Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
- लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
- कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
- मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: चिनियाँ औषधि निर्माता कम्पनी सिनोभ्याकले बनाएको कोरोनाविरुद्धको खोपले देशमा प्रयोगका लागि अनुमति पाएको छ। सिनोभ्याक बायोटेकले शनिबार सरकारको औषधि नियामक संस्थाले आफूलाई प्रयोगका लागि स्वीकृती दिएको जानकारी दिएको हो। सर्वसाधारणमा प्रयोगका लागि अनुमति पाएको चीनको यस खोप दोस्रो हो। हिन्दुस्तान टाइम्सका अनुसार यसअघि सिनोफार्मको खोपले प्रयोगका लागि स्वीकृती पाइसकेको छ। सिनोभ्याकले शनिबार नै इन्डोनेसिया, टर्की, ब्राजिल, चिली, कोलम्बिया, उरुग्वे र लाओसले सिनोभ्याकको खोप कोरोनाभ्याकलाई आपतकालीन प्रयोगको लागि स्वीकृति दिएकोसमेत जानकारी दिएको छ।
प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले बैतडीकी १७ वर्षीया किशोरीको विभत्स हत्याको सत्यतथ्य पत्तालगाई सार्वजनिक गर्न र दोषीमाथि कारबाही गर्न आग्रह गरेको छ। शनिबार अध्यक्षद्वय माधवकुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्डले एक विज्ञप्ति प्रकाशित गर्दै भागरथीको बलात्कारपछि हत्या भएको घटनाले आफूहरु स्तब्ध र मर्माहत भएको बताएका छन्। बुधबार विद्यालय हिँडेकी बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया भागरथी भट्ट बिहीबार साँझ घरनजिकैको जंगलमा मृत भेटिएकी थिइन्। घटनाको अनुसन्धान अहिले जारी छ। निर्मला पन्तको हत्याराले न्याय नभएको जनआक्रोस सेलाउन नपाउँदै सोही प्रकारको अर्को घटना हुनुले राज्यसंयन्त्र शान्ति सुरक्षा दिन असफल भएको प्रमाणित भएको नेकपाको ठहर छ। पन्तको घटनामा जस्तै यो घटनामा पनि…
काठमाडौँ: काठमाडौँ उपत्यकाको फुल्चोकी र चन्द्रागिरी डाँडामा हिमपात भएको छ । देशभर हिजो (शुक्रवार)बाट धुम्मिएको मौसमका कारण आज (शनिबार) झनै चिसो बढेको छ । देशका विभिन्न ठाउँमा मौसम बदली भएको छ । केहि ठाउँमा भारी हिमपात भएको छ । यसैक्रममा काठमाडौं चन्द्रागिरी र फुल्चोकीमा हिमापात भएको हो । हिँउ परेपछि चन्द्रागिरी घुम्न गएकाहरु रमाएका छन । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण आज चिसो बढेको छ । महाशाखाका अनुसार अहिले काठमाण्डौ उपत्यकासहित वाग्मती, गण्डकी र प्रदेश एकका थोरै ठाउँमा पानी परेको छ । आजराति पनि केहि ठाउँमा सामान्य वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिपातको सम्भावना रहेको छ…
काठमाडौं: भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शिवमाया तुम्बाहाङ्फेले भूमिहीनलाई जग्गा धनीपूर्जा वितरणमा एक इन्च पनि तलमाथि भए दोषीलाई कारबाही गर्ने चेतावनी दिएकी छन्। भूमि समस्या समाधान आयोगका जिल्ला समिति अध्यक्ष तथा सदस्यहरुलाई शनिबार काठमाडौंमा निर्देशन दिंदै तुम्बाहाङ्फेले कानूनभन्दा बाहिर गएर काम कारबाही नगर्न चेतावनी दिएकी हुन्। आयोगका पदाधीकारीलाई निश्चित अधिकारमात्रै दिइएको भन्दै उनले ऐन विपरीत गए कानूनी दायराभित्र ल्याइ कारबाही गर्ने बताएकी हुन्। मन्त्री तुम्बाहाङ्फेले भूमिहीनलाई जग्गा वितरण गर्दा बिचौलियाहरु सक्रिय रहनेतर्फ सचेत गराउँदै त्यस्ता व्यक्ति र समूहबाट टाढै रहन पनि आग्रह गरेकी छन्। यतिबेला भूमिहिनलाई पूर्जा दिलाइदिन्छु भनेर पैसा लिएर आयोगका अधिकारीलाई प्रभावित बनाउने समूह आउनसक्ने…
दमौली: नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशलाई अस्थिरतातर्फ लैजान नहुनेमा जोड दिएका छन् । दमौलीमा शनिबार आयोजित साक्षात्कार कार्यक्रममा वरिष्ठ नेता पौडेलले देशमा स्थायित्व र समृद्धि आवश्यक रहेको बताएका हुन् । नेपाली कांग्रेसले मात्रै देश विकास गर्नसक्ने दाबी गर्दै वरिष्ठ नेता पौडेलले नयाँ राजनीतिक ध्रुवीकरणले कांग्रेसलाई अवसर प्राप्त भएको चर्चा गरे । ‘कांग्रेसले हैसियत, उत्तरदायित्व बुझेर अगाडि बढ्नुपर्छ, अहिले प्राप्त भएको अवसरलाई सदुपयोग गर्नुपर्छ’, पौडेलले भने । वरिष्ठ नेता पौडेलले कांग्रेसलाई भरोसाको केन्द्र बनाउनुपर्नेमा जोड दिए । झण्डै दुई तिहाइ मत प्राप्त सरकारले जनभावनाअनुसार काम गर्न नसकेकाले जनताको आकर्षण कांग्रेसमा बढेको पौडेलको भनाइ थियो । वरिष्ठ नेता पौडेलले…
काठमाडौँ: काठमाडौँ उपत्यकाका ट्याक्सी व्यवसायी आन्दोलित भएका छन्। शनिबार आफ्ना ट्याक्सीसहित र्याली निकालेका व्यवसायीहरुले वैज्ञानिक भाडादर कायम गर्न सरकारसँग माग गरेका छन्। यस्तै व्यावसायीहरुले बन्द हड्तालको नाममा ट्याक्सी लगायतका सार्वजनिक यातायातका साधन तोडफोड र आगजनी गर्ने कार्य बन्द गरिनुपर्ने पनि माग गरेका छन्। वैज्ञानिक भाडादर कायम गर्दै राष्ट्रिय पुँजी लगानी भएको ट्याक्सीको संरक्षण गर्नुपर्ने माग गर्दै ट्याक्सी व्यवसायी आन्दोलित भएका हुन्। राष्ट्रिय पुँजीको लगानी भएको ट्याक्सीको संरक्षण गरी व्यवस्थित गरिनुपर्ने, वैज्ञानिक भाडादर कायम गरिनुपर्ने र बन्द हड्तालको नाममा ट्याक्सी लगायतका सार्वजनिक यातायातका साधन तोडफोड र आगजनी बन्द गरिनुपर्ने लगायतका माग राख्दै शान्तिपूर्ण ट्याक्सी ¥यालीको आयोजना गरिएको नेपाल राष्ट्रिय मिटर ट्याक्सी…
काठमाडौँ: नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको आईपीओ लगानीकर्ताको हितग्राही (डिम्याट) खातामा जम्मा भएको छ । बैंकको आईपीओ शुक्रबार साँझ लगानीकर्ताहरुको खातामा जम्मा गरिएको हो । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेले बैंकको शेयर एनआइएफआरए (NIFRA) संकेतमा डिम्याट खातामा जम्मा गरेको छ । यससँगै बैंकको शेयर यहि कारोबार संकेतमा नेप्सेमा कारोबाररमा आउनेछ । बैंकको आईपीओ अब नेप्सेमा सूचीकृत भएपछि त्यसको भोलिपल्टबाट दोस्रो बजारमा कारोबारमा आउनेछ । बैंकको आईपीओ शेयर लगानीकर्ताको खातामा जम्मा भएपनि नेप्सेमा कारोबारका लागि सूचीकरण हुन बाँकी नै रहेको छ । बिहीबारको आम हड्ताल र शुक्रबारको नेकपाको शक्ति प्रदशनका कारण बैंकको आईपीओ सूचीकरणमा ढिलाई भएको बताइएको छ । बैंकले यहि माघ २…
कैलाली: कैलालीको जानकी गाउँपालिका–९ पूर्वी खैरीफाँटामा माटो खन्ने क्रममा ढिस्कोले पुरिएर तीन महिलाको मृत्यु भएको छ । घर लिपपोतका लागि माटो लिन गएका खैरीफाँटाका ३१ वर्षीया गङ्गा जैगडी, २० वर्षीया भावना ओड र १७ वर्षीया धनसरी विकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख मधुसुदन न्यौपानेका अनुसार घटनामा परी माटो खन्न गएका दुई जना घाइते भएका छन् । घाइते हुनेमा काजल विक र अञ्जु जैगढी रहेका छन् । घाइतेको टीकापुर अस्पतालमा उपचार भइरहेको छ । कैलाली तथा सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा घर लिपपोतका लागि आवश्यक माटो खन्ने क्रममा वर्षेनी महिलाको ज्यान जोखिममा पर्ने…
काठमाडौँ: आज (शनिबार) बिहानैदेखि प्रदेश १ र ५ का विभिन्न स्थानमा दिनभरजसो विद्युत् बन्द गरिने भएको छ। नेपाल विद्युत् प्राधिकरणले जारी गरेको सटडाउन तालिकाअनुसार प्रदेश ५ र प्रदेश १ का का ३/३ वटा फिडरबाट प्रवाहित विद्युत् अवरुद्ध गरिने भएको हो। प्राधिकरणका अनुसार प्रदेश १ को धरान फिडरमा अहिले बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत् बन्द गरिनेछ। जसले गर्दा धरान वडा नम्बर १, ३, ४, ५, ६, ८, ९, १०, ११, १३, १४, १५, १६, १७, १८, १९ र २० मा त्यतिन्जेल बत्ती जानेछ। प्रदेश ५ को नेपालगन्ज वितरण केन्द्रमा दिउँसो १२:३०देखि ४:३० सम्म बिजुली बन्द गरिनेछ। जसका कारण न्युरोड,…
काठमाडौँ: पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले अहिले (शनिबार बिहान) देशैभर मौसम बदली (आंशिकदेखि सामान्यसम्म) भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक बदली र बाँकी प्रदेशमा आंशिकदेखि सामान्यसम्म मौसम बदली रहनेछ। प्रदेश १ का धेरै स्थान तथा प्रदेश २, बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षाको पनि सम्भावना छ। साथै देशका उच्च पहाडी र हिमाली भेगका केही स्थानमा हल्कादेखि मध्यमसम्म हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। यसैगरी आज राति पनि प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका केही स्थान र गण्डकी प्रदेशका एक दुई…
