Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

ललितपुर: वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथ दर्शन गर्न बिहानैदेखि तःबहालमा भक्तजनको भीड लागेको छ । बुधबार साँझ ५ बजे रातो मच्छिन्द्रनाथलाई बुङ्मतीबाट पाटन ल्याइएसँगै दर्शनार्थी बढेका हुन् । मच्छिन्द्रनाथ गुठीसँग सम्बन्धित ज्योतिषीले दिनुभएको शुभ साइतअनुसार मच्छिन्द्रनाथलाई पाटन तःबहाल ल्याइएको पुजारी मदन शाक्यले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बुधबार दिउँसो सवा ४ बजे मच्छिन्द्रनाथलाई बुङ्मतीबाट गुरुज्यूको पल्टन र केही सुरक्षाकर्मीसहित आठ जना पानेजुले पालेपालो बोकेर ल्याएका थियौँ । आज यहाँ भक्तजनको खुबै चहलपहल बढेको छ ।” मच्छिन्द्रनाथको रेखदेखमा आगामी आइतबारसम्मका लागि तःबहालमा आफ्नो पालो परेको पुजारी शाक्यले बताउनुभयो । पाँच दिनअघिदेखि चोखो खाएर बसेका पुजारीले करुणामयलाई पाटन लगिसकेका ३२ पानेजु…

Read More

काठमाडौँ: अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले जारी गरेको नयाँ टि–२० बरियताअनुसार नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने एक स्थान माथि उक्लिनुभएको छ । आइसीसीले बुधबार सार्वजनिक गरेको बरियतामा नेपाली खेलाडी लामिछाने बलिङतर्फ एक स्थान उक्लिएर ८०औँ स्थानमा पुग्नुभएको छ । उहाँले भारतीय खेलाडी रवीन्द्र जडेजालाई पछि पार्नुभएको छ । जडेजा ८१ औँ स्थानमा हुनुहुन्छ । यसअघिको बरियतामा लामिछाने ८१औँ स्थानमा हुनुहुन्थ्यो । चर्चित बलरहरु बेन स्टोक र कार्लोस ब्रेथवेट पनि नयाँ बरियतामा लामिछानेभन्दा पछाडि हुनुहुन्छ । नयाँ बरियातामा बे्रथवेट ८२ औँ स्थानमा तथा स्टोक ८५औँ स्थानमा रहनुभएको छ । लामिछानेले क्यारेवियन प्रिमियर लिग (सिपीएल) पछि कुनै पनि प्रतियोगिता खेल्नुभएको छैन ।…

Read More

वीरगञ्ज, २५ मङ्सिर:  मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइप लाइनबाट अगामी एक वर्षभित्र पेट्रोल ल्याउन गृहकार्य शुरुआत गरिएको छ । यसअघि विसं २०७६ भदौदेखि भारतको मोतिहारीबाट पाइप लाइनमार्फत अमलेखगञ्जस्थित नेपाल आयल निगमको डिपोमा डिजल ल्याउन थालिएको थियो । अब एक वर्षभित्र सोही पाइप लाइनमार्फत पेट्रोल ल्याउन गृहकार्य शुरु गरिएको हो । निगमको सञ्चालक समितिले मोतिहारीबाट पेट्रोल पनि ल्याउन निगमलाई स्वीकृति दिएपछि काम अगाडि बढाइएको र यसका लागि भारतीय आयल निगम (आइओसी)सँगकुराकानी भइरहेको निगम प्रदेश नं २ को प्रादेशिक कार्यालय अमलेखगञ्ज बाराले जनाएको छ । कार्यालय प्रमुख भरत रेग्मीले भन्नुभयो, “४२ लाख लिटर पेट्रोल भण्डारण गर्ने क्षमताको दुईवटा पेट्रोल ट्याङ्की अमलेखगञ्ज डिपोमा तयार भइरहेको…

Read More

बैतडी, २५ मङ्सिर (रासस) ः प्रधानमन्त्री कप (पीएम) राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिताका लागि बैतडीको सिनियर पुरुष तथा महिला टोलीको घोषणा गरिएको छ । बैतडी जिल्ला क्रिकेट सङ्घले प्रधानमन्त्री कपमा सहभागी हुने पुरुष तथा महिला खेलाडीको नाम सार्वजनिक गरेको हो । बैतडी जिल्ला क्रिकेट सङ्घका अध्यक्ष लालबहादुर चन्दका अनुसार राम चन्दको कप्तानीमा पुरुषको टोली तथा रितुु कनौजियाको कप्तानीमा महिला टोलीको घोषणा गरिएको छ । यसैगरी छनोट भएका पुरुष खेलाडीमा खडकबहादुर बोहरा, गजेन्द्र बोहरा, दीपक बोहरा, दीपेन्द्र ऐरी, वीरेन्द्र नाथ, प्रदीप चन्द, डम्बर बुडाल, केशव साउद, जगदीश चन्द, प्रकाश नाथ, जीतेन्द्र रावल, गणेश थापा, सुनिल चन्द र प्रकाश चन्द रहेका छन् ।…

Read More

काठमाडौँ: ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो संस्थागत ग्राहकहरुका निम्ति बैंक खाताबाटै डिजिटल भुक्तानी गर्न सकिने गरी कर्पोरेट पे प्रणालीको सुरुवात गर्न नेपाल क्लियरिङ्ग हाउस लिमिटेडसँग सम्झौता गरेको छ। उक्त सम्झौता पत्रमा ग्लोबल आइएमई बैंक लिमिटेडका वित्तीय स्रोत व्यवस्थापन विभाग प्रमुख शान्ता सिवाकोटी र नेपाल क्लियरिङ्ग हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नीलेशमानसिंह प्रधानले हस्ताक्षर गरेका छन्। बैंकले आफ्ना व्यावसायिक ग्राहकहरुलाई प्रदान गर्ने उक्त डिजिटल प्ल्याट्फर्म मार्फत ग्राहकहरुले बैंकमा नगई फण्ड ट्रान्स्फर, तलब भुक्तानी, भेन्डर पेमेन्ट, सरकारी राजस्व भुक्तानी लगायतका अन्य विभिन्न व्यावसायिक भुक्तानीहरु सजिलै गर्न सक्नेछन्। त्यस्तै, उक्त प्रणाली मार्फत कन्सेप्ट आईपीएस अथवा एनसीएचएल–आईपीएसमा रियल–टाइम वा नन–रियलटाइममा भुक्तानी कारोबारहरु गर्न सकिनेछ।…

Read More

काठमाडौँ: प्रतिबन्धित नेकपा माओवादी (विप्लव समूह) ले आफ्नो रणनीति बदलेर पूर्ण हिंसाको बाटो समातेको निष्कर्ष सरकारले निकालेको छ। बुधबार गृह मन्त्रालयमा बसेको दुई सुरक्षा प्रमुखसहितको बैठकले सो निष्कर्ष निकालेको हो। ‘मंगलबार शिक्षकको हत्यासँगै विप्लव समूहले आफ्नो रणनीति हिंसात्मक गतिविधि गर्ने गरी तयार गरेको बुझ्न कठिन भएन,’ गृह श्रोतले भन्यो, ‘जुनसुकै बेला जे पनि हुनसक्ने भयो भन्ने हाम्रो ठहर हो।’ बैठकमा गृहमन्त्री रामबहादुर थापाले नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा र सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाललाई विप्लवका पछिल्ला गतिविधिलाई गम्भीर रुपमा लिएर सुरक्षा रणनीति तयार गर्न निर्देशन दिएका छन्। मोरङको मिक्लाजुङ गाउँपालिका १ बर्खेका शिक्षक राजेन्द्र श्रेष्ठको हत्या यसअघिका घटनाभन्दा फरक र…

Read More

काठमाडौँ: सत्तारुढ नेकपाका केन्द्रीय सदस्य तथा दक्षिण कोरियाको लागि पूर्व नेपाली राजदूत कमानसिंह लामाको निधन भएको छ। कोरोना संक्रमण देखिएपछि दुई साता अघि महाराजगञ्जस्थित शिक्षण अस्पतालमा भर्ना गरिएका ६९ वर्षीय लामाको बुधबार राति ११ बजे निधन भएको लामाकी पत्नी इन्द्रमाया तामाङले जानकारी दिइन्। ‘१४ दिनअघि कोरोना संक्रमण भएपछि टिचिङ अस्पतालमा भर्ना गरेर उपचार सुरु गरेका थियौँ,’ तामाङले बिहीबार भनिन्, ‘आइसियूमा राखेर उपचार गर्दा पनि सुधार भएन। राति ११ बजे निधन भयो।’ लामा ०४८ सालमा तत्कालिन संयुक्त जनमोर्चा, नेपालको तर्फबाट काभ्रेबाट सांसदमा बिजयी भएका थिए। उनी सन् २०१२ देखि १६ सम्म दक्षिण कोरियाको राजदूत थिए। लामालाई प्रेसर, सुगरको…

Read More

काठमाडौँ: प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिले नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजी) मा डीआईजी विश्वराज पोखरेललाई बढुवाका लागि गरिएको सिफारिस कार्यान्वयन नगर्न गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ । तर, संविधानविद् विपिन अधिकारी भने कार्यकारी निकायबाट एआईजीको पद थपिएको र दाबेदारमध्येबाटै सम्बन्धित समितिले कानुनसम्मत बढुवा सिफारिस गरेकाले संसदीय समितिको निर्देशन सरकारका लागि बाध्यकारी नभएको बताए । निर्देशन पालना नगर्दा सरकारलाई राजनीतिक रुपमा क्षति वा अलोकप्रियता हुनसक्ने तर कानुनी रुपमा सरकार नै मानि रहने उनको भनाइ छ । ‘एआईजीमा भएको सिफारिस रोक्न संसदीय समितिले गरेको निर्देशन एक किसिमले म्यान गुज्रेको औषधि हो, त्यस्तो औषधीले रोग निको पार्दैन, बरु…

Read More

काठमाडौँ: पूर्वाधार निर्माणलाई प्रभावकारी कार्यान्वयन गर्ने उद्देश्यसहित सरकारले सहलगानीसम्बन्धी कार्यविधि २०७७ जारी गरेको छ । व्यावसायिक सम्भावनायुक्त परियोजनामा सङ्घ, प्रदेश र स्थानीय तहबीच सहकार्य र सहलगानी गरेर प्रदेश र स्थानीय स्वामित्व भाव विकास गर्न कार्यविधि जारी गरिएको अर्थ मन्त्रालयले जनाएको छ । कार्यविधिअनुसार सुरुङमार्ग, सडक, पुल, फ्लाइओभर र विमानस्थल निर्माण, मेट्रोरेल, मोनोरेल, केवलकार, रोपवे र आन्तरिक जल यातायात निर्माण तथा सञ्चालन, जलविद्युत्, सौर्य ऊर्जा, वायु ऊर्जा तथा अन्य वैकल्पिक ऊर्जा उत्पादन तथा वितरण, भूमि बैङ्क स्थापना र सञ्चालनमा सहलगानी हुनसक्ने छ । त्यस्तै खानीजन्य वस्तुको उत्खनन तथा प्रशोधन, कृषि तथा वनजन्य वस्तुको व्यावसायिक उत्पादन, प्रशोधन तथा भण्डारण, फोहोरमैलाको व्यावसायिक…

Read More

काठमाडौँ: चीनको स्वशासित क्षेत्र तिब्बतसँग जोडिएको हुम्लाको हिल्सामा स्थापना भएको सीमा सुरक्षा चौकी (बीओपी)का सुरक्षाकर्मी हिउँ छिचोल्दै गस्ती गरिरहेका छन् । यस क्षेत्रमा केही दिनअघि हिमपात भएको र तापक्रम माइनस सात डिग्री सेल्सियससम्म झरे पनि सुरक्षाकर्मीले नियमित गस्ती छोडेका छैनन् । हिल्साको सीमा सुरक्षा चौकीका इञ्चार्ज सशस्त्र प्रहरी निरीक्षक सुरज केसीको नेतृत्वमा रहेको टोलीले किट क्षेत्र, लिमी र नारातर्फ सीमा स्तम्भको निरीक्षण गर्दै आएको छ । अहिले यहाँको तापक्रम माइनस सात डिग्री सेल्सियससम्म झरिसकेको र अझै घट्ने क्रममा रहेको इञ्चार्ज केसीले जानकारीे दिए । बिहान उठ्दा धारा, शौचालय, बाल्टिनमा राखिएको पानी जम्ने गरेको जानकारी दिँदै जटिल अवस्थामा पनि सीमा क्षेत्रमा…

Read More