन अनुदानमा उपलब्ध गराउने बताएका थिए। परराष्ट्रमन्त्री ज्ञवालीले सहयोगका लागि चीनलाई धन्यवाद दिएको परराष्ट्र मन्त्रीनिकट स्रोतले बतायो। यसअघि काठमाडौंस्थित चिनियाँ दूतावासले तीन लाख डोज भ्याक्सिन नेपाललाई अनुदानमा दिने बताएको थियो। अहिलेसम्म चीनले बनाएका कोरोनाविरूद्धका भ्याक्सिनलाई नेपालमा प्रयोग अनुमति दिइएको छैन। चिनियाँ…

Read More

काठमाडौँ: नेपाल उद्योग परिसंघले मुलुकको आर्थिक सम्पन्नताकालागि अबको १० वर्ष निकै महत्वपूर्ण हुने बताएको छ । शुक्रबार नेपाल आर्थिक पत्रकार संघसँगको अन्तरकृयात्मक भेटका क्रममा परिसंघ अध्यक्ष सतीश मोरले विगतका संकट झेलेर सबल भएको निजी क्षेत्रलाई राज्यले उपयुक्त वातावरण सृजना गरे १० वर्षमै मुलुकले नयाँ गति लिने धारणा राखे । सबै किसिमका बिपत्तिमा पनि निजी क्षेत्र बिचलित नभई अघि बढेको भन्दै अध्यक्ष मोरले यसको फाइदा लिएर सम्बृद्धि हांसिल गर्न सरकारको ध्यानाकर्षण गराए । ‘द्धन्द्ध, संक्रमणकाल, भूकम्प, नाकाबन्दी र कोरोना जस्ता जटिल समय हामीले भोग्यौं । यी संकटले हामीलाई थप क्षमतावान भएर अघि बढ्न सिकाएको छ,’ अध्यक्ष मोरले थपे ‘सरकारले उपयुक्त…

Read More

काठमाडौँ: बीमा समितिका नवनियुक्त अध्यक्ष सूर्य प्रसाद सिलवालले बीमा समितिलाई नियन्त्रक नबनाउन बीमकहरुलाई घुमाउरो तरिकाले चेतावनी दिएका छन् । शुक्रबार समितिमा आफ्नो अध्यक्षको कार्यभार सम्हाल्दै सिलवालले बीमा कम्पनीहरु तथा अन्य सरोकारवालाहरु सबै आफैँ ऐन नियम भित्र रहेर काम गरे समितिले कारवाही गर्नुपर्ने अवस्था नै नआउने बताए । बीमकहरुले अहिले पनि ठूला व्यक्ति र व्यवसायमा केन्द्रित रहेर नाफामुखी रहेको भन्दै उनले दुई छाक जोहो गर्न नसक्नेहरु कहाँ बीमा पुग्नुपर्ने बताए । बीमा क्षेत्रमा लगानी गरेर मुनाफा कमाउनेको नाफा वैधानिक हुनुपर्ने उनको भनाई थियो । बिहीबार अर्थ मन्त्रालयबाट नियूक्ती बुझेका नवनियुक्त अध्यक्ष सिलवालले शुक्रबार समितिमा कार्यभार सम्हाल्दै बीमा कम्पनीलाई कानूनको उल्लंघन गरेर…

Read More

काठमाडौँ: नेपाल धितोपत्र बोर्डले रुरु जलविद्युत परियोजनालाई सर्वसाधारणमा प्रिमियम मूल्यमा प्राथमिक शेयर निष्काशन गर्न अनुमति दिएको छ । कम्पनीले आईपीओ निष्काशन गर्नको लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा असार २५ गते निवेदन दिएको थियो । आवेदन दिएको ७ महिनामा कम्पनीले शेयर जारी गर्न अनुमति पाएको हो । कम्पनीले माघ २१ गते प्रतिशेयर एक सय रुपैयाँ अंकित मूल्यका कुल ८ लाख १५ हजार ४११ कित्ता आईपीओ निष्काशन गर्न बोर्डबाट अनुमति पाएको हो । अनुमति पाएसँगै कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित बासिन्दाका लागि प्रतिकित्ता १०० रुपैयाँका दरले ४ लाख ७ हजार ७०५ कित्ता शेयर जारी गर्नेछ । स्थानीयलाई शेयर जारीपछि दोस्रो चरणमा…

Read More

काठमाडौँ: सर्वोच्च अदालतले संवैधानिक अंगमा किन पदाधिकारी नियुक्ति गरेको भन्दै राष्ट्रपति कार्यालय र सरकारलाई कारण देखाउन आदेश दिएको छ। न्यायाधीश कुमार रेग्मीको इजलासले संवैधानिक परिषदले सिफारिस गरेका व्यक्तिहरूलाई संसदीय सुनुवाइबिनै नियुक्ति गर्नु संविधानविपरीत भएको भन्दै परेको रिटमाथि सुनुवाइ गर्दै शुक्रबार यस्तो आदेश दिएको हो। संवैधानिक आयोगहरूमा असंवैधानिक तवरले नियुक्ति गरिएको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले रिट निवेदन दर्ता गरेका थिए । उक्त रिट निवेदनमा संवैधानिक आयोगहरूमा नियुक्तहरूलाई तत्काल काम गर्नबाट रोक्न पनि माग गरिएको थियो । तर, उनीहरूलाई काम गर्नबाट रोक्न भने इजलासले अस्वीकार गरेको थियो । विपक्षी राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा संवैधानिक परिषद्को कार्यालयलगायतलाई १५ दिनभित्र लिखित जवाफ…

Read More

काठमाडौँ: प्रधानमन्त्री तथा नेकपा (ओली) समूहका अध्यक्ष केपी शर्मा ओलीले चुनाव र अस्थिरतामध्ये एक रोज्नु पर्ने बेला आएको भन्दै चुनाव रोज्न आम जनतालाई आह्वान गरेका छन् । पार्टीको बागमती कमिटीद्वारा बिहीबार संघीय राजधानी काठमाडौँमा आयोजित बृहत् जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पाँच वर्षका लागि निर्वाचित प्रधानमन्त्रीलाई बीचैमा हटाउने षड्यन्त्र भएपछि र संसदलाई काम गर्न नसक्ने गरी निकम्मा बनाएपछि निर्वाचन घोषणा गर्नु परेको बताए । ओलीले आफू पहिलोपटक प्रधानमन्त्री हुँदा उत्तरसँग पारवहन सम्झौता गरेपछि प्रधानमन्त्रीबाट हटाएको र अहिले देशको नयाँ नक्सा प्रकाशित गरेपछि हटाउने षड्यन्त्र भएको बताए । प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटनविरुद्ध अदालतमा परेको रिटतर्फ संकेत गर्दै संसद विघटन संविधानसम्मत…

Read More

काठमाडौँ: चन्द्रागिरि हिल्सको आइपिओ दोस्रो बजार नेप्सेमा सूचीकृत भएको छ। कम्पनीको कुल १ करोड ५३ लाख ४० हजार ९१० कित्ता सेयर सूचीकृत भएको हो। कम्पनीको कोड ‘सिजिएच’ रहेको छ। कम्पनीको पहिलो कारोबार मूल्य सीमा प्रतिकित्ता ९६ रुपैयाँ ६९ पैसादेखि २९० रुपैयाँ ७ पैसासम्म तोकिएको छ। अर्थात पहिलो पटक कारोबार हुँदा सो मूल्यको बीचमा हुनेछ। चन्द्रागिरि हिल्सको आरटिएस सम्वन्धी सेवा ग्लोबल आइएमई क्यापिटलले गर्नेछ। स्टक एक्सचेन्ज र कम्पनीबीच सेयर सूचीकरणको सम्झौता भएको दोस्रो दिनबाट सेयर कारोबार सुरु हुनेछ। कम्पनीको प्रधान कार्यालय चन्द्रागिरि नगरपालिका वडा नम्वर ४ थानकोटमा छ। कम्पनीले केवलकार र रिसोर्ट सञ्चालन गर्दै आएको छ। माघ ९ गते कम्पनीको आइपिओ…

Read More

काठमाडौँ: उपप्रधानमन्त्रीसमेत रहेका नेकपाका नेता इश्वर पोखरेलले कम्युनिस्ट आन्दोलनमा प्रचण्ड प्रवृत्ति हावी भएको बताएका छन् । नारायणहिटी दरबारअघि आयोजित सभालाई सम्बोधन गर्दै जनताका सपना पूरा गर्न कम्युनिस्ट एकता अभियान चलाएपनि केही विशाक्त तत्वले सफल हुन नदिएको बताए । नेता पोखरेलले कम्युनिस्ट आन्दोलन र देशको समृद्धिलाई असफल बनाउन परिचालिन प्रचण्ड प्रवृत्ति र माधव नेपाल प्रवृत्तिलाई सफल हुन नदिने बताए । उनले मुलुकमा राजनीतिक स्थायित्वका लागि जस्तोसुकै प्रतिकूलता भएपनि निरन्तर लागि परिरहने बताए ।

Read More

काठमाडौँ: नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोभिड–१९ का कारण अर्थतन्त्रमा देखिएको चुनौतीको सामना गर्दै समावेशी र दिगो आर्थिक पुनरुत्थान हासिल गर्न सबै पक्षको सामुहिक प्रयास आवश्यक रहेको धारणा राखेका छन् । एलायन्स फर फाइनान्सियल इन्क्लुजन (एएफआइ) द्वारा आयोजित भर्चुअल बैठकलाई सम्बोधन गर्दै गभर्नर अधिकारीले कसैको एक्लो प्रयासबाट मात्रै यो महामारीले निम्त्याएको सङ्कटलाई सम्बोधन गर्न सम्भव नहुने बताएका हुन । ‘अतः समावेशी र दिगो आर्थिक पुनरुत्थानको निम्ति सरोकारवाला सबै पक्षको पहल आवश्यक छ । सामुहिक समर्पणको भावनाबाट मात्रै त्यो सम्भव देखिन्छ ।” उनले भने । कोभिड–१९ द्वारा सिर्जित सङ्कटको नकारात्मक प्रभाव केही समयसम्म देखिन सक्ने उल्लेख गर्दै गभर्नर अधिकारीले…

Read More