Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- बाढीको नवौँ दिन प्रधानसेनापतिद्वारा प्रभावित क्षेत्रको स्थलगत निरीक्षण
- कृष्णभीरको पहिरो पन्छाउने काम तीव्र
- चेम्बरद्वारा अत्यावश्यक सामग्री ढुवानीमा सहजीकरण गर्न सहजीकरण डेस्क स्थापना
- ऊर्जा क्षेत्रका निकायबाट विपद् उद्धार कोषमा थप २ करोड १२ लाख सहयोग
- प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधि सभालाई सम्बोधन गर्दै
- ग्लोबल आइएमई बैंकको १० प्रतिशत लाभांश प्रस्ताव
- टनेलभित्र बेपत्ताको खोजी जारी, ३ सयभन्दा बढीको गरियो उद्धार
- सोमबार एकै दिन प्रधानमन्त्री राहत कोषका लागि अर्थमन्त्रीमार्फत दाताले दिए ६० करोड
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
चितवन । आइएमई ग्रुपको लगानीमा नवलपुरको गैँडाकोट नगरपालिका–१ मौलाकालीकामा ‘इला होटल’ तथा रिसोर्ट औपचारिक रुपमा सञ्चालनमा आएको छ । मौलाकाली केवलकार सञ्चालनमा आएको दुईवर्षपछि होटल सञ्चालनमा ल्याइएको हो । मौलाकाली केबलकारको माथिल्लो स्टेसनमा रहेको उक्त होटलमा स्वीट तथा डिलक्स गरी ६५ वटा कोठा, एक हजार जना अट्ने क्षमताको ब्याङक्वेट तथा सभाहल, रेष्टुरेन्टको सुविधा रहेको आइएमई ग्रुप तथा मौलाकाली केवलकारका अध्यक्ष चन्द्र ढकालले बताए । स्थानीयको साझेदारीमा आइएमई समूहले केवलकार र होटल सञ्चालन गरेको हो । केबलकार र होटल निर्माणले नारायणी, देवघाट, त्रिवेणीलगायतका देवभूमि, तपोभूमिमा आउने पर्यटकका लागि सहज भएको ढकालले बताए । ढकालका अनुसार आइएमई ग्रुपले सातवटै प्रदेशमा केबलकार, होटल…
काठमाडौँ: नेपाली बजारमा आज (सोमबार) सुन–चाँदीको भाउ घटेको छ। आइतबार प्रतितोला तीन सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला तीन हजार सात सय रूपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ८६ हजार आठ सय रूपैयाँमा कारोबार भइरहेको छ। आइतबार छापावाल सुन प्रतितोला एक लाख ९० हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि घटेको छ। आइतबार प्रतितोला एक हजार नौ सय ७० रूपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला एक हजार नौ सय ६० रूपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १० रूपैयाँ घटेको हो। आज अन्तर्राष्ट्रिय…
काठमाडौं: नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समितिबाट विश्व पौडेलले राजीनामा दिएका छन् । पौडेललाई गभर्नरमा नियुक्त गर्न सत्तारुढ कांग्रेस-एमालेबीच सहमति भएपछि उनले सिफारिस समितिबाट राजीनामा दिएका हुन् । पौडेलले सिफारिस समितिका अध्यक्ष एवं अर्थमन्त्री विष्णु पौडेललाई आइतबार दिउँसो राजीनामा बुझाएका हुन् । पौडेलले राजीनामा दिएपछि गभर्नर बन्ने बाटो समेत खुला भएको छ । यसअघि सत्तारुढ दल कांग्रेस–एमालेबीच राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टलाई गभर्नर बनाउने सहमति भएको थियो । तर, भट्टको नाममा प्रधानमन्त्री ओली नै सहमत नभएपछि कांग्रेसले पौडेललाई गभर्नरको नयाँ उम्मेदवारको रुपमा अघि सारेका हुन् । समितिमा अध्यक्षमा अर्थमन्त्री पौडेल र सदस्यमा निवर्तमान गभर्नर महाप्रसाद अधिकारी र विश्व…
काठमाडौं: सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता संसदमा पेस गरेको छ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/०८३ को लागि आइतबार प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता माथि छलफल गर्ने प्रस्ताव पेस गरेका हुन् । उनले जग्गाको हदबन्दी, वनक्षेत्रको प्रयोग, कर सहुलियत र नाफा फिर्ता प्रक्रियामा देखिएका कठिनाई र बेमेलको निराकरण गरिने उल्लेख गरेका छन् । यस्तै, वित्तीय क्षेत्रको नियमनलाई थप सुदृढ, विश्वासिलो र भरपर्दो बनाइने, नियामक निकायहरूको संस्थागत सुदृढीकरण र काम कारवाहीमा पारदर्शिता अभिवृद्धि गरिनेछ । वित्तीय साक्षरता र वित्तीय पहुँच विस्तार गरिनेछ उल्लेख छ । वित्तीय क्षेत्रमा सुशासन…
काठमाडौँ: चालु आर्थिक वर्ष २०८१/८२ को चैतमसान्त सम्ममा नेपालमा ११ खर्ब ९१ अर्ब ३१ करोड रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा रेमिट्यान्स १० प्रतिशतले बढेको हो । यस्तै अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा रेमिट्यान्स १७.२ प्रतिशतले बढेको हो । अमेरिकी डलरमा हेर्दा पनि विप्रेषण ८ अर्ब ७४ करोड डलर पुगेको छ, जुन गत वर्ष सोही अवधिको तुलनामा ७.३ प्रतिशतले बढी हो । राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार, चालु आवको (महिनामा ३ लाख ५८ हजार २२२ जनाले नयाँ श्रम स्वीकृति पाएका छन् । यस्तै २ लाख ४९ हजार ६५२ जनाले पुनः श्रम स्वीकृति…
काठमाडौँ: सेयर बजार परिसुचक नेप्से ११.५३ अंकले घटेर २६५०.११ बिन्दुमा पुगेको छ । नेप्से घटे पनि कारोबार रकम भने १० अर्ब नाघेको छ । आइतबार ३०० वटा कम्पनीको २ करोड ४० लाख ११ हजार कित्ता सेयर ८८ हजार ९९५ पटक किनबेच हँदा १० अर्ब २० करोड २७ लाख १ हजार रुपैयाँ बारबरको कारोबार भएको हो । आइतबार होटल तथा पर्यटन समुह सबैभन्दा बढि ६.५० प्रतिशतले बढेको छ । विकास बैंक समुह १.२७ प्रतिशत, जीवन बीमा समुह ०.३१ प्रतिशत, अन्य समुह ०.२० प्रतिशत र निर्जीवन बीमा समुह ०.०६ प्रतिशतले बढ्दा अरु सबै समुहको सेयर मूल्य घटेको छ । सेयर बजार आरालो…
काठमाडौं :नेपाल उद्योग वाणिज्य महासंघले नेपालमा लगानीको प्रशस्त सम्भावना रहेकोले नेपालमा लगानी गर्न विदेशी व्यवसायीलाई आग्रह गरेको छ । शुक्रवार काठमाडौंमा आयोजित दुई छुट्टाछुट्टै कार्यक्रममा महासंघको नेतृत्वले नेपालको पर्यटन, जलविद्युत, स्वच्छ ऊर्जा, कृषि र विद्युतीय सवारी साधन जस्ता क्षेत्रमा लगानीको प्रशस्त सम्भावना रहेको जानकारी दिंदै लगानीको लागि आग्रह गरेको हो ।नेपाल स्थित चिनीयाँ तथा बंगलादेशी दुतावासका प्रतिनिधी तथा नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला २०२५ मा सहभागि हुन नेपाल आएको दुवै देशको प्रतिनिधिमण्डललाई स्वागत गर्दै महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपालमा लगानी गर्न आग्रह गर्नुभयो । “चीन नेपालको दोस्रो ठूलो व्यापारिक साझेदार मुलुक हो । नेपालमा पर्यटन, उर्जा कृषि तथा आइटी जस्ता…
काठमाडौँ: नेपाल उद्योग परिसंघले आर्थिक वर्ष २०८२र८३ को बजेटका लागि उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल समक्ष सुझाव पेश गरेको छ । परिसंघले निजी क्षेत्रलाई विकासको इन्जिनका रूपमा लिइ आत्मविश्वासका साथ लगानी वृद्धि गर्ने नीति अवलम्बन गरी यस्ता आर्थिक नीति आगामी १० वर्षसम्म स्थीर हुने सुनिश्चितता गर्न आग्रह गरेको छ । परिसंघकोतर्फबाट सुझाव प्रस्तुत गर्दै परिसंघका अध्यक्ष राजेश कुमार अग्रवालले “समृद्धिका लागि जे पनि” को भावनासहित लगानीको वातावरण निर्माण गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले आगामी दश वर्षका लागि लगानी वर्ष घोषणा गरी लगानी प्रबर्द्धन गर्ने नीति लिन आग्रह गर्नुभयो । उहाँले स्वदेशी उद्योगहरूको विकास तथा प्रवर्द्धन गर्न सरकार तथा निजी…
काठमाडौँ: नेकपा एमालेले सरकारको नीति तथा कार्यक्रमका पक्षमा मतदान गर्न आफ्ना सांसदहरूलाई ह्विप जारी गरेको छ । एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले आगामी आइतबार सरकारको नीति तथा कार्यक्रम निर्णयार्थ पेस हुने भन्दै सांसदहरूलाई बैठकमा अनिवार्यरुपमा उपस्थित हुन र पक्षमा मतदान गर्न ह्विप जारी गरेका हुन् । ‘सम्माननीय राष्ट्रपति महोदयले मिति २०८२ वैशाख १९ गते सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा गर्नुभएको सम्बोधन मार्फत प्रस्तुत गरिएको ‘आ.व. २०८२/८३ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम’ लाई मिति २०८२ साल वैशाख २८ गते बस्ने प्रतिनिधि सभाको बैठकमा निर्णयार्थ पेस गर्ने कार्यसूची रहेकाले नेकपा (एमाले) संसदीय दलका सम्पूर्ण सदस्यहरूलाई अनिवार्य उपस्थित भई नीति…
काठमाडौँ: सत्तारुढ नेपाली कांग्रेसको पदाधिकारी बैठक सुरु भएको छ। बैठक केही बेरअघि सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा सुरु भएको हो। कांग्रेसका एक पदाधिकारीले नेपालखबरलाई दिएको जानकारीअनुसार बैठकमा समसामयिक राजनीतिक, संक्रमणकालीन न्याय (टीआरसी) लगायत एजेन्डा प्रस्तुत भएका छन्। त्यसो त यसबीच गभर्नर नियुक्तिका विषयमा कांग्रेस र एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीबीच खटपट भइरहेको खबर पनि सार्वजनिक भएको छ। कार्यकाल सकिनु १ महिनाअगाडि नै नियुक्त गर्नुपर्ने कानुनी प्रावधान भए पनि अघिल्ला गभर्नरको कार्यकाल सकिएको एक महिनासम्म पनि सरकारले गभर्नर नियुक्त गर्न सकेको छैन। गठबन्धन सरकारका प्रमुखहरु प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको लगातारको छलफलपछि बुधबार नेपाल…