काठमाडौं: नागार्जुन नगरपालिका-१ तुफान चोकमा मोबाइल चार्ज गर्ने क्रममा घरमा शनिबार आगलागी भएको छ ।
तीन तले घरमा लागेको आगो दमकलको सहयोगमा निभाइएको छ ।
आइफोन चार्जमा राखेर बाहिर गएको र फर्किँदा आगो लागेको जस्तो देखेपछि पानी हाल्दा झन बलेको खबर प्राप्त भएको महानगरीय प्रहरी परिसर, काठमाडौंका डीएसपी प्रतिक विष्टले जानकारी दिए ।
प्रहरी यसबारे थप तथ्य बुज्दै गरेको जनाएको छ ।
Facebook Comments Box