Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
- लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
- कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
- मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
हुम्ला: हिमपातपछि हुम्लामा चिसो बढेसँगै जनजीवन कष्टकर बन्दै गएको छ । हुम्ला उच्च हिमाली जिल्ला भएकाले भारी हिमपातपछि सदरमुकाम सिमकोटसहित उत्तरी नाम्खा गाउँपालिका क्षेत्रमा चिसो बढेसँगै जनजीवन बष्टकर बन्दै गएको हो । आइतबार अपराह्नदेखि सिमकोटलगायत जिल्लाका उच्च क्षेत्रमा हिमपात भएको र बेँसीमा वर्षा भएसँगै चिसोले जनजीवन कष्टकर बनेको हो । हिउँदयाम शुरु भएसँगै हुम्लाका सबै क्षेत्रमा अत्यधिक चिसो हुने गर्छ । अत्यधिक चिसो र हिमपात भएपछि यहाँका नागरिक चिसो छल्न आगो ताप्ने गर्छन् । मौसम परिवर्तनसँगै आइतबारदेखि निकै चिसो बढेपछि सिमकोटको तापक्रम माइनसमा झरेको छ । हुम्लाको तापक्रम माइनस ८ डिग्री सेन्टिग्रेडमा झरेको छ । चिसोले सिमकोट आसपास चल्ने…
काठमाडौँ: नेपाल उद्योग वाणिज्य महासंघले व्यवसायीले बुझाउनुपर्ने कर विवरणको म्याद र बैंकको साँवाब्याज भुक्तानी गर्ने समय बढाउन सरकारसँग आग्रह गरेको छ । महासंघका अध्यक्ष शेखर गोल्छाको नेतृत्वको प्रतिनिमण्डलले अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भेट गरी सरकारका तर्फबाट तत्काल सम्बोधन हुनुपर्ने केही महत्वपूर्ण विषयमा ध्यानाकर्षण गराएको हो । व्यवसायीले आर्थिक वर्ष सकिएको ६ महिनाभित्र आफ्नो अघिल्लो आवको लेखापरीक्षण गरिएको प्रतिवेदनसहितको विवरण सम्बन्धित कर कार्यालयमा बुझाउनुपर्ने व्यवस्था रहेको भए पनि गत आवको अन्तिम साढे तीन महिना लकडाउन र चालू आवमा पनि झण्डै एक महिना निषेधाज्ञा भएकाले लेखापरीक्षण समयमै गर्न नसकेको बताएका थिए । महासंघले सो यथार्थता राख्दै विवरण बुझाउने म्याद तीन महिना थप…
काठमाडौँ: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केही दिन यता मौसममा आएको परिवर्तनसँगै काठमाडौँ उपत्यकाको वायु प्रदूषण निकै बढेको हुँदा सावधानी अपनाउन अपिल गरेको छ । वायु प्रदूषण अत्याधिक बढेको हुँदा मानव स्वास्थ्यमा असर पर्नसक्ने अवस्थालाई मध्यनजर गर्दै सचेत रहन सबैमा मन्त्रालयले अपिल गरेको हो । मन्त्रालयले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै हालको वायु प्रदूषणको अवस्थालाई मध्यनजर गरेर आकस्मिक रुपमा निम्नअनुसारका काम गर्न सरोकारवालाहरु सबैमा अनुरोध गरेको छ ।
काठमाडौं: प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटको सुनुवाइ सर्वोच्च अदालतको बृहत् पूर्ण इजलासबाट हुनुपर्ने मागसहित १२ जनाले निवेदन पेश गरेका छन् । अधिवक्ता कञ्चनकृष्ण न्यौपाने, नेकपा प्रचण्ड-माधव नेपाल समूहबाट रिट दायर गरेका देव गुरुङ, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलगायत १२ जनाले आफूहरुले दिएको रिटको सुनुवाइ बृहत् पूर्ण इजलासबाट हुनुपर्ने मागसहित निवेदन दिएका हुन् । वरिष्ठ अधिवक्ता त्रिपाठीले भने , ‘हामीले दायर गरेका रिटमा बृहत् पूर्ण इजलासमा बहस गर्न माग गरेका हौँ ।’ संविधानको धारा १२८ अनुसार सुनुवाइ होस् भनेर निवेदन दिएको उनले बताए । धारा १२८ को उपधारा (२) मा ‘सर्वोच्च अदालत अभिलेख अदालत हुनेछ । यस संविधानमा अन्यथा व्यवस्था भएकोमा बाहेक सबै…
भक्तपुर: भक्तपुरमा सडकबत्ती जडान गर्ने क्रममा करेन्ट लागेर एकको मृत्यु भएको छ । मंगलबार दिउँसो भक्तपुर नगरपालिका २ इतापाकोमा सडक बत्ती जडान गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको हो । करेन्ट लागेर एक जना व्यक्ति तारमै अड्किएको र अर्को पछारिएको भन्ने खबर प्रहरीले पाएको थियो। सो खबरपछि बिजुलीको लाइन काट्न लगाई प्रहरीको टोली एम्बुलेन्स सहितको प्रहरी टोली खटिएको थियो। गम्भीर घाइते भएका दुबै जनालाई भक्तपुर अस्पताल पुर्याउँदा दोलखा मेलुङ गाउँपालिका–५ का २३ वर्षीय रामकुमार बुढाथोकीको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
काठमाडौँ: विश्वका ५० शहरमध्ये सबैभन्दा बढी वायु प्रदूषण हुनेमा काठमाडौं एक नम्बरमै पुगेको छ। सोमबारदेखि मौसममा आएको परिवर्तनसँगै काठमाडौँमा वायु प्रदूषण बढेको हो। काठमाडौं उपत्यकामा सोमबारदेखि एक्कासी बढेको वायु प्रदुषणले स्वास्थ्यमा नकारात्मक असर पर्न सक्ने भन्दै चिकत्सकले अनावश्यक घर बाहिर ननिस्किन सुझाव दिएका छन् । हिजो बिहानैदेखि काठमाडौंको आकास तुवाँलोले ढाकेको छ । वायु प्रदूषणले फोक्सोका साथै आँखा, मस्तिष्क र छालालाई समेत असर गर्ने हुँदा जोगिएर हिँड्न सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनले बताए । वातावरण विभागको वायु गुणस्तर मापन केन्द्रका अनुसार मंगलबार १ बजेको अध्यावधिक विवरण अनुसार एअर क्वालिटी इन्डेक्स (एक्यूआई) ४०२ थियो । गएराति काठमाडौंका विभिन्न क्षेत्रमा…
काठमाडौं: कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले पहिलो प्राथमिकता किसानलाई समयमै मल उपलब्ध गराउनुपर्ने बताउनुभएको छ । मन्त्रालय अन्तर्गत संस्थान, वोर्ड, समिति तथा परियोजनाहरुको गतिविधिका बारेमा जानकारी लिने क्रममा बोल्दै मन्त्री अर्यालले त्यस्तो बताउनुभएको हो । यो वा त्यो कारण देखाएर कोहीपनि जिम्मेवारीबाट मुक्त हुन नसक्ने भन्दै उहाँले किसानका समस्या समयमै समाधान हुनेगरी कार्ययोजना बनाएर अगाडी बढ्न कर्मचारीहरुलाई निर्देशन दिनुभयो । अबको सिजनका निम्ती किसानलाई समयमै मल उपलब्ध गराउन अहिलेदेनी नै योजना बनाएर लाग्न समेत मन्त्री अर्यालले निर्देशन दिनुभयो । अहिले नै काम नगरेमा भोली समयमा किसानले मल पाउन नसकेमा मन्त्रालयअन्तर्गतका अरु जतिपनी प्रगती देखिएपनी त्यसले सही मानेमा…
काठमाडौं: नेकपा प्रचण्ड–माधव समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले ओली समूहका नेताहरुलाई संगठनबाट नहटाउनुको कारण सच्चिएर आउने अवसर भएको बताएका छन् । मंगलबार पत्रकारहरुसँग कुरा गर्दै श्रेष्ठले ओली समूहमा रहेका नेताहरुलाई रुपान्तरणका लागि अवसर भएको बताए । ‘संघर्ष मैत्रीपूर्ण होस्, शत्रुतापूर्ण नहोस् भन्ने नै हो । अझै पनि रुपान्तरणको लागि अवसर दिएका छौं’, उनले भने । निर्वाचन आयोगबाट समेत नेकपाको वैधानिकता आफूहरुले पाउने श्रेष्ठले बताए । प्रचण्ड र माधव समूहले प्रधानमन्त्री केपी शर्मा ओली समूहमा उभिएकाहरुलाई पनि कमिटीमा कायमै राखेका छन् । ‘संवैधानिक निकायहरुलाई स्वतन्त्र ढंगले काम गर्न दिनुपर्छ । त्यसरी स्वतन्त्र ढंगले निर्णय गर्दा हामी नै नेकपा हौं’, उनले भने ।…
जनकपुरधाम: नेकपा प्रचण्ड–माधव समूहको नेकपाले प्रदेश २ का संसदीय दलको नेताबाट सत्यनारायण मण्डललाई हटाएको छ । यसअघि केपी ओली निकटका मण्डलबिरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको यो समूहले मंगलबार संसदीय दलको बैठक बोलाएको थियो । बैठकले अविश्वासको प्रस्ताव पारित गर्दै मण्डललाई संसदीय दलबाट हटाएको हो । अब संसदीय दलको नेतामा शत्रुधन महतो चयन भएका छन् । नयाँ नेता चयनका लागि निर्वाचन कार्यक्रम सार्वजनिक तय गरिएको थियो । मंगलबार दिउँसो २ बजेसम्म मनोनयन दर्ता र २ः४५ बजे उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गर्ने समय निर्धारण गरिएकोमा महतोको एकल उम्मेदवारी परेपछि उनी निर्विरोध दलको नेतामा चयन भएको सांसद गोबिन्दबहादुर न्यौपानेले…
काठमाडौं: पछिल्लो २४ घन्टामा उपत्यकामा थप २ सय ३२ जना कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य मन्त्रालयले मंगलबार दिउँसो जारी गरेको सूचना अनुसार उपत्यकामा संक्रमित हुनेमा ९३ जना महिला र अन्य पुरुष छन् । देशभर ४ हजार ५५१ पिसीआर परीक्षण गरिएकोमा कुल ५ सय २२ जना नयाँ संक्रमित भेटिएका छन् । यो अवधिमा ५७८ जना संक्रमणमुक्त भएका छन् भने ८ जनाको मृत्यु भएको छ ।
