Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं: गोला प्रथाबाट राष्ट्रियसभा सदस्यको कार्यकाल टुंगो लगाइएको छ । संघीय संसद भवनको ल्होत्से हलभित्र राष्ट्रियसभा सदस्यहरुलाई वर्णानुक्रम चिठ्ठा तान्न लगाइएको थियो । जुन सदस्यले जति अंक लेखिएको चिठ्ठा तान्छ, उसको कार्यकाल त्यतिनै वर्ष हुने व्यवस्था छ । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाको सांसद पद ६ वर्ष र उपाध्यक्ष शशिकला दाहालको ४ वर्ष कायम भएको छ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’को सांसद पद ६ वर्ष र अर्थमन्त्री युवराज खतिवडाको २ वर्ष कायम भएको छ । राष्ट्रियसभामा नेकपा संसदीय दलका नेता दीनानाथ शर्मा चार वर्षसम्म सांसद हुनेछन् । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस दलका नेता सुरेन्द्रराज पाण्डे र प्रमुख सचेतक सरिता प्रसाईंको कार्यकाल…

Read More

भक्तपुर: माध्यमिक शिक्षा परीक्षा अर्थात एसइई परीक्षाको नतिजा एक साताभित्र सार्वजनिक हुने भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले गत चैत दोस्रो साता लिएको परीक्षाको नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी भइरहेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले सबै उत्तर पुस्तिका सम्परीक्षण गरी विद्यार्थीको नम्बर चढाउने र रुजू गर्ने काम भइरहेको जानकारी दिए । उनले भने –“नतिजा प्रकाशनका लागि अन्तिम तयारीमा जुटेका छौ, कुनै प्राविधिक गडबढी भएन भने पाँच दिनभित्र नतिजा सार्वजनिक गछौँ ।” यसवर्षको परीक्षामा चार लाख ८५ हजार ५८६ परीक्षार्थी सहभागी भएका थिए ।

Read More

काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आसन्न चीन भ्रमण सबै दृष्टिले उपलब्धिमूलक बनाउने तयारी भएको बताएका छन् । चीन भ्रमणको तयारीबारे आइतबार सिंहदरबारमा पूर्वप्रधानमन्त्रीहरुलाई जानकारी दिँदै उनले भने, “तपार्इँहरु सबैको भावनालाई समेटेर म चीन जाँदैछु । मुख्यतः राष्ट्रिय हितलाई ध्यानमा राखेको छु ।” पूर्वप्रधानमन्त्रीहरुसँगको भेट अघि प्रधानमन्त्री ओलीले परराष्ट्र मन्त्री प्रदीप कुमार ज्ञवालीसँग भ्रमण सम्बन्धमा छलफल गरेका थिए । परराष्ट्रमन्त्री ज्ञवालीसँगको भेटमा उनले भ्रमणपछि नेपाल–चीन सम्बन्ध नयाँ उचाइमा प्रवेश गर्ने र चीन– भारतबीचको बढ्दो समझदारीबाट नेपालले थप अवसर प्राप्त गर्ने विश्वास व्यक्त गरे । आफ्नो आसन्न भ्रमणलाई चिनिया पक्षले दुई पक्षीय सम्बन्धमा सबैभन्दा महत्वपूर्ण पहलकदमीका रुपमा अंगीकार गरेको पनि उनले…

Read More

रत्ननगर, चितवन: चितवनको नारायणगढ मुग्लिन सडक चौडा भएसँगै तीव्र गतिमा सवारी चलाउने र ओभटेक बढी हुन थालेपछि प्रहरीले कारबाही अभियान शुरु गरेको छ । तीव्र गति र ओभरटेकका कारण सवारी दुर्घटना बढ्न थालेको भन्दै गति मापन गर्ने ‘राडार गन’ कै प्रयोग गरेर कारबाही अभियान थालिएको चितवनका प्रहरी उपरीक्षक सुशीलसिंह राठोरले जानकारी दिए । उनका अनुसार आइतबार प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतको नेतृत्वमा गएको टोलीले स्थलगत अनुगमनसमेत गरेको थियो । सो क्रममा तीव्र गतिमा सवारी चलाउने, मापसे गरेर चलाउने र ओभरटेग गर्ने ३५ जना चालकलाई नियन्त्रणमा लिइएको थियो । प्रहरी उपरीक्षक राठोरका अनुसार ठाउँठाउँमा चेकजाँच गर्ने, सम्झाउने काममा प्रहरीलाई आइतबारदेखि नै…

Read More

रोल्पा: रोल्पाको सदरमुकाम लिवाङबाहेकका अन्य स्थानमा टेलिफोन सेवा अवरुद्ध हुँदा सेवाग्राहीले सास्ती भोग्नुपरेको छ । असिना पानी तथा चट्याङका कारण टावरमा आएको खराबीसँगै सेवा अवरुद्ध भएको बताइएको छ । पूर्वी रोल्पाको सातदोबाटोमा रहेको टावरमा लामो समयदेखि आएको समस्याका कारण पूर्वी रोल्पाका बासिन्दा सास्ती भोग्दै आएका छन् । सो टावरमा आएको समस्यासँगै पूर्वी रोल्पाका तीन वटा गाउँपालिका प्रभावित भएका छन् । सुनछहरी गाउँपालिकाको गाम, सिउरी र सेरममा पूरै सेवा अवरुद्ध छ भने अन्य वडा पनि आंशिक रुपमा प्रभावित भएका छन् । केही दिन अघि परेको चट्याङका कारण सिष्टम जलेपछि सेवा अवरुद्ध भएको टेलिकम रोल्पाले जनाएको छ । समस्या देखिएका टेलिफोन टावर…

Read More

झापा: नेपाल सरकारले लागू गरेको श्रम ऐन, २०७४ को कारण चिया उद्योग समस्यामा परेकाले सो ऐनको खारेज गर्नुपर्ने माग बढेको छ । उक्त ऐन खारेज नभए उद्योगमा तालाबन्दी गरी आन्दोलनमा उत्रने चेतावनीसमे चिया उद्योगीले दिएका छन् । विसं २०७४ भदौ १९ गते जारी उक्त ऐन २०७५÷७६ को बजेट वक्तव्यमार्फत सरकारले २०७५ साउन १ गतेदेखि लागू गर्ने घोषणाको विरोधमा चिया उद्योगी तथा व्यवसायीहरु आ–आफ्नो उद्योगमा तालाबन्दी गरी साँचो सरकारलाई बुझाउने तयारी गरिरहेको बताइएको छ । यसअघि नेपालमा २०५० सालमा चिया विकासका लागि चिया श्रम ऐनको व्यवस्था थियो तर त्यसलाई ट्रेड युनियनको दबाबमा खारेज गरेर चिया उद्योगीलाई धरासायी बनाउन श्रम ऐन, २०७४…

Read More

काठमाडौँ: नेपाल सरकारले परराष्ट्र मन्त्रालय र जनवादी गणतन्त्र चीनको विदेश मन्त्रालयबीच नेपालमा चीन सहयोगसम्बन्धी कार्यक्रम र परियोजनाको कार्यान्वयनमा सहजीकरण गर्न संयन्त्र स्थापना गर्नेसम्बन्धी समझदारीपत्रको मस्यौदालाई स्वीकृत गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले सोसम्बन्धी मस्यौदामा हस्ताक्षर गर्न स्वीकृत प्रदान गर्ने निर्णयसमेत गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए । लेखापरीक्षण विधेयक संघीय संसद्मा पेश गर्न स्वीकृति दिने र सूचना प्रविधि तथा सार्वजनिक सेवा प्रसारणसम्बन्धी नयाँ विधेयक तर्जुमा गर्न सैद्वान्तिक सहमति दिने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ । बैठकले नेपाल खानेपानी संस्थान सञ्चालक समितिका सदस्यको संख्या १९ बाट घटाएर नौ कायम गर्ने निर्णय गरेको छ । उच्च सरकारी वकिलको कार्यालय…

Read More

काठमाडौँ: विप्रेषण आयमध्ये ठूलो परिमाणको रकम दैनिक प्रयोजन तथा ऋण तिर्नका लागि खर्च हुने गरेको पाइएको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको एक अध्ययनअनुसार विप्रेषण आयको २५.३ प्रतिशत अंश ऋण तिर्नका लागि प्रयोग हुने गरेको पाइएको छ भने २३.९ प्रतिशत खाद्यान्न तथा लत्ताकपडालगायतका दैनिक उपभोग्य वस्तुमा खर्च हुने गरेको हो । यस्तै ९.७ प्रतिशत शिक्षा तथा स्वास्थ्यमा, ३.५ प्रतिशत विवाह, व्रतबन्धलगायतका सामाजिक कार्यमा र ३.० प्रतिशत घरायसी सम्पत्तिको खरिदमा प्रयोग भएको देखाएको छ । विप्रेषण रकमको २८.० प्रतिशत भने बचत र १.१ प्रतिशत उत्पादनमूलक क्षेत्रमा लगानी भएको देखिएको छ । उत्पादनमूलक क्षेत्रमा रकम खर्च नहुँदा विदेशमा कमाएको रकम जताबाट…

Read More

पोखरा: एति एयरलाइन्सको जहाज आज पोखरा विमान स्थलको धावन मार्गमा ठूलो दुर्घटनाबाट जोगिएको छ । काठमाडौँबाट पोखरा आएको एएचयु ६८१ को जहाज पोखरा विमानस्थलमा अवतरका क्रममा हाइड्लिक फेल हुँदा धावन मार्ग छोडेर अचानक लुक एरियातर्पm गएको विमानस्थलका सुरक्षा गार्ड प्रहरी नायब निरीक्षक राजेश भट्टराईले जानकारी दिए । पोखरा विमानस्थलमा अवतरण हुने क्रममा रहेको सो जहाजमा चालक सहित ३३ यात्रु सवार थिए । उनका अनुसार लोक चन्द पाइलट र मोनिका प्रजापति कोपाइलट रहेको उक्त विमान धावनमार्गबाट लगभग १५ मिटर बाहिर गएको थियो ।

Read More

काठमाडौँ: एक पछि अर्को गर्दै ३३ किलो सुन तस्करी काण्ड र सनम हत्या छानबिन गर्न बनेको सरकारी समितिले बुधबार छ वटा बजेका सेकुवाका शाखा कार्यालयहरुमा संयुक्त रुपमा छापा मारको छ । छापा पछि पसलहरुमा सिल गरिएका छन् । इश्वोर राज पौडेल नेतृत्वको टोलीले यस काण्डमा मुछिएका प्रतिवादी चेतनाथ भण्डारी सञ्चालक रहेको बाजेको सेकुवामा छापा मारेको हो । नक्साल, गैरीधारास्थित शाखामा समितिले छापा मारेको हो। गत चैतमा सुन तस्करीकाे अनुसन्धान समितिले काम थालेपछि भण्डारी हालसम्म फरार छन्। सरकारी अधिकारीहरुले संगठित अपराध निवारण ऐन २०७० अनुसार मोरङ जिल्ला अदालतको आदेशमा बाजेको सेकुवा कर्नरमा छापा मारेको समितिका एक सदस्यले जानकारी दिए। समितीले प्रतिवादी…

Read More