Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधि सभालाई सम्बोधन गर्दै
- ग्लोबल आइएमई बैंकको १० प्रतिशत लाभांश प्रस्ताव
- टनेलभित्र बेपत्ताको खोजी जारी, ३ सयभन्दा बढीको गरियो उद्धार
- सोमबार एकै दिन प्रधानमन्त्री राहत कोषका लागि अर्थमन्त्रीमार्फत दाताले दिए ६० करोड
- बाढी जोखिम निगरानीका लागि टिमुरेमा रियल–टाइम सीसी क्यामेरा जडान
- रसुवाका अधिकांश क्षेत्रमा विद्युत् सेवा पुनःसञ्चालन, नुवाकोट–धादिङ–रसुवाका ८५ प्रतिशत क्षेत्रमा बत्ती बल्यो
- रसुवागढी आयोजनाको सुरुङभित्र कोही फेला परेनन्, खोजी सकेर सेनाको टोली फर्कियो
- बाढीबारे सुरक्षा प्रमुखसँग ‘ब्रिफिङ’ लिँदै प्रधानमन्त्री शाह
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौं l प्रधानमन्त्री बालेन्द्र शाहले आज संघीय संसद्को प्रतिनिधि सभालाई सम्बोधन गर्नुहुने भएको छ। प्रधानमन्त्रीको सम्बोधनका लागि प्रतिनिधि सभाको बैठक निर्धारित समयमै सुरु हुने संसद् सचिवालयले जनाएको छ। सम्बोधनका क्रममा प्रधानमन्त्री शाहले समसामयिक राजनीतिक तथा राष्ट्रिय विषयमा धारणा राख्ने अपेक्षा गरिएको छ।
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ, सोमध्ये कर सहित ६ प्रतिशत नगद लाभांश र ४ प्रतिशत बोनस शेयर रहेको छ । बैंकको बुधबार बसेको संचालक समितिको बैठकले उक्त प्रस्ताव गरेको हो, प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्विकृत भई बैंकको आउँदो साधारणसभाबाट पारित भएपछि शेयरधनीलाई वितरण गरिने छ । विगत लामो समयदेखि आधुनिक प्रविधि र उत्कृष्ट ग्राहक सेवाका कारण विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विधामा सम्मानित हुँदै आएको ग्लोबल आइएमई बैंकले ‘बैंक अफ द इयर २०१४’, ‘बेष्ट इन्टरनेट बैंक २०१६’, तथा सन् २०२४, २०२५ र २०२६ मा…
रसुवा–नुवाकोटदेखि नवलपरासी पूर्वसम्म ९ हजारभन्दा बढी सैनिक परिचालन, तीनवटा हाइड्रोका टनेलमा विदेशी विज्ञसहित खोजी तीव्र काठमाडौं । बाढीपहिरोले तहसनहस बनाएको रसुवा, नुवाकोटसहितका प्रभावित क्षेत्रमा मानवीय उद्धारको प्रयास अझै तीव्र पारिएको छ। विशेषगरी जलविद्युत् आयोजनाका सुरुङभित्र हराइरहेका वा फसेका हुनसक्ने व्यक्तिको खोजीलाई प्राथमिकता दिँदै नेपाली सेनाले विदेशी विज्ञसहितको संयुक्त टोली परिचालन गरेको छ। आज २०८३ भदौ १६ गते बिहान ११ बजेसम्म नेपाली सेनाले हवाई माध्यमबाट मात्रै २३ जनाको उद्धार गरेको छ। यसअघि बाढीपछि तत्काल गरिएको उद्धार अभियानमा विभिन्न जलविद्युत् आयोजना तथा आसपासका क्षेत्रबाट २७९ जनालाई जीवितै उद्धार गरिएको सेनाले जनाएको छ। टनेलभित्र पस्दै उद्धार टोली, सयौं मिटरभित्र खोजी हराइरहेका व्यक्तिको खोजीका…
काठमाडौँ: प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सोमबार एकै दिन ६० करोड २ लाख रुपैयाँ सङ्कलन भएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई चेक हस्तान्तरण गर्दै विभिन्न ८३ वटा उद्योगी तथा व्यापारिक समूह र परोपकारी व्यक्तिहरूले उक्त रकम सरकारलाई उपलब्ध गराउनु भएको हो । रसुवाका बाढीपीडितका लागि खर्च गर्ने उद्देश्यले सो रकम प्रदान गरिएको हो। प्रधानमन्त्री राहत तथा उद्धार कोषका लागि अर्थ मन्त्रालयमार्फत भौतिक रूपमा सहयोग रकम सङ्कलन गर्न सरकारले भदौ ११ गतेदेखि सुरु गरेको थियो। त्यसयताकै सबैभन्दा धेरै रकम आज अर्थ मन्त्रालयमार्फत प्राप्त भएको हो। आज अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र निमित्त अर्थसचिव उत्तर खत्रीमार्फत दाताहरूले हस्तान्तरण गरेको चेकको कुल रकम…
काठमाडौं: रसुवाको टिमुरेमा नदी तथा बाढीको अवस्था प्रत्यक्ष निगरानी गर्न रियल–टाइम सीसी क्यामेरा जडान गरिएको छ। सीमावर्ती क्षेत्रमा बाढीको जोखिमबारे समयमै जानकारी लिन तथा पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउन क्यामेरा जडान गरिएको हो। जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रको अगुवाइमा टिमुरेमा जडान गरिएको क्यामेराबाट टिमुरे–रसुवागढी क्षेत्रको नदीको बहाव, पानीको अवस्था तथा बाढीसम्बन्धी गतिविधिलाई प्रत्यक्ष अवलोकन गर्न सकिनेछ। यसअघि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले केन्द्र र जल तथा मौसम विज्ञान विभागका अधिकारी तथा सम्बन्धित विज्ञसँग रसुवा, नुवाकोटलगायत बाढी प्रभावित क्षेत्रमा मौसम र सम्भावित बाढी जोखिमबारे छलफल गर्नुभएको थियो । छलफलमा नदीको निरन्तर निगरानी, पूर्वसूचना प्रणाली सुदृढीकरण र जोखिम न्यूनीकरणका लागि आवश्यक…
काठमाडौँ: भोटेकोशी बाढीबाट क्षतिग्रस्त रसुवाको विद्युत् आपूर्ति पुनःस्थापनाको काम तीव्र पारिएको छ। नेपाल विद्युत् प्राधिकरणले नुवाकोटको सूर्यगढीदेखि रसुवा सीमासम्म करिब एक किलोमिटर नयाँ ११ केभी लाइन निर्माण गरी जिल्लाका प्रभावित क्षेत्रमा विद्युत् आपूर्ति पुनःसञ्चालन गरेको जनाएको छ। भदौ १० गते आएको विनाशकारी भोटेकोशी बाढीका कारण रसुवाका विभिन्न स्थानमा विद्युत् पोल, तार तथा वितरण संरचनामा क्षति पुगेपछि विद्युत् सेवा अवरुद्ध भएको थियो। बाढी र पहिरोले विद्युत् वितरण प्रणालीमा क्षति पुर्याएपछि प्राधिकरणले तत्काल वैकल्पिक माध्यमबाट आपूर्ति पुनःस्थापनाको काम अघि बढाएको हो। नुवाकोटको सूर्यगढीदेखि रसुवाको सीमासम्म निर्माण गरिएको नयाँ ११ केभी लाइनबाट कालिका र नौकुण्ड गाउँपालिकाका अधिकांश क्षेत्रमा विद्युत् सेवा पुनःसञ्चालन भइसकेको प्राधिकरणले…
काठमाडौं: रसुवागढी जलविद्युत् आयोजनाको सुरुङभित्र मानिसहरू नरहेको निष्कर्ष निक्लिएको छ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि रसुवागढी जलविद्युत् आयोजनाको सुरुङभित्र मानिसहरू फसेको आशंका गरिएको थियो । सोही आशंकाको आधारमा नेपाली सेनाको नेतृत्वमा उद्धार टोली खटिएको थियो । तर, उक्त उद्धार टोली सुरुङभित्र कोही पनि फेला नपरेपछि मान्छे नरहेको निष्कर्षसहित धुन्चे फर्किएको छ । सुरुङको अन्तिम भागमा मानिसहरू फसेको हुन सक्ने आशंका गरिएपछि सेनाको टोली इन्जिनियर र ड्रोन विज्ञहरूसहित खोजीमा जुटेको थियो । उद्धार टोलीले सुरुङको भित्री भाग अर्थात् अन्तिम बिन्दुसम्मै पुगेर ड्रोनसमेत उडाई सूक्ष्म रूपमा खोजी गरेको थियो । तर, सुरुङको अन्तिम कुनासम्म पुग्दा पनि कुनै मानवीय उपस्थिति नभेटिएको…
काठमाडौँ: प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशी नदीको बाढीका कारण निम्तिएको संकट समाधान गर्न देशका सुरक्षा निकायका प्रमुखहरूसँग ब्रिफिङ लिएका छन्। सोमबार बिहान प्रधान सेनापति अशोकराज सिग्देलसँग खोजी, उद्धार, राहत तथा व्यवस्थापनका विषयमा ब्रिफिङ लिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। प्रधानमन्त्री शाहले त्यसपछि सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलसँग ब्रिफिङ लिएका छन्। यसैगरी नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीसँग पनि आजै ब्रिफिङ लिनेछन्।
काठमाडौँ: रसुवामा गएको बाढीमा नेपालले भोगेको क्षतिप्रति चीन सरकारले गहिरो दुःख व्यक्त गरेको छ। साथै, यो विपत्तिमा नेपाल एक्लै नरहेको र चीन सधैँ साथमा रहेको सन्देश पनि चीनका राष्ट्रपति र प्रधानमन्त्रीले दिनुभएको छ। प्रधानमन्त्री राहत कोषमा चीन सरकारको तर्फबाट घोषणा भएको सहयोग रकम हस्तान्तरण गर्न आइतबार अर्थ मन्त्रालयमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेट्नु भएका नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले चिनियाँ राष्ट्रपति सी चिनपिङ र चीनका प्रधानमन्त्री ली छियाङको उक्त सन्देश नेपाल सरकारलाई सुनाउनुभएको हो। “बाढीको विपत्तिका कारण नेपालमा ज्यान गुमाउनुभएका नागरिकप्रति चिनियाँ राष्ट्रपति सी चिनपिङ र प्रधानमन्त्री ली छियाङले गहिरो दुःख व्यक्त गर्नुभएको छ। बाढीमा ज्यान गुमाएकाप्रति उहाँहरूले श्रद्धाञ्जली…
काठमाडौँ: चीन सरकारले नेपालका बाढी पीडितका लागि घोषणा गरेको नगद सहयोग रकम हस्तान्तरण गरेको छ। आइतबार अर्थ मन्त्रालयमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेट गरेर नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले झन्डै साढे ३० करोड नेपाली रुपैयाँ (२० लाख अमेरिकी डलर) को चेक अर्थमन्त्रीलाई हस्तान्तरण गर्नुभयो।यसैगरी, राजदूत माओमिङले चिनियाँ रेडक्रसले उपलब्ध गराएको ३ करोड ६ लाख रुपैयाँ बराबर (२ लाख अमेरिकी डलर) को नगद पनि हस्तान्तरण गर्नुभयो।राहत रकम हस्तान्तरण गर्दै राजदूत माओमिङले हिमालय क्षेत्रमा आएको विशाल प्रलयका कारण नेपाल र चीनले भोगेको विपत्तिको सामना दुवै देशले मिलेर गर्ने बताउनुभयो।नेपालको विपत्तिमा चीन सधैँ साथमा रहेको सन्देश चीनका राष्ट्रपति र प्रधानमन्त्रीले नेपाल सरकारलाई…