Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: बाढीले डाइभर्सन बगाउँदा मकवानपुर र ललितपुरको सिमानामा पर्ने कान्ति लोकपथ सडक बन्द भएको छ। आइतबार (आज) बिहान भएको वर्षापछि आएको बाढीले मकवानपुरको भीमफेदी गाउँपालिका-८ र ललितपुरको बागमती गाउँपालिका-२ को बीचमा पर्ने बागमती नदीमा बनाइएको अस्थायी डाइभर्सन मार्ग बगाएको मकवानपुर प्रहरीले जनाएको छ। आज बिहान ६ बजेतिर डाइभर्सन भक्तिएपछि उक्त सडकखण्डमा सवारीसाधन आवतजावत पूर्ण रूपमा रोकिएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) श्याम अर्यालले जानकारी दिए। उनका अनुसार घटनास्थलमा प्रहरीको टोली परिचालन गरी सडक खुलाउने प्रयास भइरहेको छ। यद्यपि डाइभर्सन नै बगाएपछि सडक खुलाउन समस्या देखिने भएको छ। सडक अवरुद्ध भएपछि हेटौँडा-काठमाडौँ आउजाउ गर्ने यात्रु तथा सवारीसाधनलाई वैकल्पिक मार्ग…

Read More

काठमाडौँ: हाल (आइतबार बिहान) बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा कोसी, मधेस र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज देशभरको मौसम बदली हुनेछ। कोसी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागका केही स्थान तथा देशका बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ। अनि हिमाली क्षेत्रका थोरै स्थानमा हल्का वर्षा/ हिमपातको सम्भावना छ।

Read More

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले कुलमान घिसिङ हटेपछि लोडसेडिङ बढेको आरोप अस्वीकार गरेका छन् । यस्तो आरोप लगाउनेलाई उनले स्मार्ट मिटर चेक गरेर निस्कर्ष निकाल्न सुझाव दिए । आज श्वेतपत्र सार्वजनिक गर्नका लागि शाक्यले पत्रकार सम्मेलन आयोजना गरेका थिए । पत्रकार सम्मेलनमा पत्रकारको न्यून उपस्थिति देखियो । बरु कुलमान समर्थक एक गैर पत्रकारले कार्यकारी निर्देशक शाक्यलाई र्‍याखर्‍याख्ती पार्न खोजे । उनले आफूलाई ‘देश र जनताको मान्छे राजाराम तण्डुकार’ भनेर परिचय दिएका थिए । ‘कुलमान घिसिङ हटेको एक हप्तादेखि नै पटक-पटक बत्ती निभ्न थाल्या छ । यो हलमा बसेको कसैले पनि होइन भन्न सक्दैन । सक्छ भने…

Read More

काठमाडौं । सहकारीका साना बचतकर्ताको समस्या समाधान गर्न कोष स्थापना गरिने भएको छ । आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ल्याइएको नीति तथा कार्यक्रममा यस्तो समेटिएको छ । उक्त नीति तथा कार्यक्रममा भनिएको छ, ‘समस्याग्रस्त सहकारीका साना बचतकर्तालाई तत्काल राहत उपलब्ध गराउन सहकारी नियमन प्राधिकरण मार्फत कोष स्थापना गरिनेछ ।’ त्यस्तै, राष्ट्रिय सहकारी नियमन प्राधिकरण मार्फत सहरकारी क्षेत्रका समस्याहरू समाधान गरिने भएको छ । यसका साथै सहकारी ऋण असुली न्यायाधिकरण स्थापना गरिने भएको छ । आगामी आवको नीति तथा कार्यक्रममा सहकारी नीतिको पुनरावलोकन गरी नयाँ राष्ट्रिय नीति जारी गरिने विषय प्राथमिकतामा परेको छ । सहकारी तथ्यांक व्यवस्थापनलाई प्रभावकारी बनाउन विद्युतीय…

Read More

काठमाडौं । संघीय निजामती सेवा विधेयक यसै अधिवेशनबाट पारित गरिने सरकारले घोषणा गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् । संघीय निजामती सेवा विधेयक अहिले प्रतिनिधिसभा अन्तरगत राज्य व्यवस्था तथा सुशासन समितिमा विचाराधीन अवस्थामा छ । उक्त समितिले नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडुको नेतृत्वको संयोजकत्वमा गठित उपसमितिले विधेयकमाथीको दफाबार छलफल गरेर प्रतिवेदन समितिलाई बुझाइ सकेको छ । ‘विधेयकमा कुलिङ पिरियड’ एक वर्ष राख्ने कि २ वर्ष राख्ने भन्ने विषयमा विवाद भएपछि समितिले पारित गरेर प्रतिनिधिसभामा पेश गर्न सकेको छैन ।

Read More

काठमाडौं । सरकारले चालु बजेट अधिवेशनबाटै संसद्‌मा विचाराधीन विद्यालय शिक्षा विधेयक पारित गर्ने घोषणा गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् । उनले भने, ‘विद्यालय शिक्षा सुधारका लागि कानुनी, नीतिगत र संस्थागत सुधार गरिनेछ । विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकलाई यसै अधिवेशनबाट पारित गरिनेछ ।’ राष्ट्रपति पौडेलले शिक्षालाई सर्वसुभल, गुणस्तरीय र जीवनउपयोगी बनाउने पनि घोषणा गरे । उनले भने, ‘विद्यालय शिक्षाको शासकीय सुधारको दीर्घकालीन मार्गचित्र तयार गरी पुनसंरचना गरिनेछ । २०८४ भित्र सबै बालबालिकाले आधारभूत शिक्षा पाउने व्यवस्था गरिनेछ ।’…

Read More

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज पुनर्संरचना गरिने भएको छ । प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ल्याइएको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएका हुन् । नीति तथा कार्यक्रममा भनिएको छ, ‘धितोपत्र बोर्ड सुदृढीकरण तथा नेपाल स्टक एक्सचेन्जको पुनर्संरचना गरी पुँजी बजारको क्षमता एवम् पारदर्शिता वृद्धि गरिनेछ ।’ त्यस्तै फजुल खर्च रोक्न अनावश्यक सार्वजनिक संरचना खारेज गरिने समेत नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । आगामी आवको नीति तथा कार्यक्रम अनुसार कर प्रणालीमा संरचनात्मक सुधार गरिने भएको छ । यसका साथै वैदेशिक सहायताको आवश्यकताका आधारमा वितरण गरिने र वैदेशिक लगानीलाई पनि आवश्यक…

Read More

काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी गरेर कानूनबमोजिम नाफा लिएर स्वदेश फर्कन विदेशी लगानीकर्तालाई आग्रह गरेका छन् । बिहीवारदेखि सुरु भएको कोशी प्रदेश सरकारको पहिलो लगानी सम्मेलनको उद्घाटन गर्दै ओलीले विदेशी लगानीकर्ताले नाफा लिएर स्वदेश फर्कँदा दोहोरो कर तिर्नु नपर्ने वातावरण सरकार बनाउने आश्वासन दिए । उनले कोशी प्रदेशमा लगानीको वातावरण सुदृढ भएको भन्दै स्वदेशी तथा विदेशी लगानीकर्तालाई ढुक्क भएर लगानी गर्न आग्रह गरे । विदेशी लगानीकर्तालाई प्रधानमन्त्री ओलीले भने, ‘कोशी प्रदेशलगायत नेपालका जुनसुकै ठाउँमा लगानी गर्नुस् । राजस्व तिरेर प्रमाणपत्र लिनुस् अनि हात लागेको नाफा कानूनअनुसार लिएर स्वदेश जानुस्, दोहोरो कर तिर्नु पर्दैन । त्यसको वातावरण सरकार निर्माण…

Read More

काठमाडौंः अब स्वास्थ्य बीमा गर्नेले आफू बसेकै स्थानमा प्रस्थान बिन्दु कायम गरेर सुविधा लिन सक्ने भएका छन् । आफू रहेकै स्थानमा प्रस्थान बिन्दु कायम गर्ने गरी स्वास्थ्य बीमा नियमावली संसोधन गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको प्रस्ताव मन्त्रिपरिषद बैठकले स्वीकृत गरेको हो । यसअघि मन्त्री पौडेलले स्वास्थ्य बीमामा सहजताका लागि बीमा गरेको स्थानबाट अन्यत्र गएका व्यक्तिले आफू बसेकै स्थानमा प्रथम बिन्दु कायम गर्न सक्ने व्यवस्था मिलाउने प्रतिबद्धता जनाएका थिए । सोही अनुसार मन्त्रालयले नियमावली संसोधन प्रस्ताव लगेकामा बुधबारको मन्त्रीपरिषद बैठकले स्वीकृत गरेको मन्त्री पौडेलले जानकारी दिए । यसले रेफर लिनका लागि बीमा गराएकै स्थानमा पुग्नुपर्ने झण्झट कम हुने अपेक्षा…

Read More

काठमाडौं: नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले देशमा लगानी अभिबृद्धिका लागि लगानी दशक घोषणा गरी लगानी सम्बन्धी एकिकृत कानून बनाई लागु गर्न सरकारसंग आग्रह गर्नु भएको छ । कोशी प्रदेश सरकारले पहिलोपटक विराटनगरमा आयोजना गरेको प्रदेश लगानी सम्मेलन–२०८२ को उद्घाटनका अवसरमा बोल्दै अध्यक्ष ढकालले सो आग्रह गर्नु भएको हो । उहाँले आगामी १० बर्षलाई लगानी दशकको रुपमा घोषणा गर्न, लगानीसंग सम्बन्धित कानुनहरु वन, वातावरण र भूमि समेत एकिकृत गरि एकिकृत लगानी संहिता बनाउन तथा विभिन्न निकायले फरक व्याख्या गर्ने क्रमको अन्त्य गर्नु पर्ने धारणा राख्नु भयो । यस्तै उहाँले लगानी र आर्थिक विकासका लागि नीतिगत स्थायित्व आवश्यक्ता रहेकोमा…

Read More