Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं: पछिल्ला दिनमा झ्याप्प-झ्याप्प विद्युत धेरै जाने क्रम बढेको भन्दै प्रधानमन्त्री कार्यालयले नेपाल विद्युत प्राधिकरणसँग जानकारी मागेको छ । कार्यालयमा नेपाल विद्युत प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य, वितरण निर्देशनालयका प्रमुख हरराज न्यौपाने, काठमाडौं उपत्यकाका सबै वितरण केन्द्रका प्रमुखलाई बोलाएर विद्युत आपूर्तिको अवस्था र लाइन जाने क्रम बढेकोबारे जानकारी मागिएको हो । प्रधानमन्त्री कार्यालयका पूर्वाधार हेर्ने सचिव तोयनारायण, ऊर्जा सचिव दिनेश घिमिरे र प्रधानमन्त्रीका विकास विज्ञ गजेन्द्र थपलियाले प्राधिकरणका अधिकारीहरूले गरेको ब्रिफिङ सुनेका थिए । नेपाल विद्युत प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक शाक्यले विद्युत कटौतीबारे बढेको जनगुनासो सम्बोधनका लागि आफूहरुले चालेको कमदबारे प्रधानमन्त्री कार्यालयलाई जानकारी गराइएको बताए । आफ्ना समस्याहरुबारे पनि…

Read More

काठमाडौँ: शेयर बजार परिसूचक नेप्से हालसम्मकै ऐतिहासिक उचाइमा पुगेको छ । अघिल्लो दिनको उच्च रेकर्ड ब्रेक गर्दै नेप्से सूचकले किर्तिमानी उचाई हासिल गरेको हो। अघिल्लो पुस २६ गते आइतबारको रकेर्ड तोड्दै सोमबार नेप्से ३.७० अंकले बढेर हालसम्मकै उच्च २२३९.४२ बिन्दुमा पुगेको हो । यसदिनको बजारमा २०८ कम्पनीको एक करोड ३५ लाख ६० हजार बढी कित्ता शेयर ५ अर्ब ५२ करोड ४८ लाख बराबरमा किनबे भएको छ । कारोबार रकम अघिल्लो दिनको भन्दा कम हो । आइतबार ६ अर्ब ३२ करोड ६६ लाख बराबरको कारोबार भएको थियो । यसदिन कारोबारमा आएका धेरैजसो समुहका सुचक सकारात्मक रहे । व्यपार, होटल, उत्पादन, अन्य…

Read More

काठमाडौं: पछिल्लो २४ घण्टामा थप ४८८ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ५ हजार ३०९ नमुना परीक्षण गर्दा १९२ महिला र २९६ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या २ लाख ६५ हजार २६८ पुगेको छ । उनीहरुमध्ये २ लाख ५८ हजार ९६८ जना संक्रमणमुक्त भएका छन् भने १९२७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हाल देशभर ४ हजार ३७३ संक्रिय संक्रमित छन् । उनीहरुमध्ये ३१४३ जना होम आइसोलेसनमा छन् भने १६३ जनाको आईसीयू र ३७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

Read More

गोरखा: २९९ औं पृथ्वी जयन्तीको अवसरमा गोरखाका विभिन्न स्थानीय तहहरूले आज सार्वजनिक बिदा दिएका छन्। गोरखा नगरपालिका, पालुङटार नगरपालिका, सिरानचोक गाउँपालिका, अजिरकोट गाउँपालिका, भीमसेन थापा गाउँपालिकाले सार्वजनिक बिदा दिएका छन्। गोरखा नगरपालिकाले तीन दिने कार्यक्रम गरी पृथ्वी जयन्ती मनाउँदैछ। पृथ्वी जयन्तीको अवसरमा गोरखामा आज अन्तर्क्रिया, दौडलगायत कार्यक्रम छ। गोरखा संग्रहालयभित्र रहेको पृथ्वीनारायण शाहको पूर्णकदको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम पनि छ। यस्तै राप्रपाले आज गोरखामा पृथ्वी जयन्ती मनाउँदैछ। राप्रपा अध्यक्ष कमल थापा उक्त कार्यक्रममा सहभागी हुँदैछन्।

Read More

डोल्पा: हिमाली जिल्ला डोल्पामा एक महिनादेखि टेलिफोन सेवा प्रभावित भएको छ । ल्यान्डलाइन, इन्टरनेट तथा मोबाइल टावरले राम्रोसँग काम नगर्दा टेलिफोन सेवा प्रभावित भएको छ। एक महिनादेखि डोल्पाबासीले कठिनाइ व्यहोर्दै आएका छन्। जिल्लाको दुनै, जुफाललगायतका ठाउँमा राखिएका नमस्ते तथा स्काईका टेलिफोन टावरबाट उपलब्ध फोन तथा इन्टरनेट सेवा प्रभावित भएको छ। बारम्बार लाइन जाने गरेका कारण राम्ररी कुराकानी गर्न नसकिने गरेको स्थानीय बासिन्दा बताउँछन्। मुड्केचुला गाउँपालिकाका स्थानीय हितकुमार रोकायले फोनले काम गर्न छोडेको लामो समय भए पनि सुधारका लागि अझै प्रयास नभएको बताए। सदरमुकाम दुनैको फोन सेवा काम नलाग्ने भएको छ, कैयौंपटक डायल गर्दा पनि न यताको आवाज उता राम्रोसँगै…

Read More

काठमाडौँ: अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध महाभियोग लगाउने प्रस्ताव ल्याउने तयारी सुरू भएको छ । महाभियोग प्रस्तावका लागि अमेरिकी संसदको तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्समा छिटोमा मङ्गलवारसम्म मतदान हुनसक्ने डेमोक्र्याटिक पार्टीका एक नेताले बताएको बीबीसीले उल्लेख गरेको छ । तल्लो सदनका डेमोक्र्याटहरूले राष्ट्रपतिविरुद्ध ‘दङ्गालाई प्रोत्साहन गरेको’ आरोप लगाउने योजना छ। संसद् रहेको क्यापिटल भवन हिंसात्मक ढङ्गले नियन्त्रणमा लिइएको घटनामा ट्रम्पको भूमिकालाई लिएर त्यस्तो अभियोग लगाउने डेमोक्र्याटहरूको तयारी हो। संसदीय दलका सचेतक जेम्स क्लाइबर्नले सीएनएनसँग उक्त कदम यो साता उठाउन सकिने बताए। तर जो बाइडनको पहिलो एक सय दिनको कार्यकाल पूरा नहुँदै उक्त दलले सिनेटमा सुनुवाइको निम्ति प्रस्ताव नपठाउन सक्छ। क्लाइबर्नले…

Read More

काठमाडौं: राष्ट्रियसभाको जारी अधिवेशन आजबाट अन्त्य भएको छ । पुष १७ गतेदेखि शुरु भएको राष्ट्रियसभाको जारी अधिवेशन आजबाट अन्त्य भएको हो । आजको बैठकमा अध्यक्ष गणेश तिमिल्सिनाले राष्ट्रपतिले अधिवेशन अन्त्य गरेको पत्र पढेर सुनाएका थिए । यसअघि आजै बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रियसभाको जारी अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । राष्ट्रियसभाको जारी अधिवेशनमा सरकारले जारी गरेका ७ वटा अध्यादेश समेत पेश भएका छन् ।

Read More

काठमाडौँ: नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा अदालतमा विचाराधीन भएकाले अहिले केही बोल्न नमिल्ने बताएका छन् । प्रजातान्त्रिक विचार समाजले आज उनकै निवास बूढानीलकण्ठमा आयोजना गरेको ‘सूर्यप्रसाद उपाध्याय विशेष पुस्तक विमोचन’ कार्यक्रममा पूर्वप्रधानमन्त्री देउवाले आफ्नो पार्टीलाई अदालतको निर्णय मान्य हुने बताए । काँग्रेसले जहिल्यै न्यायालयको सम्मान गरेको बताउँदै उनले आफ्नो पार्टी अदालतको निर्णयको पर्खाइमा रहेको उल्लेख गरे । प्रतिनिधिसभा विघटनको मुद्दा अदालतमा विचाराधीन रहेकाले सडकबाट दबाब दिन नहुने उनको धारणा थियो । जनता मतदान गर्न उत्साहित रहेको जनाउँदै उनले सर्वोच्च अदालतले मध्यावधि चुनावमा जाने विषयमा निर्णय लिए काँग्रेस चुनावमा जाने सभापति देउवाले बताए । सभापति देउवाले कांग्रेस स्थापना…

Read More

काठमाडौँ: पूर्वराजा ज्ञानेन्द्र शाहले अहिलेको समयमा देश कसरी जोगाउन सकिएला भन्ने चिन्तामा आफूहरु रहेको बताएका छन्। २९९ औँ पृथ्वी जयन्तिको पूर्वसन्ध्यानमा आइतबार एक शुभकामना सन्देश जारी गर्दै शाहले राष्ट्रिय अखण्डताका लागि एकताको गाठौँलाई बलियो पार्नुपर्ने बताएका हुन्। उनले श्री ५ पृथ्वीनारायण शाहल राष्ट्रभक्तिबाट ओतप्रोत भएर राष्ट्र निर्माणमा आफ्नो पुरै जीवन समर्पण गरेको स्मरण गर्दा मात्रै आफूहरु गौरवान्वित हुने गरेको बताउँदै अहिले भने देशकसरी गोगाउन सकिएला भन्ने चिन्तामा रहेको बताएका हुन्। ‘नेपाली भनेका नेपाली नै हुन्। कुनै अर्को जलप लगाएर हुँदैन भन्ने अपार राष्ट्रभक्तिले ओतप्रोत भएर बडामहाराजाधिराजबाट नेपाल राष्ट्र निर्माणमा आफ्नो पूरै जीवन असर्पण गर्नुभएको तथ्य स्मरण मात्र हुँदा पनि हामी…

Read More

काठमाडौँ: चन्द्रागिरी हिल्स लिमिटेडको आईपीओमा ३ दिनमा साढे ८ लाख बढीले गरे आवेदन गरेका छन् । कम्पनीले गत शुक्रबारदेखि सर्वसाधारणका लागि १३ लाख ९६ हजार कित्ता आईपीओ जारी गरेको थियो । गत शुक्रबारदेखि निष्काशन भएको आईपीओमा आइतबार साँझसम्म ८ लाख ६६ हजार ९२९ वटा आवेदन परेको हो । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्ध ग्लोवल आईएमई क्यापिटलका अनुसार आइतबार साँझसम्ममा एक अर्ब ७० करोड ८७ लाख ४४ हजार रुपैयाँ बराबरको १ करोड ७० लाख ८७ हजार ४४० कित्ता शेयर माग भएको हो । यो सर्वसाधारणलाई निष्काशन गरेको १३ लाख ९६ हजार कित्ताको १२.२४ गुणा बढी हो । कम्पनीले प्रति कित्ता…

Read More