Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- नेपाललाई सम्पत्ति शुद्धीकरणको ग्रे लिस्टबाट निकाल्न कुनै कसर बाँकी राखिने छैन: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले
- यस्ता छन् आगामी बजेटको प्राथमिकता (पूर्ण पाठ)
- शोधनान्तर स्थिति सात खर्ब ३१ अर्बले बचतमा, नौ महिनामा साढे १६ खर्ब बढी विप्रेषण भित्रियो
- सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)
- सरकारको नीति तथा कार्यक्रम: सीमारहित अर्थतन्त्र र तौलरहित व्यापार
- संघीय संसद्को बजेट अधिवेशन आजदेखि, नीति तथा कार्यक्रम पनि आजै प्रस्तुत हुने
- टर्किस एयरलाइन्समा आगलागीपछि अवरुद्ध त्रिभुवन अन्तर्राष्ट्रि विमानस्थल खुल्यो
- इस्तानबुलबाट आएको टर्किस एयरको जहाजमा आगलागी, सबै यात्रु सुरक्षित
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौं । सरकारले आज राजावादीको समर्थकहरुले गरेको प्रदर्शनबाट भएको घटनाहरुको सत्यतथ्य छानबिन गरेर कारबाहीको दायरामा ल्याउने निर्णय गरेको छ । शुक्रबारको हिंसात्मक प्रदर्शनपछि आकस्मिक बसेको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको प्रवक्ता एवम् सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए । त्यस्तै, घटनामा मृत्यु भएकाहरुप्रति श्रद्धाञ्जली व्यक्त गरेको तथा घाइतेहरुको निःशुल्क उपचार गराउने पनि निर्णय गरेको उनले बताए । प्रहरीसँग झडप हुँदा अराजक बनेको प्रदर्शनका क्रममा गोली लागेर कीर्तिपुरका सबिन महर्जन र तीनकुनेस्थित घरमा आगलागी हुँदा जलेर क्यामेरा पर्सन सुरेश रजको मृत्यु भएको थियो भने दर्जनौं घाइते भएका छन् ।///रबिन्द्र मिश्र, धवल समशेरसहित १७ जना पक्राउ, सुवेदी नजरबन्दमाकाठमाडौँ: काठमाडौंको…
काठमाडौँ: काठमाडौंको तीनकुनेलगायत क्षेत्रमा राजावादीको आन्दोलनका क्रममा ठूलो जनधनको क्षति पुर्याइएपछि राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रसहित १७ जनालाई प्रहरीले पक्राउ गरेको छ । मिश्रसहित राजावादी समूहको आन्दोलन परिचालन समितिका संयोजक धवलशमशेर राणा, सेफोर्ड लिम्बु, सन्तोष तामाङ, स्वागत नेपाललाई प्रचलित ऐनअनुसार विभिन्न कसूरमा पक्राउ गरिएको प्रहरीको उच्च स्रोतले जनाएको छ । प्रहरीसँगको झडपका क्रममा १२ जनालाई भने शुक्रबार दिउँसै पक्राउ गरिएको थियो ।
काठमाडौं: राष्ट्रिय मानवअधिकार आयोगले आन्दोलनरत पक्षलाई हिंसात्मक गतिविधि बन्द गर्न आग्रह गरेको छ । आयोगका प्रवक्ता डा. टिकाराम पोखरेलले आज जारी गरेको विज्ञप्तिमा आन्दोलनरत पक्षलाई आफ्ना प्रदर्शन र कार्यक्रमलाई शान्तिपूर्ण बनाउन आग्रह गर्दै हिंसात्मक गतिविधि बन्द गर्न अनुरोध गरिएको हो । उनले कुनै पनि बहानामा हिंसात्मक गतिविधि र अरूको अधिकारको उपभोगमा अवरोध गर्ने कार्य स्वीकार गर्न नसकिने भन्दै सरकारलाई हिंसात्मक कार्यमा संलग्न जोकोहीलाई कानुनी दायरामा ल्याइ कारबाही गर्न आग्रह गरेका छन्। ‘समाजवादी मोर्चामा संलग्न विभिन्न राजनीतिक दल र राजतन्त्र समर्थक विभिन्न राजनीतिक दल र सङ्गठनहरुले आज चैत १५ गते उपत्यकामा गरेको प्रदर्शन र आमसभाको आयोगले चार वटा उच्चस्तरीय टोलीहरू बनाइ…
काठमाडौं: काठमाडौंको तीनकुनेमा राजावादीको प्रदर्शनमा एकजनाको मृत्यु भएको छ । कीर्तिपुर नगरपालिका–४ घर भएका सविन महर्जनको मृत्यु भएको गृह मन्त्रालयका सहसचिव छवि रिजालले जानकारी दिए । २९ वर्षीय महर्जन दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ र नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनस्र्थापनाका लागी संयुक्त जनआन्दोलन समिति’ले आयोजना गरेको प्रदर्शनमा सहभागी थिए । प्रदर्शनस्थलमा तनाव भएसँगै प्रहरीले गोली चलाएको थियो ।
काठमाडौँ: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वराजा ज्ञानेन्द्र शाहलाई लोकतन्त्रमाथि षड्यन्त्र गरे अब उनले गुमाउन बाँकी केही नरहने चेतावनी दिएका छन्। शुक्रबार समाजवादी मोर्चाले भृकुटीमण्डपमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘राजनीतिक दललाई कमजोर ठानेर देशलाई मध्ययुगिन इतिहामा फर्काउने दुस्साहस नगरियोस्।’ प्रचण्डले राजतन्त्रले विगतमा गरेको गल्ती बाटै देश लामो समय संकरमणको शिकार भएको भन्दै उनले थप गल्ती नगर्न चेतावनी दिए। ‘त्यो गल्तीको परिणाम भोगिरहेकै छन् । अब अर्को गल्ती गरे भने उनले भोग्न बाँकी केही रहँदैन। खबरदार,’ उनले भने।
काठमाडौँ : गृह मन्त्रालयले व्यवस्था विरोधी राजावादी समूहले गरेको प्रदर्शनका क्रममा भएको झपडमा १५ जना सुरक्षाकर्मी घाइते भएका छन् ।यस्तै प्रदर्शनकारीतर्फ पनि १५ जना घाइते भएको विवरण प्राप्त भएको गृह मन्त्रालयले शुक्रबार साँझ गरेको पत्रकार सम्मेलनमा जानकारी गराएको छ । प्रदर्शनका क्रममा धेरै तोडफोड र आगजनीको घटना भएको मन्त्रालयले जनाएको छ ।
काठमाडौँ: काठमाडौँको तीनकुने आसपासका क्षेत्रमा कर्फ्यु आदेश जारी भएको छ । व्यवस्था विरोधी शक्ति राजावादीको प्रदर्शन उग्र बनेसँगै जिल्ला प्रशासन कार्यालय काठमाडौँले कर्फ्यु आदेश जारी गरेको हो । कर्फ्यु शुक्रवार अपराह्न ४ः२५ बजेदेखि राति १० बजेसम्म लागू गरिएको प्रमुख जिल्ला अधिकारी ऋषिराम अधिकारीले जानकारी दिए । सो अवधिमा तोकिएको स्थानमा कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ आदि गर्न नपाइने सूचनामा उल्लेख छ । यस्तै आवतजावत पनि गर्न नपाइने सूचनामा उल्लेख छ । कर्फ्यु गौशालादेखि एयरपोर्ट, गैरीधारा, तीनकुने हुँदै कोटेश्वर, कोटेश्वरदेखि जडिबुटी पुल, कोटेश्वरबाट बालकुमारी पुलसम्म, बानेश्वरदेखि शंखमुल पुलसम्म र गौशाला चोकदेखि पुरानो बानेश्वर हुँदै नयाँ बानेश्वर चोकसम्म…
काठमाडौँ: नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ। लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो। यसअघि गत चैत ६ गते हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो। उक्त दिन सुन प्रतितोला एक लाख ७६ हजार रूपैयाँमा कारोबार भएको थियो। आज सुन प्रतितोला एक लाख ७६ हजार दुई सय रूपैयाँ पुगेको छ। यो मूल्य पछिल्लो रेकर्डभन्दा प्रतितोला दुई सय रूपैयाँ बढी हो। यस्तै बिहीबार भने प्रतितोला एक लाख ७४ हजार आठ सय रूपैयाँमा सुनको कारोबार भएको थियो। बिहीबारको तुलनामा शुक्रबार भने सुनको मूल्य प्रतितोला एक हजार चार सय रूपैयाँ बढेको हो।…
काठमाडौँ: काठमाडौँ प्रहरीले पुनः अर्को एउटा ठुलो अनलाइन जुवा र अभौतिक मुद्रा कारोबारमा संलग्न भएको आरोपमा ११ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। उनीहरुलाई प्रहरीले बुढानिलकण्ठको एक भाडाको घरबाट मंगलबार साँझ पक्राउ गरिएको हो। प्रहरीको दावी अनुसार उनीहरुले हालसम्म २ अर्व ९६ लाख रुपियाँ भन्दा बढी रकमको सट्टेबाजी खेल्ने र खेलाउने गरेकोसमेत पुष्टी भएको छ। यस अघि पनि प्रहरीले २३ जना भारतीयहरु सोहि क्षेत्रबाट परेका थिए । घटनासम्बन्धि थप विवरण यस प्रकार छन् । मिति २०८१।१२।१२ गते अन्दाजी १७:१५ बजेको समयमा काठमाडौं जिल्ला, बुढानीलकण्ठ नगरपालिका वडा नं. ३ देउला टोलस्थित घर भाडामा लिई भारतीय नागरिकहरुले अनलाइन जुवा (सट्टाबाजी) खेल्ने/खेलाउने कार्य…
राससइटहरीको सेन्टर प्लाजामा भएको आगलागी नियन्त्रणमा आएको छ। आज बिहान ९ः३० बजे सुरु भएको आगो करिब छ घण्टापछि नियन्त्रणमा आएको हो। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक योगराज खतिवडाका अनुसार आगो निभाउन विभिन्न स्थानीय तहका १२ दमकल तथा झण्डै तीन सयको सङ्ख्यामा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेना परिचालन गरिएको थियो । भवन ठूलो भएकाले आगो निभाउन बढी समय लागेको उनले जानकारी दिए। के कारणले आगो लागेको भन्नेबाचरे प्रहरीले अनुसन्धान गरिरहेको छ । आगलागीबाट भएको क्षतिको विवरण प्राप्त नभएको प्रहरीले जनाएको छ। आगलागीमा फसेकाको उद्धारका लागि गृह मन्त्रालयले काठमाडौँबाट नेपाली सेनाको हेलिकोप्टर पठाएको थियो ।…