Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: चालु आर्थिक वर्षको ६ महिना (पुस) सम्ममा देशको शोधनान्तर स्थिति १ खर्ब २४ अर्ब ९२ करोड बचतमा पुगेको छ । चालु आर्थिक पाँचौं महिनासम्ममा अर्थात १ खर्ब ६ अर्ब ४८ करोड शोधनान्तर बचतमा रहेकोमा गत मंसिरको तुलनामा पछिल्लो एक महिनामा १८ अर्ब ४४ करोडले शोधनान्तर स्थिति मजबुत बनेको हो । अघिल्लो वर्षको पुससम्ममा मुलुकको शोधान्तर स्थिति २६ अर्ब ६५ करोड बचतमा थियो । समीक्षा अवधिमा शोधनान्तर स्थितिमा ९८ अर्ब २७ करोड रुपैयाँले सुधार आएको हो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २३ करोड ५३ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १ अर्ब ५ करोडले बचतमा रहेको…

Read More

पर्सा: प्रहरीले नक्कली नोटसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । १ लाख ९३ हजार नेपाली रुपैयाँ बराबरको नक्कली नोटसहित रक्सौल निवासी २२ वर्षीय अमनदीपकुमार सिंहलाई पर्सा प्रहरीले पक्राउ गरेको हो । पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मनोजित कुँवरका अनुसार उनको साथबाट नक्कली रकम बरामद गरिएको छ । उनको साथबाट तीन ग्राम लागूऔषध खैरो हिरोइनसमेत बरामद भएको उनले बताए । विशेष सूचनाका आधारमा वडा प्रहरी कार्यालय श्रीपुरको टोलीले आइतबार राति करिब साढे ९ बजेको समयमा वीरगन्ज महानगरपालिका– १३ राधेमाईस्थित सडकखण्डमा बी.आर ०५ एम ६०९७ नम्बरको मोटरसाइकल चेकजाँचका क्रममा नक्कली रुपैयाँ फेला परेको प्रहरीले जनाएको हो । मोटरसाइकलको…

Read More

काठमाडौं: कालिका लघुवित्त वित्तीय संस्थासहित ११ कम्पनीहरुको सेयर कारोबार रोक्का भएको छ । नेपाल धितोपत्र बोर्डको निर्देशन पछि नेपाल स्टक एक्सचेञ्जले ३ बैंक तथा वित्तीय संस्था, १ बिमा कम्पनी र ७ वटा हाइड्रोपावर कम्पनीहरुको सेयर कारोबार रोक्का गरिदिएको हो । बैंक तथा वित्तीय संस्थाहरु तर्फ कालिका लघुवित्तसहित नेशनल माइक्रोफाइनान्स र कर्णाली डेभलपमेन्ट बैंकको सेयर कारोबार रोक्का भएको छ भने बिमा तर्फ गुराँस लाइफ इन्स्यारेन्स कम्पनीको सेयर कारोबार रोक्का गरिएको छ । जलविद्युत् कम्पनीतर्फ नेशनल हाइड्रोडेभलपर लिमिटेड, पञ्चकन्यामाई हाइड्रोपावर, पाँचथर पावर हाइड्रोपावर र राधी विद्युत् कम्पनीको सेयर कारोबार नेप्सेले रोक्का गरेको छ । यसैगरी युनिभर्सल पावर कम्पनी, रैराङ हाइड्रोपावर र…

Read More

काठमाडौं : अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्माण व्यवसायीका माग सम्बोधन गर्न सरोकारवाला निकायसँग छलफल गर्ने बताएका छन् । नेपाल निर्माण व्यवसायी महासङ्घको प्रतिनिधिमण्डलसँगको भेटमा मन्त्री पौडेलले व्यवसायीका केही माग अर्थ मन्त्रालयसँग पनि सम्बन्धित रहेकाले समाधान खोजिने प्रतिबद्धता उनले जनाए । त्यस्तै केही माग भने मन्त्रिपरिषद्बाटै निर्णय गर्नुपर्ने खालका रहेको उनको भनाइ थियो । सार्वजनिक खरीद नियमावली नै संशोधन गरी निर्माण व्यवसायीका माग सम्बोधन गर्न पनि महासङ्घ नेतृत्वले अर्थमन्त्री पौडलेको ध्यानाकर्षण गराएको छ । महासङ्घ अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलले धरौटी रकम, म्याद थप, डिजेलमा लागेको मूल्य अभिवृद्धि कर फिर्ता, जरिवाना, ब्याज र थप दस्तुर छुटलगायतका विषयमा मन्त्री पौडेलको ध्यानाकर्षण…

Read More

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री प्रतिक्रान्तिको वकालत गर्ने केपी ओलीको हार निश्चित भएको बताएका छन । एकीकृत अखिल नेपाल शिक्षक संगठनको प्रथम राष्ट्रिय परिषद् बैठकलाई सम्बोधन गर्दै प्रचण्डले केपी ओलीको प्रतिक्रान्तिविरुद्ध एक भएर वैचारिक र राजनीतिक आन्दोलनमा लाग्न शिक्षकहरुलाई आग्रह गरेका हुन्। उनले एकता प्रक्रिया र महाधिवेशन दुवै नभएर पार्टी विभाजन भएको बताए। पार्टी एकीकरणका कुनै पनि जनवर्गीय संगठनले पूर्णता नपाएको उनले बताए। ‘प्रवृत्तिको लडाइँ अगाडि आउनु थियो, आयो, केपी ओलीले गलत प्रतिक्रान्तिको वकालत गर्नुभयो, उहाँले जित्ने कुनै ठाउँ नै छैन।’ आफूहरु शान्ति समृद्धिको पक्षमा उभिएकोले आफूहरुले पाउने जित कसैले रोक्न नसक्ने उनले बताए।…

Read More

काठमाडौं : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप दोस्रो चरणको अभियान आजदेखि सञ्चालन गरेको छ । पहिलो चरण यही माघ २४ गते सकाएपछि मन्त्रालयले आजदेखि दोस्रो चरणको खोप शुरु गरेको हो । दोस्रो चरणको खोप पत्रकार, कूटनीतिक नियोगका पदाधिकारी र कर्मचारी तथा अग्रपङ्क्तिमा काम गर्ने सरकारी कर्मचारीलाई प्रदान गर्ने कोभिड–१९ खोप सल्लाहकार समितिका संयोजक डा श्यामराज उप्रेतीले जानकारी दिनुभयो । भारत सरकारले अनुदानमा उपलब्ध गराएको उक्त खोप पहिलो चरणमा प्राथमिकतामा परेका व्यक्तिलाई लगाएपछि बचेको खोप नेपालस्थित कूटनीतिक नियोगका कर्मचारी, जिल्ला प्रशासन कार्यालय, मालपोल कार्यालय, नापी कार्यालय, स्थानीय तह, बैंकका कर्मचारी र पत्रकारलाई प्रदान गरिन थालेको हो ।…

Read More

काठमाडौं : संसद विघटनको मुद्दामा सुनुवाइ भइरहेको संवैधानिक इजलासमा सोमबार बहस सुरु भएदेखि नै प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले समय पालनामा कडाइ गरेका छन् । सुरुमा बहस गर्न आएका ईश्वरीप्रसाद भट्टराईलाई १५ मिनेट समय तोके । उनले ३० मिनेट बहस गरेपछि प्रधानन्यायाधीश जबराले बहस टुंग्याइहाल्न आग्रह गरे । ३० मिनेटपछि बहस अघि बढाउन थाल्दा भट्टराईलाई बाँकी विषय बहस नोटमा दिनुस्, अर्को साथीलाई गाइड गर्नुस् भनिरहे । भट्टराईले म टुंग्याइहाल्छु भन्दै बहस अघि बढाउन खोज्दा प्रधानन्यायाधीश जबरा आवेशमा नै आए । ‘भनेकै मान्नुहुन्न, हाम्रो बाध्यता बुझ्नुहुन्न र?’ भनी प्रश्न गरे । भट्टराईपछि बहसमा आएका अधिवक्ता महेश नेपालले संसदीय व्यवस्थामा प्रधानमन्त्रीलाई संसद…

Read More

काठमाडौँ: भारतको बिहार राज्यस्थित पूर्वी चम्पारण जिल्लामा एक नेपाली बालिकालाई सामूहिक बलात्कारपछि हत्या गरिएको छ । बीबीसीका अनुसार हत्यापछि उनको शव बलजफ्ती जलाइएको थियो । प्रारम्भिक अनुसन्धान तथा एउटा भाइरल भिडियोले सम्पूर्ण घटनामा स्थानीय थानाका थानाध्यक्षको मिलेमतो रहेको संकेत गरेका छन् । एसपी नवीनचन्द्र झाले शंकाको घेरामा रहेका थानाध्यक्षलाई निलम्बन गरिएको र उनीविरुद्ध एफआईआर दायर हुनसक्ने बताए । नेपालबाट भारतको मोतिहारीस्थित चैनपुरमा गएर मजदूरी गर्दै आएका सुरेश (परिवर्तित नाम) का अनुसार यो घटना २१ जनवरीको हो । सुरेश त्यस दिन आफ्नो काममा गएका थिए भने छोरा बजार गएका थिए । बेलुका ४ बजेतिर छोरा बजारबाट फर्किँदा घरमालिक सियाराम साहले…

Read More

सुदूरपश्चिम प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयको कानून सुधार तथा सुझाव समितिले प्रदेश प्रहरी ऐन निर्माणलाई तीव्रता दिएको छ । प्रदेश सरकारले प्रहरी ऐन निर्माणको तयारी थालेको छ । पाँच सदस्यीय विज्ञ टोलीले ऐन निर्माणका लागि समितिलाई सुझाव दिने र सरोकारवाला निकायसँग छलफल र परामर्श गर्न थालेको छ । सुदूरपश्चिमको कैलाली र कञ्चनपुरमा प्रदेश प्रहरीको संरचनासहित सङ्घीय अनुसन्धान एकाइ पनि निर्माण हुने भएको छ । सङ्घीय एकाइको नेतृत्व प्रहरी वरिष्ठ उपरीक्षकबाट हुने छ । प्रहरीको अनुसन्धान प्रदेश प्रहरी र सङ्घीय अनुसन्धान एकाइबाट संयुक्तरूपमा हुने बताइएको छ । ऐनको पहिलो प्राथमिकतामा अति सीमान्तकृत नागरिकको प्रहरीमा पहुँच स्थापना गर्नु रहेको बताइएको…

Read More

काठमाडौँ: कृषि विकास बैंकको शाखा सिद्धार्थनगरबाट माघ २४ गते शनिवारका दिन भिम अस्पताल भैरहवाको परिसरमा एटिएम स्थापना गरको छ । बैंकको एटिएम मेसिनको बैकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्याय तथा रुपन्देही जिल्ला समन्वय समितका प्रमुख एकराज बि.क.ले संयूक्त रुपमा समुदघाटन गरे । उक्त कार्यक्रममा कृषि बिकास बैंकले भिम अस्पताल भैरहवालाई सामाजिक उत्तरदायित्व अन्तरगत डिजिटल एक्स रे मेसिन उपलब्ध गराएको छ । अस्पतालकी मे.सु. डा. सकुन्तला गुप्ताले आफ्नो मन्तव्यका क्रममा साईकल, ठेलागाडा, रिक्सामा विरामी ल्याउने निम्न आयस्तर भएका जनताको सेवा गरिरहँदा अस्पतालको आन्तरिक स्रोतले आधुनिक उपकरणहरु खरीद गर्न नसकिएको अवस्थामा कृषि बिकास बैंकले भिम अस्पताल भैरहवालाई सामाजिक उत्तरदायित्व अन्तरगत डिजिटल…

Read More