Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गत परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले कक्षा १२ को आन्तरिक मूल्याङ्कनको प्राप्ताङ्क पठाउन निर्देशन दिएको छ। २०७७ सालको कक्षा १२ को वार्षिक परीक्षा सञ्चालन, व्यवस्थापन तथा मूल्याङ्कनका सम्बन्धमा माध्यमिक शिक्षा उत्तीर्ण परीक्षाको विद्यार्थी मूल्याङ्कन, परीक्षा सञ्चालन, व्यवस्थापन र अभिलेखीकरण तथा प्रमाणीकरण सम्बन्धी कार्यविधि २०७७ जारी भइसकेको पनि बोर्डले जनाएको छ। उक्त कार्यविधिअनुसार कक्षा १२ मा विद्यालयले गरेको आन्तरिक मूल्याङ्कन २०७७ मंसिर ८ गतेभित्र सम्पन्न गरी कार्यविधिको अनुसूची २ (क) (ख) (ग) को ढाँचा अनुसार यथाशीघ्र राष्ट्रिय परीक्षा बोर्डका सम्बन्धित कार्यालयहरूमा बुझाउन बोर्डले सूचना निकालेर निर्देशन दिएको छ। बोर्डका शाखा तथा प्रदेश परीक्षा व्यवस्थापन कार्यालयहरूले समेत आफ्नो…

Read More

काठमाडौं: ‘विप्लव समूह’को नाममा काठमाडौंमा धम्क्याएर चन्दा माग्ने चारजनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाले उनीहरुलाई पक्रेको हो । पक्राउ पर्नेमा नुवाकोट घर भएका बिन्तोष सिलवाल, रामेछाप घर भएका रामदल श्रेष्ठ उर्फ अटल, काभ्रेका तीर्थमान तामाङ र चितवनका नन्दुराज आचार्य छन् । ४२ बर्षिय आचार्य कानुन व्यवसायी हुन् । सो समूहले कन्सल्टेन्सी संचालकसँग ३ करोड चन्दा मागेको महानगरीय अपराध महाशाखाका प्रहरी बरिष्ठ उपरिक्षक ९एसएसपी० दिपक थापाले रातोपाटीलाई बताए । रामेछापको सुनापती घर भएका ३१ वर्षीय रामदल श्रेष्ठ ‘अटल’ विप्लव समूह रामेछापका पूर्व जिल्ला सेक्रेटरी हुन् । अहिले आफुले सो समूह परित्याग गरेको प्रहरीलाई बताएका छन् । कानुन…

Read More

काठमाडौँ: वर्ल्ड टुरिजम नेटवर्कद्वारा नेपाल पर्यटन बोर्डका निवर्तमान सीईओ तथा टुरिज्म रिकभरी टास्कफोर्स-नेपालका संयोजक दीपक राज जोशी लाई अन्तर्राष्ट्रिय टुरिजम हीरो अवार्डद्वारा सम्मानित गरिएको छ। पर्यटन क्षेत्रको दिगो बिकास र प्रवर्धनका लागि जोशीले निर्वाह गरेको उल्लेखनीय भूमिका, निरन्तर कृयाशीलता, सकारात्मक योगदान र कोरना महामारीका कारण शिथील बनेको पर्यटन क्षेत्रको पुनरुत्थान अभियानमा देखाएको सक्रियताका लागि सो अवार्ड प्रदान गरिएको हो। दक्षिण एसियाबाट उक्त अवार्ड प्राप्त गर्ने प्रथम व्यक्तिका रुपमा जोशी ‘ईन्टरनेशनल हल अफ टुरीजम हीरोज’ को सदस्य समेत पाउने पहिलो नेपाली बनेका छन्। बिश्वभरी बाट नामांकन दर्ता गरिएका पर्यटन क्षेत्रमा आबद्ध व्यक्तिहरुको मूल्यांकनका आधारमा उत्कृष्ट, समर्पित एवं उल्लेखनीय योगदान दिदै…

Read More

काठमाडौं: लगानी बोर्डले तीन वटा परियोजनाका ३८ अर्ब ६८ करोड रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मंगलबार साँझ बसेको बैठकले यो लगानी स्वीकृत गरेको हो। सार्वजनिक निजी साझेदारी अवधारणामा कार्यान्वयनहुने ७७.५ मेगावाट क्षमताको धुन्साखोला जलविद्युत परियोजनाको १७ अर्ब ६२ करोड ४० लाख रुपैयाँ, ५७ मेगावाटको हिमचुली दोर्दी जलविद्युत परियोजनाको १० अर्ब ६१ करोड ९१ लाख रुपैयाँ र ६५ मेगावाटको दुधखोला जलविद्युत परियोजनाको १० अर्ब ४३ करोड ६० लाख रुपैयाँ लगानी स्वीकृत गरेको हो। बैंठकमा बोर्ड कार्यालयको क्षमता अभिवृद्धि तथा संस्थागत विकासका लागि परियोजना बैंक र विभिन्न सरोकारवाला निकायहरुसँग परामर्श गरि बोर्डको रणनीतिक योजना तयार…

Read More

काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओली आज सङ्खुवासभा जाँदैछन् । बिहान साढे ८ बजे हेलिकप्टरबाट संखुवासभा प्रस्थान गर्ने ओलीले त्यहाँ सञ्चालित विभिन्न आयोजनाको अवलोकन गर्नेछन् । प्रधानमन्त्री ओली सङ्खुवासभा जाने भएपछि तयारी पनि तीव्र पारिएको सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आचार्यले बताए । ओली सुरूवातमा चीनसँग सीमा जोडिएको उत्तरी नाका किमाथाङ्का पुग्ने कार्यक्रम तय भएको छ । यस्तै उनले भोटखोला गाउँपालिका १ मा पर्ने किमाथाङ्का नाकाको अवलोकन गर्नेछन् । झण्डै एक वर्षअघि स्थापना भएको सीमा सुरक्षा पोस्ट (बीओपी)को निर्माणधीन भवनका साथै भन्सार कार्यालय र सुख्खा बन्दरगाह लगायतको पनि अवलोकन गर्ने कार्यक्रम तय भएको प्रजिअ आचार्यको भनाइ छ । ओलीले राष्ट्रिय…

Read More

काठमाडौं: नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबार सचिवालयको बैठक बोलाउन अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रस्ताव गरेका छन् । मंगलबार दिउँसो ओलीलाई भेटेर दाहालले बिहीबार बैठक बोलाउने विषयमा सहमतिका आग्रह गरेका थिए । तर, बैठकका लागि ओली सहमत भइनसकेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । प्रधानमन्त्री ओलीलाई भेटेपछि पार्टी मुख्यालय धुम्बाराहीमा बसेको सचिवालयका बहुमत सदस्यको बैठकमा ओलीसँगको भेटबारे दाहालले ब्रिफिङ गरेका थिए । ‘गत शनिबार प्रधानमन्त्री एवं अध्यक्षलाई लिखित पत्रसहित भेटेर सचिवालयको बैठक बस्ने कुरामा सहमति जनाउन र तुरुन्त बैठक बस्न अनुरोध गरेका थियौं । योबीचमा बैठक बस्ला भन्ने अपेक्षा थियो । बैठक बसेन । बैठक बस्ने कुरामा…

Read More

काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता वामदेव गौतमले आफुले केही गैरआवसीय नेपाली नेताहरुसँग भेटेको भन्ने समाचारको खण्डन गरेका छन् । गौतमको निजी सचिवालयले एक अनलाइनले बिना प्रमाण र आधार सो समाचार प्रकाशित गरेको भन्दै खण्डन गरेको हो । गौतमको सचिवालयले नेकपा प्रचार फाँटका एक सदस्यले सम्पादन गर्ने अनलाइनले उक्त समाचार प्रकाशित गरेको आरोप लगाउँदै सो कार्य निन्दनीय रहेको जनाएको छ । कोभिड–१९ संक्रमण बढेसँगै नेता गौतमले पार्टीका शीर्ष नेताहरुबाहेक समाचारमा उल्लेख भएका वा नभएका अन्य कोही व्यक्ति र समूहसँग भेट नगरेको दाबी सचिवालयले गरेको छ । खण्डनमा भनिएको छः ‘कुनै सभा, सम्मेलन र अन्य छलफलमा उहाँको उपस्थिति छैन ।’ सचिवालयले…

Read More

काठमाडौं: बिना दर्ता संचालित क्रसर र बालुवा प्रशोधन उद्योग तत्काल बन्द गर्न सरकारले निर्देशन दिएको छ । मङ्गलबार गृहमन्त्री रामबहादुर थापा ‘बादल’, उर्जामन्त्री बर्षमान पुन ‘अनन्त’, उद्योगमन्त्री लेखराज भट्ट, बनमन्त्री शक्ति बस्नेत र मन्त्रालयका सचिवहरुको बैठकले सो निर्णय गरेको हो । मन्त्रिपरिषद्ले केही समयअघि ढुंगा, गिट्टी, वालुवा उत्खनन, बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड–०७७ स्वीकृत गरेको थियो । सो मापदण्डमा एक वर्षभित्र क्रसर उद्योगले मापदण्ड पुरा नगरेमा बन्द गर्नुपर्ने उल्लेख गरिएको थियो । राजनितीक पहुँचका आधारमा कतिपय ठाउँमा दर्ता बिना नै क्रसर उद्योग चलिरहेका छन् । गृह मन्त्रालयमा बसेको बैठकले अनुमती लिएर चलेका क्रसर र वासिङ अनुगमन गरेर दर्ता, आईईई भए…

Read More

काठमाडौँ: तपस्वीको भेषमा बसेर बलात्कार हत्या र हिंसाको दुष्चक्र चलाएको आरोप लागेका रामबहादुर बमजनलाई अदालतमा उपस्थित हुन आउन भन्दै प्रहरीले उनको स्थायी घर  र वडाकार्यालयमा सूचना टाँस गरेको छ। रौतहटकी गंगामाया तामाङलाई बलात्कार गरेको अभियोगमा मुद्दा परेपछि बमजनविरूद्ध सर्लाही जिल्ला अदालतले वारेन्ट जारी गरेको थियो। अदालतको त्यही आदेश कार्यान्वयनका लागि निजगढ नगरपालिका-१२ मा पर्ने रतनपुरीस्थित बमजनको जन्मघर र वडा कार्यालयमा ३५ दिनभित्र अदालतमा उपस्थित हुन आउने म्याद सूचना टाँसिएको इलाका प्रहरी कार्यालय जितपुरका इन्स्पेक्टर विकास थपलियाले बताए। ‘हामीले पक्राउ गर्न खोज्दा उनी भेटिएनन् त्यसैले ३५ दिनभित्र अदालतमा उपस्थित हुन आउनु भन्दै जन्मघर र वडा कार्यालयमा म्याद…

Read More

काठमाडौं: काठमाडौं नजिकै धादिङको छत्रेदेउराली आसपास केन्द्रविन्दु बनाएर मंगलबार दिउँसो भूकम्प गएको छ । दिउँसो ४ बजेर २९ मिनेट जाँदा ३.८ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।

Read More